हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

'मिष्टर जोन'

SateLite, (का माण्डौ)

प्रहरी प्रधान कार्यालय - नक्सालमा बोलाइएको थियो उसलाइ ।

सरकारी काममा उसलाइ भरोसा त थिएन तैपनि 'किन हो' भनेर पुगि पनि हाल्यो उ । फेरि का माडौमा शान्ति सुरक्षा कायम राख्ने कसम खाएका गृहमन्त्रिको चर्चा जताततै छ ।

उ स्वयँपनि पुर्व कर्मचारी थियो । अहिले सेवा निबृत्त भएर बसेको छ । एउटि छोरी थिइ । प्लस टुमा पढ्दै गरेकि । पोहोर बिति । छोरी बितेकि थिइन, मारिएकी हो भन्ने सोच्न पनि उसलाइ असहज लाग्छ । कलेज जान बस पर्खेर बसेकि थिइ । सेतो सर्ट र खरानि रङ्गको पैन्टमा । सिमसिम पानि परेको थियो त्यो बिहानपनि का माडौमा । उसले अफिसजाँदा मोटरसाइकलमै कलेजमा छोडिदिन्छु भन्ने आग्रहलाइ शिलुले नकारेकि थिइ ।

'काँ अबपनि ड्याडिसँग कलेज जान्छु म ? साथिहरुले जिस्काँउछन' छोरीले यतिभन्दा भान्छामा रहेकि श्रीमति मुसुमुसु हाँस्दै करेलो भुट्दै थिइन । छोरी तितेकरेलो मनपराँउथि  । आएपछि खाली भन्नेमा आमाचाहिँ ढुक्क थिइ । जुत्ताको तुना कस्दै छोरी गुलाबि रङ्गको सानो छाता ओडेर घरबाट निस्कि ।
पन्ध्र मिनेट बितेको हुँदो हो । राममानले केहि पड्किएको सुन्यो । ड्याम्मSSSSS

श्रीमतिको मुहारमा केहि हताशभाव देखियो । राममान कोट लगाँउदै थियो । खासै आत्तिएन । श्रीमानलाइ बिष्फोटको आवाजले केहि असर नपरेको देखेपछि शाकुन्तलपनि ग्यास बन्द गरेर हतारहतार खाना पस्कन थालि ।

राममान आज केहि उमंगित थियो । सेवानिबृत्त हुनुअघि केहि महिना भएपनि जाउलाखेल शाखामा सरुवा हुनपाए केहि प्रगति हुन्थ्यो कि भन् ानेर उसले आफ्नो ख्याउटे तागत बेस्मारि लगाएको थियो । चिनेजानेका सबैलाइ सोर्सफोर्स गरेर भएपनि उ जाउलाखेल शाखाको लेखापाल बनिछाड्ने पक्षमा थियो । फेरि जाउलाखेल शाखाका प्रमुखपनि इचाटोलकै राजभण्डारी थिए । उमेरले राममान जे ो भएकोले टोलका बिहे पुजामा भेट्दा उनले नै नमस्ते गर्थे राममानले भन्दा पहिले ।

' म खाना खान थाल्दिन अहिले । साढे दसमा मन्त्रालय पुगेर सचिवलाइ भेटिसक्नुपर्नेछ । त्यो भ्रष्टलाइ कति चढाउनुपर्ने हो आज ?'  एक्लै बर्बराऊँदै राममान हेल्मेट र रेनकोट लिएर निस्कियो । सानो हिले गल्लि छिचोलेर मुख्य सडकमा निस्केपछि उसले बसस्टपमा हतासिएका मान्छेहरुको भिड देख्यो । मोटरहरु प्प भएका थिए । नजिकै चोकमा बसेका ट्राफिक प्रहरिहरु रेडियोमा प्रहरि कार्यालयमा छिट्टो एम्बुलेन्स प ाउन चिच्याइरहेको सुन्यो उसले ।

अचानक उ का बन्यो । जडवत ! मोटरसाइकलको स्टैण्ड लगाउने होस रहेन । सडक किनारमा उसको पुरानो चाइनिज मोटरसाइकल पल्टियो । मध्यसडकमा उछिट्टिएको दायाँ जुत्ता र रगतमा लतपटिएको लुगाको टुक्रा शिलुको थियो । प्रष्ट चिन्यो उसले । रमितेहरु रमिता हेरीरहेका थिए, मुहारभरि हतासिएको भाव बोकेर । केहि युवाहरु रगतले लतपतिएका तिनवटा शरीरहरु एम्बुलेन्स पर्खिन नथालि एउटा निलो कारमा हाल्नथाले ।

उ चिच्यायो 'पर्ख..पर्ख...सबैजना पर्ख' उ दौडेर रगतमा लतपतिएका शरिरहरुसम्म पुग्यो । एउटि बृद्द महिला हरै भएकि रहिछन । हातमा सानो आटाको झोला थियो । त्यो सेतो झोला आफ्नै रगतले रङ्गिएर रातो भएको थियो ।

युवति शिलु नै थिइ । एउटा हात नाडि माथिबाट टुक्रिएछ । राममानले जताततै अँध्यारो देख्यो । कलिलो रगतले लत्पतिएको शिलुको मुखमा निधार हुँदै झरेका कपालहरुले अझ सुन्दर देखाइरहेका थिए । । शिलुले राममानलाइ देखेपछि आँखा बिस्तारै चलाइ । राममानले बुझ्यो- छोरीले सोधिरहेकि थिइ, किन मलाइ टुक्र्याइयो ? के गल्ति थियो मेरो ? गल्ति नै भएपनि किन यति ुलो सजाय मलाइ ? बाबा म हजुरकै मोटरसाइकलमा कलेज जानुपर्नेरहेछ...शिलुका आँखाहरु बोलिरहेका थिए । धेरै बेर सकेनन..दियो निभ्यो । सुर्य अस्तायो राममानको । शिलु उसकै काखमा थिइ । शाकुन्तलका मनमा के चिसो पस्यो..उ बाटोसम्म निस्केकि रहिछे, ढलि । प्रश्न गर्नु ब्यर्थ छ, किन ढलि भनेर ।

****************

मौसम आन्दोलनको । एकले अर्कासँग अधिकार माग्ने याममा मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिहरुले फालेको बम बसस्टपमा पड्किएर तिनजनाको ज्यान गएको थियो । शिलु कलेजमा पढ्ने विद्यार्थी भएकिले केहि चर्चा भयो । कलेजका विद्यार्थीहरुले सडक अवरुद्द गरे । महिला बृद्द भएकोलेपनि केहि चर्चा भयो । धेरैले 'क ै....बिचरीको के दोष थियो र ?' भन्ने सम्मका शब्द निकाल्न भ्याए तर अर्को अधबैशेका बारेमा चर्चा कमै भएको थियो । कयौँ दिनसम्म टिचिङमा रहेको लाश दावि गर्न कोहि आएनन अनि सरकारी पैसामा त्यो बिना मलामी डढ्यो । मान्छेहरुले ब्यस्ततामा यि घटनाहरुलाइ सहजै पचाए । अचेल अभ्यस्त भैसकेका छ्न नेपालका मानिसहरु मृत्य पचाउन ।

शिलुलाइपनि शहिद घोषणा गर्नपर्ने माग केहि अराजक मान्छेहरुले उ ाएका थिए । राममान र शाकुन्तललाइ शिलुको मृत्यु एउटा अकल्पनिय र अपुरणिय क्षतिका रुपमा जिवनमा आइलागेको थियो । एउटा अत्याश लाग्दो मौनताबिच घरको बातावरण घाटसरह बनेको थियो । राममान अचेल बाहिर उति निस्कँदैन । मौन को ाभित्र टेलिभिजनमा प्रशारण भैरहेका जे पनि उ बिना रुचि हेरिरहेको हुन्छ ।

चर्चित पत्रिकाका सम्पादकलाइ भेट्न उ पत्रिका कार्यालय परिशरमा पुगेको थियो एक बिहान । यो भेटघाटको जोहो मिलाइदिने इचाटोल निवासि राजभण्डारी नै थियो । पत्रिकाको उचाइ अनुसार यदि शिलुको मृत्युलाइ उपर्युक्त ाँउमा छापिदिने हो भने अपराधिलाइ पक्राउ गर्न सरकारलाइ दबाब हुन्थ्यो ।

सम्पादक पक्कैपनि मानवियताले भरिएको मान्छे थियो । राममानलाइ निराश पारेन । अर्को दिनको अंकमा प्रथम पृष् को माथिल्लो कुनामा 'नालायक प्रशासन र निर्दोष शिलुहरु' शिर्षकमा एउटा समाचार छापिदियो । राममानलाइ यत्तिलेपनि निकै राहत दिएको थियो । तर अपराधि पक्राउ परेनन बरु केहि एफ एम रेडियो कार्यालयहरुमा फोन गरेर 'मिष्टर जोन' नामका ब्यक्तिले घटनाको जिम्मेवारि लिँदै सरकारलाइ दबाब दिन सो घटना गराउनु परेको घोषणा गर्यो । को थियो मिष्टर जोन राममान र शाकुन्तललाइ थाहा भएन। शाकुन्तलले त अझ नामपनि बुझ्नसकिन ।

'मिष्टर जोन' शिलुहरु मार्न ब्यस्त थियो । कहिले उ फोहोरका थुप्राहरुमा सुतलि बम राखेर सडक बालकहरुका हात चुँडाल्छ त कहिले गुडिरहेको मोटरमा बम फालेर सरकारसँग अधिकार मागिरहेको हुन्छ । सरकार निरिह छ । उ मिष्टर जोनहरुबाट आफ्नै सुरक्षा गर्न असफल भएर सिमापारिका मान्यजनहरुको आशिर्बाद पाउन लालायित छ । सरकार भ्रमण गर्छ । फकाँउछ मान्यजनलाइ । मान्यजन सरकारलाइ केहि करोड रुपैयाँहरुका साथ थप सयपचास 'मिष्टर जोन'हरु नेपाल भित्राइदिन्छ । छिमेकि मान्यजनबाट पाएको केहि करोड रुपैयाले सरकार शान्ति सुरक्षा कायम गर्न लागिपर्छ तर उसैका दुत 'मिष्टर जोन'हरु शिलुहरुको हत्या गरिरहेका हुन्छन ।

राममान जताततै धायो । सचिवज्यु ब्यस्त रहेछन । उनलाइ राममानको सबै कथा सुनिरहने फुर्सद थिएन । बम पड्किएर छोरी मरेको गुनासो गर्न आएको बुझेपछि उनले हनुमानढोका प्रहरि प्रमुखलाइ फोन गरेर क्षतिपुर्ति बापत राममानलाइ दशलाख रुपैयाँ भर्पाइ गराउने निर्देशन दिए । राममानले मुख खोलेको थियो 'सचिवज्यु म दशलाख लिन आएको होइन । तपाँइले मेरी छोरीको हत्यारा मिष्टर जोनलाइ पक्राउ गर्नुपर्यो, मेरी छोरीको आत्माले शान्ति पाएन त्यो पापि निस्फिक्रि घुमुञ्जेल ।'

सचिव अवाक भयो । उ भित्र लुकेको मानवता ब्युँझेर आयो । ' म सक्दो कोशिश गर्नेछु ' दृढ आँखाले हेर्दै उसले तराजु कार्किलाइ फोन हान्यो उतिबेलै । तराजुबहादुर कार्कि-का माडौ प्रहरिप्रमुख ।

'कार्किजी, त्यो इचाटोल नजिकैको बमकेशको बारेमा के भैराछ ? अपराधि किन अहिलेसम्म पक्राउ परेको छैन ?'

तराजु कार्कि अफिसमा रहेनछ, सहायकले उ ायो ' साप हुनुहुन्न, केहि म्यासेज छ कि सर ?' नम्रताको लेप लगाँउदै सहायकले भन्यो ।

सचिवमा अचानक लोकसेवा आयोगमा सह-अधिकृतको जाँच दिनुभन्दा पुर्वको जनसेवाभाव उर्लेर आएको थियो । उसले निर्देशनात्मक लवजमा भन्यो 'क्या हो तपाँइहरुले हत्यारा, चोर,डाँकाहरुलाइ पक्रन सक्नुहुन्न र आफ्नो कर्तब्य पुरा गर्न सक्नुहुन्न भने राजिनामा लिएर मकहाँ आए हुन्छ । त्यो इचाटोलको बमकेशका बारेमा के भैराछ ? कार्किजी, आउने बित्तिकै मलाइ सम्पर्क गर्न भन्नुस ।' उसले फोन ढड्याम्म राख्यो । उ केहि बोल्नुपुर्व नै राममान  बाहिरिसकेको थियो ।
सचिवले बाहिरिरहेको त्यो आकृतिलाइ हेरिरह्यो । निर्दोष छोरीको असामयिक मृत्युमा आहत भैरहेको राममानको हिँडाइ उसलाइ दुख्यो । प्रहरि प्रधान कार्यालयको नंबर डायल गर्दैथियो सचिव यतिबेला ।

****************

अचम्मै भयो । बिधिको शासनका निम्ति जनताहरुको सहभागिता अनिवार्य छ भन्छन सबै तर तिनै जनता नामका मुर्खहरुले 'मिष्टर जोन'लाइ चुनावमा जिताएर नेता बनाए । चुनाव भर्खर भर्खर भएको थियो । शिलु हत्याको समाचारलाइ प्रथम पृष्टमा छाप्ने चर्चित दैनिकले अहिले 'मिष्टर जोन'को चुनावि बिजयको समाचार छापेको थियो । 'मिष्टर जोन' अझै सार्वजनिक भएको छैन तर उसले चुनाव जितेको छ त्यो पनि नयाँ नेपाल बनाउने चुनाव । उ अपराधिबाट माननीयमा परिणत भएको छ । अरु शिलुहरुको भविष्य सुनिश्चित पार्ने जिम्मा मुर्खहरुले 'मिष्टर जोन'लाइ दिएका छन ।

हो बसस्टपमा बम फालेर हाम्रा शिलुहरु मार्ने 'मिष्टर जोन' हाम्रो नेता बनेको छ । माननीय नेता । राजनितिको आवरणमा अराजकता फैलाउने ' मिष्टर जोन' नयाँ नेपाल बनाउन लागि परेको छ ।

राममान अचेल केहि बोल्दैन । हनुमानढोकाको प्रहरि कक्षमा पुगेर एकदिन राममानले अपराधिहरुको सुचि मागेको थियो । धेरै दिन भएको छैन । 'मिष्टर जोन'को नाम निकै माथि थियो । सर्वाधिक खोजिमा रहेको कायर हत्याराका रुपमा । उसले कुर्सिमा बसिरहेको प्रहरि निरिक्षकलाइ सोध्यो- "यहाँ भएका अपराधिहरुका बारेमा सुचना दिन कसलाइ भन्नुपर्छ । म प्रहरिलाइ सघाउन चाहन्छु ।"

प्रहरी निरिक्षक केहि उत्सुक देखियो अपराधि समातेर प्रमोशन पाउने लालसामा हुनसक्छ सायद -" भन्नुस यि अपराधिका बारेमा केहि जानकारि छ भने र यदि तपाँइको सहयोगले अपराधि समातियो भने तपाँइलाइ पुरस्कृत गरिनेछ ।"  प्रनिले भन्यो ।

'शान्ति सुरक्षा कायम राख्न प्रहरिलाइ सहयोग गरि सभ्य नागरिकको परिचय दिनुहोस' भित्तामा निलो रङले लेखिएको स्लोगनलाइ राममानले हेर्दै भन्यो "मेरो छोरीको हत्या गर्ने यो मिष्टर जोनलाइ सजाय दिनुपर्यो । नयाँ बानेश्वरको ुलो घरमा हुने बै कहरुमा उ प्रत्येक दिन आँउछ, त्यहाँबाट पक्रिनुस" एउटा क्रुर तस्विरतर्फ इंगित गर्दै राममानले भन्यो । आक्रोश र केहि गर्न नसकेको निरिहपन मिसिएको थियो त्यो अनुरोधमा । प्रनि केहि हच्कियो 'तर...उ त अहिले हाम्रो माननीय भैसकेको छ'

राममान त्यहाँबाट पनि फर्कियो । इचाटोलकै केहि बासिन्दाहरुको सल्लाह अनुसार उ आफ्नो क्षेत्रबाट जितेका एक बामपन्थि नेताकहाँ पुग्यो छोरीको हत्यारालाइ सजाय दिलाइदिने अनुरोध गर्न । हत्याराको नाम सुनेपछि नेता बामपन्थिबाट नरमपन्थिमा परिणत भए । उनले राममानलाइ छोटो प्रवचन दिए । नयाँ नेपाल निर्माणको यस पुर्वसन्ध्यामा देशको राजनिति तरल छ त्यसैले यो राजनिति ोसमा परिवर्तन नहुञ्जेल पर्खिदिन अनुरोध गरे अनि हत्यारालाइ कानुनि क घरामा उभ्याउने आश्वाशन दिँदै दार्हा किटे । 'यो राजनिति कहिले ोस बन्ला ?' राममानको निरिह प्रश्न थियो यो ।

"हाम्रो पार्टिले बहुमत ल्याएपछि, अहिले यो केशलाइ उ ाँउदा अल्पमतमा रहेको हाम्रो सरकार ढल्न सक्छ"

राममान घर फर्कियो । न्याय खोज्न अब कतै नजाने निरिह अ ोट बोकेर । बिहान नौ बज्दा नबज्दै उ नयाँ बानेश्वर पुग्यो । सोमबार भएकोले अफिस जानेहरु हतार हतार गरिरहेका थिए । ुलो घर अगाडि उसले बिभिन्न पार्टिका नेताहरु झण्डावाला मोटरबाट झर्दै घरभित्र पसिरहेको दृष्य हेर्यो । केहिबेरपछि आफ्ना आसेपासे सहित 'मिष्टरजोन'को मोटरपनि आइपुग्यो । उ पनि सरासर बै क घरभित्र पस्यो । राममान छोरीको हत्याराको दर्शन गरेर घर फर्कियो । शाकुन्तल पुरानो नाङलोमा चामलबाट बियाँ,ढुङ्गा हटाइरहेकि थिइ । श्रीमतिलाइ सुनाउन कुनै समाचार थिएन उसँग । मन नलाग्दा नलाग्दै राममानले टिभि खोल्यो ।
मध्यान्हको समाचार आइरहेको रहेछ । सदनमा बिशेष समय लिएर 'मिष्टर जोन' गृहमन्त्रीलाइ शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाइरहेको थियो । तराइमा यस्तै स्थिति भैरहे उसले सहेर नबस्ने चेतावनि समेत दियो सरकारलाइ । राममानले लामो हाइ काड्यो र कोल्टो फेरेर पल्टियो ।
एउटा निरिह पिताले त्योभन्दा के गर्नसक्छ र ?

*********************************

प्रहरी प्रधान कार्यालयमा थियो उ यतिबेला । नक्साल पहिला उल्लाइ निकै रमाइलो लाग्ने ाँउ हो । अहिले सबै अपरिचितहरुले घेरिएको महसुश हुन्छ । का माडौको रैथाने भएर पनि उसलाइ आज का माडौमै शरणार्थी बनेको अनुभव हुन्छ । उसको सरकारले शिलुहरुको हत्यारालाइ माननीय बनाएको छ । भेँडा जनताहरुले उसलाइ माननीय बन्ने प्रमाणपत्र दिएका छन । सरकारपनि राममानजस्तै निरिह छ उसलाइ माननीय बनाउन ।

शिलुको हत्या केशको आज फाइल बन्द हुँदैछ । त्यसैको एकप्रतिमा हस्ताक्षर गर्न उसलाइ बोलाइएको रहेछ । अज्ञात आतंककारीहरुको बम हमलाबाट कायरता पुर्वक हत्या गरिएको ब्यहोरा लेखिएको रहेछ सरकारी नेपाली कागजमा । उसले भित्तामा लेखिएका प्रहरी अनुशासन सम्बन्धि हरफहरु पढ्यो अनि सुचनापाटीको छेउमै टाँसिएका सर्वाधिक खोजिमा रहेका अपराधिहरुको तस्विर सहितको नालिबेलि पढ्यो । 'मिष्टर जोन', उमेर अन्दाजि ४५ बर्ष, कालोबर्ण, अभियोग : बिध्यार्थि-बृद्दसहित सरकारि कर्मचारिको हत्या, चोरि डँकैति, सरकारी सम्पत्तिमा आगजनि/आतंककारि गतिबिधिमा संलग्न...।। स्थिति: फरार / अज्ञात

यता प्रहरि प्रधान कार्यालका भित्तो अनुसार 'मिष्टर जोन' फरार छ, कानुनबाट भागेको छ, सुरक्षा निकाय उसलाइ पक्रन दिलोज्यान लगाएका छन तर उता 'मिष्टर जोन' यिनै हाम्रा सुरक्षा निकायको सलाम चबाउँदै महिनाको सरकारी चालिस हजार पचाइरहेको छ। राममान अमात्यले निरिहताको थुक घटक्क निल्यो । चुपचाप हस्ताक्षर गर्यो र निस्कियो बाहिर । यो देश अब उसको रहेन ।

*********************************

नक्साल चोकमा केहि कलेज जान लागेका केटिहरु बसस्टपमा कलेज बस पर्खिरहेका थिए । उसले शिलु देख्यो । उस्तै हाँसिरहेकि राममानकि छोरी । उसले सोच्यो यो छोरीलाइ मैले मोटरसाइकलमा पुर्याइदिन्छु भन्दा किन नमान्नेहोला ? केहि परबाट एउटा मोटरसाइकल आइरहेको थियो । पछाडि बस्नेका हातमा एउटा सानो प्लाष्टिकको थैलि देख्यो उसले । केहि अस्वाभाविक थैलो छ त्यो । उ दौडियो बसस्टपतिर त्यो मोटरसाइकल त्यहाँ आइपुग्नुपुर्व पुग्ने उद्देश्यले । ति कलेज जाने केटिहरुलाइ बचाउन दौडियो ऊ । आफ्नि शिलुलाइ बचाउन ।

दौडँदा सडक छेउमा पार्क गरिरहेको साइकलमा ोक्किएर तिनहात पर पुग्यो राममान । नाकबाट रगत बगिरहेको थियो साइकलको ब्रेकमा लागेर ।
उसले परपरसम्म हेर्यो । त्यहाँ न बसस्टप थियो न कलेज जान बस पर्खिरहेका केटिहरु । न कुनै मोटरसाइकल नै आइरहेको थियो बिपरित दिशातिरबाट । थियो त केवल शान्ति सुरक्षा कायम राख्न प्रतिबद्द प्रहरी प्रधान कार्यालय नक्साल जहाँबाट उ भर्खरमात्र फर्केको थियो ।

satelite1983@gmail.com

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |