हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

भेट

सुबोध कोइराला, (महेन्द्र आदर्श बिद्याश्रम कलेज)

मन बोझिलो र एकभारी भएको थियो । धेरै दिनदेखि उनलाई भेट्ने चाहना तिव्रत्तर हुदैथियो । तर म निरुपाय मौन थिएँ । कसरी भेटौँ उनलाई प्रश्न यहि थियो मनमा र पीडा पनि । सम्झना… बिर्सना.... तिर्सना....यस्तै यस्तै केके... केके... । चाहेर पनि भेट्न र देख्न पाएको थिइनँ मैले उनलाई । 

आखिर दिनचर्या चलिरहेकै थियो । कसरी ? त्यो त मलाईमात्रै थाहा थियो । तैपनि कसलाई भनौ मनको कुरा, अब्यक्तै राखेँ मनभित्र । चिप्लँदो सामयिक दिनचर्यासँगै मन भने झन चिन्तित हुदै थियो । मनभित्रको अब्यक्त पीडा झनझन गहिरिदै थियो । 

आज मैले उनलाई भेटेँ बसस्टपमा । सेतो रङको लङस्वीटर अनि सेतो र हरीयो रङको कुर्ता सुरुवाल लगाएकी । स्ट्रेट गरीएको लामो र कालो केश खुल्लै थियो । सायद त्यसैले उनको असल ब्यक्तित्वलाई खुलाउँथ्यो त्यो बाटुलो मोहडा चम्काउँदै । एकपटक त मलाई विश्वासै लागेन अकस्मातको त्यो भेट । यसो सोचेँ आज फेरि मनमा उनको कुनै सम्झना र झल्को पनि थिएन । म खै अरुनै के कामको ध्यानधुनमा थिएँ बसस्टपबाट कतै जान लाग्दै गरेको । 

सायद उनी गाडी कुर्दै थिइन घरजान । त्यसैले गाडीकै प्रतिक्षामा नयन मन डुलाइरहेकी । उनले मलाई देखेकी थिइनन् म पनि एकछिन टाढै बसेर उनलाई हेरीरहेँ । लोभ लालसा र वासनाले होइन । प्रसन्नताले त्यो पनि आदरणीय प्रसन्नताले । अलिअलि मोटाइछिन । हेराइ उस्तै निश्छल थिए । तर अरु म भन्न सक्दिन उनको व्यक्तित्वको बारेमा । खै किन हो मलाई त्यस्सै रुन मन लागेर आउँछ । धेरै बेर हेरेँ मैले उनलाई टाढै बसेर । अनि आफ्ना पाइलाहरु त्यतै बढाएँ उनी भएतिरै । तर मुटुको धड्कन बढ्दै थियो । उनीसँग के भनेर कुराको प्रसंग झिक्ने उनको अगाडी गएर कसरी बोल्ने के भन्ने हुन मलाई न गाली गर्ने हुन कि यस्तै अन्तरद्वन्द बिच नै म उनी नजिक गएँ । 
 
आखिर कुराको प्रसंग मैले नै उ ाएँ आश्चर्य सहित प्रश्नको लर्को तेस्याउँदै । "अहो ! के हो आज तिमीसँग कसरी भेट भयो हँ ? मैले त सोचेकै थिइन आज तिमीसँग भेट हुन्छ भन्ने । 
अन्तै कतै हराउँदै रहेकी उनी मेरो प्रश्नसँगै एकपटक त झस्किइन पनि अकस्मातको उनीसामु मेरो उपस्थितिले । अनि संयमित हुदै भनिन "त्यहि त मलाई पनि अचम्म लागिरहेको छ ।" उनले जवाफ फर्काइन । 
तिमी के गर्दै छौ त अहिले ?
के हुनु त्यत्तिकै बसिबसाइ । 
पढ्दैनौ र ?
पढ्छु 

अनि अरु म प्रश्नहरु थप्दै जान्छु । 

"अरु त खास्सै त्यस्तो केहि छैन । बरु भनन तिम्रो के छ ?"  प्रश्न म तिर मोडियो । 
मैले पनि आफ्ना कुराहरु राखेँ  "के हुनु त्यस्सै । अलिअलि पढ्छु । अरु त खास्सै त्यस्तो केहि छैन । 
कतै पुगेर आयौ कि कतै जान लागेका ?

अहो ! बल्ल पो मलाई सम्झना भयो म कहाँ गएर आएको भन्ने कुरा । उनीसँग भेट हुनुभन्दा पहिले म एउटा कार्यालयमा गएको आफ्नो कामले । तर कार्यालयको ढोकैमा बढेमानको ताल्चा झुण्ड्याएको रहेछ । त्यतिबेला त मलाई सारै रिस उ ेको थियो । त्यसै रनाहाले बसस्टपमा पुगेँछु । धन्य संयोग पनि कस्तो बसपर्कमा उनीसँग भेट भयो । त्यस पछि त मेरो रिस पनि क्षणभरमा नै गायब भयो । कार्यालय बन्द भएकोमा फिक्रि लाग्नुभन्दा पनि कार्यालय बन्द भएकै कारण् मैले उनीसँग भेट्न पाएकोमा मन प्रफुल्ल भयो । सायद कार्यालय बन्द नभएको भए मैले कार्यालयिय काममा नै ब्यस्त भएर उनीसँग भेट्न पाउन्न थिएँ होला । सायद समयमा गाडी नआएर उनले पनि त्यस्तै सोचिन कि ? तर त्यो त उनको मनको कुरा म कसरी जानुँ ? तै पनि भन्न त त्यसै भनिन मेरो अनुभुति जस्तै "तिमीलाई भेटेर खुसी लाग्यो ।"
 
"भन न नयाँ नौलो के छ ?" फेरि उनैले थपिन । "के के गर्दैछौ, के के लेख्दै छौ ? कति के के कहाँ पुर्यायौ ?"
"के हुनु ? नयाँ त खास्सै केहि छैन । प्रयासमा छु नयाँको लागि । तर पुराना र केहि अधुरा काम भने पूरा गरेँ ।" 
"ए हो र ! तिम्ले त्यो पुरा गर्यौ ?" उनले बढो उत्सुकता साथ खुसी हुदै सोधिन ।
"अँ पूरा गरेँ नि ! तिमीहरुकै सहयोग र प्रेरणाको कारण ।" 
उनले अस्वीकार गरीन् "त्यसो नभन न । मैले के नै गनै सकेँ र तिम्रोलागि ?"
"के गर्नु 'प्रेरणा' त्यहि त हो नि तिमीले दिएको । तर सरी ल मैले तिमीलाई चोट पुर्याउन खोजेको होइन र मेरो चाहना पनि त्यो होइन । मलाई माफ गर ल ?" मैले आफ्नो मनको बोझिलो भारी बिसाईहालेँ । किन भने धेरै लामो समयदेखि म यहि 'सरी' भनेर उनीसँग माफि माग्नकै लागि प्रतिक्षारत थिएँ । तर 'सरी'  केबल मेरो ओ े बोली मात्रै थिएन । त्यो अन्तर ह्दयबाट प्रस्फूटित याचनाको स्वर थियो । अनुनय आग्रह र विनय थियो । 

तर सरी त उनले पो भन्छिन । "सरी ! ल मैले तिम्लाई चोट पुयाएँ होला । मेरो बाध्यतालाई बुझेर मलाई माफ गरिदेउ ल ?" सारै विनयशील थियो उनको अनुनय । मुटु नै छियाछिया पार्ने खालको । मैले मन बाँध्न र आँसु रोक्न सकिन अनि अर्को पट्टि फर्किएर रसाएका आँखामा हातको रुमाल ओडाएँ उनले थाहा नपाउनेगरी । "तिमी नरिसाउ न ल ?" फेरि उनले थपिन । 

"आखिर म किन रिसाउनु तिमीसँग ? मेरो कसैसँग रिसाउने बानि छैन । अनि फेरि तिमीसँग रिसाएर मात्रै मैले पाउने के नै हो र ? म अरुलाइ चोट दिएर आफू खुसी हुन सक्दिन । र हुनु पनि नपरोस । आई एम सरी ल ?"
 
उनी मौन रहिन । केहि बोलिनन् । सायद उनको मन बोझिलो हुदै थियो कि ? मैले यस्तै महसुस गरेँ । त्यसैले मैले कुरा अन्यत्रै मोडेँ "छाडीदेउ यि सब कुरालाई । उन्नती गर, प्रगति गर । हँसीखुस्सी जीवन बिताउ । सफल होउ, सवल होउ, मेरो यहि शुभकामना छ तिमीलाई "
"तिम्लाई पनि मेरो तर्फबाट सफलताको शुभकामना" उनले पनि आफ्नो शुभकामना दिइन् मेरो लागि । मैले सहर्ष स्वीकारेँ उनको शुभकामना । 
"एउटा कुरा भनुँ ?" उनले रोकिँदै भनिन 
"के कुरा भन न ! 
"तिम्रा लेखरचना अब देखि फेरि पनि मलाई पढ्न दिने गर न ल ?"
"ल ! तिम्लाइ पनि नदिने कुरा हुन्छ ?" मैले उनलाई आश्वस्त पार्दै भनेँ । "तिमी निश्चिन्त होउ दिईहाल्छु नि ।" साँच्चै हो त्यतिबेला फेरि पनि मैले सोचेँ "उनको मनमा कुनै रिस राग छैन, घृणा छैन म प्रति । साँच्चै हो मैले सोचेजस्तै कोमल निश्छल र पवित्र छ उनको मन । निस्पाप छ दयालु छ । आखिर उनको मात्रै होइन मेरो मन पनि त्यति नै चोखो छ । निस्कपटि छ उनिप्रति । कुनै रिस छैन, घृणा छैन, अपमान छैन,  बरु आदर छ उनीप्रति । उनको संबेदना प्रति । तर किन त विना गल्ति एकअर्काको मनमा पश्चाताप बोध भइरहेको छ आफ्नै गल्ति जस्तो गरेर ? हो गल्ति उनको थिएन । हुनसक्छ गल्ति मेरो थियो । तर उनी भन्छिन गल्ति मेरो पनि होइन रे । त गल्ति कस्को त ?
 
हो विना गल्ति पनि हामीहरु एकअर्कामा टाढा छौँ । टाढा भएर पनि फेरि नजिकिएका छौँ । त्यो समानान्तर नजिक्याइ त्यो अन्त्यहिन नजिक्याइ । यो नजिक्याइ कायमै रहोस । मैले मनमनै कामना गरेँ । सायद उनले पनि यस्तै सोचिन होला । तर कसरी यो सब भयो त ? कसको कारणले अनि के कारणले त ? के यो सब समयकै कारण हो त ? मनमा अनेक प्रश्न तैरिन थाल्छ । फेरि मनैले उत्तर दिन्छ 'यो समयको गल्ति होइन ।' नभए के त ? समय, परिस्थिति, परिबन्ध, बाध्यता, बिवशता, मुर्खता के ले हो त यो सब  ?
उनले त भनिन उनको बाध्यता रे । त्यसलाई मैले पनि स्वीकार गरिसकेँ । तर मेरो के त ? मेरो मूर्खता ? तर मेरो मूर्खता होइन । के कसैलाई माया गर्नु प्रेम गर्नु मुर्खता हुन्छ त ? हुदैन त्यो मुर्खता । आखिर मैले स्वीकार गर्नैपर्छ  एउटा संयोग मानेर । हो, त्यो एउटा संयोग थियो उनको र मेरो परिचयको अनि निकटताको भने, टाढिनु पनि सयोग र फेरि निकट हुनु त्यो पनि संयोगै । हो वियोग भएर पनि मैले त्यसलाई वियोग ान्नु हुदैन । किनकी आज मलाई संयोगै मि ो लागेको छ । त्यहि संयोगले त आज फेरि मैले उनलाई भेटेँ भने म किन वियोग ान्नु ?
 
म त मनमा के के कुरा खेलाउँदै कता कता हराइरहेको । उनी भने मलाई बोलाइरहेकि । "ए सुन त !"
"हँ" ! एकपटक त म झस्किएँ अनि आफूलाई सम्हाल्दै भने "के भन न !"
"के हो तिमी त कता हरायौ बोलाउँदा पनि सुन्दैनौ त ।" उनले मलाई जिस्काएझैँ गरी भनिन । 
म अन्तै हराए पनि उनलाई ढाँटि दिएँ । बास्तबिकता खोल्नु उचित पनि त थिएन नि । अनि मैले भने "कतै हराको छुइन ।" अनि बल्ल स्वभाविक भएपछि मैले महसुस गरे उनलाई घर जान हतारो हुदैछ । त्यसैले मैले उनलाई भनेँ "तिमीलाई घरजान हतारो होला जाउ अब । जे गर राम्रै गर । फेरि पनि मेरो शुभकामना छ तिमीलाई प्रगतिको ।" 
"ल त्यसो भए म जान्छु है त ? तिम्लाई पनि मेरो तर्फबाट शुभकामना ।" यति भन्दै उनले म तर्फ हात बढाईन । एकपटक त म आफैँ अकमकिएँ । उनीसँग हात मिलाउने तर मतिर श्रद्धाले बढेको उनको हातलाई त्यसै फर्काएर मैले उनको संबेदनामा ेस पुर्याउन चाहिन । आखिर मैले त्यसो गर्नु उचित पनि त थिएन । कसैको भावनामा ेस पुर्याएर मैले पाउने के नै हो र ? हो उनी साँच्चै संवेदनशील छिन । उनको मनमा पनि साच्चै भन्ने हो भने लेखकीय कोमलता छ । मानविय भावना बुझ्न सक्ने क्षमता छ । साँच्चै छ त उनीमा संवेदना ? आफ्नै मनमा प्रश्न उब्जिन्छ । छ । थिएन भने कसरी उनी त्यति सजग हुने थिईन त ? उनको मन किन त्यति कोमल हुने थियो त ? जवाफ आफ्नै मनले फर्काउँछ । हो उनी कोमल छिन संवेदनशील पनि तर खै किन हो उनी त्यति लेखाईमा रुचि मान्दिनन् । क्षमता नभएर भने होइन । फेरि मनमनै सम्झिन्छु नारी कोमल त हुने नै भयो नि । के पुरुष चाहि सम्वेदनशील हुदैनन र ? फेरि प्रश्नै तेर्सियो । हुन्छन । तर नारीको तुलनामा पुरुष अलिक कमै मात्र भन्न खोजेको । नारीको त मातृ मन पो त । त्यसैले केहि बढी र भावुक र कोमल हुने नै भयो नि । अहो ! उनी त अघिदेखि मतिर हात बढाएर  उभिइरहेकी । म भने मनमा कुरा खेलाएर कता कता हराइरहेको । मैले पनि आफ्नो हात निसङ्कोच उनीतिर बढाएँ र मिलाएँ सश्रद्धा उनको हातसँग अनि लगत्तै हल्लाएँ पनि विदाईका हातहरु । 

लौ न ! छुट्टिने बेलामा पो याद भयो हामी त बसस्टपको सडकमै उभिएर पो गफ गरीरहेका रहेछौँ । गाडीहरु आवतजावत ओहोरदोहोर गरीरहेका । मानिसहरुपनि उसै ओहोरदोहोर । गाडीको आवाज, मानिसहरुको खल्लिबल्लि । त्यो त सबै भुलेछौँ । हिँड्नेहरु पनि हामीलाई नै नियाली नियाली हेर्दै हिँडेका । हामीलाई हेरेर यिनले के सोचे होलान मैले मनमनै प्रश्न गरेँ । हुन सक्छ कतिले सकारात्मक सोचे होलान,  कतिले नकारात्मक सोचे होलान । तर जसजसले जे जे सोचेपनि मेरो मनमा उनी प्रति कुनै नकारात्मक सोच, बिचार र चिन्तन छैन । बरु आज मन हलुका भएको छ । उनीसँग भेटेर 'सरी' भन्न पाइएकोमा । तर मनमा फेरि अर्कै चिन्ता थपियो मैले त उनको सम्पर्क नम्बर नै माग्न बिर्सेछुँ । तर केहि छैन सम्झिइन् भने कुनै दिन उनैले खोज्लिन नि । आखिर जेसुकै भएपनि मेरो उनलाई शुभकामना, उनको जीवन फलोस फूलोस । यहि देखिरहन पाउँ, सुनिरहन पाउँ ।
 
 
समाप्त
 
 

Comments

niseem

hey subodh really gud love story...tara ali purano jamana ko vayo ,,ahile ko jamana ma 
 timro story ko jasto kta ra kt vetidaina.......so ahile ko generation ko love story lekha ...you will rock it dude....

Prabin

Subodh,tyo dating@krishna mandir post garana,I wana read

prabin

subodh,aru pani rakhana i waana read more....u r a gud man yaar.keep it up,ani pachi pani rakhdai gara hai.....

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |