हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

साहित्यकार भानुभक्त पोखरेलको दुखद निधन ,(खसखस सम्वाददाता)

हार्दिक समवेदना

आज २०७० कातिक १९ गते वरिष्ठ साहित्यकार भानुभक्त पोखरेलको ओम अस्पतालमा दिउँसो १.३० बजे देहावसान भयो | आजै साँझ काठमाडौँ पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिदैछ | मधुमेय रोगी पोखरेलका श्रीमती धनाकुमारी, तीन छोरा र एक छोरी हुनुहुन्छ | जेठा र कान्छा छोरा तथा छोरी अमेरिका बस्नु हुन्छ | पोखरेलको पार्थिव शरीरमा माइला छोरा देवीचन्दले दागबती दिनु भयो |
१९९३ असोज ८ गते पाँचथरको ऒयाङ्गमा जन्मिनु भएका पोखरेलको हिमवत खण्ड, मृत्युञ्जय र जागृति राग तीन महाकाब्यहरु, खण्डकाब्य, र कविताका एक दर्जन कृतिहरु तथा निवन्ध, समालोचना र भाषाका एक दर्जन कृतिहरुका साथै अनेक फुटकर रचनाहरु प्रकाशित रहेका छन् |
भानुभक्त पोखरेलले महेन्द्र मोरङ कलेजमा प्राध्यापन गर्नु हुन्थ्यो | पोखरेलको देहावसानले सिंगो नेपाली साहित्यमा अपुरणीय क्षति पुगेको छ | पोखरेलप्रति हार्दिक श्रद्धाञ्जलि !!!

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |