हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बाटो बिराउँदै छ मान्छे

गीता थापा दोषी, (इजरायल)


आफू हिँड्ने बाटो
बिराउँदैछ मान्छे!  
हिंसा र अत्याचारले 
पिल्सिएको मन! 
अप्नत्वको अभावमा
चारैतिर अन्धकारले घेरेको छ   
रैपनि आत्माग्लानीको पाठ
सिक्न,चाहदैन मान्छे!  
    
नचाँहिदो आडम्वरीले
मान्छे-मान्छे बीचमा
भेदभावको अग्ला-अग्ला 
पर्खाल लगाइ बाटो
न घाटो दृष्टिबिहीन
बनी हिँड्दै छ,मान्छे!
 
च्यात्तिएको वर्तमानसँग
कुपोषण लागेको
भविष्य,सकिनसकी
घिसार्दै,ज्यूँदो हुनूको  
अभिनय गर्दै छ,मान्छे!
   
आधुनिकताको नाममा  
आफ्नो चेतना गुमाइ
कर्म र,कर्तव्य भूलेर
खोक्रो मान र,
सम्मानको पछि लागि 
आफू हिँड्ने
बाटो बिराउँदैछ मान्छे!

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |