हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मोती जयन्ती तथा साधारण सभा ,(खसखस सम्वाददाता )

मोती जयन्तीमा गजल प्रतियोगिता र वाचन कार्यक्रम हुने
खेमराज गाउँले, रोल्पा भदौ ५ ।
१ सय ४८ औं मोती जयन्ती मनाउनको लागि रोल्पामा मूल समारोह समिति गठन गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, ललित साहित्य परिषद्, जलजला साहित्य परिषद्, विश्व नारी नेपाली साहित्य सम्मेलन अञ्चल समारोह समिति र जिल्ला समारोह समितिको संयुक्त आयोजनामा यस वर्षको मोती जयन्ती मनाउन लागिएको हो ।
यही भदौ २० गते कार्यक्रम सम्पन्न गर्नका लागि गायत्री घर्तीमगरको संयोजकत्वमा ११ सदस्यीय मूल समारोह समिति बुधबार लिबाङमा गठन गरिएको हो । समितिका सदस्यहरुमा डी.बी. टुहुरो, ओम पन्छी, कविता उपाध्याय, भगवती बुढा, दीपेश पराइ विष्ट, खेमराज गाउँले, देवी गुरुङ, दिलकुमारी बुढामगर दिलु, केवी विरही र मोहन परियार रहेका छन् ।
विश्व नारी नेपाली साहित्य सम्मेलन राप्ती अञ्चल समारोह समितिका संयोजक गायत्री घर्तीमगरको अध्यक्षतामा लिबाङमा सम्पन्न बैठकले १९ गते लिबाङमा खुल्ला गजल प्रतियोगिता सञ्चालन गर्ने र २० गते खुल्ला गजल वाचन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै कार्यक्रम सम्पन्न गर्नका लागि भगवती बुढामगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, नवीन लोचन मगरको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, मोहन सहयात्री परियारको संयोजकत्वमा सांस्कृतिक उपसमिति र देवी गुरुङको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
खुल्ला गजल प्रतियोगितामा प्रथम हुनेलाई २ हजार, द्वितीयलाई १५ सय, तृतीयलाई १ हजार, सान्त्वना हुनेलाई ५ सय नगदसहित प्रमाणपत्रको व्यवस्था गरिने प्रचाप्रचार उपसमिति संयोजक देवी गुरुङले जानकारी दिनुभयो । मूल आयोजक समितिको बैठक १५ गते बस्ने निर्णयसमेत भएको छ ।


ललितको साधारणसभा असोजमा हुने
समाचारदाता, भदौ ५ गते ।
ललित साहित्य परिषद् रोल्पाको वार्षिक साधारणसभा आउँदो असोजमा हुने भएको छ । बुधबार लिबाङमा सम्पन्न बैठकले परिषद्को १३ औं साधारणसभा असोज ५ गते सम्पन्न गर्ने निर्णय गरेको हो ।
परिषद्का अध्यक्ष ओम पन्छीको अध्यक्षतामा बसेको बैठकले संस्थागत प्रतिवेदनको लागि महासचिव केवी विरहीलाई र आर्थिक प्रतिवेदन तयारका लागि कोषाध्यक्ष दिलकुमारी बुढामगर दिलुलाई जिम्मा दिएको छ ।
यस्तै परिषद्को नविकरण गर्नका लागि अध्यक्ष पन्छीलाई जिम्मा दिइएको छ भने बालकृष्ण आचार्यलाई लेखापरिक्षक तोकेको महासचिव केवी विरहीले जानकारी दिनुभयो ।
बैठकले जिल्लामा क्रियाशील साहित्यिक संस्थाहरुसँग समन्वय गरी १ सय ४८ औं मोती जयन्ती मनाउने निर्णय गरेको छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |