हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कालो विरालो

सुषमा मानन्धर, (ललितपुर)

एकै वेतमा जन्मेका ती विरालाका बच्चाहरु फरक फरक रंगका थिए । त्यसमध्ये एउटा सेतो, एउटा छिर्बिरे अनि अर्को चैं पूरै कालो थियो । माउको दुध खाउन्जेल त तिनीहरुलाई खासै कुनै समस्या परेन । माउले छाडेपछि भने तिनीहरुको विचल्ली भयो । सेतो विरालोलाई सवैले लच्छिनको मान्थे । पूण्य कमाउन दुधभात खान दिन्थे । भोकाएकोले आफू पनि दुधभात खान त्यो संगसंगै त्यसैको पछि लागी दौडने कालो विरालोलाई भने एकाविहानै बाटो काटेर अपशकुन गराएको भन्दै मानिसहरुले खान नदिने मात्र हैन अगाडि देखियो कि ल ् ी उ ाई धपाउन पनि थाले । सेतोको तुलनामा कालो विरालोले केही खानै नपाएर दिन परदिन दुब्लाउंदै गयो । हिँड्दा पनि कमजोरीले धर्मर गर्दै हिँड्ने त्यो विरालो मान्छेदेखि डराउंदै लुकेर हिँड्न थाल्यो । बोक्सी, अलच्छिन र दुष्टात्माको पर्याय बनाइएको त्यो सानो निरिह कालो विरालो खानेकुरा खोज्दै अर्को घरमा हामफाल्ने क्रममा अशक्त भएर माथिबाट खसेर मरिरहंदा त्यसैको दाई सेतो विरालो भने प्लेटमा दिइएको दुध चाट्दै थियो । ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |