अभिनन्दन !!!!
ऋषिराम अर्याल, (काठमाडौँ)
अभिनन्दन ! अभिनन्दन !! अभिनन्दन !!!
हजुर सार्है जाति र दयाबान पनि
राम्रो को त कुरै नगरौ , ज्ञानी त्यत्तिकै
ध्यान त हजुरको कर्म नै भो
बिज्ञान पनि काँ पर छ र हजुर देखि
सबै बिशेषताले परिपुर्ण
त्यसैले, हजुरलाई अभिनन्दन !!!
हजुर निदाउँदा यतातिर अन्ध्यारो हुन्छ र बिउँझदा उज्यालो
हजुरले श्वास लिँदा यतातिर तगारो लाग्छ र, फेर्दा खुल्छ
अस्तिन त्यस्तै भयो, हजुरलाई थाहा नै होला
हजुर कति शक्तिशाली
त्यसैले, हजुरलाई अभिनन्दन !!!
राजा राम त्यताको, रानी सिता यताको
जनक अनि बुद्ध पनि यतैको
थाहा छदैछ हजुरलाई
फेरि झुक्किएर सबै त्यतैको भनिएला
अस्तिन पनि त्यस्तै भयो
यस पटक अलि ख्याल गर्न पर्ला
सुन्दैछु, हजुरले आँखा खोल्दा
बिजुली निस्कन्छरे
मुख खोल्दा भुकम्प जान्छ रे
त्यसैले मुखको साटो आँखा मात्रा खोल्नु पर्ला
हजुर, ज्ञानी, ध्यानि र मानि पनि त्यसैले, हजुरलाई अभिनन्दन !!!