नेपाली साहित्यको अंग्रेजी भाषामा वेब साइट,(खसखस सम्वाददाता )
४ डिसेम्बर, लन्डननेपाली वाङ्मयको अन्तर्राष्ट्रिय स्तरबाट प्रचार प्रसार र विस्तार गर्ने उद्येश्यले संचालन गरिएको समकालीन साहित्य डट कमले आफ्नो अनलाइन अंग्रेजी संस्करण http://en.samakalinsahitya.com/index.php पनि सुरुवात गरेको छ । नियमितरुपमा विगत पाँच वर्षदेखि कृष्ण बजगाईंले बेल्जियमबाट संचालन गरेको नेपाली भाषाको वेबसाइट उनी बेलायत बसाई सरे पछि लण्डनबाट अंग्रेजी भाषामा पनि संचालन गरेका हुन् । अंग्रेजीमा लेख्ने नेपाली मूलका लेखक तथा अंग्रेजीमा अनुवाद गर्ने नेपाली लेखकका रचनाहरु मात्र प्रकाशन गर्ने र नेपाली भाषाका प्रसिद्ध कृतिहरु अंग्रेजीमा अनुवाद गराउने योजना रहेको कुरा समाचारमा जनाइएको छ ।
समकालीन साहित्य डट कम को दुबै वेब साइट ई–नेपाल मिडियाका अनिश भट्टराईले निर्माण गरेका हुन् ।