हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

विजय कोइराला \'अदिन\', (झापा,नेपाल,हाल: कर्नाटका,भारत)


दुई नाऊमा एक खुट्टा किन राख्छ मान्छे।
असहाय र अवलालाई किन ताक्छ मान्छे।

खराब यो जमाना गिद्धे नजर सबको।
हरेक दिन फरक मन किन चाख्छ मान्छे।

असुरक्षित समय यो कसरी बाँच्ने नारी।
दिनदिनै आफ्नो गल्ती किन ढाक्छ मान्छे।

कोमल शरीर कोमल मन आँखा वरिपरि।
पलपल आफ्नो सीमा किन नाघ्छ मान्छे।

सोच खोइ?विचार खोइ?पशुरुपि मन।
जहिलै आफ्नो बाटोबाट किन भाग्छ मान्छे।


 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |