गजल संग्रहको विमोचन ,(खसखस डट कम )
भर्खर मात्र पहिलो गजल सँग्रह "आनन्दै छ जिन्दगी" विमोचन भएको छ । मिति २०६८-०५-२५ गते अर्थात सेप्टेम्बर ९,२०११ मा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री बैरागी काइँला ज्यूबाट महाराजगञ्जको परेली क्याटरिंगमा भएको उक्त समारोहको सभापतित्व कवि गीतकार श्री रमेश पौडेल ज्यूले गर्नुभएको थियो । प्राज्ञ श्री ललिजन रावल ज्यूको भुमिका रहेको उक्त गजल सँग्रहमा कूल १०१ गजलहरू रहेका छन् भने पुरै नेपाली (लोक्ता)कागजमा छापिएको उक्त गजल सँग्रहको विमोचन समारोहमा कवि तथा भूतपूर्व प्रधानमन्त्री श्री बामदेव गौतम ज्यू विशेष अतिथी ,तथा अतिथिमा डा.श्री कृष्णहरि बरालज्यू,साहित्यकार, कवि ,गीतकार श्री प्रकाश सायमी ज्यू,गजलकार डा.सनत कुमार वस्ती ज्यू लगायत अन्य व्यक्तिहरुको उपस्थिति थियो |
सोही सँग्रहमा समावेश गजलमध्ये एउटा गजल गायक श्री केशव पौडेल ज्यूबाट साँगितिक रूपमा प्रस्तुत भएको थियो ।
तिम्रो घरको आँगनीमा बास माग्न आएँ
अलिकति तिम्ले फेर्ने सास माग्न आएँ
Comments
खसखस डट कम
डट हुनु पर्नेमा अन्यथा भएछ | प्रतिक्रियाकोलागि रुबेनजीलाइ धन्यवाद |
Ruben pun magar
दात हो कि डट हो ?