हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

अन्तिम विदाई

बिटु के.सी. बराल, (ह्युस्टन, टेक्सास)

जीवनमा कहिल्यै नसोचेको नचिताएको दिन पनि देख्नु र भोग्नु पर्छ मानिसले । जे ो छोरा अशोक बितेको बाहौदिनको दिन आज दिउँसो बाह्र बजे यशोदालाई एयरपोर्ट पुग्नु छ छोराको लाश लिन । परदेशमा पढ्न गएको छोरा वित्यो रे, कसैले गोली हानि हत्या गर्यो रे … भन्ने खबर सुनेदेखि उनको होस आउने र हराउने क्रमहरुको कुनै ेगान छैन । शोक र सन्तापका पीडाहरु कति भोग्नु भोग्ने उ आमालाई नै थाहा होला कस्तो हुन्छ भनेर  । अरुले त केवल क ै भन्ने मात्र हो ।

रुँदा रुँदा शिथिल नेत्रहरु, शोकाकुल थाकेको शरीर मृत छोराको अन्तिम पटक मुख हेर्ने व्याकुल ह्रदय लिएर श्रीमानसँगै यशोदा का माडौं एयरपोर्ट पुगिन् । अमेरिकाको ह्युस्टन शहरबाट हवाई यात्रा गदैं बाकसमा बन्द भएर अशोकको मृत शरीर का माडौं एयरपोर्ट आईपुग्यो । छोराको अन्तिम मुख हेर्ने इच्छा अनुरुप नै अशोकको शरीरलाई अमेरिकाबाट नेपाल झिकाइएको थियो । जीवित अवस्थामा भएको भए आज छोरा परदेशबाट घर आईपुग्दा त्यो आमाको मन खुशीले कत्ति गदगद भएको हुन्थ्यो होला !
तर यहाँ समय ज्यादै नै निर्मम र क ोर बनेका थियो  एउटी आमामाथि भवितव्य परेको थियो । विधिको विधानसँग कसको के लाग्दो रहेछ र ?

अशोकको मृत शरीर एयरपोर्टबाट सिधै पशुपति आर्यघाट लगियो दाहसँस्कारको लागि । मृतक अशोकका परिवारजन, आफन्त, साथीभाई र अन्य चिन्नेजान्नेहरु अन्तिम विदाईका श्रद्दान्जली दिन पर्खिरहेका थिए त्यहाँ । यशोदाको मन एक तमासको भईरहेको थियो अघि एयरपोर्टमा छोराको लाश बुझेदेखि । आमा ! भन्दै कतै छोरा आइहाल्छ कि भन्ने झु ा आशहरु पनि मरिसकेको थियो अब त यशोदाको । छोराको अन्तिम मुख हेर्न बाँकी नै थियो । कसरी हेर्नु उसले छोराको मरेको मुख हे दैव यो के दिन देखायौं लामो सुस्केरा तान्दै…॥ यशोदा बरबराइन् ।

दाह संस्कारका प्रकृयाहरु शुरु हुन थाल्यो …लाशलाई घाटमा राख्ने बेला भयो । बिस्तारै मृत शरीर रहेको बन्द बाकस खोलियो …॥ अशोक चीर निन्द्रामा थियो । मृतकको अनुहार फुरुङ्ग परेको रङ्गहीन् उजाड थियो । बाह्रौ दिनसम्म केमिकल्समा राखिएको लाश कस्तो होस ? लाश लाशै जस्तो थियो । फुलदानमा राखिएको कुहिन बाँकी ओइलिएको फुलजस्तो । आफ्नो जवान सुन्दर छोराको यो गति देख्दा कुन आमाको मनले सहन सक्ला ? यशोदा डाँको छोडेर रुन थालिन्…। "मेरो बाबु मलाई
छोडेर कता गयौ ? हे भगवान् मलाई लगेको भएनि हुन्थ्यो बरु …। मैलॆ यो के दिन देख्नु पर्यो कसरी सहुँ प्रभू ! मैलॆ कसरी सहुँ उनि सकुन्जेल जीउ छोडेर रोईन् । वरिपरी सम्झाउनेहरुको पनि केहि लागेन । रुँदा रुँदा उनको होस बिस्तारै हराउदै गयो । यो दारुणिक दृश्य देख्ने त्यहाँ उपस्थित जो कसैको पनि मन रोएको थियो, आँखा भिजेको थियो ।

हिन्दु परम्परा अनुसार अन्तिम कियाकर्मका प्रकृयाहरु शुरु भए ह्रदय क ोर बनाएर छोराको चितामा आगो जलाए अशोकका पिताले । अलि अलि गर्दै लाश धुइँधुइँती बल्न थाल्यो । अलिक बेरपछि यशोदाको होश आउन थाल्यो बिस्तारै चटपटाईन् र आँखा उघारिन् । उनको अगाडि छोराको लाश दनदनी बलिरहेको थियो । यस्तो हेर्न मेरो होश कहिल्यै नखुलेको भए हुन्थ्योनी …॥ - लामो शास तान्दै यशोदाले भनिन् । आफ्ना सम्पूर्ण चिज छोरासँगै बलिरहे झैं लाग्यो उडीरहेको छोराको चिताको धँुवासँगै आफ्ना सबै इच्छ्ा र आकाँक्षाहरु डढीरहे झैं आग्यो यशोदालाई । उन्ले जलिरहेको चितालाई एकोहोरो हेरिरहिन् हेरिरहिन् ।

यशोदाका सँस्मरणमा डेढ वर्ष अगाडिका कुराहरु झलझली आईरहे ।

राम्रो अङ्क ल्याई ग्राजुएशन गरेपछि अमेरिका पढ्न जान्छु भनी अशोकले ढिपी गरेको थियो। आमाले परदेश नजा बाबु दुख पाईन्छ, खान लाउन पुगेकै छ, एउटा जागिर खानु यहिँ भै हाल्छनी भनेर कत्ति सम्झाउँदा बुझाउँदा पनि उसले मानेन । छोराको इच्छाको अगाडि आमाबाबुको केहि नलागेपछि अन्तमा मुश्किलले श्रृण सापट गरेर दशलाखको बन्दोबस्त गरिदिएका थिए छोरालाई अमेरिका पढ्न प ाउन । अमेरिका जाने भिसा पनि लाग्यो अशोकको । उ त अत्यन्तै खुसी थियो नै घरका अन्य सदस्यहरु पनि खुसी देखिन्थे । हुन त अक्सर हाम्रो नेपाली समाजमा विदेश गएपछि पैसा कमाईन्छ ूलै मान्छे भईन्छ भन्ने धारणा रहेको छ । तर पनि आमाको मन । बरु छोराले मास्टरी गरोस तर विदेश नजाओस भन्ने थियो । सबैको खुसीकोलागि यशोदाले चुप लाग्नु परेको थियो ।

बेलाबेलामा अशोक सम्झाउथ्यो आमालाई अमेरिकाबाट राम्रो शिक्षा हासिल गरेपछि सँसारमा जहाँपनि विकिन्छ, राम्रो जागिर खान पाईन्छ, पैसा कमाईन्छ, हाम्रो परिवारको भविष्य राम्रो हुन्छ भनेर । हुन पनि हो विदेश जानेहरु पनि त बेलाबेलामा घर आईहाल्छन् । राम्रो पढ्छ छोरा, ूलो मान्छे बन्छ होला भन्ने लाग्थ्यो यशोदालाई । त्यसैले जसोतसो मनलाई बुझाउने कोशिस पनि गर्थिन् उनी ।

अशोक अमेरिका उड्ने दिन सबेरै उ ी ढकिभरी राता फुलहरु टिपेर ल्याईन् माला गाँसिन् रातो अक्षता मुसेर िक्क पारिन् । हिड्ने साइतमा ढोकामा उभिएर आमाले लगाईदिएको माला र रातो टिका कत्ति सुहाएको थियो अशोकलाई । आमालाई ढोगेर उ ्न लाग्दा साईतको घडा घोप्टिएर पानी सबै पोखिएको थियो । त्यतिबेला सारै ननिको लागेको थियो यशोदालाई । सारा जीउ नै सिरिङ्ग भएको थियो मन चिसो भएको थियो । आफन्त साथीभाई छरछिमेक सबैलाई अङ्कमाल गर्दै हात मिलाउदै हात हल्लाउदै विदा हुँदै थियो अशोक शायद सदासदाकोलागि । छोरालाई पुर्याउन यशोदा र उनका पति साथैमा गए । जति छोरालाई विदा गर्ने क्षण नजिक आउँदै थियो उति नै यशोदालाई गाह्रो भईरहेको थियो । बाटोभरी यशोदा मौन थिईन् । का माडौं एयरपोर्ट पनि आईपुग्यो । आफ्नो झोला र सुटकेश लिएर भित्र पस्ने मुख्य द्दार अगाडि अशोक उभियो विदा हुन । आमाबाबुको काखको साथ यति सम्मको मात्रै थियो उसको लागि । अबका यात्राहरु उसले नितान्त एक्लै तय गर्नु थियो । अमेरिका जानु जतिसुकै खुसिको कुरा किन नहोस तर आफ्नो परिवार र देश छोड्ने कुरा निश्चय नै क िन हुन्छ कसैकालागि पनि । झन् विदाईको क्षण …॥

बाबुआमातर्फ फर्किएर मायालु स्वरमा अशोकले भन्यो - "म पुग्ने वित्तिक्कै फोन गर्नेछु कुनै चिन्ता नलिनुस है बुबाआमा ।" उसको आवाजमा आँसु मिसिएको थियो । यशोदाका आँखाबाट आँसुका भेल बगे …… छोरालाई अँगालो हालेर रुँदै भनिन् - 'बाबु, आफ्नो ख्याल राख्नु घरमा बारम्बार फोन गर्नु ।"

"हवस त मलाई विदा दिनुहोस बुबाआमा ।"- उसले भुइँको सुटकेश उ ाउँदै भन्यो । यशोदालाई अति नै गाह्रो भएर आयो । उनले मुटु मिचेर छोरालाई विदाइको हात हल्लाईन् । आमाबाबुसँग अन्तिम विदाईको हात हल्लाउँदै अशोक भित्र पस्यो । यशोदालाई भित्रबाट कस्तो कस्तो भएर आयो । छोरा टाढिएको प्रत्येक पाइलासँगै आफ्नो मुटु चुँडिएर गईरहे झैं लागेको थियो उनलाई ।

अशोक अमेरिका गएको डेढवर्ष भईसकेको थियो । घरमा बारम्बार फोन गरिरहन्थ्यो । उसको पढाई पनि राम्रै चलेको थियो काम पनि राम्रै पाएको थियो । घरमा कहिलेकाहि खर्च पनि प ाउँथ्यो महिनामहिनामा श्रुण पनि तिरिरहेकै थियो । जे होस् यशोदालाई घरब्यबहार चलाउन पहिलेजस्तो गाह्रो भएको थिएन । छोरा अमेरिका गएदेखि कताकता छरछिमेकी र साथीभाई मात्रै होइन आफन्तकै व्यबहारमा पनि फरक पाएकी थिईन् उन्ले । 'छोराले कमाएर प ाईहाल्छ अब यशोदाका दुखका दिन गए' भनेर कोहि त प्याच्चै भनिपनि हाल्थे अशोकको बारेमा कसैले सोधपुछ गर्दा एक किसिमको सुखद अनुभूति हुन्थ्यो यशोदालाई । तर पनि चाडवाड आउदा र घरमा मी ो  मसिनो पाक्दा भने आमाको मन धुरधुरु रुन्थ्यो छोरा सम्झेर ।

यसपाली दशैंमा आउने कुरा थियो तर फेरी काममा विदा नपाईएकोले पछि आउने कुरा गरेको थियो अशोकले । दशैं आउनु पन्ध्र दिन अघि बेलुका राति दशबजेतिर अमेरिकाबाट घरमा फोन गरेको थियो उसले ।

यशोदाले फोन उ ाईन् - हेलो
अशोक - आमा मेरो साथी सुदिप भोली नेपाल आउँदैछ । उसैको हातमा तपाईहरु सबैलाई दशैंको केहि सामानहरु प्ा ाईदेको छु हैं । मेरो सबैलाई दशैंको शुभकामना भनिदिनुहोला ।
यशोदा - बाबु तिमि नै आएको भए कत्ति बेश हुन्थ्यो यो दशैंमा ।
अशोक - हो आमा के गर्नु विदा मिलेन । तर अब चाँडैनै विदा मिलाएर आउनेछु आमा तपाँई चिन्ता नगर्नुस । काममा जान अबेर भयो फोन राख्छु है आमा !
यशोदा - किन यति छिट्टै अरु कुरा गरन बाबु ।
अशोक- भोलि विहान फेरि गर्छु नी ! अहिले साँच्ची नै हतार छ क्या । ल हैं आमा फोन राखे ।

लाईन काटियो उताबाट ।

यशोदालाई छोरासँग निकै लामो कुरा गर्न मन थियो आज । फोन राख्नै मन थिएन उन्लाई । तर छोराले भोलि फेरि गर्छु भनेको छ भनेर मन बुझाईन् उन्ले ।

भोलि बिहान सबेरै उ ेर यशोदा दैनिक व्यबहारमा जुटिन् । खै किन हो आज उन्लाई एक किसिमको छटपटी भईरहेको थियो । छाति पनि चसचस दुखिरहेको थियो । चारैतिर नरमाईलो छाईरहे जस्तो त्यसै त्यसै रुँ रुँ लागेको थियो उन्लाई । अशोकको एकदमै याद आईरहेको थियो । विहानदेखि अशोकको फोन आउला भनि कुरेर बसिरहेकी थिईन् । फोनको घन्टि बज्यो कि अशोककै होला भनेर दौडेर उ ाउन गई हाल्थिन् । तर फोन अरु कसैको हुन्थ्यो । कुर्दा कुर्दा बिहानको एघार बजिसक्दा पनि अशोकको फोन नआएपछि अब छोरालाई आफै फोन गर्छु भनि निस्किन मात्र लागेकि थिईन् फेरि फोनको घन्टि बज्यो ।

यशोदा - हेलो अशोक !
उताबाट अपरिचितको आवाज आयो - अशोकको आमा बोल्नु भएको हो ?
यशोदा - हो । तपाँइ को बोल्नु भएको ?
अपरिचित - म अशोकको साथी हु आमा, अमेरिकाबाट ।
यशोदा - अशोक खोई त ?
अपरिचित - आमा सारै नै नराम्रो खबर छ धैर्य धारण गर्नु होला ।
यशोदा - किन के भयो ?
अपरिचित - अशोक अब हामीवीच छैन आमा ! एकजना अपराधीले गोली हानी हत्या गरिदियो उसको ।
यशोदा - बकवास गर्ने हो ?  हिजो मात्र उसँग कुरा भएको, उसले मलाई अहिले फोन गर्छु भनेको छ म उसकै फोन कुरीरहेको छु ।
अपरिचित - मलाई क्षमा गर्नुस । तर सत्यलाई हामी सबैले स्वीकार गर्नु पर्छ आमा । दुईघन्टा अघिमात्र यो दुर्घटना भएको थियो । अशोकले अब हामी सबैलाई सदासदाकोलागि छोडेर गईसक्यो ।

यशोदाकोलागि यो खबर आँधीबेरी थियो । जीवनमा कहिल्यै नसोचेको अकल्पनिय दुखद खबर सुनाएको थियो कसैले । उनी स्तब्ध भईन् । हातबाट रिसिवर छुट्यो । आकाश खसेर आफुमाथि बज्रे झैं लाग्यो उन्लाई । डङरङ्ग भुइँमा लडेर उत्तिनैखेरि बेहोस भएकी थिईन् यशोदा ।

अशोकको चिता जलेर अहिले खरानी भैसकेको थियो । यशोदाले छोराको मृत्युको खबरदेखि चितासम्मका ती दिनहरु अति नै शोक र पीडामा गुजारेकी थिईन् । खै उन्ले कुन्नि के सोचिन् जुरुक्क उ ेर जलेर खरानी भएको अशोकको चितानिर पुगिन् । अँजुलीभरी छोराको खरानी उ ाईन् । यतिखेर उनको अनुहार एकदमै दृढ देखिई रहेको थियो । वाग्मतिको छेवैमा अँजुलीको खरानी बगाउँदै भनिन् - "जाउ बाबु स्वर्गको बास गर । मेरो मोहबाट मुक्ति दिन्छु, यो मेरो अन्तिम विदाई तिमिलाई !



Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |