हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

घांटी हेरी हाड निल्नु

सुषमा मानन्धर, (ललितपुर)

"यसपालि त गज्जबले नै दशैं मनाउनु पर्छ" ऊ सवैसंग भन्दै थियो । "किन र सरकारले तलब बढाइ दिएको झोंकमा हो कि क्या हो ?"  दुइचार जनाले उसलाई व्यंग्य गर्दै सोधेका पनि थिए । "बढ्न त बढेकै हो नि चाहे जति बढोस् ।" तलब बढ्नुको यथार्थसंग संगसंगै हान्निएर चुलिने महंगी अर्को कटु यथार्थ हो । यता तलब बढ्छ उता भाउ हिसाब किताब बराबर ।

तैपनि दशैं जस्तो ूलो चाड कसरी नमनाउने ? केटाकेटीहरु रमाउंदै घरभरी गीत गाएर हिँड्न थालिसके । उसको गज्जबको दशैं कस्तो हुने हो कसैले भेउ पाएका छैनन् ।

"लौ लौ केटाकेटी हो, खड्कुलो ीक पार । पानी पनि तताउन बसालिहाल । पूजा गरेपछि काटकुट गरी पकाई हाल्नुपर्छ ।"  उसकी श्रीमतीले मसला पिँधेर ीक पारिन् । केटाकेटीहरु सव हात बांधेर उत्सुकताले पर्खिरहेका छन् । "एक दुइ तीन… … "  उसले एकै मारमा छिनायो । केटाकेटीहरुले गलल हांस्दै थपडी बजाए । डमरु बज्यो । शंख फुकियो । उसले पखालपुखुल काटकुट गरिदियो । श्रीमतीले तेल मसला राखेर झोल हालेर पकाइन् । उसले देवीलाई अलिकति तर्पण गर्यो अनि भातसंग मोलेर ग्वाम ग्वाम खायो । केटाकेटीहरुले पनि रमाई रमाई यसपालि ढालेको फर्सिको मासु थपी थपी खाए । "अब सधैं यस्तै गज्जबको दशैं मनाउनु पर्छ, टेन्शनै साफ ।"

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |