हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नगेन्द्र न्यौपानेको साहित्य,(होमनाथ सुवेदी)

नगेन्द्र न्यौपानेको साहित्यलाई पद्य र गद्य गरी २ (दुई) पाटामा राखेर हेुर्नुपर्छ । नगेन्द्र न्यौपानेको हात पद्य र गद्य दुवैमा चलेको छ ता पनि पद्य भन्दा गद्यले नेतृत्व गरेको छ । हराएका कैदीहरुकविता बाहेक अरु ४ (चार) वटै पुस्तक गद्य साहित्य भित्र पर्दछन् । यी मध्ये २ (दुई) वटा उपन्यास हुन्, यौटा यात्रा साहित्य, यौटा अनुदित साहित्य । यो अनुदित भने उनको यात्राको बङ्गलादेशको नै योगेश उपाध्यले गरेको अनुवाद हो । त्यसैले गद्यमा ३ वटा कृति विवेच्य छन् । पद्यमा एक ।

१. नगेन्द्रको गद्य साहित्य

    क. नगेन्द्रको उपन्यास साहित्य

दरबार बाहिरकी महारानीको उद्देश्य दरबारभित्र लुकेका विकृति र संस्कारहरुलाई बाहिर ल्याउनु नै हो । तृतीय पुरुष दृष्टिविन्दुमा सुरु भए पनि गीता मुख्य पात्रले आफैआफ्नो कथा वाचन गर्ने गराइएको छ यसले यसमा प्रथम पुरुष दृष्टिविन्दु पनि भएको मान्न सकिन्छ । यो उपन्यासकी मुख्य पात्र गीता नै हुन्ः नायिका दरबार बाहिरकी महारानी । मुख्य सहायक पात्र महेन्द्र, रवीन्द्र, काँग्रेस गिरिजा, वि.पी. राजनैतिक गणेशमान, कम्युनिष्ट लोकनाथ आदि छन् । दृष्टिविन्दु प्रथम पुरुष हो । उपन्यास लेखनको प्रविधिमा पूर्वस्मृति हैन, संंचेतना हैन, सरल प्रविधि आदि, मध्य र अन्तको क्रममा नै लेखएको छ ।

नेपालको जन आन्दोलनलाई वस्तु बनाएर लेखिएको यो उपन्यास दरवार बाहिरकी महारानी२०६९-२०१२ को लेखनले उनलाई उपन्यास लेखनमा परिपक्व बनाएको छ । यो उपन्यासले नइपुरस्कार पनि जित्यो । यो उपन्यासको वस्तु नेपालका भू.पू. स्वर्गीय राजा महेन्द्र विर विक्रम शाहको भित्र पट्टि राखिएकी श्रीमतीको कथा हो । यो सत्य हो भन्ने हुँदा हुँदै पनि कला र कल्पनाको जलप दिएर नगेन्द्रले इतिहासलाई साहित्य बनाएका छन् । यो ऐतिहासिक उपन्यास हो । यसमा भाषा सौम्य छ । सरल कथानक र परंपरित प्रविधिमा लेएिको छ ।

उल्टो रिसभाग १ उपन्यासमा १८ च्याप्टर छन् । परंपरागत शैलीमा लेखिएको छ यसको बस्तु जन आन्दोलन र राजा र जनताको बीचबाट नै निकालिएको छ । ऐतिहासिक वस्तुमा चाख भएरै होला नगेन्द्र न्यौपानेले २०६५ मा एक भाग लेखेर दोश्रो भाग न लेख्दै दरबार बाहिरकी महारानी२०६९ प्रकाशित गर्न पुगे । यो उपन्यासको वस्तु दरबार हो । दरबारलाई नङग्याउनु यसको आशय देखिन्छ । यसमा ३० अध्याय छन् । कथानक सरल छ । वर्णन रोचक छ । यो उपन्यासले नइपुरस्कार पाएको हो ।

उल्टो रिस पनि राजदरबार भित्र दाई भाईको द्वन्द्व जनविद्रोहमा कसरी किन उत्रिएका हुन् दरबारमा ।

नगेन्द्र न्यौपानेका दुई वटा उपन्यास प्रकाशित भएका छन् । उल्टो रिसदरवार बाहिरकी महारानीउल्टो रिसउपन्यासको यो भाग १ मात्र हो । भाग २ आएको छैन । भाग १ चाहि २०६५-२००९ मा प्रकाशित भएको हो । यसमा १९ खण्ड छन् । यो पहिलो उपन्यास हो । यसमा भएको ऐतिहासिक उपन्यास लेख्ने हुटहुटीले नै उल्टो रिसको दोश्रो भाग पूरा हुन न दिई दरबार बाहिरकी महारानी लेख्न दौडायो र उनले यसमा सफलता पनि पाएको समालोचकहरुको मूल्याड्कन छ ।

ख. नगेन्द्रको कथा साहित्य

नगेन्द्रको अन्तिम घुट्कोकथा संग्रह बि.सं.२०५० मा नेपालगंजमा लेखिएको हो । अतिथि सत्कार कथा २०६३मा लेखएको हो । यसरी हेर्दा १३ वर्षका कथा यसमा संकलित छन् । यो सरल शैलीका र मीठा कथाको संग्रह हो । यसमा १३ वटा कथा छन् ।  यी कथाहरु सत्य घटनामा आधारित छन् । यथार्थवादी छन् । दुइवटा कथा प्रथम पुरुष दृष्टि विन्दुमा छन् । यसका अरु कथा तृतीय दृष्टि विन्दुमा लेखिएका छन् । यी कथाको सरसरती हेर्दा ती यस प्रकार छन्ः १. लुरे इन्डिया प्रवासी चौकीदार भएको इन्डियन डाँकासित जुधेर मर्छ । यसको पछाडि मान्छेका आर्थिक कमजोरी नै कारण हो । त्यसैले यो मान्छे कामको प्यासी त्यो अवस्थामा वाध्य भएर विर गोर्खाली बनेर मर्छ यौटा नेपाली । २.  कोठा नं.१०१ अमेरिकाको इमाकालीसित लव विवाहित नेपालीे केटालाई पछ्याउँछे । त्यहाँ पछि छोड्छे अमेरिकन केटीहरू इमिग्रान्टहरुबाट फाइदा खोज्छन् । पात्रपात्रा शेखर र इमाको कथा हो । ३. प्रसुति व्यथा नेपालको दुर्गम ठाउँ भोजपुरका  कोही अस्पतालमा साधन छैन, नर्स मात्र हुन्छन् । सुत्केरी हुन नसकेर दारुण मृत्यु वरण गर्छे । ४. तालीम केन्द्र नेपाल कै कथा हो डायस्पोराको हैन । माओवादीले तालिम गराउन चक्रलाई लान्छन् । उसलाई तिनीहरुको व्यवहार मनपरी भागेर आउँछ तर यता प्रहरिले माओवादी आयो भनी पक्रेर मार्छन् । यो जनयुद्धको कथा हो । खेदपूर्ण, दुःखद छ । ५.  भागेको नोकर अमेरिकाको गोरेले दास बनाएर राखेको नोकर ऊ भाग्छ । मालिक गोरे हो र काला श्रमिक गोरेको द्वन्द्व हो । लेखक श्रमिक सीमान्तीकृत व्यक्ति र वर्गको पक्षमा छ । आत्मपरक छ । ६. अन्तिम घुट्को केटीको किशोर युवतीको कथा हो । ऊ केटासित लागेकी हुन्न तर घरकाले शंका गर्छन्, टर्चर गर्छन् र अन्तमा ऊ विष खाएर मर्छे । उमेरको अन्धसँस्कृतिले दिएको दुःख हो । ७. खहरे पसेको घर नायिका नारी पत्नी हो श्रीमान् जड्याँहा । पेट बोकेकी छ । सुत्केरी हुँदाको दिन मै खहरे पस्छ । खहरेले बगाउँछ सबलाई । मर्छन् । लास पत्ता लाउँदा योनीको आधा बाहिर बच्चा भएको विजोग अवस्था देखिन्छ । उद्धारका कुरा कुरै मात्र । ८. परिवर्तन बंगलादेशमा मुस्लिमले हिन्दुलाई धर्म परिवर्तन गराउन बाध्य बनाएको कथा । हिन्दु संख्या घट्दै गएको छ । बाबा चन्द्र बीर मेहता धर्मपरिवर्तन गराउन चाहन्छ । छोरो अशोक त्यसको विरोधी छ । प्रशाशनले नै हस्तक्षेप गरी हिन्दुहरुको नाश गर्दै गएको छ भन्ने सन्देशसितको कथा हो यो ।  ९. सागर तरे पछि अनेक डायस्पोरामध्येको यौटा स्पेनिस डायस्पोराको कथा हो यो । नेपाली डायस्पोराको चरित्रसित पनि दुरुस्तै मिल्छ होजेको चरित्र । १०. को राम्रो ? नेपाल कै कथा होखरदार बाजेका २वटी श्रीमती छन् । तेश्री केटी कान्छी वालिका तरुनी पनि ल्याउछन् । पछि बूढा बूढा हुदै जान्छ । कान्छी तरुनी हुन्छे र शंकाले लंंका खान्छ र खरदारले मास्टरलाई शंका गर्छन् । सौता र  श्रीमान् मिलेर भगाउँछन्, ऊ माइत जान्छे र पछि हेला गर्छन् । ऊ देवघाट गएर बस्छे । खरदार पनि पछि देवघाट जान्छन् । उनलाई कान्छीलाई विनाकारण निकालें उ दोषी थिइन भनेर पश्चाताप गरेका थिए । देखे पछि बोलाएर यौटा घरमा पस्छन् । अगाडि के भो भन्दैन कथा । तर दुवै मिले भन्ने अन्दाज सजिलै गर्न सकिन्छ ।  ११.आफ्नो निर्णययस कथामा कथाकारले छापामार युद्धको तालिममा वालवालिका तालिममा लाने र दुःख दिएर छोड्ने जस्ता खराब आचरण र द्वन्द्वको बेलाको माओवादी भित्र भएको बेथितिको पर्दाफास गर्नु यसको उद्देश्य रहेको छ । १२. लाटीको मायाआत्मपरक प्रथम पुरुषमा लेखिएको छ । लाटीले बच्चा पाउँछे तर बाबुको पहिचान छैन, थाहा छैन । हस्पिटलले कसैले लान चाहे लग  भनेर विज्ञापन गरे पछि यौटा लेखकले ल्याउँछ तर विना बच्चा लाटीलाई बाँच्न कठिन हुन्छ र लाटी आएर भोलिपल्टै लैजान्छे । आमाको ममताको अगाडि बाबुको ठेगाना नै छैन । १३. अतिथि सत्कार तृतीय दृष्टिविन्दुमा छ यो कथा । अमेरिकन नारी सेक्स र प्रणयको नाङ्गो रुपलाई उदाङ्ग पारिएको छ । परिवार सहित भएको एक नेपालीले क्रिष्टिनामा समर्पित हुन सक्दैन । उसको यो डायस्पोरामा व्यवस्थित हुने उसमै समस्या यहाँ देखाइएको छ आफ्नो लक्ष्यमा नेपाली रहन्छ त्रिलोक र क्रिस्टिनाको अमेरिकन संस्कृतिको बीच द्वन्द्व छ । अस्तित्व र पहिचानको पनि त्रिलोकको माध्यमबाट कथाकारले अगाडि सारेका छन् (पृ.१०२) क्रिस्टिना नारीले नरलाई यौन संपर्कमा ल्याई उपयोग गर्न खोजेको पाएर क्रिस्टिनालाई हाकिम नै भए पनि लत्याएर काम पनि छोडेर हिड्छ त्रिलोक । यो एक आदर्श प्रस्तुत छ ।

समग्रमा यो कथा संग्रहले समसामयिक समस्याको आकलन गरी पाठकको अगाडि राख्न सफल भएको छ ।

कथामा नगेन्द्र न्यौपानेको अन्तिम घुट्कोकथा संग्रह बगर फाउन्डेसनले २०६४ मा प्रकाशित गरेको हो । यसमा १३ वटा कथा संकलित छन् । न लामा न छोटा आकारका कथा र कथानकमा सरल कथा छन् । कथामा नेपाली र अमेरिकन संस्कृतिको द्वन्द्व छ जस्तो क्रिष्टिना र त्रिलोको कथा (अतिथि सत्कार) । यसमा अमेरिकन नारीको सेक्स भावना नैतिकता र प्रणयको रुपलाई उदाङ्ग पारिएको छ ।

अमेरिकामा नेपालीको मात्र डायस्पोरा छैन । अनेक छन् । ती मध्ये स्पेनिस डायस्पोरा पनि एक प्रमुख डायस्पोरा हो । त्यो समूहको चित्रण सागर तरे पछिकथाले यथार्थमा गरेको छ । क्युवा आफ्नो देशको सरकार विरोधी नै भए पनि क्रान्तिकारी नेता होजे युद्धको तयारी गर्न आफ्ना सन्तानलाई खतरामा हालेर डुङ्गाबाट फ्लोरिडा उत्रन्छ । फ्लोरिडा आए पछि ऊ सँग जति प्रजातान्त्रिक क्युवाको सपना भए पनि यही राजनैतिक शरणार्थी भएर बस्छ । बसे पछि स्पेनिसले डायस्पोरा भएर बस्दा यौटा तुच्छ मेनेजरले उस माथि गरेका गाली गलौज ह्युमिलेसनले ऊ विधिमा हुन्छ त्यत्ति हैन उस माथि केही अश्वेतको आक्रमण हुन्छ र पर्स लुट्न खोज्दा त्यही युद्ध हुन्छ त्यो युद्धमा ऊ मारिन्छ उसको साथमा न स्वास्नी लुखिया हुन्छे न साथी दलाल मार्टिन हुन्छ न उससँग क्रान्तिकारि समुह ऊ सँग केवल मुर्दा शरीर अर्थि थियो – “हावामा उडिरहेको प्रजातान्त्रिक क्युवाको सपना (सागर तरे पछि) स्पेनिस डायस्पोराको कथा हो यो प्रतीकात्मक रुपमा यसले नेपाली डायस्पोराको प्रतिनिधित्व गर्छ । नेपालीकै वस्तु नभए पनि यो डायस्पोराको वस्तु भएको डायस्पोरिक कथा हो । कथा केही लामा छन् र यस प्रकार कथा छोटा सागर तरे पछि होजे डायस्पोरा हो । त्यो होजे नभएर होम बहादुर पनि हुन सक्छ । बहादुरको दुर्दशा भएको कथाको संकलन हो यो अन्तिम घुड्को ।

नगेन्द्रको कथा साहित्यमा अन्तिम घुट्कोकथा संग्रह बि.सं.२०५० मा नेपालगंजमा लेखिएको हो । अतिथि सत्कार कथा २०६३मा लेखएको हो । यसरी हेर्दा १३ वर्षका कथा यसमा संकलित छन् । यो सरल शैलीका र मीठा कथाको संग्रह हो । यसमा १३ वटा कथा छन् ।  यी कथाहरु सत्य घटनामा आधारित छन् । यथार्थवादी छन् । दुइवटा कथा प्रथम पुरुष दृष्टि विन्दुमा छन् । यसका अरु कथा तृतीय दृष्टि विन्दुमा लेखिएका छन् । यी कथाको सरसरती हेर्दा ती यस प्रकार छन्ः १. लुरे इन्डिया प्रवासी चौकीदार भएको इन्डियन डाँकासित जुधेर मर्छ । यसको पछाडि मान्छेका आर्थिक कमजोरी नै कारण हो । त्यसैले यो मान्छे कामको प्यासी त्यो अवस्थामा वाध्य भएर विर गोर्खाली बनेर मर्छ यौटा नेपाली । २. कोठा नं.१०१ अमेरिकाको इमाकालीसित लव विवाहित नेपाली केटालाई पछ्याउँछे । त्यहाँ पछि छोड्छे अमेरिकन केटीहरू इमिग्रान्टहरुबाट फाइदा खोज्छन् । पात्रपात्रा शेखर र इमाको कथा हो । ३. प्रसुति व्यथा नेपालको दुर्गम ठाउँ भोजपुरका  कोही अस्पतालमा साधन छैन, नर्स मात्र हुन्छन् । सुत्केरी हुन नसकेर दारुण मृत्यु वरण गर्छे । ४. तालीम केन्द्र नेपाल कै कथा हो डायस्पोराको हैन । माओवादीले तालिम गराउन चक्रलाई लान्छन् । उसलाई तिनीहरुको व्यवहार मनपरी भागेर आउँछ तर यता प्रहरिले माओवादी आयो भनी पक्रेर मार्छन् । यो जनयुद्धको कथा हो । खेदपूर्ण, दुःखद छ । ५.  भागेको नोकर अमेरिकाको गोरेले दास बनाएर राखेको नोकर ऊ भाग्छ । मालिक गोरे हो र काला श्रमिक गोरेको द्वन्द्व हो । लेखक श्रमिक सीमान्तीकृत व्यक्ति र वर्गको पक्षमा छ । आत्मपरक छ । ६. अन्तिम घुट्को केटीको किशोर युवतीको कथा हो । ऊ केटासित लागेकी हुन्न तर घरकाले शंका गर्छन्, टर्चर गर्छन् र अन्तमा ऊ विष खाएर मर्छे । उमेरको अन्धसँस्कृतिले दिएको दुःख हो । ७. खहरे पसेको घर नायिका नारी पत्नी हो श्रीमान् जड्याँहा । पेट बोकेकी छ । सुत्केरी हुँदाको दिन मै खहरे पस्छ । खहरेले बगाउँछ सबलाई । मर्छन् । लास पत्ता लाउँदा योनीको आधा बाहिर बच्चा भएको विजोग अवस्था देखिन्छ । उद्धारका कुरा कुरै मात्र । ८. परिवर्तन बंगलादेशमा मुस्लिमले हिन्दुलाई धर्म परिवर्तन गराउन बाध्य बनाएको कथा । हिन्दु संख्या घट्दै गएको छ । बाबा चन्द्र बीर मेहता धर्मपरिवर्तन गराउन चाहन्छ । छोरो अशोक त्यसको विरोधी छ । प्रशाशनले नै हस्तक्षेप गरी हिन्दुहरुको नाश गर्दै गएको छ भन्ने सन्देशसितको कथा हो यो ।  ९. सागर तरे पछि अनेक डायस्पोरामध्येको यौटा स्पेनिस डायस्पोराको कथा हो यो । नेपाली डायस्पोराको चरित्रसित पनि दुरुस्तै मिल्छ होजेको चरित्र । १०. को राम्रो ? नेपाल कै कथा होखरदार बाजेका २वटी श्रीमती छन् । तेश्री केटी कान्छी वालिका तरुनी पनि ल्याउछन् । पछि बूढा बूढा हुदै जान्छ । कान्छी तरुनी हुन्छे र शंकाले लंंका खान्छ र खरदारले मास्टरलाई शंका गर्छन् । सौता र  श्रीमान् मिलेर भगाउँछन्, ऊ माइत जान्छे र पछि हेला गर्छन् । ऊ देवघाट गएर बस्छे । खरदार पनि पछि देवघाट जान्छन् । उनलाई कान्छीलाई विनाकारण निकालें उ दोषी थिइन भनेर पश्चाताप गरेका थिए । देखे पछि बोलाएर यौटा घरमा पस्छन् । अगाडि के भो भन्दैन कथा । तर दुवै मिले भन्ने अन्दाज सजिलै गर्न सकिन्छ ।  ११.आफ्नो निर्णययस कथामा कथाकारले छापामार युद्धको तालिममा वालवालिका तालिममा लाने र दुःख दिएर छोड्ने जस्ता खराब आचरण र द्वन्द्वको बेलाको माओवादी भित्र भएको बेथितिको पर्दाफास गर्नु यसको उद्देश्य रहेको छ । १२. लाटीको मायाआत्मपरक प्रथम पुरुषमा लेखिएको छ । लाटीले बच्चा पाउँछे तर बाबुको पहिचान छैन, थाहा छैन । हस्पिटलले कसैले लान चाहे लग  भनेर विज्ञापन गरे पछि यौटा लेखकले ल्याउँछ तर विना बच्चा लाटीलाई बाँच्न कठिन हुन्छ र लाटी आएर भोलिपल्टै लैजान्छे । आमाको ममताको अगाडि बाबुको ठेगाना नै छैन । १३. अतिथि सत्कार तृतीय दृष्टिविन्दुमा छ यो कथा । अमेरिकन नारी सेक्स र प्रणयको नाङ्गो रुपलाई उदाङ्ग पारिएको छ । परिवार सहित भएको एक नेपालीले क्रिष्टिनामा समर्पित हुन सक्दैन । उसको यो डायस्पोरामा व्यवस्थित हुने उसमै समस्या यहाँ देखाइएको छ आफ्नो लक्ष्यमा नेपाली रहन्छ त्रिलोक र क्रिस्टिनाको अमेरिकन संस्कृतिको बीच द्वन्द्व छ । अस्तित्व र पहिचानको पनि त्रिलोकको माध्यमबाट कथाकारले अगाडि सारेका छन् (पृ.१०२) क्रिस्टिना नारीले नरलाई यौन संपर्कमा ल्याई उपयोग गर्न खोजेको पाएर क्रिस्टिनालाई हाकिम नै भए पनि लत्याएर काम पनि छोडेर हिड्छ त्रिलोक । यो एक आदर्श प्रस्तुत छ ।

समग्रमा यो कथा संग्रहले समसामयिक समस्याको आकलन गरी पाठकको अगाडि राख्न सफल भएको छ ।

ग. नगेन्द्रको यात्रा साहित्य

नगेन्द्र न्यौपानेको हात यात्रा साहित्यमा सुरु देखि चलेको छ । उनको यात्राको बंगलादेश२०६२-२००६ मा प्रकाशित भएको हो । यो उनी स्वयम्ले बंगलादेशमा गरेको यात्रालाई लिएर स्मरणात्मक उपन्यास जस्तो यौटै भोलुममा १०० पेजको कथा बनाएर ११ खण्डमा लेखिएको छ । यसको अंग्रेजी अनुवाद पनि भएको छ । An Odyssey in Cyclone (Travelogue) ( २०६५-२००८ यो यात्रा बंगलादेश कै अनुदित पुस्तक हो । नगेन्द्र न्यौपानेको यात्राको बंगलादेशको अनुवाद योगेश उपाध्यायले गरेका छन् ।

२. नगेन्द्रको पद्य साहित्य

ऐलेसम्मको प्रगतिको मूल्याङ्कन गर्दा पद्यले गद्यलाई अगाडि जान बाटो छोडिदिएको छ । पद्य साहित्यमा उनको दरिलो स्तम्भ भनेको नै हराएका कैदीहरूकविता सङ्ग्रह हो । यही उनको पहिलो पुस्तकाकार कृति पनि हो र यो २०६१-२००४ मा अनेसासबाट प्रकाशित भएको हो । यसका ३७वटा कविताहरु छन् । यसको प्रकाशकीय डा. दुबसु क्षेत्री र भूमिका यो पङ्तिकारका विश्लेषणात्मक रहेका छन् ।

अन्तमा नगेन्द्र न्यौपानेको लेखनी अझै दौडिरहेको र दौडने मार्गको दुरी धेरै फराकिलो भएकोले ऐले नै कुनै यौटा कित्तामा बाँधेर प्रगतिको बाधक बन्नु उचित देखिदैन । पद्यभन्दा गद्य साहित्यमा उनी नईबाट पुरस्कृत भएको कुराले त भविष्यको संकेत भने गरिसकेको छ ।  

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |