हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ईश्वरको बगैचा र चुमीरहेका ऊँटहरु,(गीता खत्री )

 

     (ईश्वरको बगैचाको प्रवेश ढोकासंगैको ढुँगेबोर्ड अगाडि)

आज हामी Royal Gorge Bridge गएर सँसारको सबैभन्दा अग्लो (अर्कान्सास नदीदेखि ९५५ फिटमाथि) बनेको झोलुङे पृ्ल हेर्ने योजना थियो । कहिलेकाँही आफुले एकातिर सोचेको हुन्छ समयले अर्कैतिर पुर्याउँछ । आज त्यस्तै भयो हाम्रो योजना पनि ।  हामीलाई मंगलबारको समय दिएर दिनभरीसंगै घुम्ने, घुमाउने जिम्मा हाम्री प्यारी बहिनी बिनीता थापाले लिएकी थिईन । बिनिता र हाम्रो सम्बन्ध झण्डै बीस बर्ष हुन लाग्यो होला । उनि कोलोराडो आईपुगेको भने करीब दुई बर्ष जति भएछ ।

योजना अनुसार बिनिता, ज्वाई मनिश थापा र छोरी आनियाँलाई साथमा लिएर बिहान आठै बजे अरोरा आईपुगीन । तर हामी त्यतीबेला घरमा थिएनौं । हिजो रातीदेखि हामी घरभित्र पस्न सकेका थिएनौ । कार्यक्रम तयारीको सिलसिलामा पदमजीको घरमा एउटा सानो मिटिङ थियो, मिटिङ सकेर घर फर्कदा रातीको एघार बजीसकेको थियो । अमेरिकाको सबै घरहरुमा अगाडि र पछाडि दुबैतिर ढोकाहरु हुन्छन् । अर्को एउटा ढोका चांहि मोटर ग्यारेजबाट हुन्छ, यो चांहि कसैको हुन्छ कसैको हुंदैन । ज्ञानुजीले हिजो मुल ढोका र पछाडिको ढोका भित्रबाट लगाउनु भएको रहेछ । ग्यारेजबाट आवतजावत गर्न सबैलाई सजिलो हुने भएकोले । ग्यारेजको ढोका दुई किसिमले खोल्न सकिन्छ । एउटा रिमोटबाट र अर्को नम्बर मिलाएर । हामी गफमा लठ्ठीरहेको थियौं उता ज्ञानुजीले धेरै पटक नम्बर मिलाउन कोशिस गर्नु भयो तर ढोका खुलेन, अनि जेठो छोरा सरगमलाई गुहार्नु भयो । उस्ले पनि धेरै पटक कोसिस गर्यो, तर ढोका खुलेन । करिब करिब आधा घण्टाजति चलेर पनि ढोका नखुलेपछि कारणको खोजीमा हामी सबै लाग्यौं । पत्ता लगायौं की बिजुलीको लोड सेडिङ भएको रहेछ । हांसो ठट्टा पनि भयो । ज्ञानुजीको घर लगायत अन्य केही घरमा मात्र लोडसेड भएकोले हामी त अप्ठेरोमा परिहाल्यौं नी । कुनै झ्याल खुल्ला छन् की भनेर सबैतिर निरीक्षण पनि गर्यौं । विद्युत बिभागलाई फोन गर्न नम्बरपनि भित्रै पर्यो । रातीको बाह बज्न लागिसकेको थियो । ज्ञानुजीले ज्वाई रबि कार्कीलाई फोन गरेर भन्नु भयोहामी त त्यहां आउदैं छौ। आफन्तहरु न्जिकै भएकोले धेरै सजिलो भयो । पांचै मिनेटमा हामी बहिनी साबुकहाँ पुग्यौं । फेरि एकछिन भलाकुसारी गर्यौं अनि सुत्यौं । ज्ञानुजीले भने धेरैचोटी ओहरदोहर गर्नु भएछ । छटपटी त हुने नै भयो नि । बिजुली अड्डालाई फोन गर्नु भएछ, बिहानसम्म पनि बिजुली बनिसकेको थिएन । बिनिताहरु आईपुग्दा हामी त उठेकै पो थिएनौं । फोन आउनासाथ मुखै नधोइ दौडियौं, तर त्यतीबेला टक्क बिजुली आयो ।  एकैछिनमा नुहाएर हामी तयार भयौं । बिहान त बादल लागेको दिन थियो, दिनभरी बदली हुने हो की जस्तो थियो । तर त्यसो भएन, निकै घाम लाग्यो दिनभरी नै ।

 
      (
मनिश ज्वाई, आनिया, लेखक र राम खत्री)

सबै भन्दा पहिले हामी Garden of the Gods तिर लाग्यौं । जांदाजाँदै पार्कको Visitors Center मा पुगीने गरेर बाटो बनाइएको रहेछ । पार्कको बारेमा ऐतिहासिक जानकारी लिने, कुन कुन ठाउंहरु कताकता पर्दछन्, उपहारहरु खरिद गर्ने सबै मिलाएर राखिएको । अनि पार्कको अवलोकन गर्दै दिवाभोज होस् वा रात्रिभोज होस् गर्नको लागि माथिल्लो तल्लामा ठृ्लो बरण्डा खुल्लै राखिएको । पर्यटकहरुलाई तस्वीर लिन बनाइएको ठाउं अति नै आर्कषक देखिन्थे । अमेरिकीहरुले प्राकृतिक बनोटलाइै नै संरक्षण गरेर राखेको यो एउटा प्राकृतिक पार्क हो । अलिअलि जँगल, ठृ्ला र अग्ला रुखहरु भने थिएनन्, बुट्यान मात्रै हो । १५/२० फिट देखि करीब १०० फिटसम्मका अग्ला रातो ढुंगाहरु मात्रै छन् यस क्षेत्रमा । करीब ३,३०० एकड जमीनमा फैलिएको यो पार्क कोलोराडाको El Paso County मा पर्दोरहेछ । सबै ढुँगाहरु पत्रे चट्टान जस्ता देखिन्छ । तिनीहरु सबैको नामाकरण गरिएका रहेछन् । Gods Visitor Center बाट राम्रोसंग देखिने ढुगांमा Kissing Camels प्रसिद्ध रहेछ । परबाट हेर्दा राताराता ढुगाँहरु सानो उंट र ठृ्लो उँट मुखामुख गरी बसेर चुम्बन गरीरहे जस्तै देखिने दृष्य असाध्यै राम्रो लाग्यो । नजिकै गएर हेर्दा भने त्यस्तो राम्रो आकृति मिल्दैन । पार्कभित्र कोही ढुगांमाथि चढीरहेका छन्, कोही साइकल दौडाई रहेका छन्, भने कोही ढुंगा र धुलोको बाटो हिडिरहेका छन् । मोटर बाटो सबैतिर पुगेकोछ । हामीले हरेक ढुगांलाई हाम्रै देवताहरुको नामकरण गर्न थाल्यौं, कुनै ढुंँगामा गणेशको रुप देख्यौं, कुनैमा शिवका, कतै हात्ती देख्यौ भने कतै स्वर्गका राजा इन्द्रको आकृति । परबाट ढँुगा हेर्दै आआप्नै विश्वासको कल्पना गर्ने त हो नी । यसो गर्दैगर्दै हामी ईश्वरको बगैचाबाट बिदा लिई कोलोराडो दोस्रो ठृ्लो सरह बोल्डर ९द्ययगमिभच०तिर लाग्यौं ।
तल्लो कोलोराडो Downtown Colorado Spring सहरबाट बाहिर निस्कनु अगाडि दिउँसोको खाना खाएर हिड्ने बिचार भयो । त्यता नेपाली रेष्टुरेण्टहरु धेरै छन् भन्ने सुनेर दुइटाको फोन नम्बर लिएर ज्वाई मनिश हिड्नु भएको रहेछ । दुबैको ठेगाना भने थिएन । उहाँले फोन गर्दा दुबैतिरका मालिकहरु व्यस्त हुनुहँदो रहेछ, त्यसैले हामी एउटा थाई रेष्टुरेण्टमा पस्यौं । बिदाको दिन भएकोले होला भिड चाहि थिएन । खानेकुरा अर्डर गरिसकेका थियौं, दुबै नेपाली मालिकहरुले फोन फर्काउनु भयो । हामी अन्तै पस्यौं भन्न अलि गाह«ो भयो त्यसैले ठेगाना पाउन भनेर ठेगाना मात्रै लियौं ।

अब हामी रातो ढुँगा Red Rocks को खुल्ला रंगमन्च Open Amphitheatre हेर्नका लागि हिड्यौं । मनिश ज्वाईको योजना हामीले बिगारी दिएछौं,  हामीसंग भेटभएपछि उहाँले सबै नयाँ योजना बनाउनु पर्यो । त्यसैले गर्दा बाटोमा केही बेर अलमल भयो, तर ठाउं ठाउंमा सोध्दै जांदा हराउने काम र उल्टो बाटोको भ्रमण भने गर्नु परेन । यस्तो काममा मनिश ज्वाईको दिमाग धेरै राम्रो रहेछ, । रातो ढुँगा पुगी हाल्यौं । बीच बाटोमा सुन्तला रँगका बाटो रोक्ने चिन्हहरु राखेर केही मान्छेहरु बसेका देखियो । हामीलाई डर लागि हाल्यो की बाटो बन्द भएछ क्यारे । अब फेरि कहिले आउने होला । त्यही पुगेपछि थाहा भयो की आज त्यहां ठृ्लो कन्सर्ट रहेछ, त्यसको टिकट लिएको छ कि छैन भनेर जानकारी दिनलाई बसेका रहेछन् । हामी भने कन्सर्टका लागि गएका थिएनौ । त्यसैले माथि गयौं । धेरै अग्लो डाँडा भने होइन तर पनि डाँडाको टुप्पामा नै पुगीयो । सिमसिम पानी परिरहेको थियो । कन्सर्टको दिन बेलुकी छ बजेपछि मन्चभित्र पस्नलाई प्रतिबन्ध लगाउने रहेछ । हामी पुग्दा छ बजीसकेको थियो । डाँडाबाट चारैतिरको फोटो खिच्यौं तर रंगमन्चको फोटो लिन भने अति गाह्रो भयो । पश्चिमपट्ठिबाट आउन मिल्ने सानो तर चिटिक्क परेको गोरेटोबाटो रहेछ, त्यतातिर लाग्यौं । एउटा कुनाबाट सबैभाग त होइन केही भाग देखिन्थ्यो, त्यसको फोटो लिएर फर्कियौं । तल ओर्लनु अगाडि बिनिताले केही स्न्यास्कस् र चिसो पिउने सोडाहरु लगेकी रहिछन् । मसिनो पानी परिरहेको थियो । तैपनी डाँडाको टुप्पामा रेहका राता ढुँगाहरुमाथि केहीबेर बसेर रमाइलो गफगर्दै प्रकृतिको सौन्र्दय हेर्दै नेपालको प्राकृतिक सौन्दर्यतासंग तुलना गर्यौं । एकछिन त म झुक्किएछु पनि । हामी सबैजना रसुवाको चन्दनवारीको डिलमा बसेर गोसाइकुण्डको यात्रा पछि थकाई मारेर बसीरहेका छौ जस्तो लाग्यो । यथार्थमा भने हामी कोलोराडोको प्रसिद्ध ठाउँ रेड रकस्को टुप्पामा बसेर डेनभर, बोल्डरको दृष्यहरु अवलोकन गर्दै थियौं । 

 
                         (Red Rocks को एक झलक )

मनले Seven Falls तिर जान खोजिरहेको थियो, समयले नजा भनेर घडी देखाईरहेको थियो । अन्तमा तीनचार घण्टा लाग्ने भएकोले त्यसलाई पछिको लागि थाती राखी हामी बोल्डरतिरै सोझियौँ । यो सहर डेनभरबाट २५ माइल उत्तरपश्चिममा पर्छ र धेरै जनसख्याँ भएको सहर मध्येको एउटा हो तर हामी न्यृ्योर्कबाट गएका मानिसलाई भने गाउँकै भान भयो । सहर जस्तो लागेन । न गाडीको भीड छ, न मान्छेको । समानान्तर पार्किङ त जम्मा एक ठाउँमा देखियो । न्यृ्योर्कबाट गएको मान्छेलाई त बल्ल सहर आइएछ जस्तो लाग्यो । त्यो हो Pearl Street Main Street को वरिपरि । यहाँ काठमाण्डौंको रत्नपार्कमा भारतबाट आएका छिमेकी मित्रहरुले बाँदर नचाएर पैसा मागे जस्तै गरेर चटकीले चटक देखाएर पैसा मागीरहेको पनि देखियो । अनि काठमाण्डौंको झोछेँमा १९७० को दशकतिर हिप्पीहरुले धुवाँ उडाए जस्तो उडाउने किसिमका मान्छेहरु पनि देखियो । गिटारको तारहरुलाई झन्काएर पनि पैसा बटुलेको पनि देखियो । संगीतको धुन सुनाएर र गीत गाएर पैसा जम्मा नगर्ने ठाउँ त बिरलै होला यो संसारमा चाहे धनी देश होस् वा गरीव । यो मोति मार्ग  त त्यसैको लागि प्रसिद्ध छ कि क्या हो । हामीले मनिश ज्वाईलाई सोध्यौं पनि । उहांले यतिक्कैलागि पनि पर्यटकहरु आउन सक्ने भएकोले त्यो नशालु पदार्थको सेवन स्वतन्त्र छोडिदिएको कुरा उहाँले पनि सुनेको बताउनु भयो । यो बोल्डरको तल्लो सरह झण्डै म्यानहाटनको ढाँचामा बनाइएको रहेछ, सबै blocks चारपाटे पारेर बनाइएको । साँझ पर्न लागि सकेकोले हामी बिस्तारै घरतिर लाग्यौं । आजको हाम्रो बास कोलोराडाको Westminister City मा थियो । यो सहर बोल्डर र डेनभरको बिचमा पर्ने रहेछ । खास गरेको यो सहरमा मनोरन्जनका केन्द्रहरु धेरै रहेछन् । हामी घरमा पुग्नेपुग्ने बेलामा मुसलधारे पानी परेकोले डुल्नजाने बिचारै भएन । बिनिता, ज्वाई मनिश र छोरीसंगै बसेर खाना खायौं । दिनभरिको घुमाईले होला थकाई लागिसकेको रहेछ, पल्टनासाथ निदाएको थाहै भएन ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |