हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

योग्यता

कृष्ण अविरल, (मेचीनगर-२ झापा)

चोकको चिया पसलमा बसेर ऊ समसामयिक राजनीतिका बारेमा गफ गरिरहेको थियो । केन्द्रीयस्तरका नेताहरुसँग सोझो सम्पर्क भएको पढेलेखेको इमानदार राजनीतिक कार्यकर्ता भएको कारण पनि मानिसहरु ऊसँग अनेक जिज्ञासा मेटाउन चाहन्थे । उसका निष्पक्ष कुरा सुन्न चाहन्थे । भावी चुनावको जोडघटाउका बारेमा बुझ्न चाहन्थे । का माडौंबाट केही महिना अघि मात्रै गाउँ फर्केकोले मानिसहरु उसलाई बढी नै जानकार ान्थे । गफमा गाउँका एकसेएक भद्रभलाद्मीहरु समेल थिए । ऊ उनीहरुको जिज्ञासा मेटाउने प्रयास गरिरहेको थियो ।

गाँ ी कुरा नढाँटी भन्ने हो भने पछिल्ला दिनमा राजनीतिप्रतिको उसको रुचि मर्दै गएको थियो । राजनीति गफ अनुत्पादक लाग्न थालिसकेको थियो । यद्यपि गाउँका भद्रभलाद्मीले बुझक्कड ानेर सोधिसकेपछि उसले रुचि छैन भनेर उम्कन पनि त मिलेन ।

यस्तै बेला पानले पहेलपुर भएका दाँत ङिच्च देखाउँदै गफमा समेल हुन धर्मानन्दे आइपुग्यो । उसले त्यहाँ रहेका भद्रभलाद्मीहरु सबैलाई नमस्कार गर्यो । केही मानिसले अनिच्छपूर्वक भए पनि नमस्कार फर्काए,  केहीले देखेर पनि नदेखेझैँ गरे । उसले चाहिँ मुखले मात्रै नमस्कारको जवाफ फर्कायो । अपराधिक प्रवृत्तिको मान्छे भए पनि शिष्टचारको अवमूल्यन गर्नु हुँदैन भन्ने ान्यो । परमानन्दे छेउको बेच्चमा टुसुक्क बसेर गफ सुन्न थाल्यो । यद्यपि धर्मानन्देको उपस्थिति उसका लागि पिइरहेको चियामा एक्कासी पौडिन आएको झिगोजस्तै भयो । उसलाई गफको गति अघि बढाउन मन लागेन । छोट्याउदै घरतिर हानियो गाइ बिरामी भएको बाहना बनाउँदै ।

घर पुग्नासाथ अचानक उसको मोवाइलमा पार्टीका केन्द्रीयस्तरका नेताको फोन आयो । ऊ झस्क्यो । कहिल्यै नसम्झिने पार्टीका नेताले एकाएक कसरी सम्झे उसले म्याउन सकेन ।

निष् ाको राजनीति गर्दै आएको ऊ पछिल्लो समयमा निकै विरक्तिएको थियो । उसको नजरमा राजनीति सेवा नभएर गतिलो ब्यवसाय भएको थियो । अवसरवादी नैतिकलम्पट चुक्लीवाज कमिशनखोर भ्रष्टहरुले गर्ने पेशा भएकोमा उसलाई दिक्क लागेको थियो ।

त्यसैले उसलाई एक मनले त लाग्यो फोन नै नउ ाऊँ तर त्यसो गर्नु अशिष्टता हुनसक्ने ान्यो । 'पक्कै कुनै काम लिनका लागि फोन गरेको हुनुपर्छू' उसको मनले निष्कर्ष निकाल्यो । किनकि नेताहरुले कार्यकर्ताहरुलाई सम्झन कि चुनाव आउनु पर्छ कि त ब्यक्तिगत स्वार्थको कुनै काम पर्नु पर्छ । स्वार्थ नपरी नेताहरुले कार्यकर्ताहरुलाई सम्झदैनन् भन्ने उसलाई राम्ररी थाहा थियो ।

'कतै राम्रै अवसर दिनलाई पो फोन गरेका हुन् कि ?' उसको मन अलिकति लोभियो पनि । त्यो फोनले उसलाई खाउँ भने दिनभरिको शिकार नखाउँ भने कान्छाबाबुको अनुहारजस्तै गरायो ।

दोधारमै उ ायो फोन । उसले "हेल्लो" भन्नासाथ नेताज्यूले चिप्लो भाषामा भलाकुसारी सुरु गरे । आफूलाई थाहै नदिइ फर्केर गाउँ आएकोमा चित्त दुखाएजस्तो गरे । उसलाई भन्न मन थियो 'अवसर आएका बेला योग्य र इमानदार कार्यकर्ताहरुलाई कहिल्यै सम्झनु हुन्न । अवसर आएका बेला आफ्नै आसेपासे चाटुकार र नातागोताहरुलाई प्राथमिकता दिएपछि पार्टीलाई हामी जस्ताको काम रहेनछ भनेर फर्केको ।' तर उसको बोली घाँटीसम्म आएर पनि भित्रै अड्क्यो । भन्न सकेन ।
उसले भन्यो "शान्ति बहाली भइसकेको अवस्थामा बेकारमा किन शहर बसिराख्ने अब गाउँको सेवा गर्नुपर्छ भनेर फर्केको नि ।"

आफ्नो स्वभावअनुसार आश्वासन दिँदै र लामो भूमिका बाध्दै नेताज्यूले उसकै गाउँ आउन चाहेको बताए । उनी अहिले एउटा जरुरी कामको सिलसिलामा जिल्ला आएका रहेछन् ।

वास्तवमा उसलाई केन्द्रीयस्तरका कुनै पनि नेतासँग भेट्ने मन थिएन । तर आउँछु भनेर फोन नै गरिसकेपछि नआउनोस् भन्न सकेन । आफूभित्रको असुन्तुष्टिलाई दबाउँदै उसले स्वागतका लागि तयार भएको बतायो । सोध्यो "गाउँस्तरका कार्यकर्ताहरुलाई भेला गरेर एउटा स्वागत कार्यक्रम पनि राखौं कि ?"
"होइन त्यस्तो केही पनि पर्दैन । म अहिल्यै आउन लागेको तपाई घरमै बस्नु हुन्छ नि ।" नेताले भने । उसले सम्मति दियो ।

केन्द्रीयस्तरका नेता अचानक उसलाई भेट्न किन आउन लागे उसले अनेक तरहबाट म्याउने प्रयास गर्यो । तर सकेन । एकैछिनमा नेताज्यू आइपुगेपछि थाहा भइहाल्ने कुराका लागि ऊ धेरै बेर घोत्लिन चाहेन । तर पनि उसलाई खुल्दुली लागिरह्यो । श्रीमतीले भनिन् "चुनाव आउन लाग्दैछ, तपाईको योग्यता र इमानदारीलाई हेरेर कुनै अवसर दिन लाग्या हुन् कि ? "

का माडौँ पस्नु अघि उसले धेरैथरि सपना साँचेको थियो । पार्टीका लागि गरेको त्याग इमानदारीको सम्मान हुने अपेक्षा गरेको थियो । योग्यताको कदर हुने विश्वास लिएको थियो ।

तर ऊ का माडौंमा तीन वर्ष पनि टिक्क सकेन । यो छोटो अवधिमा उसले नेताहरुलाई नजिकैबाट चिन्ने अवसर पायो । वास्तवमा नेताहरुको चरित्र जिल्लाबाट देखेभन्दा र आमजनताले अपेक्षा गरेभन्दा धेरै भिन्न रहेछ । नेताहरुको चरित्रलाई नजिकैबाट नियालेपछि उसलाई मी ो सपनाबाट अचानक ब्यूँझेजस्तो भयो ।
खासगरी नेताहरुको चाकडीप्रेम, नातावाद, कृपावाद, फरियावाद र कमिशनप्रेमले उसलाई विरक्त बनायो । कुनै पनि राम्रो अवसर आउनसाथ पार्टीका पुराना त्यागी इमानदार र योग्य कार्यकर्ताहरुलाई कहिल्यै नसम्झिने । खाली आफ्न्त र कमिशन बुझाउने चाटुकारहरुलाई मात्रै अवसर दिलाउने । नैतिक मर्यादा सामाजिक चरित्र र पार्टीको भविष्यको ख्यालै नगर्ने । विदेशीलाई रिझाएर सत्तामा जाने खेल खेलिरहेको दृश्य नजिकैबाट नियाल्यो । देश र जनताका प्रति उनीहरुमा कुनै संवेदनशीलता नै देखेन । आफूले आदर्श मानेका नेताहरुको त्यस्तो ब्यवहार पाएपछि उसलाई राजनीतिप्रति मोहभंग नहोस् पनि किन ?

हुन त गाउँ फर्किनु अघि उसले राजनीतिक पार्टीको सदस्यता नेताहरुलाई फर्काउन मन लागेको थियो । तर उसलाई श्रीमतीले सम्झाई- "आची पुछेर फालेको टालो काम लाग्न सक्छ भन्छन्, पार्टी सदस्यता जस्तो कुरो त्यतिकै किन खेर फाल्ने ? के थाहा भविश्यमा कुनै दिन काम आउन सक्छ कि ?"

उसलाई पनि श्रीमतीको सल्लाह ीकै लाग्यो । यतिका वर्ष समर्पित भएर भातपानी आफन्त परिवार केही नभनी त्याग गरेको पार्टीका सदस्यता किन त्याग गर्ने चूपचाप गाउँ गएर बस्दा पनि के नै बिग्रन्छ र ?

त्यसपछि ऊ गाउँ फर्केको थियो । आफ्नै खेतीपाती र दुग्ध ब्यवसाय गरेर बसेको थियो । तर सन्चारमाध्यममा आउने राजनीतिक झिनाझपटीका समाचारले समेत उसलाई वाक्क लगाउँथे । देशका गरिब जनता अभाव महंगी भोकमरी अराजकता र दण्डहीनताको शिकार भइरहेको बेला नेताहरुचाहिँ सधैं शक्तिको खिचातानीमा ब्यस्त भएको देख्दा उसलाई श्वास फेर्न समेत गाह्रो हुन्थ्यो ।

एकैछिनमा नेताज्यू गाडी लिएर उनको आगनमा आइपुगे । जोइपोइ मिलेर राम्रैसँग स्वागत गरे । तर के कति कामले हामीलाई सम्झनु भयो भनेर सोध्ने साहस गर्न सकेनन् । आफ्नो घरमा आएका पाहुनालाई यस्तो कुरा कसरी सोध्ने । यद्यपि उनीहरु कारण थाहा पाउन नसकेर भित्रभित्रै भुटभुटिएका थिए ।

नेताज्यूले सुरुमा सन्चोविसन्चो सोधे । केन्द्रमा कसैलाई जानकारी नै नदिइ गाउँ फर्केकोमा गुनासो दोहर्याए । खेतीपाती र छोराछोरीको विषयमा सोधे ।
अन्त्यमा उनले आफ्नो स्वाभावअनुसार लामो भूमिका बाँधे । अनि पार्टीले भावी चुनावको तयारीका लागि एकजना योग्य मान्छेको खोजी गरिरहेको र त्यो अभियान अन्तर्गत आफू पूर्वान्चलमा खटिएर आएको जानकारी दिए । अनि भने "जिल्लाका साथीहरुले भनेअनुसार तपाइँको गाउँमा जिल्लामै ख्याति कमाएका एकजना चौपाया चोरीका सरदार धर्मानन्दजी बस्छन् रे । म उनैलाई नै भेट्न आएको । तिनको घर कता पर्छ ?"

नेताज्यूको कुरा सुन्नासाथ एक्कासी दुई जोइपोइका आँखा जुधे । उनीहरुको अनुहारको भावले आश्चर्यमा परेको संकेत गर्दथ्यो । त्यो आश्चर्य र संकोचलाई उसले आफैंभित्र दबायो । झ्यालबाट बाहिर देखिएको गाउँ औल्याउँदै उसले भन्यो "उसको घर यही पल्लो गाउँमा हो । जिल्लामै बद्नामी कमाएको त्यो मान्छेसँग त्यस्तो के जरुरी पर्यो होला ?"

"अहिले हाम्रो पार्टीलाई त्यो मान्छेको अत्यन्तै खाँचो पर्यो ।"  नेताज्यूले संक्षिप्त र अमूर्त भाषामा भने । अनि सोधे "औपचारिक कार्यक्रमहरुमा उनी मातृभाषा नबोलेर विदेशी भाषा बोल्न मनपराउँछन् रे हो ?"

उसले भन्यो "हजुरले उसका बारेमा सुन्नु भएको सही हो । तर त्यो मान्छे हजुरले भेट्न लायक चरित्रको मान्छे होइन । घरमा दुईदुईवटी श्रीमती हुँदाहुँदै अरुका छोरी बुहारी माथि आँखा लगाउने चरित्रहीन मान्छे हो । गाँजा तस्करीमा समातिएको मान्छे हो । त्यो मान्छेलाई हजुरले भेटेर गएपछि फेरि हाम्रो पार्टीको बारेमा जिल्लामा नकारात्मक चर्चा ……।"

उसको कुरा टुंगिन नपाउँदै नेताज्यूले कुरा काटे "त्यसको चिन्ता नगर्नुस् ।"

"केन्द्रमा एकसे एक इमानदार त्यागी मान्छेहरु हुँदाहुँदै यति बद्नाम मान्छेको खाँचो किन पर्यो होला ?"  यसपटक उसले नेताहरुका सामुन्ने कुरा गर्दा प्रयोग गर्नै नमिल्ने कटाक्षशैली अपनायो । किनकि नेताहरु आफ्ना कार्यकर्ताहरुले जिज्ञासा राखेको भन्दा कमाराशैलीमा आदेश पालन गरेको मन पराउँछन् भन्ने उसलाई थाहा थियो ।

"यो कुरा म पछि बताउँला अहिलेलाई उसलाई भेटाइदिने काम चाहिँ गर्नुस् न" नेताज्यूले उसको कटाक्ष बुझेझै गरी हाकिमी शैलीमा आदेश गरे ।

गोरुचोरको सरदार धर्मानन्दे जिल्लामै बद्नामी कमाएको मान्छे थियो । उसकै कारण ढिकुरगढी गाउँ जिल्लामा चिनिएको थियो । हुन त युवा उमेरमा उसले चोरी कामको सुरुआत दुले चोरबाट गरेको थियो । एकपटक धुलाबारीको सिनेमा हलमा अर्काको साइकल चोर्दाचोर्दै रंगेहात पक्राउ परेर रामधुलाई खाएको थियो । एकपटक ज्यामिरगढीमा रामलखन साहको पानपसल फोर्दाफोर्दै फेला परेर शरीरको मर्मत गराइ मागेको थियो ।

चरित्रमा पनि त्यति नै नैतिक लम्पट थियो । घरमा दुईवटी श्रीमती हुँदाहुँदै अर्काका छोरी बुहारी ताक्र्दै हिँड्थ्यो । एकपटक त्यही मामलमा खयरडाँगीको भट्टीपसलमा एउटी महिलाले चप्पलले गालामा चड्काएकी थिई ।

त्यसपछि उसले युवक संग न मार्फत् पन्चायतको राजनीति सुरु गरेको थियो । केही वर्षको अथक प्रयासपछि नै ढिकुरगढी गाउँको प्रधानपन्च भएको थियो ।
गाउँको प्रधानपन्च भएका बेला भने उसको कमाउ धन्दा निकै फस्टाएको थियो । आफ्नो गाउँमा मात्रै होइन छिमेकी गाउँमा कुनै कुखुराचोर वा खसीचोर पक्राउ पर्यो भने पुलिसचौकी पुगेर चोर छुटाउने ऊ नै हुन्थ्यो । मानिसहरुले भने अनुसार गाउँमा कुनै चोर पक्राउ पर्यो भने धर्मेका लागि दशैं आउँथ्यो । उसले त्यसरी पक्राउ पर्ने चोरलाई थानामा गएर खुसुक्क भेट्थ्यो । अनि मोटो पैसा लिएर त्यसको निश्चित प्रतिशत थानेदारलाई बुझाइ चोर छुटाउँथ्यो र बाँकी आफूले कमिशन खान्थ्यो ।

आफूहरुले रंगेहात पक्रेर बुझाएको चोर एक हप्ता नपुग्दै छुट्दा गाउँलेहरु हैरान थिए । झापाको पूर्वी भागमा पशुचोरीको विगविगी छ । भारत पश्चिम बंगालको सीमावर्ती क्षेत्रमा गाइगोरु बैधानिक रुपमा बध गर्न पाइने भएकोले पनि नेपाली भुभागका पशु चोरी हुने गर्दछन् । किनकि फुकाएर बाटो लगाएको एक-दुई घन्टामै चोरले सीमा पार गराउन सक्छन् ।

त्यो भेगमा पशुचोरी कहिलेदेखि सुरु भयो किटेर भन्न सकिने अवस्था छैन । तर मानिसहरु यसको श्रेय धर्मानन्दलाई दिन्छन् । ऊ ढिकुरगढी गाउँ पन्चायतको प्रधानपन्च भएको पछिल्ला वर्षमा हरेक रात कुनै न कुनै गाउँबाट पशु चोरी भएकै हुन्थ्यो । कुनै कुनै रात त गाउँबाट दुई-तीन गो ै रित्तिन्थे । मानिसहरुले पुलिस थानामा उजुरी हालेका थिए । एक-दुई साँझ पुलिस घुमेजस्तो गरे । त्यसपछि जस्ताको तस्तै ।

हैरान भएपछि गाउँलेहरुले समूह बनाएर गस्ती सुरु गरेका थिए । तर त्यसले पनि चोरी नियन्त्रण गर्न सकेको थिएन । यस्तो अचाक्ली हुँदा पनि पुलिस प्रशासन कानमा तेल हालेर बसेको देख्दा मानिसहरु ूलै गिरोहको संलग्नता रहेको शंका गर्थे । तर खुलेर बोल्न सक्दैनथे ।

तर पछिल्ला दिनमा मानिसहरु खुलेर आरोप लगाउन थालेका थिए । गाउँमा कसैको पशु चोरियो भने मानिसहरु सबैभन्दा पहिला 'त्यही धर्मानन्देको काम हो' भनेर शंका गर्थे । यद्यपि किटानी जाहेरी गर्ने आँट कसैसँग थिएन । किनकि ऊ गाउँ पन्चायतको प्रधानपन्च थियो । जिल्लाका एकसे एक नेता, सिडिओ डिएसपी र अन्चलाधिशसँग उसको सोझो सम्पर्क थियो ।

भनाई नै छ पाप एकदिन धुरीबाट कराउँछ । नभन्दै एकपटक ऊ लालपानीमा कट्टेल बाजेको गोरु चोर्दाचोर्दै धर्मानन्दे रङ्गेहात पक्राउ पर्यो । त्यसपछि गाउँलेहरुले उसलाई भकुर्नसम्म भकुरे । काँचो क बाँसले कुट्दाकुट्दै उसको पिँडुलाबाट रगत आउन थालेको थियो । लुगा च्यातिएर लथा लिँग भएको थियो । शरीरभरि चोटैचोट थियो । तन्नेरीहरुको एकोहोरो मुक्का प्रहारको निशाना भएको उसको अनुहार पाउरोटीजस्तै फुलेको थियो ।

भकुर्नसम्म भकुरेपछि उसलाई गोर्खेलौरी लगाएर स्कूलको चौरीमा लडाइयो सार्वजनिक बेइज्ज्यति गर्न । कसैले थुके । कसैले यस्ताको त सर्वनाश होस् भन्दै गाली गरे । कतिपय आइमाइहरुले रिस थाम्न नसकेर फरिया उचालेर समेत देखाइदिए । जे होस् उनीहरुले बर्षौदेखिको रिसको साटो फेरे । केटाकेटीले रमाइलो मानेर रमिता हेरे ।

उसले चाहिँ रुदै बिन्ती गरिरह्यो- "मलाई माफ गरिदिनुस् आइन्दादेखि म यस्तो काम कहिल्यै गर्दिनू……" भनेर । पुलिसचौकीमा बुझाइएको केही दिनपछि धर्मानन्दे जेलबाट ससम्मान छुटेर पो आयो ।

त्यसबेला सुनिएको गाईगुई अनुसार "अराष्ट्रिय तत्वहरुले प्रतिशोध स्वरुप चोरीको अभियोग लगाएर कुटपिट गरे" भनेर उसकी कान्छी श्रीमतीले अन्चलाधिशसँग विन्ती गरिछ । अन्चलाधिशको सोझो आदेशमा छुटेको रहेछ । जे भए पनि ऊ पक्राउ परेको केही महिनासम्म चौपाया चोरी प्प भयो । मानिसहरुले शान्तिको श्वास फेर्न पाए । त्यसपछि २०४६ सालको जनआन्दोलन सुरु भयो र बहुदल आयो ।

बहुदलपछि उसको राजनीति धार फेरियो । ऊ रातारात प्रजातान्त्रिक पार्टीको सक्रिय कार्यकर्ता भयो । देख्नेहरुलाई समेत लाज लाग्ने गरी पार्टीको झण्डा बोकेर हिँड्न थाल्यो ।

धर्मानन्दको प्रजातान्त्रिक पार्टी प्रवेशले विरोधीहरुलाई प्रचारको मसला प्राप्त भयो । उनीहरुले २०४८ सालको आम चुनावमा प्रजातान्त्रिक पार्टीलाई 'गोरुचोरका सरदारहरुको पार्टी' भनेर बद्नाम गरे । तर प्रजातान्त्रिक पार्टीका नेताहरुले आलोचनालाई सुनेको नसुन्यै गरे । किनकि उनीहरुलाई भोट चाहिएको थियो । उसको पार्टी प्रवेशबाट आउने भोट पनि काटिन्छ भन्ने हेक्का उनीहरुलाई थिएन ।

स्थानीय चुनावमा उसले प्रजातान्त्रिक पार्टीका तर्फबाट गाविस अध्यक्ष वा क्षेत्रीय सदस्यको टिकट पाउने आश गरेको रहेछ । नपाएपछि उसले पार्टी छोड्यो । त्यसपछि ऊ तराईमा खुलेको अमूक पार्टीको नेता भयो । गाउँमा त्यो पार्टीको खासै प्रभाव थिएन । त्यसैले ऊ त्यो गाउँको सर्वेसर्वा हुन पुग्यो । अर्को वर्ष जिल्लास्तरको नेता भयो । आगामि संसदीय चुनावमा उम्मेदवार हुने धक्कु लगाउन थाल्यो । नभन्दै उसले टिकट पनि पायो । तर प्रभावहीन पार्टीको तर्फबाट उम्मेदवार भएर के अर्थ यति हो उसले आफ्नो कालो अतीतलाई सेतो बनाउने अथक प्रयास चाहिँ गर्यो ।

केही मानिसहरु राजनीतिमा लागेर धर्मानन्दे सप्रिएको कुरा गर्थे । कोही चाहिँ राजनीतिको आडमा धर्मानन्देले गैरकानुनी पेशा गरिरहेको छ भन्थे । तर प्रमाण भने कसैसँग थिएन । जे होस् उसले पन्चायतकालमा गरेकोजस्तो चौपाया चोरीको पेशा चाहिँ गरेको थिएन । उसको विरासत सम्हाल्ने अरु नै तयार भइसकेका थिए ।

२०५८ सालको मंसिरतिर गाउँमा फेरि सनसनी फैलियो । पुलिसले उसको घरबाट १२ बोरा गाँजा पक्राउ गरेको रहेछ । त्यो घटनापछि उसको गोप्य ब्यवसाय पनि छताछुल्ल भयो । प्रहरीले सार्वजनिक गरेको तथ्यअनुसार उसले लामो समयदेखि गाँजा ओसारपसारको धन्दा गर्दै आएको रहेछ । ऊ गाँजा तस्करीको ूलै नाइके भइसकेको रहेछ । यद्यपि ऊ पुलिसको हिरासतमा भने परेन । पुलिसले उसलाई खोजेर पनि भेटेन वा भेट्न चाहेन त्यो चाहिँ भन्न सकिएन । तर त्यो घटनाले उसको राजनीतिक जीवन भने संकटमा पर्यो । पार्टीले उसलाई पार्टी सदस्यतासमेत नरहने गरी बर्खास्त गर्यो ।

भनाई नै छ भाग्यमानीको भुतै कमारो । पार्टीले गरेको बर्खास्तीबाट पनि उसलाई फलिफाप भयो । किनकि त्यसको केही महिना नबित्दै राजाले निर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी शासनसत्ता आफ्नो हातमा लिए । अब ऊ बफादार राजावादी भयो । दलहरुलाई सत्तोसराप गर्दै चिया र भट्टीपसलहरुमा भाषण गर्न थाल्यो ।

निगाहले हो वा विगतको त्यागको सम्मानका कारण थाहा पाउन सकिएन । तर केही महिनापछि जिल्ला विकास समितिको टिके उपसभापति भएपछि भने गाउँमा ूलै आश्चर्य भयो । विगतमा पशुचोरीको पीडा भोगेका मानिसहरु आश्चर्यले जिब्रो टोक्न थाले । उता उसको तामझाम र सान रवाफ बेग्लै थियो । सरकारी गाडी लिएर सुरक्षादस्तासहित गाउँ घुम्न थाल्यो । जिविसका कतिपय ेक्का पट्टा सालोका नाममा आफैंले लियो । विकासका लागि जिल्लामा आएको विकास बजेटको खुला दुरुपयोग गर्न थाल्यो । उसको हैसियत एकाएक अकासियो ।

पत्रकारहरुले उसले गरेका अनियमितताका बारेमा सप्रमाण समाचार प्रकाशित गर्न लागे । तर पनि ऊमाथि कुनै प्रकारको कार्वाही भएन । किनकि जिल्लामा राजाको सवारी भएका बेला मौसूफ र उहाँका निकटका ब्यक्तिहरुलाई राम्रैसँग रिझाएको थियो । उसको त्यो तामझाम र रवाफ धेरै महिना टिक्न पाएन । २०६२-६३ को ऐतिहासिक जनआन्दोलनको बाढीले सदाका लागि बगाइदियो । त्यसपछि ऊ त्यत्तिकै बसेको थियो । कुनै राजनीतिक पार्टीले पनि उसलाई आफ्नो सदस्यता दिने आँट गर्न सकेका थिएनन् ।

आज त्यही धर्मानन्देलाई खोज्दै पार्टीका केन्द्रीयस्तरका नेता आउँदा ऊ छक्क पर्नु स्वाभाविक थियो ।

उसले आफ्नो इच्छाविपरित धर्मानन्दलाई बोलाएर ल्याइ आफ्नो पार्टीका बरिष् नेतासँग भेटाइदियो । संकोच मान्दै पहेलपुर दाँत देखाएर ङिच्च हास्तै उसले नेतासँग हात मिलायो । तर नेताज्यूले पहिलो भेटमै ऊसँग पहिलेदेखिको त्यागी कार्यकर्तासँगझै ब्यवहार गरे । पार्टीका बरिष् नेताज्यूले आफ्नै सामुन्ने गोरुचोरको सर्दार धर्मानन्देसँग गरेको ब्यवहार देखेर उसलाई ग्लानि समेत भयो । लाजले भित्रभित्रै पानीपानी भयो ।

एकैछिनको भलाकुसारीपछि नेताज्यूले धर्मानन्दसँग एकान्तमा कुरा गर्न चाहेको बताए । ऊ बाहिर निस्क्यो र नतिजाको प्रतिक्षा गर्न थाल्यो ।
करीब आधा घन्टाको वार्तापछि धर्मानन्द मुस्कुराउँदै विजयी मुद्रामा बाहिर निस्क्यो र नावालक केटाकेटीले जस्तै झम्टेर एक्कैपटक उसलाई अँगालो हाल्यो ।
धर्मानन्दले किन यसो गर्दैछ उसले केही पत्तो पाउन सकेन । उसले केही बोल्न नपाउँदै धर्मानन्दले भन्यो "म तपाईप्रति आजीवन ऋणी रहने छु । तपाईको यो गुन म कहिल्यै बिस्रने छैन ।"

"किन त्यस्तो के भयो र ?" उसले आश्चर्य प्रकट गर्यो । किनकि उसलाई भित्र के कुरा भयो भन्ने बारेमा केही थाहा थिएन ।

"ल तपाईलाई थाहा छैन ?"  नेपोलियन शैलीको हँसिलो मुद्रामा धर्मानन्दले भन्यो "आउँदो चुनावमा म उपराष्ट्रपतिको उम्मेदवार हुन पाउने भएँ नि ।"
उसले भित्र हेर्यो केन्द्रीय नेता ूलै ऐतिहासिक उपलब्धी प्राप्त भएझै मुसुमुसु हाँसिरहेका थिएँ । नेताज्यूले भित्रैबाट गर्वसाथ भने "हाम्रो पार्टीले विगतको नजिरलाई निरन्तरता दिनु पनि त पर्यो नि ।"




 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |