हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

एउटा वालेट

स्वयम्वरिसंह लामा, (दोहा, कतार)

देशमा संकटकालको अवस्था थियो । तत्कालीन सरकार र विद्रोही पक्ष बीच तकडा टकराव परि रहेको अवस्था । सदरमुकामको विद्यालयहरु घटस्थापनाको दिन देखि बन्द भयो । म मेरो छोरा उपदेश दाईको ुलो छोरा रेन्जेन र उनको सानो भाई ग्याल्बोलाई लिएर गाउँमा दशैं मान्नको लागि घर जान तयारी भयौं । घर जाँदै गर्दा धेरै बर्ष पहिले नै छुटेर हाती सुँढे लखन्तीमा घरबार जमाएर बसेका जे ो दाईको घरमा गएर दशैंको शुभकामना बाँडेर मात्रै मुल घरमा जाने विचार ग-यौं ।

डेरा बाट निस्कँदा निकै अबेर भै सकेको थियो । त्यसैले पैदल नहिडेर बर्दिवास जाने बस चढ्दै लालबन्दी सम्म जाने निश्कर्षमा आयौं । ुकाम कुरा एकातिर कुम्लो बोकी िमी तिरु भने झैं आफ्नो घरको दिशालाई िक पछाडी पारेर हामी बसमा चढ्यौँ । बाटोमा कम्ब्याट् लगाएका फौजीहरु जताततै देखिन्थे । कतै त लामो कपाल पालेका गोल्डस्टार जुता लगाएको साधा पोसाकमा बन्दुक बोकेका सरकार पक्षको हो कि विद्रोही पक्षको हो छुट्टयाउनै नसक्ने समुहहरु देखिन्थे ।

हामी जाँदा जाँदै बाटोको धेरै ाउँहरुमा सुरक्षा जाँचका लागि बस बाट ओर्लन प-यो । भिमानको जंगल नकट्दै घाम पश्चिम तिर ढल्किँदै थियो । ती अबोध बालक र दुई किशोरहरुलाई साथमा लिएर दाईको घर सम्मको यात्रा गर्न त्यो दिन असंभव भै सकेको थियो । बालबच्चाहरुलाई रातको समयमा हिडाउनु त्यसै पनि राम्रो हुँदैन त्यहि माथी पनि जताततै खतराको समय थियो ।

त्यसैले हामी बर्दिवासमा आईपुगे पछि पूर्व बाट आएको भैरहवाको बसमा चढेर लालबन्दी सम्म गयौं । त्यहाँ पुग्दा दिउँसोको साँढे तीन बजि सकेको रहेछ । बालकहरुलाई भोकै  हिडाउनु िक लागेन र एउटा गेष्टहाउसको मालिकले चलाएको रेष्टुराँमा गएर केहि नास्ता ग-यौं । ग्याल्बोलाई बसमा चढ्दा उल्टी भएकोले उसले केहि खाना मानेन ।

केहि पानी र बिस्केटहरु झोलामा कोचेर हामी त्यहाँ बाट चारकोषे झाडीको बाटो तर्फ लम्कियौं । उपदेश र रेन्जेन आ आफ्नो ब्याग बोकेर अघि अघि गए । ग्याल्बोले मेरो हातको औंला समाएर म संग संगै स-सानो पाईलाहरु छिट्टो-छिट्टो चाल्दै हिरापुर पत्थरकोट हुँदै लखन्तीको झोरा भित्र प्रवेश गर्न लाग्दा बेलुकाको पाँच बजि सकेको थियो । बेला बेलामा शसस्त्र समुहहरु भेट हुन्थ्यो किन यति राती हिडेको कहाँ जान लागेको कहाँ बाट आएको नाम के हो झोलामा के छ आदीईत्यादी प्रश्नहरुको जवाफ दिँदै अघि बढ्नु पथ्र्यो । टाढा-टाढा कता कता डाङ डुङ केहि पड्केका आवाजहरु पनि सुनिन्थ्यो । पत्थरकोट देखि झोरा प्रवेश पछि हामीले चिया नास्ता खाने ाउँ पाउने थिएन । त्यसैले हतारमा केटाहरुलाई एक-एक कप तातो दुध पिलाएर पुनः यात्रा जारी राख्यौं । साँझखप खोलाको चिसो सिरेटो चल्न थाल्यो ।

हामी झन् झन् अँध्यारो जंगलको खोल्सा भित्र जाँदै थियौं । त्यतिन्जेल सम्ममा झमक्क साँझ परि सकेको थियो । सुनसान बगरको बालुवामा जति अगाडी बढे पनि त्यहिँको त्यहिँ । ग्याल्बोले मेरो दयाँ हातको चौर औंला समातेर संग संगै दौडी रहेका थिए । अब जति जति रात बड्दै गयो त्यति त्यति हामी घना जंगल तिर भासिँदै थियौं । त्यकिैमा मेरो पाईटको पछाडी खल्तीमा केहि हल्कापन महसुस् भयौ छामे गोजी रित्तो थियो । अरे मेरो वालेट पैसाको ब्याग खै ! सबै जना झस्के । केटाहरु चुपचाप म तिर फर्केर हेरि र-यो । झोलामा छामे थिएन । अघि दुधको पैसा तिरेको बेलामा त्यहि छोडे छु । साउदी बाट जे ादाईको छोराले प ाएको पैसा पु-याउन जान लागेको त्यहि गायब । लौ अब वित्याँस् ।

मानव वस्ती धेरै टाढा थियो । अँध्यारा जंगल बाट स्याल ब्वाँसो भालु लगायत अन्य जनावरहरु कराउन थालेको थियो । हामी लोक कथाका पात्र जस्तै भयौं । ्याक्कै राजकुमार दिक्पालको कथा जस्तै । जति जंगल भित्र गए पनि डाङ डुङ आवज सुन्थे । कस्तो आपत् । बीच जंगलमा आएर वालेट हराएको थाह भो । सबै फर्केर जाउँ त्यति लामो बाटो । म एक्लै जाउँ बालबच्चाहरु जंगलमा कसरी छोडेर जाने ।

म पनि कस्तो हुस्सु । कस्तो ख्याल नगरेको ? अब यो विपती कसरी टार्ने ? भोली विहान जाउँ त अरुले भेट्टाई सक्छ । पक्कै पनि त्यहि झरेको हुनु पर्छ । अँध्यारोमा कसैले भेटेको छैन होला । म जान्छु । तिमीहरु पनि जान्छौ कि के गर्छौ उनीहरुको आशय बुझ्ने प्रयास गरेँ । "आऽऽऽ अंकल म त हिड्न सक्दिन अब । तपाई गएर आउनुस् हामी तीन जना यहिँ बसि रहन्छौ ।" उमेरले १५ बर्ष प्रवेश गरेको िटो उसलाई त सायद डर लाग्दैन क्यारे जस्तो लाग्यो । तर  उपदेश र ग्याल्बो देखि मलाई धेरै टि ् लाग्न थाल्यो ।

'म हावाको गतीमा हुँईकेर आउछु तिमीहरु नडराई बस है' भनि मुल बाटो छलाएर एउटा सानो अँध्यारो खोल्सामा चुपचाप बस है भने । दाउरा बटुलेर आगो बाली राखौं कि जस्तो पनि लागेको थियो तर यसो गर्नु पनि खतरा थियो । आगो बाल्ने वितिकै गोली वा बम बारुदको बर्षा हुन बेर लाउथेन । हामी अचानक त्यस विपतीमा फस्न पुगेका थियौं । खोलाको चिसो सिरेटोले अझ तीव्र बेग लिन थाले । कान चिसो भयो । वारीपारीका जंगलहरु थर्काएर कराएका स्यालका हुँईयाँहरुले खतराको संकेत जनाई रहेका थिए । अब हुट्टिट्याउले पनि हाम्रो टाउको ुङला झैं गरि आफ्नो राज जनाउदै थियो । वातावरणले साँच्चै नै सन्नाटा छायो ।

मलाई ग्याल्बोको धेरै पीर लाग्यो । १४ बर्षमा प्रवेश गरेका मेरो छोरा उपदेश केहि नबोली रेन्जेन संग उभी रहेको थियो । मैले ढिलो गर्नु उचीत् लागेन । ग्याल्बोलाई रेन्जनको काखीमा जिम्मा लगाई दुई पाईला मात्रै चालेर फर्किदा नाबालक ग्याल्बोले रुन्चे स्वरमा 'अंकल फल्केल आउनुस् है मलाई कस्तो डल लागी ला छ ।' भने पछि हस् भनि मनलाई क ोर बनाई म अँध्यारोलाई चिर्दै तुफानको गतिमा फर्केर गएँ । बाटै भरि ग्याल्बोको अनुहारमात्र देखी रहेँ । करीब आधा घण्टाको म्याराथुन दौड पछि बल्ल अघिको चिया पसलमा पुगेँ । चिया पसले पसल बन्द गरि घरमा गैसके छ । मैले झोला बिसाएको ाउँमा छामछुम गरि वालेट खोजेँ । केही भेट्न सकेन । त्यतिकैमा छाप्रो पछाडीबाट घारीभित्र भ्वासाङसाङको ूलो आवाज निकाल्दै ुलो साँढे दौडेर म भए तिर आए जस्तो लाग्यो । म आतिएर कराउनु पुगेछु तर मेरो आवाजै अचानक डरले बन्द भयो ।

अब म बाँच्ने आशामा थिएन । चिया पसलको छाप्रोको खाँबोलाई एउटा हातले समाएर भुईमा थचक्क बसेँ । छाप्रो निकै बेरसम्म कामिरहेको जस्तो लाग्यो । म अझै कराउन खोजी रहेको रहेछु तर आवाज निस्की रहेको थिएन । मैले अब वालेट खोज्ने साहस गरिनँ । त्यहाँ बाट चलमल पनि गर्न सकिनँ । निकै बेर त्यहीँ कुप्रेर बसे पछि पो पर डाँडामा केहि नारी र पुरुष आवाजमा गुनगुन कुरा गरेको सुनेँ । एकै क्षणमा आगोको मुस्लोका साथ डडाङ डुडुङ गर्दै बन्दुक पड्क्यो । छापामारहरुको तालीम केन्द्र रहेछ क्यार यो जंगलमा भन्ने सोँचे त्यस पछि जंगली जनावरको डर भने म बाट हरायो । मैले फेरी वालेट खोज्ने प्रयास गरेँ ।

अँध्यारोमा छाम्दै गर्दा मैले केहि बस्तु फेला परे त्यो मेरो वालेट नै हो भन्ने पक्का भयो । हातले भित्रको पैसा छामेँ । सबै छ जस्तो लाग्यो । दाहिने हातमा पोको पारेर बेस्सरी कुदेर गएँ । बाटो नै म्याउन नसक्ने गरि अँध्यारो रात थियो । बाटो किनारामा कुहेर फोक्सो भैसकेको जामुनाको ुटो टल्की रहेको थियो । त्यसैलाई भाँचेर बाटो पहिल्याउने राँकोको रुपमा प्रयोग गर्दै अघि बढेँ । बालबच्चाहरु भएको ाउँमा पुग्दा त्यहाँ कोही पनि थिएन । मेरो स्वरले बोलाउन सक्दैन थियो । अरु भन्दा ग्याल्बो त्रस्त थियो । बाल मस्तिक्स्मा कहिल्यै नमेटिने गरि युद्धको त्रास बसि सकेको थियो । मेरो जस्तो छिपिएको मानसिकतामा त युद्धको कसर बाँकी छ भने ग्याल्बो जस्तो नाबालकको दिमागमा कस्तो असर पारेको होला म झन त्रस्त हुँदै उनीहरुलाई कालो रातभित्र वालेट खोजे झैं गरि खोज्न थालेँ । रुन र कराउन थालेँ । यतिकैमा बिउँझे छु । ओहो कस्तो भयानक सपना । 


 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |