हालसालैका लेखहरु : धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ)

गुलामी

सङ्गीत आयाम, (चितवन, भरतपुर)

हावाको मीठो
अद्भुत झोंकाले पनि
मौसम एकाएक बदलिन सक्छ
रिमझिमे रातको
सुनौलो मनसुन पिएर
नदीहरु अनायासै गुनगुनाउन सक्छन्
मध्यान्हको चर्को अनुभूतिमा पनि
अत्यासलाग्दो तिर्खासँगै
चराहरु निरन्तर उडिरहेका भेटिन्छन्
तुषारोले खाएका
कान्ला र बारीहरुमा समेत
पुूलहरु सानदार फुलिरहेका देखिन्छन्
तर बदिलंदैन मान्छेको अनुहार
ऋतुको सङ्गीतजस्तो
मुखुण्डोमा रुपान्तरित नग्नताले
परिभाषित गर्दै हुन्छ
न गुनगुनाउँछ मान्छेले
नदीका सुमधुर गीतहरु
आकाशमा फैलंदै गएका
अनन्त स्वरहरुलाई सम्बोधन गर्दै
चराजस्तै उड्न सक्दैन मान्छेको मन
स्वतन्त्रताको लागी
सीमाहरुलाई चिर्दै
समयलाई अभिवादन गरेर
न पूलझैं मुस्कुराउँछ मान्छे
मैनबत्तीको रुपमा
उज्यालो यात्रा तय गरेर
आफु जलेर अरुकै लागि भनेर
मान्छे हिजो सडकमाझमा थियो
ठूलो आँधीबेहरीसँगै
सहस्र आवाजहरुका काँधमा चढेर
सत्तासीन बन्ने आकाङ्क्षा राख्यो
मान्छे हिजो
स्वरहरुमा स्वर मिलाउँदै थियो
त्यही स्वरलाई प्रयोग गरेर
शक्तिशाली बन्ने उपक्रममा सामेल भयो
तर मान्छेको
सताब्दीयौंदेखिको
गुलामीमा रमाउने मन भने
परिवर्तनको सँधै बाधक रह्यो ।



 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |