हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

प्रेम पत्र

शुषमा मानन्धर, (ललितपुर)

ऊ मेरी सहकर्मी, हामीले करिब एकै समयमा जागिर खाएका थियौं । म कामप्रति पुरै इमान्दार भए पनि ज्यादै अन्तर्मुखि स्वभावको छु । आफैमा मग्न र मौन त्यसैले मानिसहरु मलाई 'संकोची' भन्छन् हुन पनि म अरु जस्तो बढी बोलिरहन्न । खै कुन्नि ! मान्छेहरु कसरी घण्टौं गफ गर्न सकेका होलान् ? एकछिन बोल्दैमा आफ्नो भने कुरै सकिन्छ । अपरिचितहरु माझ बोल्न अगाडि सर्नु पर्दा मलाई अप् ्यारो लाग्छ । झन त्यसमाथि केटीहरुसंग बोल्न पहल गर्नु पर्यो भने त मेरो सातो नै जान्छ । त्यस्तो बेला अनुहार रातो हुन्छ, मुटुको गति बढेर बोली नै फुट्दैन । बोल्न त परै जावोस् उनीहरुसंग आंखा जुधाउन पनि मलाई गाह्रो पर्छ । साथीहरुलाई मेरो यो बानी अनौ ो मात्र हैन रमाइलो पनि लाग्छ । अहिलेको जमानामा पनि यस्तो अपत्यारिलो कुरा ! 'कस्तो केटी जस्तो !' उनीहरु मलाई जिस्काउनॆ पनि गर्छन् । जहां मेरा अन्य साथीहरु केटीहरुको माझमा रस लिएर गफ चुट्न रमाउंछन् म भने सधैं टाढा भागिरहेको हुन्छु । संभवत त्यसैले पनि होला मेरा साथीहरुका सँख्या सीमित छन् ।

यसको अर्थ मलाई कोही राम्री नै लाग्दैनन् र म उनीहरुसंग बोल्न चाहंदिन भन्ने न हर्याउनु होला । बाटो हिँड्ने केटीहरु मलाई पनि आकर्षक लाग्छन् तर फर्केर फेरि उनीहरुलाई हेर्ने आंट पनि त हुनु पर्यो ? नबोली चिनाजानी कसरी हुन्छ मेरो यो बानी आफ्नै लागि बाधक हो या बाटो खुट्याउन भने सक्दिन । किनकी अफिस होस् या घर हमेशा मेरो साथमा एउटा किताब रहेकै हुन्छ । प्राय मेरा फुर्सद्का समय पढेर नै वित्छन् र यही बानी कै कारणले अहिलेसम्म कुनै विपरित लिँगीसंग मेरो अन्तरंगता बनिसकेको पनि छैन । आफ्ना नजिकका साथीहरुसंग मेरो भेटघाट र बसाई पनि हुन्छ त्यो बेला पनि मैले बोल्नु भन्दा बढी उनीहरुलाई सुनिरहेकै हुन्छु ।

विभा म भन्दा ीक विपरित छे, बहिर्मुखि र सवैसंग बोलिरहनु पर्ने । गहुंगोरी र पातली विभा हंसिली छे । युनिभरसिटीमा ऊ अहिले डिग्री गर्दैछे । क्लास पछि ऊ सिधै अफिस आउंछे । घर जान नभ्याएको दिन ऊ आफ्ना छोटा र घुम्रिएका कपाललाई आफ्नो ह्यान्कीले टिमिक्क बांध्ने गर्छे । यस्तो बेला ऊ पुतली झैं देखिन्छे । तर फेरि यस्तो बेला कसैले गुडिया वा पुतली जस्ती देखिएकी भनी दिएमा चित्त नबुझे ऊ सांचीकै रिसाउंछे पनि । त्यसपछि त्यो भन्ने व्यक्तिले भनाई स्पष्ट पारी माफी नमागी धरै पाउंदैन । सोझी र सरल हृदयकी विभालाई उसको वानी वुझेर कसैले फेरि जिस्काउंदैनन् । शायद त्यसैले होला अफिसभित्र वा बाहिर उसको नाम कुनै केटासंग जोडिएको मलाई थाहा छैन ।

अफिसमा ऊ नआएको दिन धेरैलाई शून्य लाग्छ, मलाई त अझ बढी नै न्यास्रो लाग्छ । केही नपुगे झैं, छुटे झैं लागिरहन्छ । अरु भन्दा मलाई ऊ बढी सम्झना पनि आउंछे । अचेल घण्टौं उसको अगाडि बसी उसलाई हेरेर सुनिरहन मन लाग्न थालेको छ । उसका कुरा गराई हेराई हिँडाई सवै मन पर्न थालेको छ । काम विशेषले ऊसंग जम्काभेट हुंदा त्यो क्षणको अन्त्य कहिल्यै नहोस् भन्ने कामना पनि अनायसै जाग्छ । भन्नुस्,  कतै मलाई प्रेम त भएन ऊसंग ?

विभा मसंग पनि अरुसंग जस्तै हांसेर कुरा गर्छे । मसंग कुरा गर्दा उसका दृष्टिमा केही नरमपना हुने गरेको महशुश मैले गरेको छु । त्यो भन्दा बढी विभामा अरु कुनै परिवर्तन आए झैं लाग्दैन । प्रेममा परेपछि मानिसहरु टोलाउने र एकोहोरिने हुन्छ भन्छन् तर ऊ पहिले झैं त्यस्तै हंसिली र रसिली नै देखिन्छे । कहिले कांही कुरा गर्दा सहकर्मीहरुले जस्तै ऊ पनि मलाई जिस्काउंछे "नविनजी तपाई किन यस्तो ?" जव म नाजवाफ भएर जिल्ल पर्छु ऊ खित्का छाडी हांस्छे । उसले हांसेको धेरै बेर पछिसम्म पनि मलाई भने त्यो हांसोले पछ्याइरहेको हुन्छ ।

विभाप्रतिको आकर्षण मैले कसैलाई बताएको छैन । साथीहरुलाई बताउंछु भनेर दुइचार चोटी आंट पनि गरिसकें तर व्यक्त हुनु अगाडि नै शब्दहरु विलाइ सक्छन् । मेरो खिल्लि उडाउने होलान् भन्ने आशंकामा यो चाह अझैसम्म मभित्र दबिएकै छ । मेरो प्रेम घोषित हुनु भन्दा अगाडि हांसोको विषय बन्ला भनेर म सधैं सतर्क र सम्वेदनशील छु ।

"यो नविनेले ब्रम्हचारी बनेर जातै फाल्ने भो !"  गर्लफ्रेन्डसंग डेटिँगमा जांदै गरेका साथीहरुले मलाई धिक्कारेका छन् । म तिनीहरु जस्तो फास्ट फारवार्ड छैन ।  हुन सक्छ धेरैलाई मेरो यो गति सुस्त लाग्दो हो तर म जस्तो केटालाई पनि बोल्ड बनायो । कम्तीमा बन्ने प्रयास चैं गरायो है । यो सव विभा प्रतिको चाह नै त थियो । के देखेर मैले उसलाई मन पराउन थालें भन्ने कुरा ्याक्कै भन्न नसके पनि उसको लागि मनमा चाहना फुर्न थालेको कुरामा भने कुनै शंका रहेन ।
मेरो कमजोरी यही हो कि म विभा सामु आफ्नो भावना प्रस्तुत गर्न सक्दिन । कुनै साथीको सहयोग लिन पनि मैले चाहेको छैन । उसलाई नभनीकन न त आफ्नो चाहना उसमा प्रकट हुन्छ न त उसको धारणा नै बुझ्न सक्छु । ऊप्रतिको आफ्नॊ प्रेमले गुम्सिएर मलाई उकुशमुकुश हुन थालिसकेको छ । मलाई आफूभित्र साहस उमारेर भए पनि विभा छेउ आफूलाई खुलस्त त पार्नु नै छ । भगवान मलाई साहस देऊ !

विभा भर्खरै मात्र बाहिर निस्की आफ्नो अफिस को ाबाट । क्यान्टिनतिर हो कि कता ऊ निस्केको देखेर म उसको अफिस को ा अगाडि उभिएं । रक्तसंचार बढेर अनायासै मुटुको ढुकढुकी बढ्यो, डर लाग्यो । मानौं कुनै अपराध गर्न लागेकॊ जस्तो चिटचिट पसिना पनि आयो । जुन आँट लिएर त्यहां सम्म पुगेको थिएं ती सव पानी भए । आफ्नो हताशपना लुकाउन म फरक्क फर्किएं तर सामुन्ने नै विभालाई भेटें । "के हो नविनजी कसलाई खोज्नु भयो"  उसको प्रश्नले म झन आत्तिएं । "सँचो छैन कि कसो ? अनुहार पनि रातो छ" उसले मेरो अनुहारमा रातोपना देखेर होला अलि नजिक आएर प्रश्न गरी । "हैन केही भएको छैन ।" म हतार हतार आफ्नै अफिस को ामा फर्किएं । आफ्ना अनियन्त्रित सासलाई संयमित गर्न पनि निकै बेर लाग्यो मलाई ।

त्यो दिन क्यान्टिन गइनं । को ामै एक्लै धुमधुमती टोलाएं । "नविनजी, आज व्रत हो कि क्यान्टिन जानु भएन नि ?" अगाडिको को ामा बस्ने साथी आकाशको प्रश्नले झस्किएं । केही नबोली हांसेर टालें उसलाई । त्यत्ति नै बेला को ा अगाडि बिभा देखा परी । "आकाश जी नयां फाइल भए एउटा दिनुस् न । बरु पछि फर्काउंछु ।"  ऊ सहकर्मी आकाशतिर उन्मुख थिई । "बिभाजी मसंग अहिले खाली छैन नविनजी संग छ कि ?" विभाले मसंग थप प्रश्न गर्नु भन्दा अगाडि नै मैले एउटा खाली फाइल ऊतिर तेस्र्याई दिएँ । "धन्यवाद" उसले मतिर एउटा गहिरो दृष्टि राखी र ओ भरि मी ो मुस्कान पोतेर गई ।

अफिस सकेर घर पुग्दा सांझ परिसकेको थियो । घरमा गर्नको लागि खास काम थिएनन् । पल्टेर दिनभरिका घटनाहरु उग्राइरहें । आँखा सामु विभाका गहिरा दृष्टि नाचिरहे । ती आंखामा पनि केही थिए । त्यहां भएका कुरा मेरा आंखामा भएकासंग समान छन् या छैनन् त्यहि पत्ता लगाउनु छ मलाई । म उ ें र टेबुलमा आई उसलाई प्रेमपत्र लेख्न बसें । आज मात्र हो र यो भन्दा अघि पनि कैयन चोटि मैले उसलाई प्रेमपत्र लेखेको छु । तर हरेक पल्ट उसलाई दिन डराएं । उसैले केही भनी वा ानी भने के गर्ने वा पत्र वीचैमा कसैले पढिदियो भने के होला भन्नॆ आशंकाले हरेक पल्ट रोकिएँ । उसलाई मुख फोरेर स्पष्ट भन्न किन हो किन म आफूमा साहस नै पाउंदिन । कुनै दिन साहस बटुलेर केही भन्छु भनी उसको सामु गैहाले पनि उसको उपस्थितिमा नर्वस भएर अव्यक्त फर्केको हुन्छु । हरेक पटक प्रेमपत्र लेख्थें,  लान्थें साथमा र घर आई च्यात्थें पनि । यसरी निकै पल्ट प्रेमपत्र लेखेर च्यातिसक्दा पनि मेरो प्रेमले भने कुनै गन्तव्य पाइसकेको छैन ।

"दाइ आज तपाईलाई के भयो कति बेर भैसक्यो मैले चिया ल्याइदेकी अझै खानुभएको छैन । के लेख्नमा व्यस्त हुनुहुन्छ " वैनी ढोका अगाडि उभिएर घांटी तान्दै सोध्दै थिई । ऊ भित्र आउली भनेर केही नबोली मैले चियाको चिसो गिलास टिपें । एकै सासमा चिया सकेर खाली गिलास उसको हातमा थमाइ दिएं । उसले बुझी र केही नभनी फरक्क फर्केर गई । मेरो अक्षरलाई धेरैले राम्रो भन्थे । त्यसैले एउटा निश्चय नै गरी मैले हातैले प्रेम पत्र लेखें । पत्रमा मनको वह लेखें, पलापलाको बेदना पोखें । कल्पनाको आकाशमा उडेर मैले आफूलाई सम्पूर्ण रित्याएं पत्रमा । सोचें, यो पढेर उसको मन कसो नपग्लिएला । छट्पटाउदै रात कटाएं । कहिले बिहान होला र अफिस पुगुंला भन्ने बैचैनी हुन थाल्यॊ ।

मलाई थाहा थियो ऊ चाँडै अफिस पुग्थी । त्यसैले म पनि अगिपछि भन्दा अलि चांडै अफिस पुगें । ऊ आईसकेकी हुनुपर्छ किनकी उसको को ामा बत्ति बलेको थियो । उसको को ामा चियाएं त्यतिबेला ऊ त्यहां थिइन । एक मन त लाग्यो फर्किउं, डरले जिउभरि कम्पन छुटिरहेको थियो । भए भरको आंट झिकेर साथमा ल्याएकॊ प्रेमपत्र उसको घर्रामा एउटा फाइल मुन्तिर राखी कतै नहेरी आफ्नो सीटमा फर्किएं । काम गर्ने जांगर चलाउन सकिनँ । एकैछिनमा के होहल्ला हुने हो, कसैले थाहा पाए कति हांस्दा हुन् अथवा विभाले आएर झपार्ने हुन् कि भन्ने सम्भावित प्रतिकूल परिणामको आशंकाले पिल्साइरह्यो । मैले ीक गरें वा बे ीक आफैले छुट्याउन सकिनँ । त्यो पत्र यति बेला अब त पक्का पनि उसले पढी होली उसले के सोचिरहेकी होली भन्दै म आफै अनुमान गर्न थालें । कोही अगाडि आएर उभिए पनि त्यही कुरा थाहा पाएर आएको हो कि वा मलाई व्यंग्य गर्ने हो कि भनेर म झस्कन थालें । मेरो असामान्य मुखाकृति र व्यवहारले सहकर्मीहरु के भयो भनी प्रश्न गर्थे । मैले सबैलाई केही हैन भन्दै आस्वस्त बनाउने असफल प्रयास गरिरहेको भए पनि म असहज नै थिएं । आफ्नो छट्पटी कम गर्न म लाइब्रेरी तिर लागें ।

एक बज्यो साथीहरु चिया चमेनातिर लागे । लाइब्रेरीबाट फर्कंदा बिभा पनि को ाबाट निस्कंदै थिई । उसलाई देखेर आत्तिएर म उल्टै पाइलाले फर्कन खोजें "नविनजी खाजा खानु भो ?" उसले सोधी । "अहँ, छैन"  मैले आंट गरेर उसको अनुहारमा हेरें ऊ सामान्य थिई । उसको अनुहारबाट केही अनुमान लगाउन सकिनँ मैले । "आज अलि छिटै पनि जानु छ मलाई, खाजा पछि जान्छु होला ।" उसले विस्तारै सुनाई मलाई । विभा आंखाबाट ओझेल हुने वित्तिकै मैले उसको को ाको ढोका घचेटें बन्द रहेनछ । हावाको गतिमा उसको को ामा गै घर्रा खोलें । पत्र अघि जसरी फाइल मुन्तिर तह लगाएर राखेको थिएं त्यसरी नै थियो । उसले पत्र पढिसकेकी हो वा पढेकी नै छैन भन्ने बुझ्न सकिनं । केही नसोची पत्र खल्तीमा राखेर बाहिरिएं । को ामा फर्केर त्यो पत्रलाई धुजा धुजा च्यातेर पाइन्टको खल्तीमा राखें । मनै चंगा भए जस्तो लागेर आफूलाई हल्का महशुश गरें । निकै ूलो बोझ हटेको, कुनै ूलो अपराधबाट उम्किएको अनुभव गरें मैले ।
विभाले शायद खाजा खाएर आई । उसलाई देखेर म ढोकामा उभिएं । उसले मतिर हेरी अनि मैले उसलाई । म भित्र थुप्रै भावनाका आंधिहरु चलिरहेका थिए तर तिनलाई थामिरहेको थिएं । विभाले केही भन्छे कि मेरो प्रेमपत्र वारे । सकारात्मक वा नकारात्मक कुनै सुइंको दिन्छे कि भनी म आफ्नो ढोका बाहिर निरुद्देष्य त्यसै उभिरहें । तर ऊ केही नभनी फर्केर अफिसबाट निस्की ।

"नविनजी जाने हैन ? कि आज यतै बस्ने ?"  सहकर्मीको आवाजले झस्केर घडि हेरें । एकसुरमा आफ्ना बांकी कामहरु सल्टाउंदै गर्दा समय गएको पत्तै भएन ।
अफिसबाट सिधै साथीकोमा पसें । उसंगको गफ र बसाइमा पनि मन स्थीर रहन सकेन । घरै फर्कें । मन हलुंगॊ भए पनि भित्र कताकता दुखेको थियो । त्यसो त मनमा ग्लानी थिएन तर म खुशी पनि थिइनं । जितेर पनि हारेको जस्तो द्विविधा वीचको मनस्थितिमा निकै बेर छटपटी भयो । खाना खानुको नाममा जु ो मात्र गरें । आंखामा निँद थिएनन् । पढ्न भनी किताब निकालें । आज दिनभरिको तनावमा अफिसमा एक पाना पनि पल्टाउन पाएको थिइनं । पहिलो पाना भित्र एउटा सानो कागज थियो । एकै सासमा पढें "आज सांढे पांचमा न्युरोड गेट आउनु हुन्छ भन्ने पूर्ण विश्वासमा…विभा ।"

सम्झें, आजै मैले अफिसमा किताब अगाडि राखेर पनि नपल्टाएको । घडि हेरें रातको एघार बजिसकेको थियो । ह ात् पाइन्टको खल्तीमा हात गयो । त्यहां उही मैलॆ आफैले च्यातेका प्रेमपत्रका टुक्राहरु थिए । 
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |