हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हाम्रो चाहना

आनन्दप्रसाद शर्मा, (हाल: वाशिंगटन डि.सी.)


अग्ला पर्वतसृंखला हिमचुली मैदानसारा ठूला ।
चौडा सागर अन्तहीन गहिरा दुर्भेद्य खाडी ठूला ॥ 
लाखौँ लाख अनन्त यो गगनका ती पिण्ड तारा ठूला ।
यो ब्रम्हाण्डसरी विशाल मनका नेपालवासी ठूला ॥
 
सारा धार्मिकग्रन्थ सार पृथिवी सम्पूर्ण जाति हित । 
रामायण कुरान बाईवल वा सन्देश हुन् वुद्धका 
ती भन्दा शुभ उच्च स्वच्छ मनका सत्प्रेम सद्भावना ।
सर्वोत्कृष्ट छ  यो सफा हृदयको हाम्रो भलो भावना ॥
 
चोखो निश्छल स्वच्छ वाल मनको मुस्कान बोली मीठो । 
चढ्दो यौवनमा नयां मिलनमा माया वधूको मीठो ॥
सङ्लो निर्मल भावना अनि मीठो निस्वार्थ सेवा  प्रीत 
सर्वोत्कृष्ट मीठो सहिष्णु ममता हाम्रो छ यो मित्रता ॥
 
आंधीसाथ तुफान वेग वहने हावा हुरी तेजिलो ।
ज्वाला अग्नी प्रचण्ड ताप विजुली चट्याङ शक्ति ठूलो 
भैचालो बलवान भेल पहिरो अद्भूतकॊ क्षमता । 
ति भन्दा वलियो अभेद्य दरिलो हाम्रो छ यो एकता ॥
 
जन्मस्थान र धर्म संस्कृति कला जातीय भाषा रीति ।
मान्छेलाइ अवश्य लाग्दछ सवै प्यारा पहिचान यी ॥
आफ्नो प्राण वरावरी प्रिय कुनै लाग्दैन संसारमा ।
त्यो भन्दा प्रिय 'शान्ति' बुद्ध मनका हाम्रो छ यै चाहना 



Comments

Bishnu Sheetal

कवि आनन्दप्रसाद शर्माले आजको पुस्तालाई छन्दमा कविताका 
कोशेलीहरु दिइरहनु भएको छ, यो पुस्ताले उहालाई धन्यवाद दिनु पर्दछ । छन्दमा भावनाहरु अभिब्यक्त गर्न निकै ठूलो क्षमताको आबश्यता पर्दछ । यो क्षमता उहाँमा पाउनु हामी सबैको भाग्यको कुरा हो । यस्ता कविता पढीरहन पाइयोस । 

Gopal Regmi

अर्को उच्च कोटिको कविता कवि आनन्द शर्माबाट ! शार्दूलविक्रडित छन्दमा, अन्त्यानुप्राशको उपयोगले कविता मधूर र गेयात्मक बनेको छ ! भावको कोमलता त कवि शर्माको विशेषता नै हो ! भविष्यमा पनि यस्तै मीठा मीठा कविताको आशा गर्दै कवि शर्मा र यस्तो राम्रो कविता पस्कने खसखस डट  कमलाई पनि धेरै धेरै धन्यवाद !

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |