गीत
इन्जिनियर राकेश कार्की, (लस एन्जेलस)
तिमीले हेर्दा
मेरो आँखा जुधेछ
मेरो मनले
तिम्रो मन बुझेछ |
तिम्रो सोचाइमा
जुन सुन्दरता छ
त्यो तिमी नै हो
मलाई थाहा छ |
तिमीले हेर्दा
मेरो आँखा जुधेछ |
तिम्रो मुटुमा जुन
मीठो मगन छ
त्यही मायामा
मेरो जीवन छ |
तिमीले हेर्दा
मेरो आँखा जुधेछ
मेरो मनले
तिम्रो मन बुझेछ |