हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

छोटकरी यात्रामा लुभ्रको म्युजियम,(बिनोद खड्का)


रमाईलो थियो पेरिस शहरमा रमाईलो दिनको हाम्रो पहिलो घमाईलो साँझ जब हामीहरु न्योत्रे ड्याम क्याथेड्र्ल (ल्यतचभ म्बmभ ऋबतजभमचब)ि बन्द हुनै लाग्दा त्यतातिर पुगेका थियौं । भीडभाडमा नै क्याथेड्र्लभित्र छिरियो । भित्र साँझको प्रार्थना हुँदै थियो कि क्या हो भीडभाडमा पनि शान्ति थियो र छिटृै प्राथना सभा सकिएको संकेत मिलेको थियो । केही बेरमा नै क्याथेड्र्ल भीत्रका बत्तिहरु निभाईयो । तर बाहिरको घाम भने उस्तै थियो र साँझको समयमा पनि मध्य दिनको आभाष दिईरहेको थियो । क्याथेड्र्लको अगाडीको चोकभरी ठूलो संख्यामा रहेका पर्यटकहरुको चहलपहल उस्तै थियो । कोही आँउदै थिए कोही जाँदै थिए कोही पोज पोजमा फोटो खिचिरहेका थिए । हामीहरु जस्तै अरु थुप्रै चाँही चोकको एक भागमा बसेर थकाई मेटाउँदै थिए । फ्रान्सभित्रैका तथा सायद युरोपका अरु देश वा शहरवाट आएका हुन कि क्याहो भर्खरै बैश चढ्दै गरेका स्कुले केटीहरु र तीनका नखराहरु अनी तीनका मन जीत्न तीनकै अघिपछि गर्दै गरेका ती स्कुले केटाहरुको हावभाव र चहलपहल पनि हेर्न लायक थियो  । चोकको अर्कोपटृीबाट सीन नदी बहिरहेको थियो र त्यसमाथी मझौला खालका पानी जहाजहरु पर्यटकहरुलाई लिएर अगाडी बढीरहेका देखिन्थे । सीन नदीमा चल्दै गरेका साना पर्यटकिय पानी जहाज वा फेरीहरु आफैमा पनि एक आकर्षण थिए । शहरको पल्लो छेउँको गल्लीबाट एक पछि अर्काे गर्दै छत नभएका पर्यटक बसहरु मुल सडकमा एकनास छिरिरहेका देखिन्थे । सडकका फुटपाथमा हिडिरहने वटुवाहरुको भीड पनि उस्तै थियो । केही युगल जोडीहरु सीन नदीको किनाराका पर्खालका डीलहरुमा गफगाफ र माया साटीरहेका देखिन्थे । समग्रमा रमाईलो थियो यो घमाईलो साँझ र पेरिस सहरको यो चोक । हामी भने कहिले रात ओर्लेला र रातको खानातिर लागौला भन्ने सुरमा थियौ तर यहाँ भने घाम भाग्ने छाँटकाँट नै देखिएको थिएन । हामी पैदल हिड्न थाल्यौ । पेरिस शहरमा जता हिड्दा पनि केही न केही कला र कला झल्काउने सामाग्रीहरु देखिन्छ चाहे त्यो कुनै कलाकारको कला मात्र प्रदर्शनी गर्ने प्रयास गरिएको होस वा कुनै शासक वा ऐतिहासिक व्यक्तित्वको सालिक वा प्रतिमा होस । त्यसैले यहाँको पैदल यात्रा पनि आफैमा रमाईलो हुँन्छ ।
पटक पटक पेरिस शहर पुगे पनि लुभ्रको म्युजियम पुग्ने र त्यो भित्र घण्टौ हराउने मेरा रहरहरु अझै पुरा भएका छैनन । यसपाली म लुभ्रको म्युजियमको परिसरसम्ममात्र भए पनि पुग्ने रहरमा थिए । यद्यपी लुभ्रको म्युजियमभित्र छिरेर त्यहाँका सामाग्रीहरु हेर्ने सम्भावना भने थिएन किनकी यसका लागी त पुरै दिन उतै खर्चनु पर्छ रे तर मसंग त्यति खुकुलो समयको भने अभाव थियो । जे होस मलाई त्यो क्षेत्रसम्म मात्र भए पनि पुग्ने रहरहरु पलाएको थियो । फ्रान्सेली मित्र रुडोल्फ डिफोर्टको सहयोगले म र सहयात्री मीत्र विकास उनै रुडोल्फका साथमा पेरिस पुगेको तेश्रो दिन लुभ्र पुग्दा अत्यन्तै रमाईलो महशुस भएको थियो । संसारका ठूला तथा धेरै अवलोकन गरिएका म्युजियमहरु मध्येमा लुभ्रको म्युजियम पनि एक हो । कुनै समयको फ्रान्सको राजाको दरबार कालान्तरमा म्युजियममा परिणत भएको थियो । छेवैमा बहने पेरिस शहरको सीन नदीले यो म्युजियमको सून्दरतालाई अझै उत्कृष्टता दिएको महशुस हुँन्छ । पर्यटक, कला पारखी र ईतिहासप्रेमीहरुको मन जित्न सफल यो म्युजियम आफैमा पनि एक ईतिहास हो भन्दा हुन्छ । ईतिहासको पल्लो छेउदेखि १९ औ सताब्दीसम्मका करिब ३५ हजार सामाग्रीहरुलाई झण्डै साढे ६ लाख स्कावयरफिट क्षेत्रमा प्रदर्शनीमा राखिएको यो दरबार तत्कालिन राजा लुई चौधौले १६८२ मा छोडेर भर्सेलिज दरबारमा सरेपछि म्युजियममा परिणत भएको ईतिहास बताउँछ । १० अगष्ट १७९३ मा यो संग्राहलय ५३७ पेण्टिंग सहित प्रदर्शनीको लागी खुलेको थियो । भनिन्छ नेपोलियनको पालामा संग्रह बढेको थियो र यसको नाम नेपोलियन म्युजियम राखिएको थियो तर पछि उनको पत्तनसंगै उनले थपेका कतिपय संग्रहहरु तीनका वास्तविक मालिकहरुलाई नै फर्र्काईएको थियो । त्यसैगरी राजा लुई अठारौ र चाल्र्स दशौको पालामा संकलन अझै बढेको थियो । ईतिहासको विभिन्न कालखण्डहरुमा विभिन्न शासकहरुले भिन्दाभिन्दै प्रयोजनमा प्रयोग गरे पनि समयानुरुप यसको मर्मत सम्भार भईरहेको र आजको अवस्थासम्म पनि यस्को भौतिक संरचना र एैतिहासिक महत्वलाई पूर्णताका साथ नै लेराएको देखिन्छ । त्यसैले आजसम्म पनि यो म्युजियम त्यत्तिकै आकर्षित रहेको देखिन्छ ।
यस म्युजियमको एउटा आकर्षण मोनालिसाको पेन्टिंग हेर्ने मेरो रहर भने यसपाली पनि अधुरो नै रहेपनि मलाई लुभ्रको म्युजियमको परिसरले राम्रैसंग मन जित्न सफल भएको थियो । ठूलो संख्यामा पर्यटकहरु म्युजियम प्रवेसका लागी बाहिर लामो लाईनमा बसेका थिए । बाहिर पनि लुभ्रको म्युजियमको यो विशाल परिसर र अगाडीसम्म फैलिएको चोक, बगैचा र पार्कहरु भरि उत्तिकै संख्यामा आगन्तुक र पर्यटकहरुको भीड थियो । हामीलाई म्युजियम परिसर र अगाडीसम्मको कलात्मक सामाग्रीहरुको द्धष्यावलोकन र त्यसलाई क्यामेरामा कैद गर्नैका लागी पनि ३ घण्टा जती लागेको थियो । आफुलाई भने कुनै पनि नयाँ ठाँउमा पुग्यो कि आफ्नै देशको याद आई हाल्छ र आफनो देशमा त्यस्तै कुरा खोज्न मन लागी हाल्छ र हरेक पल्ट परिणाम सकारात्मक नै निक्लन्छ । यस्तो लाग्छ यो पेरिस शहरका मान्छेहरु दिनहुँ आउने यीनै हुलका हुल पर्यटकहरुको खर्चले नै आफ्नो खर्च निकाल्छन । त्यसो त हामी नेपालीहरुसंग नेपालमा पनि ऐतिहासिक र प्राकृतिक सामाग्रीहरुको कमी त कहाँ हो र अभाव वा कमी हो त प्रतिवद्धता र उपयोगको । हाम्रा तीन पुराना शहर काठमाण्डौ, भक्तपुर र पाटनसंग पनि प्रशस्तै एैतिहासिक सामग्रीहरु छन र पुरानो शहरको एक छेउवाट अर्को छेउसम्म घण्टौसम्म घुमाउनका लागी पर्याप्त एैतिहासिक सामाग्रीहरु छन । एैतिहासिक धरोहरको संरक्षण र सम्वर्धनमा ध्यान दिएर यी क्षेत्रमा कम्तीमा सरसफाईमात्र कायम गर्न सकेपनि यसवाट राम्रो कमाई लिन सकिन्छ भन्ने म स्वंय पर्यटन विषयको बिद्यार्थी भएको नाताले पनि ठोकुवा गर्न सक्छु । 
चार ईन्जिनवाला विशालकाय एयरबस ३४० विमानले पेरिसको चाल्र्स देगाल विमानस्थललाई छोड्दा अपरान्ह्को सबा चार जति बजेको थियो तर मेरो सोचाईका तरंगहरु भने त्यही फास्टफुड रेष्टुरेण्टमा पुगेको थियो । मेरा सहयात्री सहकर्मीका अनुसार ती ३ जना सहकर्मीहरु एक थियो पाकिस्तानी, अर्को थियो भारतिय पंजाबी र तेश्रो थियो बंगलादेशी । उसको भाषामा यी थिए कबुत्तर अर्थात परेवा जसलाई जसरी भएपनि विदेश जानु छ अनि धेरै कमाउनु छ । र यीनिहरुलाइ यहाँसम्म पुर्याउने थिए मानव ओसारपसारका दलालहरु जो मोटो रकम लिएर अवैध तरिकावाट पनि कसैलाई कही पनि पुर्याउने गर्छन । मलाई उसले यसो भनिरहँदा एउटा कुराले टोकिरहेको थियो कि किन धेरै मान्छेहरु विदेश नै जान र उतै घरजम गर्न लालायित हुन्छन आखिर के हुन्छ त्यो विदेशमा जुन कुरा आफ्नो देशमा हुँदैन । हेरेर ल्याउने हो भने सबै कुराहरु आफ्नै देशमा पाईन्छन आफ्नै देशमा श्रृजना गर्न सकिन्छन ।
  
 २६ मे २०११, पेरिस, फ्रान्स

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |