हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

तिम्रा कविता र म

मुरारी नराल, (फेयरफ्याक्स, भर्जिनिया)


धेरै पहिले तिम्रा कविताहरु
गाउँमा सुनिन्थे
तिम्रा कलिला मसिना हातले लेखिएका
ससाना कविताहरु
गाउँमै पढिन्थे
ती कवितामा हामी गाउँभरि डुल्थ्यौं
बेंसी खरबारी पातलको जंगल चाहाथ्र्यौं
कहिले मेरो हराएको चंगा खोज्न त
कहिले तिम्रोलागि काफल र चुत्रो टिप्न
बेलुकी कांडाले कोत्रेका पाखुरा र तिघ्रा सुम्सुम्याउँदै
फर्किन्थे घर तिम्रा कविताहरु ।

ती स्कूलतिर दगुर्थे एकाबिहानै
pass4sure 200-120 छोटो हाफपाइन्ट र टीसर्टको परिधानमा
ती कहिले दुईचुल्ठा कोरीबाटी गर्थे
कहिले रातो रीबनले कपाल बाँध्दै
हतार हतार झोलुंगे पुल तरिरहेका देखिन्थे
ती घर नजिक तोरी बारीमा फुल्थे
सुनकोसीको भंगालो र झिगुखोलाको खहरेमा हामफाल्थे निसंकोच
कहिले भुटेको मकै फाँको हाल्दै गौचरनतिर भेटिन्थे

बिस्तारै तिम्रा कविताहरु पलान्चोकको डाँडो पारगर्दै
काठमाडौंको कल्पनामा डुब्न थाले
ती कहिले बसमा कहिले टेम्पोमा
चेपिदै निस्सासिँदै क्याम्पसतिर हुँइकिन थाले
क्याम्पसका बुलेटिन बोर्ड र चौरका चर्चामा सीमित रहेनन् ती
500-254 exam देखिन थाले ती पत्रिकाका कोलम कोलममा
तिम्रा सजिला साना स्कुले कविताहरु
अब गहन अर्थ र अलंकारमा
कठिन शीर्षक बोकेका रंगीन आवरणमा
परिणत हुँदै गए विस्तारै मलाई छोड्दै

ती गोष्ठीमा पढिन थाले
चर्चा परिचर्चामा आउन थाले
वार्ता अन्तरवार्तामा मिसिन थाले
भीर पाखामा पैदल कुद्ने तिम्रा कविताहरु
ट्वीनअटरबाट पोखरा भैरहवा चितवन गोदावरी गर्दै
अलि सौखिन मिजासका तिम्रा क्लिष्ट कविताहरु
मेरा पहुँचबाट दूर अति दूर देखिन थाले

एकदिन तिम्रा कविताहरु
कलेजका पाठ्यक्रममा पढिनेछन्
तिनका हरफ हरफहरु पाउपाउहरु
प्रश्नमा ढालिनेछन्
नितान्त मौलिक तिम्रा कविताहरु बारे
खोजी गरिनेछ प्रश्न उठाइनेछ र
जवाफमा तिनले खोतल्नेछन् यावत कुराहरु
नेपथ्यमा जेसुकै अथ्र्याइन सक्छ

मलाई थाहा छ तिम्रा पछिल्ला कविताहरुमा
म पनि आएको छु र म यतिबेला यसकारणले आएको छु
70-456 कि मेरो आगमनले उसको उपस्थितिको लािग
पर्याप्त कारण जुटाइ दिएको छ
मोटो पावरदार चस्मामा अलिअलि कपाल फुलेको
वादविवाद  नरुचाउने अलि पुरातनवादी वा
एक पलायनवादी यस्तै संकीण चरित्रमा
यो म बाहेक अरु कोही हुन सक्दैन
अनि उ छ जो भर्खरै ब्यूझेर सर्लक्क नुहाएको
डायिनंग टेबलको छेउमा पाउरोटीमािथ
चक्कूले बटर लगाउँदै
तिम्रा कविताहरु बारे कफी टिप्पणी गरिरहेको
तर म अझै पनि
सानो मैनबत्ती हातले छेल्दै
तिमीतिर बढिरहेछु एक छेस्को उज्यालो बोकेर
अनि उ भने पूर्वतिरको आकास चिर्दै
दौडिरहेछ तिमीतिर
बिन्ति छ उसलाई रोक अहिले
उसको उज्यालोमा मेरो केही लाग्ने छैन
यो कविताको अन्त्य हुन नदेउ यतिबेला
यो मैनबत्तीका थोपा थोपा बनेर
भुईमा नझरेसम्म ।




 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |