हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बार्गेनिङ्ग

सुषमा मानन्धर, (ललितपुर)

"सुन्नुस् न ! केटाकेटीहरु सडकमा जालान हेर्नुस् है । म पानी थाप्न हिंडेँ ।"  सुन्तली गाग्री च्यापेर निस्की । पिँढीमा खाल जमाइ रमिरहेका उसका बुढोका आंखा आफ्नो तासका पत्तीबाट हटेका होइनन् । "कति फत्फत् गरिरहन्छे" पत्ती तान्दै उसले सोच्यो । केटाकेटीहरुका लागि आंगन भन्नु नै सडक । खेल्दाखेल्दै दुवै वीच सडकमा पुगेछन् ।

क्या……च्च । गाडीले ब्रेक हान्यो । ब्रेक हान्दा हान्दै पनि पांग्राले सुन्तलीको छोरालाई भेट्टाइ हाल्यो । गाडीले किच्यो, गाडीले किच्यो …छिनमै होहल्ला भयो ।

" नछोड् । गाडी रोक् । ड्राइभरलाई जान न दे । हाम्रो बच्चा मार्ने ज्यानमारालाई छोड्दैनौं ।" भीडले गाडी छोपिसकेको थियो । ऊ पाखुरा सुर्कदैं भीडमा सवैभन्दा अगाडि थियो ।

"हेर्नुस् हाम्रो मात्र दोष हैन । बच्चा एक्कासी वाटो वीचमा आइ पुगेको थियो । रोक्दा रोक्दै पनि…… "  ड्राइभर हेर्दा सोझै देखिन्थ्यो ।
"हाम्रो बच्चालाई खेल्न आंगन बनाइ देऊ न त, अनि सडकमा जांदैनन् । जो चोर उसैको ूलो स्वर हिँड्नुस् थाना ।"

उसको उग्र रुप देखेर ड्राइभर आत्तियो "हेर्नुस्, म पनि विरामी मान्छे लिएर हिँडेको छु । बेलैमा अस्पताल नपुगे अप् यारो हुन्छ मलाई । कुरालाई मिलाउन खोजौं, किन थानासम्म जाने ?"

"यसो क्षतिपूर्ति दिएर कुरा थामथुम पारे त भैहाल्यो नि ।" गाउंका एकदुइ टा ाबा ाले सुझाए ।

"म त दश लाख भन्दा एक पैसा कम लिन्न । छोरो पो मरेको, अरु हो ? बांचेको भए पढेर लाखौं कमाउंथ्यो ।"
"दश लाख त गाह्रो पर्छ । आमालाई ओखती गर्नै बांकी छ । अलि कम गर्नुस् ।"
"आ लाख दिनुस् । मान्छे पो मरेको के कुनै कुखुरा हो ?"
"दुइ लाखमा मान्नुस,   मलाई हतार भैसक्यो ।"
"पांच लाख…।"
"सांढे दुइ लाख । यो भन्दा बढी क्यै गरी दिन सक्दिन ।" ड्राइभरले हात जोड्यो ।
"आ…मा… " सडकमा पछारिएको बच्चोको मुखबाट अस्पष्ट र शिथिल आवाज आयो । घुंडा घिस्रिएर रगत बगेको रहेछ । व्यर्थ वादविवादमा दुवैले समय खर्चे । बच्चोलाई उ ाएर गाडीभित्र राख्दै ड्राइभरले उसलाई पनि भित्र बस्न अनुरोध गर्यो "ल हिँड्नुस्, अब थाना हैन अस्पताल जाने ।" सुन्तलीका बुढा लुसुक्क गाडीभित्र पसेर घाइते छोरासंग बस्यो ।
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |