हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भरप्रसाद र आसमाया

जोतारे धाइबा, (सुविधा नगर, काठमाण्डौ)

घुम्दैफिर्दै सहरको मध्यभागमा पुग्दा थकाइ भोकले लखतरान भएपछि भरप्रसादलाई औडाहा भयो टन्टलापुर घाममा झट्ट आँखाले केही खुट्याउन नसक्दा उसले आँखीभौँमाथि हत्केलाको छाता बनाएर यसो नजर दौडायो छउछाउमा कोही फेला परेनन् चाल्नासमान बर्को शिरमा सिउरिएकी आसमाया पनि सँगै छे, उसका निधारमा चाउरीका सात पत्रमा जीवनभरका हैरानी च्यापिएर बसेजस्तो देखिन्छ कतै कतै कसैले खानपिनको बन्दोबस्त गरेकै होला नि भन्ने निश्चिन्त भावमा हिँड्ने भरप्रसाद एक रातको बास दिने भरेसम्म कोही भेटिहालिन्छ नि यत्रो दुनियाँमा भनेर मन बुझाउने आसमाया सद्दे हात-खुट्टा ठीकठाक मनस्थिति बोकर भरप्रसाद आसमाया वषौदेखि यसरी नै भरैभर आसैआसको चास्नी चाट्दै हिँडिरहेछन्-हिँडिरहेछन् नयाँ नेपालको उद्गम यात्रामा सृष्टिको आधुनिकतम जोडी भरप्रसाद आसमाया

 

भरप्रसाद बनेपछि कृषिप्रधान देशमा कुनै जिम्मेवारी धान्नुपर्ला भन्ने पनि पीर हुँदैन, भरैको खेती हलक्क सप्रिएर देखा पर्छ आसमायाको आशावादी मनको झन् के कुरा गर्नु, आसैआसमा बिहान घाम उदाउँछ बेलुका अस्ताउँछ नयाँ नेपालको लहडे नाराको जुल्फीछेदन अभियानमा आज थुप्रै भरप्रसाद आसमाया कैँचीमार दौड हाँकिरहेछन् बजारबाट किनेर कसैले घरसम्म ल्याएको सुन्तला-केरा फलादि कसैलाई छोडाउन लगाएर मुखसम्म खुवाउन लगाएर मात्र नपुगी चपाइदे सम्म भन्न सक्ने हविगत देखाउँछन् भरप्रसाद ढुक्क ढकनीमा अडिग उनीहरू भरको खेतीमा पलेंटी शृङ्खला चलाउँछन्

 

'जसको जोत उसको पोत' क्रान्तिकारी विचारमा हदै लगनशील आसमाया कसैको घरमा एक साँझ दूध दुहुन जाँदाजाँदै सिङ्गो गाई नै हत्याउने आशामा आँखा तिखार्छन् दानद्रव्य दिनेभन्दा सकेसम्म सर्‍याएर लिने जमानामा भर खोज्ने ध्याउन्नमा भरप्रसादहरू भकारी बोकेर घरघर दैलोदैलो ुर्कुशी मार्छन् भकारो साहोर्ने हुती नभएको ज्यानलाई दही-दूधको तलतलले हुरुक्क पारे पनि कुनै पीर छैन, टोल-छिमेकमा अम्खोरा वा जग ट्यास्स अघिल्तिर सार्दै 'अलिकति पखालपुखुल होला नि साल्दिदी ?' भन्दै भर परेमा खन्खाँचो टरिहाल्छ सिन्का नभाँच्ने हातले परिआउँदा फ्नो छाप्रो गाँस्नुपर्दा भने मगन्तेनारायणको दाँत देखाएर आठ/दस घना बाँस उचाल्ने हिम्मत कस्न कुनै कन्जुस्याइँ गर्दैन

 

भर पर्ने आस गर्ने आदत जीवन अझै जिऊँ-जिऊँ गराउन पूर्णतः लाभदायक किनभने यो सास्तीबेगरको जीवन धान्ने मेलो हो आजको चरम आर्थिक मन्दीको समयमा अरू जेसुकै होस् तर जसोतसो जीवनमन्दी चाहिँ हुन नदिन सबै लागिपरेका देखिन्छन् केवल अरूको औकात अवस्थासामु पसारो परे पुगिहाल्ने हुनाले आजका भरप्रसाद आसमायालाई जीवन नामको नशालु ट्याब्लेट सेवन गरिरहन कुनै बोझ हुनै सक्दैन देश बनोस् नबनोस्, सबैजनालाई पवित्र स्वयम् सेवाबाट आफू बने पुगेको आसमायाको पछ्यौरी वा ुर्ताको फुर्कोमा एक त्यान्द्रो आस झुन्डिनु नै वैतरिणी पार गर्ने लाइसेन्स प्राप्त गरेको मान्नुपर्ला भरप्रसादको कमिज वा स्टकोटको बायाँ खल्तीमा परिश्रम लगनबाट आर्जित कमाइको साटो आरामको उपज टन्न हावा भरिनु नै नेपालको आधुनिक दर्पण मान्नुपर्ला यस्तो स्थितिमा नयाँ नेपाल कता-कता, छँदाखाँदाको झुत्रेझाम्रे नेपालै बिलाउन के बेर !

 

http://clickdhaiba.blogspot.com

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |