हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

साहित्यकार नीलम कार्की निहारिका,(बासु श्रेष्ठ)



नेपालको साहित्य, कला तथा सँस्कृतिको फाँटमा चर्चित व्यक्तिहरुसँग आफ्नो खसखस राख्ने क्रममा यस पटक हामीले निम्त्याएका छौँ साहित्यकार नीलम कार्की निहारिका । २०७४ को मदन पुरस्कार विजेता योगमाया उपन्यासको लेखिका नीलम निहारिकाको जन्म पाल्पाको गोठादीमा २०३१।१२।२७ का दिन भएको हो । कविताबाट साहित्यिक यात्रा थाल्नु भएकी नीलमबाट हालसम्म बेली, हवन तथा कागजमा दस्तखत तीन कथा सँग्रह, नीलम कार्की निहारिकाका कविता नामक कविता सँग्रह तथा उपन्यासमा मौन जीवन, नियतीको खेल, अर्की आईमाई, चीर हरण तथा योगमाया नामक उपन्यास प्रकाशित भई सकेको छ । नीलम सन् २००७ देखि अमेरिकामा बस्दै आउनु भएको छ । यसर्थ विदेशमा बसेर लेखिएको कृतिले मदन पुरस्कार पाएको यो पहिलो पटक हो भन्दा अत्यूक्ति नहोला । स्मरण रहोस्, दुई वर्ष २०७२ को पद्मश्री पुरस्कारबाट चीरहरण उपन्यास पनि पुरस्कृत भई सकेको छ ।

हालै मदन पुरस्कारबाट पुरस्कृत योगमायाका तिनै लेखिका नीलमसँगको कुराकानीमा तपाई सबैलाई स्वागत छ ।




Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |