हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तुलसी दिवससँग एक साँझ ,(खसखस डट कम)


आज जुलाई २० का दिन वरिष्ठ साहित्यकार तथा संस्कृतिविद तुलसी दिवससँग एक साँझ कार्यक्रम भर्जिनियाको फेयरफ्याक्समा सम्पन्न भयो | खसखस डट कम लगायत अन्य केहि संस्थाहरुको सह आयोजनामा भएको सो कार्यक्रममा मूलतः तुलसी दिवसमा केन्द्रित रहेको भए ता पनि स्थानीय कविहरु निरा शर्मा, गोपाल रेग्मी, नारायण अधिकारी, सरला श्रेष्ठ, प्रेम संग्रौला, रजनी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, बासु श्रेष्ठ, सुदिपभद्र खनाल, प्रकाश नेपाल, बसन्त श्रेष्ठ तथा हेमन्त श्रेष्ठलेपनि कविता वचन गरेका थिए |
डिनर सहित $२०.०० सशुल्क गरिएको सो कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा, मधु क्षेत्री तथा लोक गायक प्रेम राजा महतकोपनि उपस्थिति रहेको थियो |
मुख्य आकर्षण रहेका तुलसी दिवसले कविता, कला र संस्कृतिको बारेमा बोल्दै आफ्ना कविताहरु आकर्षक ढंगले प्रस्तुत गरेका थिए |
सो कार्यक्रममा नेपालबाट आइ रहेका एबिसी टेलिभिजनका शुभशंकर कँडेल, मधु क्षेत्री, कलाकार सरोज खनाल तथा प्रेमराजा महतलेपनि आफ्नो छोटो मन्तव्य राखेका थिए |
कार्यक्रमपछि डिनरको व्यवस्था गरिएको थियो |
फोतोकोलागी तलको लिंकमा क्लिक गर्नुहोस:

https://www.facebook.com/profile.php?id=100006279067765&sk=photos&collection_token=100006279067765%3A2305272732%3A69&set=a.1395060007379955.1073741829.100006279067765&type=1

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |