हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हाम्रो भनाइ

जुलाई ४ २००७ देखि सार्वजनिक भएको विशुद्ध साहित्यिक वेबसाईट खसखस डट कम तपाईहरुको माया, प्रेम, साथ, सहयोग र सद्भाव पाएर यहाँसम्म आईपुगेको छ । यहाँसम्म ल्याईपुर्याउन हाम्रो जति समय खर्च भएको छ शायद तपाईहरुकोपनि त्यत्ति नै

Comments

http://www.dobato.webs.com

सम्पादक ज्यू,<br /> \'स्वरमा कविता\' स्तम्भ जस्तै, \'भिडियोमा (साहित्य) कविता\' पनि ल्याउनुभए थप सुन्दरता थपिन्थ्यो....

डिग बहादुर तामांग

मिति: २०६६ साल, पौष २८ गते<br /> बासुजी,<br /> शुभकामना दिन कहिल्यै ढिलो हुंदैनन् भन्छन् बुढापाकाहरु । त्यसैले सर्वप्रथम त सन् २०१० नयाँ बर्षको उपलक्ष्यमा तपाई, तपाईका सपरिवारमा हार्दिक मँगलमय शुभ कामना छ । <br /> मैले खसखसको माध्यमबाट धेरै श्रष्टाहरु तथा बुद्धिजीविहरुको टेलिफोन अन्तरवार्ताहरु सुन्ने मौका पाएकोमा खसखस डट्कम प्रति आभार व्यक्त गर्न चाहन्छु । माधब घिमिरे देखि कृष्णप्रसाद पराजुली तथा डाइमन शम्शेर जबरा सम्मको अन्तरवार्ता सुन्दा मैले वहाँहरुसँगै बसेर सम्वाद सुने झैं लाग्यो । साहित्य भनेको त्यो विधा रहेछ जसको जति नजिक भयो झन् नजिक हुन मन लाग्ने । त्यसैले राजनीतिलाई शौचालय, साहित्यलाई भोजनालय भनेको रहेछ । अन्तमा, खसखस डट्कमको उत्तरोउत्तर प्रगति होस भन्ने कामना सहित फेरि भेटौला बासुजी ।

santos

bichar ramro cha .sabaiko samasya uhi ho. rachana chayan teti thik lagena. katipaya sthapit ko rachna magnu parcha. madhyanazar ko thauma dhyanma word rakhe ramro huncha.

अन्य केहि प्रतिक्रियाहरु

This is the third time I am listening to your Khaskhas on Khasskhass.com. This reminded me of the my own khaskhas with you some three years back. It is really very informative and inspiring for me. Of course your effort for the promotion of Nepali literature in international arena has attracted many including me towards translation and creative writing. I am eagerely waiting for your arrival. Congrats and best wishes for ur contributions on DIaspora literature again.
Waiting for Anant Ka Paila.

Best Regards
SAJAN KUMAR KARN
TEACHER EDUCATOR OF ENGLISH
T.R.M.CAMPUS,BIRGUNJ.
SECRETARY,
NELTA BIRGUNJ
--------------------------------------------------------------------------------

I just listened your interview in Khasskhass.com. It was really great. I learned so many things about Nepali literature and it has inspired me to contribute on Diasporic literature too . I would love to read your all other  published books.

Khagendra Dhakal 
Thailand
--------------------------------------------------------------------------------
Basu ji 

\"Already listen Karna Shakya on my way back to home. It is very interesting, indeed. The most touching topics for me was \"..भाषालाइ भन्दा अभिव्यक्तिलाई महत्व दिन्छु.....\" 

I have same problem, some time I stuck in the middle of writing because I get confused about appropriate words. लेखि रहेको बेला भाषा मिलेन कि भनेर दोधारमा पर्दा लेखेको प्रवाहमा बाधा आइपरेको म आफैपनि भुक्तभोगि हुँ । अब कर्णदाइको यो अभिव्यक्तिले एउटा अचुक ओखतीको काम पो गर्यो मेरो लागि ! समग्रमा उहाँ अर्थात् कर्ण शाक्य अरु धेरै नेपालीकोलागि जस्तै मेरोलागिपनि एउटा आदर्श र प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँ अति आदरणीय नेपाली हुनुहुन्छ । उहाँको कलम अविचलित, अविरल सक्रिय भैरहोस भनी कामना तपाई मार्फत उहाँ सम्म पुगोस  । साथै उहाँको सुस्वास्थ्यको कामना पनि ।\" 

सुन्दर जोशी, फ्लोरिडा 

सुन्दरजी,
तपाइंको कामना कर्ण शाक्यसम्म हामी अवश्य पुर्याउने छौं । 
--------------------------------------------------------------------------------
Basu ji 

Very nice talk with Madan Das Shrestha........ reminded me of those beautiful afternoons in my early ages i spent listening his voice in radio-natak from radio nepal..... thanx for your efforts

Diwakar Dahal
Middlesbrough, UK
--------------------------------------------------------------------------------
वासुजी, 

तपाईको अन्तर्वाताकलाको त म ठूलो प्रशंसक हुँ । बडा परिश्रमपूर्वक अनुसन्धान गरेर substantial प्रश्नहरु सोध्नु र अन्तरवार्ताकृतलाई सोही बमोजिम substantial जवाफ दिन लगाउनु, intimidate नगर्नु, आफु हावी हुने लोभ नगर्नु आदि तपाईका पेशेवर स्तरका भन्दा पनि माथिल्ला स्तरका गुण हुन् ।

वसुन्धरा भुसाल एउटा ईतिहासै हुन् । र तपाईले त्यो ईतिहासको उल्लेख्य हिस्सालाई बडो रोचक ढंगबाट प्रस्तुत गराउन सफल हुनुभयो ।

एउटा महत्वपूर्ण प्रसंग, वसुन्धरा भुसालको मुख्य भूमिका ( ‘हिरोईन’) भएको कलात्मक नेपाली चलचित्रको एकमात्र क्लासिक उदाहरण ‘परालको आगो’, चाही चर्चा हुन पाएनछ ।

दीपक
--------------------------------------------------------------------------------
प्रतिक्रिया तथा सुझावहरु: 

यी मेरै सब्द हुन्, शैलेश सिंहले बडा मीठो गाएका पनि छन् । तर आज मेरा सब्द हैन, मेरो अन्तरमनले रुचाएका यी पारखीहरु प्रति केहि लेख्न मन लागेको छ । 

माग माग भन्छौ तिमी 
के मागौ र म 
दिन्छौ भने तिम्रो मनमा 
ठाऊ माग्छु म 
अलिकति माया माग्छु म
गाउ हैन, तिम्रो मनमा ठाऊ माग्छु म !!

प्रकाश मायाको सायमी हो । प्रकाश परिवर्तनको सायमी हो अनि प्रकाश यथार्थको सायमी हो । म पनि प्रकाश सायमी हुँ । 

सुन्दर सपना हो । सुन्दर विचार हो । सुन्दर प्रकृति हो अनि सुन्दर मन हो । सुन्दर कहिले डुब्दै नडुब्ने डुंगा हो । पुरानो, सुन्दर परम्परालाइ रुन र हा8्न सक्ने गरेर यथार्थता पस्कन सक्ने मान्छे सुन्दर हो । सुन्दर मान्छेको सुन्दरता कलममा हुन्छ जो न कसैले भाच्न सक्छ न चोर्न । आहा, म पनि सुन्दर हुँ । 

मान्छे जन्मन्छ ठुलो कुरा हैन, मान्छे मर्छ त्यो पनि ठुलो कुरा हैन । तर मान्छे सहि बाच्छ त्यहि ठुलो कुरा हो, अनि आफुलाइ बिर्सेर अरुलाई बचाउछ त्यो झन ठुलो हो । हामी पनि प्रकाश सायमी र सुन्दर जोशी बन्न सकौं । सफा लेख्न सकौं, सफा बाँच्न सकौं । आफु हराएर अरुलाई दिन सकौं । 

सर्ब प्रथमत प्रकाश सायमी र सुन्दर जोशीलाइ धन्यवाद । उनीहरु जस्तो देख्छन त्यस्तै लेख्छन, जस्तो सुर हुन्छ त्यस्तै गाउछ न । म सानै थिए उनीहरुलाई चिन्दा किनकि उनिहरु परिचित थिए । अब म लेख्ने भए, तर पनि उनिहरु त्यस्तै, छातिकै कुरा बोल्ने । भएकै कुरा बोल्ने । हुनेनै कुरा बोल्ने । बोल्दा ५ जनालाई चित्त बुझाएरै बोल्ने अनि लेख्ने । 

भोलि मरेर जानुनै छ, उनि जस्तै इमान्दार मर्न पाउनु पनि उदE0श्य बनाउन सक्नु पर्छ हामीले । उनि साहित्यमा छन्, उनि गीतमा छन् , उनि कबितामा छन् , उनि परिवर्तनमा छन्, उनि प्रजातन्त्रमा छन्, अनि सबै भन्दा ठुलो कुरा उनि तपाइँ हामी माझमा छन् । ती मेरा लागि सुन्दर प्रकाश हुन् अर्थात् पारिलो घाम ।

सन्तोष थपलिया 
--------------------------------------------------------------------------------

प्रिय बासुजी, 
 
खसखसका नियमित अङ्कले पाठकको रुचिलाई वृहत्तर बनाउँदै लगेको छ, यो सत्य हो । यसका विषय प्रस्तुति, सामग्री र विचारले नयाँ भावभूमि तयार पारेको छ । मलाई यस वेभ-पत्रिकामा भ्रमण गर्दा खास खास किसिमका रचना विधामा प्रवेश गर्दा आनन्द लाग्छ । 

खसखसका विशेष अन्तर्वार्तामा म यसपालि केन्द्रित हुन चाहन्छु । यस पत्रिका संगृहीत वाचाल-वार्तामा म कृष्णचन्द्रिसंह प्रधान, कमल दीक्षितको अन्तर्वार्ताबाट प्रभावित भएँ । उहाँमध्ये म कमल दीक्षितको स्पष्टता र बोधगम्य विचारप्रति बढी प्रभावित भएँ । उहाँसित मेरो विभिन्न किसिमका परिचय छन् । त्यसमध्ये एउटा स्पष्ट परिचय हो- अजम्मरी गीत-सङ्गीत । उहाँ मेरो रात्रि-कालीन कार्यक्रम नियमित सुन्नुहुन्थ्यो र मलाई प्रतिक्रिया पनि दिनुहुन्थ्यो । तर त्यति मात्र होइन वहाँले सो कार्यक्रमका वारेमा कैयन् ठाउँमा बोल्नु पनि हुन्थ्यो । पछि त उहाँलॆ मेरो सो कार्यक्रम वारे \"हितैषी\" पुस्तकमा लेख पनि लेख्नु भएछ । मलाई विष्णुविभू घिमिरेज्यूले पछि भन्नु भो । म छक्क छक्क परेँ त्यस्तो महानता हाम्रो अग्रजमा कहाँ ?

कमल दीक्षितजी इमान्दार पनि हुनुहुन्छ । ढोङ्ग कहिले गर्नु हुन्न । एकपटक मदन पुरस्कार गुठीको कार्यक्रममा विना निम्ता कार्यक्रममा आएकोमा वहाँले नेपाल भाषाका प्रथम महिला उपन्यासकार शशिकला मानन्धरलाई चेतावनी दिनुभएछ । मलाई पछि शशिकलाजी स्वयम्ले सुनाउँदा लाज-लाज पनि लाग्यो । 

द्वितीय नेपाल-भारत लेखक सम्मेलन धनगढीमा भइरहेको थियो । एउटा सत्रको सभापति उहाँ र एउटा सत्रको सभापति म थिएँ । मेरो सत्रमा कवि विनय रावल, श्रवण मुकारुङ, सरुभक्तका विद्रोही आवाज सुनिए । कार्यक्रममा वाधा शुरु भयो । मैले ओभर रुल गरेर कार्यक्रम अगि बढाएँ,  धेरैजना रिसाए । तर कमलमणिजीले मलाई बधाई दिनुभयो ।
पछि उहाँ सभापति भएको कार्यक्रममा रत्नाकर देवकोटाजीले त्यस्तै बोर गर्नु भयो । कमलमणिजीले वहाँलाई विनम्रतापूर्वक मँचबाट आग्रह गर्नुभो, उहाँ मान्नुभएन । सभापति कमलमणिजीले चूपचाप उहाँको माइक अफ् गरिदिनुभो । त्यस्तो व्यवहारबाट धेरै जना आक्रोशित देखिए, तर बोल्ने को ? सबै उहाँको निम्ता मानेर आएका । मलाई त चित्त बुझ्यो, गएर बधाई दिएँ । 

एकपटक भारतीय फिल्मकार गुलजार नेपाल आएका थिए । उनको सम्मानमा एउटा कार्यक्रम गर्यौँ हामीले सारांशले । मैले मँचमा आदरपूर्वक कवि मंजुललाई पनि राख्न चाहेँ । आयोजक मध्ये एकजनाले मनाही गरे । कमलमाणिजीले भन्नुभो \'यो कार्यक्रम प्रकाशजीको इच्छाले भएको हो उहाँको कुरा मान्दिनुस् प्लिज ।\'

यस्ता कमलमाणिजीलाई मैले चिनेको छु र सम्मान गरेको हुँ । गएको वर्ष मदन पुरस्कार गुठीको निर्णायकको रुपमा मैले आफ्ना केही विद्रोही विचार राख्दा सम्मानपूर्वक स्वागत गर्नुभयो । त्यो क्षमता उहाँमा छ । 

अन्तर्वार्ता त्यस्तै मान्छेको लिनुपर्छ जसको बोल्ने हिम्मत छ । कुरा काट्ने मान्छेका ढोङ्गी विचारले हामीलाई शायद केही सघाउँदैन । हाम्रो साहित्यका पछाडि हमला गरेर कुमुदिनी बन्ने धेरै छन् तर अगाडि बढेर शंकर लामिछाने हुने साहस कमैमा छ । त्यो साहस बासुजीमा पनि हुनुपर्छ ।

कुमुदिनी प्रकरणमा मलाई युवा साहित्यकारले धेरै गोप्य पत्र पठाएर धेरै नाम चलेका लेखकहरुको चरित्र उदाङ्गो पारेका छन् । कवि रासाले त कसले कसको डायरी चोरेर के लेखे स्पष्टै तोकेका छन् उपनाममा । त्यो कुनै दिन म छापुँला । 

मेरा मित्र भुवन के.सी. को अन्तर्वार्ताले मलाई आश्चर्यास्पद बनायो । उनी चलचित्र उद्योग विकास चाहँदा रहेछन् । तर उद्योग विकास चाहने निर्माताले सर्वप्रथम मजदुरको पारिश्रमिकको इज्जत गर्नुपर्छ  । उनले पारिश्रमिक नदिँदा लेखक अविनाश श्रेष्ठ र ब्रजेश खनालको अवस्था कस्तो भयो र कति लामो समय दुईको बोलचाल समेत बन्द भयो । हामीले त्यस्तो विचारमा परिवर्तन ल्याउनुपर्छ । 

कोही कोही त्यस्तो अन्तर्वार्ता पढेर यूटोपियन पनि हुनसक्छन् हामी सोझो छौँ । 

यसपालि तपाईले ठूलो साहस गरेर दुई सक्रिय साहित्यकार गीता त्रिपाठीज्यू र रजनी ढकालज्यूको वार्ता ल्याउनु भयो । बधाई छ । यो साहसिक काम हो । युवा पुस्तामा अत्यन्त अध्ययनशील र म्याग्नामिटी भएका स्रष्टा हुन् वहाँहरु दुवै । दुवैलाई बधाई छ । बासुजीले गरेको यो कामको गुण राम्रो हुन्छ । भन्न त मान्छेले अनेक भन्लान् । 

अगि बढ्नुस् फल केही नमिले पनि ।

प्रकाश सायमी 
गोधूली संसार, सैँबु 

--------------------------------------------------------------------------------
वासु दाइ,
निकै राम्रो काम आँट्नुभएछ । किताब यसरी अनलाइबाट सहज भएपछि देश-दुनियाँमा छरिएर रहेका पाठकले अवश्य लाभ लिने मौका पाउनेछन् ।
मैले भने सोच पुस्तकाकारमै पढेथेँ । \'प्रतिभाको खोजी\' पढ्न भने खसखसकै गोरेटोलाई  पछ्याउनुपर्ला अब ।
सादर धन्यवाद !

जोतारे धाइबा,
काठमाडौँ ।
--------------------------------------------------------------------------------
Namaste dai 

I have already read Soch. which I found really inspiring.
I listened the interview of Kamal Mani Dixit sir. It was fabulous. And he told that Nepali language is Jibit Bhasa which touched me lot. The quality that Nepali language gives space to all the words from other language made it live language Dixit sir told is really nice. Congratulation for such a lively interview.

Kumari Lama
Kathmandu

--------------------------------------------------------------------------------

Namaste 

I would like to thank www.khasskhass.com for giving us a wonderful interview of popular actor Bhuwan K.C. This interview is so informative to know about the condition of Nepali Film Industry. And I am so happy to listen the actor\'s determination to make a movie in future which will be nominated for Oscar Award as well.

Thank you
Kumari Lama
Kathmandu
-------------------------------------------------------------------------------------------------------------------



धेरै प्रकारले खसखसले हाम्रो खसखस मेटाउँदै आएकोमा यसका सञ्चालक एवँ खसखस डटकमलाई हार्दिक धन्यवाद !

बिभिन्न वरिष्ठ ब्याक्तित्वहरुसँग टेलिफोन मार्फत कुराकानी गरी हाम्रा अनेक जिज्ञासाहरु मेट्ने खसखसको प्रसंशनिय कार्य अघिल्लो पटक देखि प्रत्यक्ष रुपमा हाम्रा जिज्ञासाहरु टेलिफोन मार्फत आमन्त्रित पाहुनासमक्ष पुर्याउन थालिएकोमा खसखस डटकम अझ प्रसंशनिय बनेको छ । पछिल्लो पटक टेलिफोन सम्बादमा रहनुभएका वरिष्ठ संस्कृतिविद तथा साहित्यकार सत्यमोहन जोशीलाई राखिएको बुद्धको पुरानो मुर्ति सम्बन्धि जिज्ञासाप्रति म निक्कै खिन्न थिएँ र कदाचित अझै छु । केहि अघि कतै अन्तर्वार्ताकै क्रममा वहाँले बुद्धको सबैभन्दा पुरानो मुर्ति नेपालमा कहाँ छ भनेर बताउँदा त्यो मुर्ति भोली नै हराउने सम्भावना हुन्छ भन्नु सुन्दा सामान्य लागेपनि हामी र हाम्रो समाज प्रति कठोर ब्यँगले पूर्ण यथार्थ हो । 
आधा विश्वमै ईश्वर मानिएका बुद्ध प्रति हामी ज्यादै गर्व गर्छौं तर बुद्ध जन्मिएको देशमा हामी उनै बुद्धको सबैभन्दा पुरानो मुर्ति कहाँ छ भन्न असमर्थ छौं सुरक्षाको हिसाबले । यो कति लाजमर्नु कुरा हो । यो प्रश्नसँग बुद्धको सबैभन्दा पुरानो मुर्ति मात्र छिपेको छैन ,कति पुरानो भन्ने तथ्यका साथ यौटा यूग लुकेको छ । नेपाली मुर्तिकलाको अपमान भएको छ साथै उक्त बुद्धको मुर्ति माथी पनि अन्याय भएको छ भन्ठान्छु म । 

संस्कृतिविद जोशीज्यूले चाँडै नै यसलाई संरक्षण दिएर प्रकाशमा ल्याउन पहल हुने बताउनु हुँदा ज्यादै खुशी लागेको छ । आशा गर्छु यस्ता विषयमा पनि सरकारको ध्यानाकर्षण हुनेछ र उक्त मुर्तिलाई उचित संरक्षण प्रदान गरेर त्यस सम्बन्धका तथ्यहरु प्रकाशमा ल्याउन दिई बुद्धको नामले गर्दै आएको गौरवको ईज्जत राखिनेछ । 
अन्त्यमा खसखस डटकमको निरन्तर उत्तरोत्तर प्रगतीको कामना ! 

दीपक जडित
एँकरेज , अलास्का

-------------------------------------------------------------------------------------------------------------------
नमस्ते बासु दाइ, 
काठमाण्डौँ 

खसखसले मनको खसखस मजैले मेटाउन थालेको छ । मेरो पुस्तक विचार लेखक नगेन्द्र न्यौपानेसम्म खसखसले पुर्‍याएछ । खुशी लाग्यो । यस्ता अपरचित लेखकहरूलाई भेट गराइदिने राम्रो थलो बनेको छ खसखस यसैले पनि यसको निरन्तरता जरुरी छ नै । विभिन्न कविहरूको कवितालाई उनीहरूकै स्वरमा राख्‍ने काम साह्रै राम्रो लाग्यो । समालोचक कृष्णचन्द्र सिंह प्रधानज्युको अन्तर्वार्ताले निकै ज्ञान दिएको छ । सही समालोचना कसरी गर्नुपर्छ सिकाएको छ । धेरै लाभान्वित भएकी छु ।

नयाँ लेखक सुवोध कोइरालाको कथा सुन्दर लाग्यो । अरू धेरै नयाँनयाँ लेखकका रचनाहरूलाई पनि ठाउँ दिनुहुनेछ भन्ने आशामा छु । खसखसको उत्तरोत्तर प्रगतिको कामना सहित । 

रजनी ढकाल
काठमाण्डौँ 
-------------------------------------------------------------------------------------------------------------------
बासुजी, 

मेरो \"यात्राको बँगलादेश\" नामक कृतिको बारेमा रजनी ढकालव्दारा विवेचित लेख खसखस डट कममा प्रकाशित भएको रहेछ । साह्रै खुशी लाग्यो र लेखिका रजनीजीलाई यसै पत्र मार्फत धन्यवाद दिन चाहन्छु । एक अपरिचित लेखकको कृतिमा निष्पक्ष ढँगले विवेचना गरिदिने रजनीजी जस्तो व्यक्ति कमै पाईन्छन् ।

वहाँको सल्लाह र सुझावहरु मेरा आगामी रचनाकालागी मार्गदर्शनको रुपमा लिएको छु । साथै चाँडै नै बजारमा आउन लागेको मेरो अर्को पुस्तक \"उल्टो रीस\"को बारेमा पनि वहाँले विवेचना गरिदिनु हुने छ भन्ने आशा गर्ने हौसला लिएको छु । यसरी मेरा कृतिहरुप्रति गरिएका सबै समीक्षाहरुको बेग्लै एक सँकलनपनि प्रकाशित गर्ने मनशाय रहेको र वहाँको समीक्षा सगर्व रहने छ ।

रजनी ढकाल जस्तो विशिष्ट साहित्यकारव्दारा मेरो कृतिप्रति विवेचित लेख तपाईको खसखस डट कममा प्रकाशित गरेर मलाई अझ हौसला प्रदान गर्नुभएकोमा तपाईलाईपनि धन्यवाद नदिई रहन सक्दिन ।

नगेन्द्र न्यौपाने
नर्थ क्यारोलाइना
-------------------------------------------------------------------------------------------------------------------

I have gone thru \"Tunga and Damphu\" twice and still my guts are saying that I should go thru it one more time only to touch the writer\'s feelings before commenting it. Wonderful writing. I read and write poems, articles, and so I am interested in literature. I can feel them from my heart.

This \"Tunga and Damphu\" took me back to Sunder Joshi\'s home in Florida and compelled me to ask how come he still has such strong sense of feeling of love which can easily flood tears in anyone\'s eyes. Thanks to him, he has reminded us that still we have a writer abroad who can touch everyone through his true feelings. 

I have been reading his articles for a long time. But, now, I could not stop myself without thanking him. 

Me and my family ask him not to delay in writing and sharing. I want him to write in frequent basis so we can have a charm of literature 
while reading.

Thanks to Sunder Joshi. 


Santosh Thapalia
New York
-------------------------------------------------------------------------------------------------------------------

Dear Basu Sir, 

Your site is wonderful for the people who want to enjoy a very real literatures. An accompany of senior and pioneer writers and poets decorating this site. It became my regular routine to go into this site and learn the real literacy. Thank you for your dynamic job. 

As I was reading this site, my 11 year old daughter comes to me and ask \"Dad why only grown up can write and publish their poems? Why not us? Could you request some editors to leave a tiny space for children also so that we could enjoy together with adults by reading our poem to them.

The sincere interest of my daughter touched my heart. Yes, we need to give them some space. Please think about this since non of the site include children. We could have brought thousand of children into it. A lot of Children in overseas cannot read and write Nepalese language, as a result, as my daughter explained, they hate to go on a Nepalese site. Let them have an opportunity to read and write English Poems of their interest. This way, we can push our children to write lyrics, poems and essay stealing their waste time from cartoons and Nintendos.

This way, I almost guarantee you that www.khasskhass.com will be more popular among Nepalese and non-Nepalese children than www.cartoon.com. \"NON-NEPALESE refers to our sons and daughters friends in the schools\".

As you know the same type of encouragement pushed me to write poems of reality and publish in your universe size of site. Thank your in advance for your understanding.

Santosh Thapalia
New York
---------------------------
Dear Santsohji,

Thanks for your comment/suggestion and support to www.khasskhass.com. Khasskhass.com would not be success without the support from writers, visitors, listeners and readers like you.
We are so glad to hear that your daughter has raised a question about the space for kids in this web site. But if you have noticed, there is a column already called \"Munabata, Munako Laagi\" in which we have been publishing kids creation. We encourage you to show the column and archive as well to your daughter. Any creation for kids whether written by adults or by the kids are most welcome. But we encourage them to send in Nepali language as it is our goal to promote and preserve our language.

Thank you again and please continue to visit and support www.khasskhass.com , the only literary web site.

Sincerely,
Khasskhass.com
-------------------------------------------------------------------------------------------------------------------
Basu ji,

I just now listened to the very good interview with Durgalal ji, and his poems too. It was very good and you did a great, noble job. 

Thank you.

Mohan Sitoula
Austin, TX
-------------------------------------------------------------------------------------------------------------------
Dear Basuji: 

I listened to the interview you had with poet Durga Lal Shrestha. It was excellent. I enjoyed every moment of the conversation between you and the popular poet. I had not realized that he was that old. Any way, time passes very fast indeed. I always thought that he was way younger as I always appreciated his enthusiasm and verve.

Thank you very much for making the wonderful interview available on line.

With warmest love,
Taranath
-------------------------------------------------------------------------------------------------------------------
नमस्कार 
खसखस डटकमको नियमित पाठक र श्रोताको रुपमा मैले आफूलाई निरन्तर राखेकी छु । कवि मञ्जुल,  कवि दिनेश अधिकारीका सारगर्भित विचारहरु तपाईंका सार्थक प्रश्नहरुका माध्यमबाट सुन्ने अवसर मिल्यो । यसैक्रममा आज नागरिक समाज नेपालद्वारा उपत्यका बन्दको आयोजनाले कुँजिएको मनलाई खसखसमा मदनकृष्ण ज्यूको सन्तुलित र समय सापेक्ष चिन्तन श्रवण गरेर व्यतित गरेँ र तुरुन्तै यी शब्दहरु समर्पण गर्दैछुँ । आगामी पाहुनाका रुपमा बरिष्ठ कवि दुर्गालाल श्रेष्ठ ज्यूलाई प्रस्तुत गर्दै हुनुहुन्दोरहेछ हार्दिक बधाइ । 

नेपाली कला संस्कृति र साहित्यलाई यसरी माया गरेर निरन्तर अग्रगामी प्रस्तुतिमा डटेर लाग्नुहुने तपाईंको उदार भावना र राष्ट्रप्रेमी संकल्प चुलिँदै जाओस् । कवि प्रकाश सायमी, बासु श्रेष्ठ,  हरि घिमिरे लगायतका सुन्दर र परिवर्तनप्रिय  आवाजहरु पनि खसखसबाट सुन्ने मौका मिलेको छ । महत्वपूर्ण लेख रचनाहरु आइरहेका छन् । अनुसन्धानात्मक लेख \'नेपाली सङ्गीतको लय\' निकै उद्देश्यमूलक छ । यस लेखकालागि कवि प्रकाश सायमीलाई हार्दिक धन्यवाद दिन चाहन्छु । 

खसखसको उत्तरोत्तर उन्नतिको कामना र शुभकामना । 

गीता त्रिपाठी
काठमाडौँ
-------------------------------------------------------------------------------------------------------------------
बासुजी, 
अति गहन लेख \"नयाँ बुद्धदेखि बिज्ञानसम्म\" को लागि प्रकाशक र लेखक दुबैलाई धन्यवाद। पूर्बीय दर्शन र बिज्ञानको मध्यमार्गी भएर लेखिएको उक्त लेख कतिपय ठाउँमा राम्ररी बुझ्न दोहोर्याएर समेत पढन पर्ने पाइयो। हाम्रा आफ्नै पुर्ख्यौली सम्पत्तिलाई हामी अन्धबिश्वासी र पुरातनबादी सोंच भनेर हाँसोमा उढाउने गर्छौं तर लेखकले बैज्ञानिक दृष्‍टिकोणबाटै हाम्रा त्यस्ता कयौँ पुर्ख्यौली सम्पत्ति सही छन भन्न सकिने आधार भएको दाबी गर्नु भएको छ। सार्है रमाइलो पक्ष त के पाइयो भने नयाँ बुद्ध (राम बहादुर बम्जन) को नामबाट यो एउटै लेखमा आधुनिक बिज्ञानको धेरै जसो पक्षको मुलभूत कुराहरुलाई सार संक्षेपमा तर रमाइलो द्रिस्टान्तका साथ झन्डै झन्डै अटाउने प्रयास गर्नु भएको छ। 
लेखको \"सापेक्षताबाद र बहु शरीर\" अन्तर्गत एक ठाउँमा माथि \"सात शरीर अबधारणा\" ..... जस्तो असान्दर्भिक कुरा कहाँबाट कसरी पर्न आयो? प्रकाशन गर्ने क्रममा भएको त्रुटी हो वा के हो यो? 
सुन्दर बस्नेत 
बेलायत 

(लेखकबाट जवाफको अपेक्षा गरिएको छ-  खसखस डट कम  ) 

सुन्दरजी, 

\"नयाँ बुद्धदेखि बिज्ञानसम्म\" लेख पढी लेखमा हुन गएको गल्ती औंल्याइदिनु भएकोमा धन्यवाद! वास्तबमा प्रकाशित लेख अरु थप २ पेज लामो थियो र धेरै काँट छाँट गर्ने क्रममा यस लेखमा सान्दर्भिक हुने अंग्रेजीमा लेख्दै गरेको लेख Scientific Way of Art of Living (जुन लेख सिडनीबाट प्रकाशित हुने Nepali Australian Link Incorporated Community Newspaper बाट प्रकाशित भईसके तापनि धेरै कुराहरुमा आँफैलाई चित्त नबुझेका कारण थप धार्मिक तथा बैज्ञानिक पुस्तकहरु पढेपछि लेखलाई आमूल परिवर्तन गरी करीब करीब अन्तिम अवस्थामा पुर्याइसकिएको) बाट राखिएको \"सात शरीर अबधारणा\" उप-शिर्षक समेत हटाएको थिएँ, तर हटाइेएको उक्त \"सात शरीर अबधारणा\" उप-शिर्षकसंग सम्बन्धित वाक्य भने हटाउन छुटेछ। यसरी लेखमा असान्दर्भिक प्रसँगको उल्लेख हुन पुगेको हो। असुबिधाको लागि क्षमा प्रार्थी छु र लेख ध्यान पूर्वक पढी लेखमा हुन गएको गल्ती औंल्याइदिनु भएकोमा पुन: धन्यवाद!

रामकुमार श्रेष्ठ 

केण्ट, वेलायत
-------------------------------------------------------------------------------------------------------------------
प्रिय वासु जी, 
नमस्कार
खसखस डट कम दिन-दिनै उज्यालिदै-माझिदै गएको देखेर मलाई जति खुसी लागेको छ, तपाईं पनि त्यति नै उत्साहित हुनुहुन्छ होला। विशिष्ट प्रतिभाहरुको रचना पस्केको प्रमाण यो हो। बधाइ स्वीकार गर्नुहोस। यो जाँगर अनवरत चल्दै जाओस्। गीता त्रिपाठीजीको साहित्यमा सक्रिय  सहभागिता बढेको थाहा पाएर प्रसन्न भएको छु; निरन्तरताका लागि शुभकामना प्रदान गर्दछु।

हरि घिमिरे-भर्जिनिया,अमेरिका
-----------------------------------------------------------------------------------------------------------------------
बासुजी, 

प्रथमत तपाइँलाई धन्यवाद किनभने तपाइँले मदनदाईको ताजा स्वर श्रवण गर्ने अमूल्य मौका दिनु भयो । पलेटीलाई धन्यवाद नदिईकन रहनै सकिन्न किनकि यो प्रवाशको मरुभूमिमा मदनदाई र थुप्रै स्रष्टाहरुका मीठा स्वर श्रवण गर्ने मौका दिएकोमा । 
मित्र वाशु तपाइँले मदनदाई जस्ता महान स्रष्टाहरुलाई तपाइँको वेवसाईटमा लेराई रहनु होला भन्ने आशा गर्दछु । तपाइँको प्रयासले लगातार आकाश चुमिरहोस यही छ शुभकामना । 
मदनदाई नमस्कार ।
तपाईको गीत सुन्दा तपाई हास्य कलाकार हो भन्ने बिर्संदामात्र गीतको वास्तविक मर्म भेट्टाउन सकिदो रहेछ । सायद यो मेरो व्यक्तिगत अनुभवमात्र पनि होला । तर जे भए पनि तपाईका गीत र गायनले&

अर्जुन प्रधान

आदरणीय खसखस, 
मलाई पनि तिमीसग खासखुस गरि साहित्य सृर्जन, पढ्न मन लागेर आयो । धेरै दिन सम्म खासखुस गरि गजल,कविता अनि धेरै सृजन तिमीबाट पढ्न पाए अनि लेख्ने कोशीस गरेको छु तिमीसगँ केही हप्तासम्म बस्नलाई अनि राम्रा–नराम्रा सुझाब बटुल्नलाई पनि....मलाई माफ गरिदिनु ल खसखस गल्ती भएमा...। 
आशा छ शरणार्थी रङ्गलाई पनि मन पराइ नेपाली मन र पनको सुन्दर माला बनाइ दिन्छौ होला भन्ने ।


अर्जुन प्रधान
हाल: अमेरिकाको मिनिसोटा

saraswati

i am a regular reader of khasskhass i like it really and wish you all the best in future work and success. i also used to write but now am planning to continuity . i wanna ask you how can i send you my articles? can i use nepali unicoad to write? please reply my  question ASAP .

Khasskhass.com

Dear Saraswati,
You can email your articles to khasskhass@gmail.com in either preeti font or unicode font. If you send the same article to many publishers, khasskhass.com will not entertain those articles. Thank you for your interest and good luck.

लेखनाथ भण्डारी

खसखस परिवारलाई पाँचौं बर्ष प्रवेशको खुशियालीको शुभकामना | नेपाली भाषा,साहित्य/संस्कृतिप्रतिको सेवामा समर्पित खसखसको खास प्रयास प्रसंसनिय/बन्दनीय छ | अनलाईन यस्ता सेवाहरुमा नेपाली भाषाको एक रुपता, स्तरियता र सुध्द/शुध्द कसरी लेख्न सकिन्छ भन्ने सम्बन्धमा खसखसले नेतृत्वदायी प्रयास गर्ने सम्बन्धमा अग्रसरता लिन सके सुनमा सुगन्ध हुने थियो |

Bidhya Sapkota

नमस्ते !
खसखस डट कम साहित्यिक तिर्खा मेटाउने त्यो थलो हो जहाँ हामी धित मरुन्जेल कथा, कविता, निबन्ध , गज़ल लगायतका साहित्यिक पेय पिउन सक्छौ | केहि खास पुस्तक तथा महत्वपुर्ण व्यक्तिका अनुभवको खुराकीले कान भर्छौ , आनन्द लिन सक्छौ/सिक्न सक्छौ | अ...झ हामी जस्ता नवोदित कलम प्रेमीलाई समेत समेट्नु यसको खास विशेषता हो /सह्राहनीय कार्य हो, यसका लागि बासु दाजुप्रति सदैव आभारी छु /नेपाली साहित्य पनि कृतज्ञ हुनै पर्छ | 
यस सुन्दर, ज्ञानवर्दक साइट/ हाम्रो साइटले चार वर्षको यात्रा पुरागरि पाँचौ वर्षमा प्रवेश गर्न लागेकोमा हार्दिक हार्दिक बधाई तथा शुभकामना ||

Gyan Bahadur Chhetri

Adaraniaya Basuji,
I congratulate you for your endeviour to aquaint new generation nepali writers with established luminaries. I like to request you to consider all the corners of the world (States) in this regard. I, being a common reader &; writer of Assam (india) feel that due to some technolocal reasons Assam, where neary 20 lacs nepali speaking people have settled is in darkess. if you please advice me, I can give a brief account of how nepali literature has flourished in this region since 1893. I can also give the detail of some prominant literary persons of this area. It is worthy to mention here that there is only one literary organisation, registered &; affiliated to Sahitya Akademi, New Delhi ( the highest literary body of Govt. of India), it is NEPALI SAHITYA PARISAD, ASOM. This organisation represents more than 90% nepali writers of Assam. In addition, there are--- Asom Nepali Sahitya Sabha, Asom Nepali Natya Sammelan, Asom Gorkha Sammelan, Asom Gorkha Chhatra Sangstha etc. These organisations also have done a lot for the nepali literature and upliftment of the nepali society of this region.
thanking you,
Sincerely yours
Gyan Bahadur Chhetri
Chandmari, Tezpur, Assam, India

Shreedhar Basnyat

Basuji thank you for your best wishes to our radio programme. Our best wishes to khasskhass.com. Please listen haamrochautari via www.planetaudio.org.nz/haamrochautari.

amrit subedi gurans

प्रीय सम्पादक दाई नमस्कार....................
श्वरमा रचना रेकर्ड गराएर प्रत्यक्ष रचनाकारकै आवाज सुन्न पाउँदा निकै खुस् लागेको छ । हामी घरदेशमा भएका त्यसमा पनि मोफसलमा रहेका स्रक्ष्टाका लागी यो सुविधा छैन्. छ भने  ९८४६२४४९७६।
अमृत सुबेदी गुराँस, 
कोषध्यक्ष गजल सन्ध्या पोखरा, 
विग एफ एम पोखरा

Basu (Khasskhass.com)

अमृतजी,
मैले यस बारेमा इमेल गरेको छुँ | हेर्नु होला |

Dipendra Regmi {Jayakar}

\"म पनि साहित्य मै रमाउने मान्छे हो, 
तर यस्ता साइड हरुको बारेमा किन थाहा पाउन गाह्रो? 

जेहोस् सबैको लेख मन पर्‍यो 
अब म पनि रेगुलर पढ्नेछु\" 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |