हालसालैका लेखहरु : नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं )

गजल

प्रकाश सायमी, (ललितपुर)

म आपदमा तिमीसित हिँडे
म सापटमा तिमीसित हिँडे

हिँड्नेहरु कहाँ कहाँ पुगे खै
म राहतमा तिमीसित हिँडे

नदीको वेगसरिको जवानी यो
म चाहतमा तिमीसित हिँडे

के नगद के बाँकी पिरतीमा
त्यै वापतमा तिमीसित हिँडे

घाउ दुखेसरिको पीडामा छुँ
म आहतमा तिमीसित हिँडे
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |