गजल
आचार्य प्रभा, (कोलोराडो, अमेरिका)
किन आज टुटिगयो मीठो त्यो आश
जताततै छरपष्ट छ मान्छेहरुको लाश
कसले पो चाहन्छ र दुख अनि पीडा
रोज्दैन कसैले आँसु छाडेर मीठो मधुमास
बाँचुञ्जेल सबैलाई नै खुशी प्यारो लाग्छ
को पो जिउन चाहन्छ र ? बोकेर अतृप्त प्यास
आफ्नो आकाश आफ्नो धर्ती टाढा भएसरी
यस्तो लाग्न थाल्यो मनमा हुन्छौं कि बनवास ?