नेपाली भाषा–साहित्यमा शिव रेग्मी कुनै नौलो नाम
होइन । उमेरका ७५औँ वर्षका खुट्किलाहरू उक्लिरहेका रेग्मीलाई नेपाली साहित्यको
जीवित इतिहास भने पनि हुन्छ । उहाँलाई आज पनि कुनै साहित्यकार या साहित्यिक
घटनाहरूको तिथिमिति कण्ठ छ । २०१७ सालमा कविता लेखेर सिर्जनाको ढोका खोल्नु हुने
रेग्मीका मौलिक तीन र सम्पादित करिब तीन दर्जन कृतिहरू प्रकाशित छन् । वि.सं.२०७१
सालको ‘जगदम्बाश्री’ बाट पुरस्कृत रेग्मीले भीमनिधि तिवारी
पुरस्कार, गोमा पुरस्कार, अस्वीकृत पुरस्कार, पत्रकारिता पुरस्कारलगायत झन्डै एक
दर्जन पुरस्कार तथा सम्मानहरू प्राप्त गरिसक्नुभएको छ । हाल, पौढता र यस सँगसँगै पछ्याइरहने केही
रोगका कारण अलि शिथिल देखिए पनि रेग्मी नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा लागि
नै रहनुभएको छ । उनै श्री रेग्मीसँग साहित्यकार तथा पत्रकार रमण घिमिरेले
गरेको रोचक वार्तालाप प्रस्तुत छ ।