दोहामा ओला ,(खसखस डट सम्वाददाता)
दोहा कतारमा आयोजित एक साहित्यिक कार्यक्रममा बिनोद खड्काको पहिलो नियात्रा
संग्रह “ओला”
को लोकार्पण
भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नबोदित साहित्यिक
वाचनालय कतारको मासिक वाचन सृङखलाको ७० औ डबलीमा उक्त कृति बिमोचन गरिएको थियो ।
वाचन शृंखलाका बिशिष्ट श्रोताहरु,
लेखककी
धर्मपत्नी रमा खडका तथा लेखक बिनोद खड्काले संयूक्त रुपमा नियात्रा संग्रह “ओला” बिमोचन गरेका थिए । ४३ ओटा
नियात्राहरुको संग्रह ओलाको प्रकाशन अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल
च्याप्टरले गरेको थियो भने निवन्धकार तथा नियात्राकार युवराज नयाँघरेले सम्पादन
गरेका हुन ।
४० भन्दा बढी मुलुक घुमेर तयार पारिएको ‘ओला’ मा नेपालीहरूको संघर्ष, उपलब्धि, सम्मान र आपसी मित्रताको सन्दर्भहरू समेटिएको कार्यक्रममा बताइयो । कतारको दोहामा आयोजित कार्यक्रममा पुस्तकमाथि कवि तीर्थ संगम राईले टिप्पणी गरेका थिए भने कवि खड्काले पुस्तकबारे प्रस्टयाएका थिए ।