गीत
सुन्दर जोशी, (फ्लोरिडा)
उनको किनारै किनार
उनको बेगलाई पछ्याउन्दैछु
कलकल सुसेली हो या गुनगुन
उनको गीतलाई पछ्याउन्दैछु
उनी मेरै गाउँको खोला जस्तै
नागबेली दौडी रहेकी छन
निश्छल ती आँखामा हिमाल जस्तै
मोहिनी रूप सिंगारेकी छन
छलछल छालको हो या भल्भल
उनको भेल छेक्न खोज्दैछु
उनी मेरो गीतको मर्म जस्तै
लय हाली गई रहेकी छन
ढल्पल ती इच्छा हराए जस्तै
टाढा सागरमा बिलाएकी छन
अबिरल मनको हो या यो धुन
उनको भकालाई गुन्गुनाउँदैछु