हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको निधन,(खसखस डट कम)


श्रोत:फाइल फोटो


सन् २०१० नोभेम्बरमा वाशिंगटन डिसीबाट टेलिफोनमार्फत खसखस डट कममा निम्त्याईनु भएका वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको आज अपरान्ह दार्जिलिङ्गमा ९१ वर्षको उमेरमा निधन भएको छ |
वहाँको निधनमा हामी स्तब्ध भएका छौ | वहाँको निधनले नेपाली साहित्यमा एउटा अपूरणीय मानकको क्षति भएको अनुभव हामीले गरेका छौं |

ईश्वर बल्लभ तथा बैरागी काइँलासँग तेश्रो आयामको थालनी गर्दै पछि लीला लेखन सिद्धान्तको आरम्भ गर्ने इन्द्रबहादुर राईको निधनको बारेमा साहित्यकार कृष्ण धरावासी 'आफ्नो घरको धुरी गुमेको अनुभव गरिएको' भन्छन् | लीला लेखनको विस्तार र अभिवृद्धि अब आफ्नो काँधमा आइपुगेको अनुभव गरेको बताउंदै भन्छन् 'बालकृष्ण समपछि नेपाली साहित्यमा बौद्धिकता भित्र्याउने दोश्रो व्यक्ति इन्द्र बहादुर राई नै हुन्'|
वहाँको आत्माले चीर शान्तिमा वास गरोस् भन्दै शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौं |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |