हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

जाँदाजाँदै…

प्रकाश सायमी, (काठमाडौँ)


जाँदाजाँदै आज फेरि मन उधारै रह्यो
ढोकैसम्म पुगेर पनि पाइला संघारै रह्यो

छिचोलेरै पुगेको'थेँ कति आँखा बाधा थिए
चाहनाथ्यौ तिमी मेरो सपना पनि आधा थिए
खोलुँ भन्थेँ मनको ढोका सबै अपुरै रह्यो
ढोकासम्म पुगेर पनि पाइला संघारै रह्यो

काँढामाथि टेक्नु पर्यो त्यो पनि त सहेकै'थेँ
दुनियाँ नै वैरी हुँदा तिम्रो आफ्नो भएकै'थेँ
कुन सिमाना कोर्यौ दैव ! बोली अधुरै रह्यो
ढोकैसम्म पुगेर पनि पाइला संघारै रह्यो

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |