हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

विद्या सापकोटा, (हाल: शंकरदेव कलेज, काठमाडौं)

अप्ठेरा ती गोरेटाहरु पार गर्दै आएको छु
समयको कस्तो संयोग तिमीलाइ पाएको छु ॥

साटिन्न भन्थें कसैसँग, तिम्रो नाममा अनायासै
साक्षि राखि जुनतारा कसम मैले खाएको छु ॥

निस्सार अनि शुन्य लाग्थे रनवन, तिम्लाइ भेटेँ
बहार छायो कोइलीसँगै गीत मैले गाएको छु ॥

मायाका यि वस्तीवीच तिमी साथमा भएपछि
फुल्नै परेन सबैतिर, बास्नासरी छाएको छु ॥

तिम्रो यादमा डुब्दाडुब्दै बिर्सिएछु सारा संसार
तिमी हात दिन्छौ दिन्नौ. चोखो माया लाएको छु 


 
 

Comments

puranchaudhary

Hajur ko gajal le mero man xoyo daju yastai yastai afno vabana haru pokhda hajur le sachai nai malai lagxa hajur mero lagi yo gajal kornu vaxa ki thanks daju 

raju chaudhary"lucky"

Hajur ko gajal nikai ramro layo?ma pani yuta gajal premi ho tara bishesh tharu gajal dherai lekchu. good luck bye.

bijay koirala

yo gajal padera ghan malai pani ramro lekhna prera mileko cha.best of luck

Saugat Malla

Facebook  हेर्दा त तपाई साहित्यकार हो जस्तै लागेको थ्यो , 
साच्चै हुनुहूदो रहेछ 
प्रगतिको कामना गर्दछु 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |