भँगेरी
गीता खत्री, (न्यू योर्क)
अघि अघि भंगेरी
पछि पछि भंगेरो
अंधेरीमा पनि देख्छ
संधै संधै उजेलो ।
फुर्र गर्दै उडी भंगेरी
पछि लाग्दै उड्यो भंगेरो
स्याहार सुसार गरौं भन्छे
सन्तानलाई भंगेरी
रानी बनमा माया गांस्न
हतार गर्छ भंगेरो ।
बचेरा र बचेरीलाई
माया बाँड्छे भंगेरी
तिर्सना पैला मेटौं
जिद्दि गर्छ भंगेरो ।
बिहानको शीतमा देख्ने
बान्किला ती आंखा
कस्ले बुझ्न सक्छ होला
आमाको त्यो भाषा ।
Comments
Hombahadur Chetri
Excellent .