हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठ,(बासु श्रेष्ठ -खसखस डट कम)



यस स्तम्भ अन्तर्गत हामीले विसं २०५३ को मदन पुरस्कार विजेता 'नेपालको राष्ट्रिय झण्डा' का लेखक तथा वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठसँग वहाँको बल्खु स्थित निवासमा अमेरिकाबाट फोन मार्फत सम्पर्क गरेर निम्त्याएका छौं | वहाँसँग गरिएका सारगर्भित कुराकानीका सारांश:
नेपाली समालोचनाको स्वरूप कहाँ गएर अड्किएको छ?
नेपाली कथाहरुमा नाम लिनुपर्ने कथाहरु कुनकुन हुन्?
सिर्जनात्मक लेखनबाट आलोचनात्मक लेखनतिर लाग्नुको कारण के हो?
आलोचनात्मक लेखन चुनौतीपूर्ण लाग्यो कि लागेन?

आगामी सोधमूलक ग्रन्थ 'खुकुरी' र 'सगरमाथा'को प्रकाशन कहिले हुनेछ?
नेपाली साहित्यमा सबै भन्दा बलियो विधा कुन हो? लगायतका अन्य थुप्रै सन्दर्भमा भएका कुराकानी प्रस्तुत छ |



Comments

हरि घिमिरे

दयाराम सरको अन्तर्वार्तामा नयाँ कुराहरुको उद्घाटन भएको छ।नेपालको राष्ट्रिय झण्डामा मदन पुरस्कार पाएपछि अब नेपाली खुकुरी र सगरमाथाका बारेमा पनि अनुसन्धान दयाराम सरले गरिरहनु भएको रहेछ, यो एउटा नौलो र रुचिकर विषय हुनसक्ने देखियो।सरको यो प्रयासलाई हामी धैर्यपूर्वक प्रतिक्षामा छौं।समालोचनालाई नयाँ कोणबाट हेरिनुपर्छ भन्ने मान्यता राख्ने दयाराम सरका लेखाइ पनि ठोस, वस्तुपरक र गणितीय रुपमा प्रस्तुत हुन्छन्।यही कुरालाई यस अन्तर्वार्ताले उजागर गरेको छ।यसका साथै नेपाली समालोचनामा देखिएको विकृति र विसङ्गतिलाई पनि सरको स्पष्ट धारणाहरु प्रकट भएका छन्।धन्यवाद वासु जी! राम्रो अन्तर्वार्ता पस्किनु भएको छ।

भारती गौतम

मृदुभाषी, अन्तर्मुखी र वाहिर देख्न र सुन्न कम पाईने दयाराम सरवाट यति सहजढंगले यति गहिरा विचार टिप्न सक्नु भएकोमा वासुजी धन्यवादको हकदार हुनु भयो। कीर्तिपुरमा पढ्न वस्ता अशेष मल्ल र मेरो स्थानिय अभिभावक दयाराम सरको प्राध्यापनक्रमको पहिलो समुहको विद्यार्थी भएर नासो र बसाई जस्ता अमर कृतिहरु को परिचय उहावाट प्राप्तगर्ने सौभाग्य पाएको मा धन्य ठान्छु।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |