तब पो दशैं आउँथ्यो
गोतामे साँहिलो, (अमेरिका )
दशैंको
लामो विदा शुरु हुने अघिल्लो दिन
स्कुलबाट
झोला च्यापेर फर्कदै गर्दा
वडा
कार्यालयका कारिन्दाहरू
बिजुलीका
पोलमा बत्ति फेरिरहेका हुन्थे
तब
पो दशैं आउँथ्यो
चुनले
रङ्गाएका घरका भित्ता
र
पालिस लगाएका झ्याल ढोका
हरेक
वर्ष घर
झनझन
नयाँ हुँदै जान्थ्यो
तब
पो दशैं आउँथ्यो
घटस्थापनाको
दिन
बुवाले
तामाको कलशलाई
गोबर
मिसाएको माटोले ढाकेर
जौका
दाना ठाडो पारेर जमरा रोप्नु हुन्थ्यो
तब
पो दशैं आउँथ्यो
नौरथाका
हरेक बिहान सखारै
दन्तकाली
दर्शन गर्न आउने
भक्तहरुको
गाइँगुइँ
र
मन्दिरमा बज्ने घन्टीको
टङटङ
आवाजले ब्युँझाइदिन्थ्यो
तब
पो दशैं आउँथ्यो
दशैंको
लागि किनेको नयाँ लुगा
साथीभाइलाई
देखाउन हतार परेर
लाज
र अप्ठेरो लागे पनि
रहरले
जितेपछि
वल्लो
टोल र पल्लो टोल बिनाकाम डुलिन्थ्यो
तब
पो दशैं आउँथ्यो
कुनै
वर्ष त्यहि दशैंको लुगा पनि
स्कुल
ड्रेसमा चित्त बुझाउनु पर्थ्यो
तैपनि
दशैं त आउँथ्यो
दशैंको
खसी भुत्ल्याउन
पानी
उमालिदिए वापत
बक्सिसमा
खसीका पोलेका
कान
खान पाइन्थ्यो
तब
पो दशैं आउँथ्यो
टोलको
माझ चौरमा झुन्ड्याएको
लिङ्गे
पिङमा चचहुई गर्दै
मच्चिएर
दिनभरि खेलिन्थ्यो
तब
पो दशैं आउँथ्यो
मामाघर
त जानु नै थियो
वहानामा
मोटर चढ्न पाइन्थ्यो
मामाघरमा
मीठो खान
दक्षिणामा
रु. १० को नयाँ नोट पाइन्थ्यो
तब
पो दशैं आउँथ्यो
आजभोलि
सधैं
मीठो खान पाइएको छ
सधैं
राम्रो लगाउन पाइएको छ
मोटर
चढ्न पाइएको छ
दक्षिणा
पनि कमाइएको छ
तर
खै
दशैं
आए जस्तो कहिल्यै लाग्दैन