गीत
बिमल गिरी, (ब्रसेल्स, बेल्जियम)
लजाऊँदा कतिराम्री नबिसाई हेरिरहुँ
मनभरी लुकाएर अङ्गालोमा बेरिरहुँ
आराधना गर्छु सधैं एकान्तमा बसी
सजिब चित्र भित्रकोर्दै तिमीलाई हेरिरहुँ
मनभरी लुकाएर अङ्गालोमा बेरिरहुँ
झरनाझै सुन्दर रुप कालो कोठी ओठ माथि
तलाउझै गहिरा आँखा फुलझै कोमल छाती
पातला ओठ लाम्चो निधार परेलीमा हेरिरहुँ
लाजलाई भित्र लुकाइ अङ्गालोमा बेरिरहुँ