हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मेरो परिचय

सुषमा मानन्धर, (ललितपुर)

हिजोसम्म
एउटा गतिलो परिचय थियो
आफू हुनुको;
उज्यालो हिमाल
र हरिया फांट
सगरमाथाको फेदीमा
ध्यानमग्न बुध्द
शान्तिका जोडी आंखा
कोमल हेराइमा
एउटा स्वाभिमानी नाम
थुप्रै परिचय । अपरिचयभित्र
मैले गर्व गर्ने
मेरो नेपाल ॥
पहाडको पहिरोमा
तराई डुबेर
नाम गुमाएकी
सुकुम्बासी अहिले मसंग
कुनै परिचय छैन
आफू आफू वीचको
परिचयको लडाईमा
मुटुभित्र आर्तनाद
घायल र रक्ताम्य गुरांस
सेता परेवाहरु उड्दैनन्
बाज र विरालोको डरले
बन्द आंखाहरु
टाउका टाउकामा
आला घाउहरु
खै कसले हान्यो
ताक्यो निसानी
हान्ने यो म हैन
कदापि हैन ॥
मेरो सिँगो परिचय
मेरो भ्रम थिएन
मेरो स्वाभिमानी सपना
मैले हिँड्ने कान्लामा डढेका छन्
मेरो गाउंबस्ती अझै
भयमिश्रित शान्त
खै कसले आंखा लायो !
हिँसाको रापमा
सगरमाथा पग्लिंदैछ
बुध्दको आंखाबाट
तप तप ॥
एउटा ढुंगा बजि्रएको छ
मेरो अस्तित्व
चर्कियो धेरै टुक्रामा
अन्यौलमा छु
म सोध्दैछु
'को हुं म !"
शायद गुमाउंदैछु आफनो परिचय
अझै विखण्डित हुने
भयावह आशंकामा ।


 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |