सहमति !
शिव प्रकाश, (-)
सहमति !
सहमतिका
लागि
सहमतिबाट
सहमति
शुरु
हुन्छ
र,
सहमतिका
लागि
सहमति
बन्छ
सहमति
पछि
सहमति
तोड्ने
अर्को
सहमति
हुन्छ
।
सहमति !
एउटा
निरन्तर
क्रम
हो
र,
सहमति
एउटा
निरन्तर
भ्रम
पनि
हो !
सहमति !
सरकार
बनाउन
चाहिन्छ
सरकार
चलाउन
चाहिन्छ
सरकार
बचाउन
चाहिन्छ
सरकार
गिराउन
पनि
चाहिन्छ
र
सहमति,
सहबासका
लागि
पनि
चाहिन्छ
।
सहमति !
क्रान्तिका
लागि
हुन्छ
शान्तिका
लागि
हुन्छ
र
सहमति,
स्वार्थका
लागि
पनि
हुन्छ
।
सहमति !
साधु-साधुबीच
हुन्छ
चोर-चोरबीच
हुन्छ
र
सहमति,
साधु
र
चोरबीच
पनि
हुन्छ
।
सहमति !
नेता-नेताबीच
हुन्छ
सहमति
वेश्या-वेश्याबीच
हुन्छ
र
सहमति,
वेश्या
र
महात्माबीच
पनि
हुन्छ
।
सहमति !
महलहरुमा
हुन्छ
सिंहदरबारहरुमा
हुन्छ
दरबारहरुमा
हुन्छ
र
सहमति,
वेश्याबजारहरुमा
पनि
हुन्छ
।
चलेको
छ -
मान्छे,
संसार
र
समय,
सँस्कार
र
सहबास
सम्पूर्ण
सहमतिमा !
हरैंचा, मोरङ । हाल - बोस्टन, अमेरिका ।