हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

क्यासल् रककी अप्सरा

सुन्दर जोशी, (वेष्ट पाल्म्, बीच फ्लोरीडा)

आरती र याङ्की दुबै डेन्भर युनिभर्सिटको बिधार्थी हुन् र वेष्ट डेनभरको एउटा एपार्टमेन्टको रुममेट पनि ।अग्रेजी वर्णमालाको "ए" र "वाइ" मा जति अक्षरको अन्तर छ त्यो भन्दा बढी अन्तर छ उनीहरुको स्वभावमा । जीवन जीउने शैलीको विविधताको बावजुद पनि एकदमै घनिष्ट छन उनिहरु । यस्तो लाग्छ जीवनमा सम्झौताको अर्थ दुबैले राम्ररी बुझेका छन ।

आफ्नो अध्ययनको लागी लाग्ने सम्पुर्ण खर्चको भारबाट अभिभाबकहरुलाइ राहत दिन छुट्टीहरु आयो कि काम गर्ने बानी छ आरतीको । अलि लामो छुट्टी भयो भने इस्टेसपार्क भेल र एस्पेन मात्रै होइन टेलुराइड र डुराङ्गो पनि पुग्छे उ । काम मात्रै चित्त बुझ्दो हुनु पर्छ अर्थात आम्दानी राम्रो हुनुपर्छ । आ�� दशजना केटाहरुको हुलमा रुम शेयर गरेर बस्नपनि नडराउने खालको स्वभाब छ आरतीको । अवसर हेरेर चुरोट बियर पनि तन्काउन बाँकी नराख्ने आरतीको चरित्रको बारेमा मान्छेले जेसुकै सोचुन उ सँग प्रत्यक्ष सँगत गर्नेहरु भने अति आदर र माया गर्छन उनिलाइ । उनको ब्यक्तित्व नै त्यस्तै खालको छ । एल.ए. फिटनेसको नियमित व्यायामले होला शरीर  पनि ताइकान्डोको खेलाडी जस्तो छरितो र चुस्त देखिन्छ । एवरक्रम्वी र अमेरीकन ईगल्सको जिन्स पोलो र पुल ओभरहरु मात्रै लगाउने आरतीको खान्की पनि केटाहरुको जस्तै छ । सब्स खायो भने सिङ्गै होलसब्स चाहिने । क्वाटरब्याक र चीलीज तिर छिर्यो भने सिङ्गै बेबी ब्याक रिब्सले पनि नभ्याउने । कहिले काहीँ चाइनिज वफेतिर छिरीन भने एक प्लेट स्रीम्प त हात्तीले जीरा चपाए जस्तै हुने । उनको लङ्गडा सौखहरुको वयान गरेर साध्य छैन । समरमा हमर रेन्ट गरेर क्याम्पीङ जानु पर्ने हिउँदमा स्की गर्नु केही भएन भने संगीतमा रुची राख्ने केटाहरुको को�� ामा पुगेर ड्रम �� टाउनु । पढाइ फेरी त्यस्तै घोक्नु नै नपर्ने आफुले सोचेको भन्दा तल नम्बर आयो भने प्रोफेसरसँग विवाद गर्न पुगी हाल्ने ।

याङ्की पनि पढाइमा त आरती जस्तै उत्कृष्ट छिन तर लवाइ खवाइ र अरु स्वभावहरुमा आकास र जमिनको फरक छ । व्याले डान्सर जस्तो छरितो बदन रुप त झन भगवानले एकदम फुस्रद निकालेर 'पातालकी उर्बसी भएस नानी’ भनि सृजना गरेको हो कि जस्तो । जस्को आँखा पर्यो त्यो डुब्यो । वास्तवमा अप्रत्यक्ष रुपमा आरतीले उनको अँग रक्षकको भूमिका पनि निभाइ रहेकी थिइन । उनकै कारण दुष्ट आँखाहरुको दृष्टि आफै टकटकिदैं जान्थे । पुर्ख्यौली घर टिबेट तिर भएर पनि होला एउटा छरितो जप माला हातमा सधैं खेलाइ राख्ने बानी छ । अनि मौका पायो कि  'ॐ मानॆ पेमे हुँ’ जपि राख्ने । फुर्सदमा ल्यापटप पल्टाएर फेस बुक देखि माइ स्पेस र यु ट्युबको दुनियामा हराउनु अनि केही भएन भने अर्थात केही गर्न मन लागेन मन उदास भयो या कुनै कुराले उनको मष्तिस्कलाइ किराले टोके झै टोक्न थाल्यो भने किवोर्डमा सँगीतका बिविध तरंगहरु निकालेर बेपत्ता हराउने बानी छ । पियानो नभए पनि बडेमाको यामाहा किवोर्ड राखेकी छे लिभिङ्ग रुममा । पियानो त उनको आत्मा नै हो । नेपाल छँदै सानै देखि डोरेमीमा पियानो सिकेकी थिइ याङ्कीले । आज उनी त्यही किवोर्डमा कता कता हिमाल पारी नाङ्गपाला पास तिर पुगेको प्रतित हुने सुमधुर संगीत श्रृजना गरेर वसी रहेकी छीन ।

वास्तवमा आज उनी अली उदास छीन । क्रिस्मसको लामो छुट्टी आउनै लागेको छ र लामो छुट्टी भन्नुको अर्थ एउटा यात्राको लागी तैयार हुनुपर्ने उनको बाध्यता नै हो । युरोप यसिया अनि नर्थ अमेरीकाकै पनि क्यानाडा र अन्य शहर कतै न कतैबाट इ टिकट आइ पुग्छ उनलाइ र उनी मान्यजनहरुसंग बिवाद नगरी चुपचाप यात्रामा निस्किन्छिन । तर यस पल्ट उनलाइ आरतीलाइ छाडेर कही जान मन लागेको छैन । भर्खरै सावर लिएर निस्किएकी आरतीलाइ उनले श्रृजना गर्ने संगीतको तरंगहरुबाट आभास हुन्छ याङ्की आज कुन मुडमा छे भनेर । उनी टावेल मात्रै बेरेर चीसो कालो केशहरुको भेल सम्हाल्दै त्यही पुगीन । याङ्कीका सुकोमल औंलाहरु निकै थाके जस्तै अनायास रोकिए र उन्का आँखाहरु एकटक आरतीलाइ नियाल्न थाले ।

आरतीले आँखाले नै प्रश्न गरिन 'किन टोलाएकी ?’ भनेर तर अँह याङ्की केही पनि वोलिनन् । टोलाइ मात्र रहिन । आफ्नो केशको एक झुप्पामा लर्कि रहेको मोती जस्तै पानीको थोपाहरु छ्यापी दिइन आरतीले अनि उनी झस्किईन  र मुस्कुराउँदै भनिन्
'म केटा भएको भए तिमीलाइ वाँकी राख्ने थिइन ।”
' के रे ?” आरतीले लजाएर भनिन् ।
'मानिसहरु किन अपराध गर्छन भन्ने कुरा बल्ल बुझ्दै छु म ।” विस्तारै उ�� ्दै भनिन् याङ्कीले ।
" ए त्यसो पो ! आफै कुनै अपराधीको फेला परौला । ऐनामा हेरेकी छौ आफुलाइ दिउसै मानिसको मन लुटने रुप छ तिम्रो”
याङ्की अलि उत्ताउलो भएको आभास पाएर आरती आफ्नो को�� ातिर भागिन । आरती काम खोज्ने सिलसिलामा एस्पेन जाँदैछिन भन्ने थाहा थियो याङ्कीलाइ त्यसैले हतार हतार उनी पनि तैयार भएर बसिन । आरती बाहिर निस्कँदा याङ्कीको तैयारी देखेर छक्कपर्दै सोधीन
" कता लमिनी ?”
'"तिमी संगै घुम्न जान्छु म पनि ।”
"म घुम्न जान लागेकी हैन ।”
" थाहा छ, मलाइ भेट्टाए भने म पनि काम गर्छु यसपाली ।”
याङ्कीको जवाफ सुनेर आरतीले थोरै हाँस्तै भनिन् "तिमी अनि काम ?”
"किन मैले काम गर्न हुँदैन ? ”
"स्वीट्जरल्याण्ड नजाने यसपाली ?”
"त्यही जान नपर्ने वहानाको खोजीमा छु म । कि न किन तिमीलाइ छोड्नै मन लागेको छैन यसपाली ।”
" मलाइ की अरु कसैलाइ ? ”
" त्यो अरुको चक्करमा एटलिष्ट आजसम्म त परेकी छुइन ।”
"के बेर,  घुसघुसेहरु झन खतरनाक हुन्छ भन्छन् ।”
दुबै हाँस्दै निस्किए ।
"मेरो गाडीमा जाने कि ? ” सोधिन याङ्कीले
"हुन्छ तिम्रोमा नेभीगेटर पनि छ, फोर व्हील पनि । मौसम त्येत्ति राम्रो छैन । अलि अलि हि उँ परिहाल्यो भने पनि फरक पर्दैन ।”
" तिमीनै चलाउन” भन्दै चावी आरतीलाइ थमाइन याङ्कीले ।
फ्री वे मा छिर्ने वित्तिकै सन ग्लास लगाउँदै भनिन् आरतीले " जिन्दगी पनि यो फ्री वे जस्तै लाग्छ । एउटा निश्चित गतीमा चलाउनु पर्छ गाडी । स्लो त हुनु हुदै हुँदैन् ओभर स्पिड पनि गर्नु हुँदैन । ओभरटेक गर्ने टेलगेटिङ्ग गर्ने क्रेजी ड्राइभरहरुसंग एकदम होस गर्नु पर्छ राइट ट्रयाकमा बस्नुपर्छ राइट एक्जिट लिनुपर्छ ।”
इनोसेन्ट हुदै याङ्कीले भनिन " रङ्ग एक्जीट लियो भने पनि फर्केर फेरी फ्री वे जान सकि हालिन्छ नी ”
"कुनै कुनै �� ाउँमा इन्ट्रीको र्याम्प भेटिदैन अनि एउटा लामो दुरी चक्कर मारेर धेरै टाढा पुगेपछि मात्रै फ्री वेमा छिर्न सकिन्छ । त्यतिन्जेल आफु संगै दौडी रहेकाहरु कहाँ पुगिसकेका हुन्छन र आफु कहाँ पछाडी परिन्छ । समय र धनको नास त छँदैछ खराब बस्ती तिर छिरियो भने ज्यानै खतरामा पो पर्छ त मैया ।”

आरतीले गाडी चलाउदै एक नजर याङ्कीलाइ हेरिन । उन्को हेराइको वास्ता नगरेर याङ्कीले फेरी भनिन् "मलाइ त कहिले काही रङ्ग एक्जीटहरुले चुम्बकले जस्तै तान्छ अनि यसो एक चक्कर घुमेर फेरी फ्री वेमा पस्न मन लाग्छ ।”
"तिमीले त्यसो गरेकी छ्यौ कहिल्यै ?” छक्क पर्दै सोधीन आरतीले ।
"गरेकी त छुइन तर म जहिले पनि कन्फ्युजमा हुन्छु । त्यस्तो हुन सक्छ जस्तो लाग्छ ।”
दुबै जना मुखामुख गरेर गललल् हाँसे । आरतीले गाडी चलाएको वेलामा स्लो म्युजीकको नामै लिनु हुदैन निन्द्रा लाग्छ उनलाइ । नेपाली रिमिक्स 'मै छोरी सुन्दरी……………।’ घन्काउँदै वतासिदै थिए उनिहरु ।

एउटा पहाड छिचोल्ने बित्तिकै हिउको खास्टो ओढेको केही पाहाडहरुमा आँखा �� ोक्कियो याङ्कीको अनि स्वभावत उनि भावुक भै हालिन  । पुर्वजहरु टिबेट माथि चीनको अतिक्रमण भएपछि हिमाल छिचोल्दै नेपाल पसेको घटनाहरुको निकै मार्मिक बिवरणहरु सुनेकी थिइन उनले । सानो छँदा लोसारको समयमा तिनै घटनाहरुमा आधारीत नाटकहरुमा आफ्नै आमा र छ्यामाले गरेको मार्मिक अभिनयको छाप परेको छ उनमा । टिबेटिएन दर्शकहरु आफ्नो देश गुमेर नेपालको एउटा अनकन्टार गाउँमा शरणार्थी भै बसेको अबस्थामा यसरी देश छोडी भागेको नाटकको दृष्यले मर्माहत भै क्वाँ क्वाँ रुन्थे । ती रोदनहरु अझै पनि उनको कानमा गुन्जीन्छ । त्यसैले उनी हिमाल देखेकी भाबुक हुने गर्छिन ।

आइडाहो स्प्रिङ्ग्र नाघे पछि उनिहरुले तिब्र गतिमा दौडिन पाएनन् । रेडियो सुन्ने बित्तिकै थाहा भै हाल्यो अगाडी �� ुलै दुर्घटना भएछ । वैकल्पीक बाटो लिन सुझाब दिइ रहेको थियो । एउटा �� ुलो तालको किनारमा बसेको बस्ती तिर जाने एक्जीट आए पछि उनीहरु भन्दा अगाडीको गाडीहरु सबै त्यतै लागी रहेका थिए । उनिहरुले पनि त्यही वाटो पछ्याए । नेभीगेटरले बैकल्पीक बाटो खोज्दै थियो अनायास याङ्कीको आँखा बाटो माथिको एउटा बोर्डमा पर्यो र उनि रमाउँदै कराइन  "ओ हो यो त व्रेकनरिज जाने बाटो पो रहेछ ।”
"किन कोइ चिनेको मानीस छ त्याहा ?” आरतीले प्रश्न गरिन ।
"छैन तर ब्रेकनरिज प्राय हाइडेफिनेसन च्यानलहरुमा देखि रहन्छु । हिउँदमा त्यहाँ हुने म्युजिक कन्सर्टहरु सारै भब्य हुदो रहेछ । यसपाली आउनु पर्छ ल ।”

त्यहाँ जानेको पनि घुइचो थियो त्यसैले आरती मजाले आँखा नचाउदै दाँया बाँयाको प्रकृती नियाल्दै गाडी चलाइ रहेकी थिइ । बजारको नजिकै पब्लीक पार्किङ्गहरु सबै प्याक थिए । बजारको दुइ चक्कर लाए पछि बल्ल बल्ल एउटा सानो खहरे माथिको पुलको नजिकै पार्किङ्ग भेट्टाइन आरतीले ।

"बास्तवमा ब्रेकनरिज तिमी जस्तै राम्री रहेछ । त्यसैले मानीसहरु यतातिर बटारिँदा रहेछन ।” गाडीबाट ओर्लिदै आरतीले भनिन ।

"तिमी जस्तै वोल्ड र आउट स्पोकन पनि होला ।” आफ्नो ज्याकेट लगाउदै याङ्कीले पनि थपी हालिन ।

शरद ऋतुमा रंगी बिरङ्गी हुने बोट बिरुवाहरुलाइ शिसिरको स्याँ�� ले नाङ्गै पारेको थियो तर बाटोको छेउ छाउ केही रंगीन पातका अवशेषहरु अझैपनि छरिएका थिए । सानो उपत्यका जस्तो �� ाउ, वरिपरि आजकलका अल्लारेहरुले जथाभावी मुडेको टाउको जस्तो पहाडहरु । घाम नपर्ने �� ाउमा थुप्रिएको हिउँले हिमाल नै हो की जस्तो देखिने कुनै कुनै पहाड त ।

"याहाँ त स्कि गर्न आउनै पर्छ यसपाली साह्रै रमाइलो �� ाउँ रहेछ ।” आरतीले भनिन ।

"लौ मार्यो त्याँहा हेरन 'शेर्पा एण्ड यतिज’ लाइभ म्युजिक रे ।” याङ्कीले फुटपाथको विचमा नै �� डिएको कालो वोर्ड देखाउदै भनिन र गोजिबाट आइफोन निकालेर फोटो खिच्न थालिन । आरतीले त्यही नजिकै उभिएको एउटा मानीसलाइ सोधी हालीन ।

"साँच्चै शेर्पा पनि छ यो ब्याण्ड ग्रुपमा ? ”

"मलाइ थाहा छैन म पनि तिमी जस्तै पर्यटक मात्रै हु ।” त्यो मानिसले बिनम्र जवाफ दियो । याङ्कीलाइ भने विश्वास लागेन । बार भित्र यसो चियाएर हेरिन । आरतीले उनको हात समातेर तान्दै भनिन "शेर्पा,  यती, हिउ र हिमाल त देख्नै हुदैन हगी तिमीलाइ ”

याङ्की खाली मुस्कुराइन मात्रै । चीसो सिरेटो चली रहेको थियो । आरतीले ज्याकेटको टोपी लगाएकी थिइन सायद त्यसैले राम्रोसंग सुनिनन् तर याङ्की भने नाघी सकेको एउटा ढोका छेउ आधी खुट्टा हावामा उचालेर रोवोट जस्तै टक्क अडिइन । अनौ�� ो उन्माद चढ्यो उनमा किनभने अनायास आनी छोइङ्गको  'ॐ मानॆ पेमे हुँ’  ’ गुन्जी रहेको थियो उनको कानमा । आरती अलि परै पुगीसकेको भए पनि याङ्कीका पाइतालाहरु पछाडी सरेर आधी लर्किएर त्यो ढोका भित्र चियाइन जहाँ  त्यो गीत अविरल गुन्जीरहेको थियो । भित्र बुद्धको एउटा �� ुलो मुर्तिमा आँखा परे पछि त झन के चाहियो 'ॐ मानॆ पेमे हुँ’  बडबडाउदै पसि हालिन भित्र । टिबेट र नेपालका हस्तकलाका सामानहरु निकै एन्टिक देखिने थाङ्का र मुर्तिहरु पोशाक र गरगहनाहरु निकै रुची लिएर नियाली रहेकी थिइन याङ्की । अनायास उनको नजर काउन्टर तिर गयो जहाँ एउटा अति हँसिलो मुहार भएको युवक निकै आकर्षक पाराले एकदमै यतैको शैलीमा प्रष्ट अंग्रेजी बोल्दै ग्राहकहरु सँग व्यस्त थियो ।

पहिलो पल्ट जीवनमै, पहिलो पल्टभने पनि हुन्छ कुनै युवकलाइ उनी मनमा एक किसिमको कुतकुती सहित घरि घरि हेरी रहेकी थिइन । वास्तबमा काउन्टरमा बस्ने युवक महाशय पनि ग्राहक लिदै लुकी लुकी उनैलाइ हेरी रहेको थियो । अन्तत उनीहरुको आँखा जुधी हाल्यो । �� ेस लागेको आँखा पन्छाउँदै याङ्की गरगहनाको सामानहरु हेर्न थालिन । सेल्समेन महाशयलाइ भने यही वेला ग्राहकको ओइरो लागेको मा उ�� न सम्म रिस उ�� िरहेको थियो । याङ्कीको रुप देखेर उ झन्डै अर्ध मुर्छित जस्तै भै सकेको थियो । आत्तिएर उसले रजिष्टरमा जथाभाबी मुल्य हानेर झन आफुलाइ अल्झाइ रहेको थियो । याङ्की पनि उस्को ब्यस्तता संग खुसी थिइनन तर के गर्नु आरती उनको सामुन्ने आइ सकेकी थिइन तानेर बाहिर लगी हालीन "ब्रेकनरिजले तिमीलाइ अलि बढ्तै आर्कषित गरे जस्तो छ नि ?" आरतीले व्यंग्य  कसिन ।

"मैले अघि नै भनि हालेनी कहिले काँही रंग एक्जिट लिनुको मजानै बेग्लै हुन्छ भनेर ।"

"आर यु सिरीएस ?"

जवाफमा याङ्की अति मि�� ो र अर्थपुर्ण मुस्कान ओ�� भरी छरेर मुस्कुराइन मात्रै । चीसो सिरेटोले उनको कोमल अनि गोरो गालाहरुमा चुमी दिएझै उन्को गालाको रंग फेरिएको थियो ।

"केही खान जाउ न, अति भोक लाग्यो ।"  याङ्कीले पेट मुसार्दै भनिन । भोकको बहानामा याङ्की अझै केही समय यतै बरालिन चाही रहेकी छिन भन्ने बुझिन आरतीले । तर अलिकती भोक त उनि आफैलाइ पनि लागेको थियो । त्यसैले एउटा अति टिपिकल अमेरीकन रेस्टुरेन्ट भित्र छिरे दुबैजना । भुइभरी छरिएको जम्बो पिनटको बोक्राहरु गर्याप गर्याप कुल्चदै सडक पट्टिको झ्याल संगैसडक पट्टिनै फर्किएर बसे उनिहरु । बस्न पाएको छैन त्याहाको चलन अनुसार मगमग वास्ना आउने गरी भर्खर भुटेको बदामको एउटा सानो डालो उनीहरुको अगाडी आइ पुग्यो । बदाम छोड्याउँदै उनिहरु गफिँदै थिए सडकमा उहि सेल्समेन महोदय देखा पर्यो । उस्को हिडाइको ताल देखेर नै उनीहरुले कुरा बुझिहाले उ उनिहरुलाइ नै खोजी रहेको छ भनेर ।

"विचरा तिमीलाइ खोज्दै छ उ ।" आरतीले जिस्क्याइन याङ्कीलाइ । याङ्की भने त्यो युबकलाइ हेरेर साच्चै गम्भीर सोचमा डुब्न पुगि ।

"केही अर्डर गर्ने कि ? कि सपना मात्रै देखेर बस्ने ?"  आरतीले झस्काइ दिइन ।

लामो स्वास फेर्दै याङ्कीले भनि "म आफै चकित छु के भइरहेको छ कुन्नी आज मलाइ ?

आरती भने अर्डर लिन आएकी एउटी गोरी केटीलाइ मेनु हेर्दै खानेकुराहरु अर्डर गर्दै थिइन । तर उनले याङ्कीले बडबडाएको शब्दहरु सुनेकी थिइन त्यसैले छक्क परेर नियाली रहिन ।

"त्यो मान्छेमा केही अलौकिक बिशेषता पक्कै छ बुझ्यौ आरती ?"

याङ्की फेरी बडबडाइन । आरतीले केही बोल्नु अघि उ आफै वोली रहि ।

"कता कता सपना हो या बिपनामा भेटेको जस्तो, वोलेको जस्तो, त्यतीकै तानी रहेको छ मेरो मनलाइ उस्को अनुहारले ।"

"शायद  उस्लाइ पनि त्यस्तै भएर होला खोज्दै हिडी रहेछ उ तिमीलाइ ।"

"के भएको हो यो मैले मेरो दिमागलाइ अन्यत्र मोडनै सकि रहेकी छुइन ।"

"तिमी पुर्बजन्म र अवतारमा विश्वास गर्छौ होइन हुन सक्छ अघिल्लो जुनीमा तिमीहरु बिच घमासान प्रेम भएको थियो कि ?

"त्यो त कुन्नी, मलाइ त यही जुनीमा पो घमासान होला जस्तो लाग्न थाल्यो ।"

"के बेर ! भनि हाले नी, घुसघुसेहरु झन खतरनाक हुन्छ भनेर ।"

आरतीले उन्को ताल देखेर भनिन र बाहिर नियालिन । बिचरा त्यो युबक ओइलाएको अनुहार तस्बिरझै झुण्ड्याएर आफ्नो पसल तिर फर्किरहेको दृस्यलाइ दुबैले हेरे र मुखामुख गरेर हाँसॆ । त्यतिन्जेल उनिहरुको खाने सामाग्री आइ सकेको थियो । बाघले झै झम्टीए दुबैले ।
मौसम बिग्रन लागेकोले उनीहरु ह्तार हतार गाडी पार्क गरेको �� ाउँतिर लागे । �� िक उनीहरुको गाडी पछिल्तीर एउटा ल्याण्डकुजर पार्किङ्ग हुदै थियो । अचानक याङ्कीको आँखा गाडीको पछाडी टाँसिएको स्टिकरमा पर्यो । 'फ्री टिबेट'  लेखिएको त्यो स्टिकर देखे पछि उनका पैताला त्यही जमे र उनले आरतीलाइ पनि तानेर देखाइन । त्यतिन्जेल गाडीबाट एउटा झक्कु जवान ओर्लिएर उनीहरुलाइ सोधी रहेथ्यो "सरी डिड आइ बोदर यु ?"

"नट रियल्ली"  याङ्कीलाइ उछिनेर आरतीले भनिन र सोधिन "आर यु टिबेटियन ?" उस्ले बडो मि�� ो मुस्कान ओ�� भरी ल्याएर नेपाली मै सोध्यो "तपाइहरु पनि पक्कै नेपाली हुनपर्छ । स्टिकर नभएपनि मैले अघिनै �� म्याइ सके ।" उनीहरु सबै एकै पल्ट हाँसे ।

"तर उ त टिबेटिएन नै हो नि ? " हाँस्दा हाँस्दै आरतीले याङ्कीलाइ देखाएर भनिन । अनि के चाहियो त्यसपछि आरती आफै जोकर फाल्टो झै भइन । उ याङ्कीसँग टिबेटिएन भाषामै गफमा मस्त भयो । तर उस्लाइ छिटै महसुस भएछ र भन्यो "माफ गर्नुहोस आफ्नो देशको मानीस कोही भेटेपछि म त आउट अफ कन्ट्रोल जस्तै भइहाल्छु त्यो पनि अमेरिकाको एउटा सानो गाउँमा ।"

"म राम्रैसँग बुभुछु यो सेन्टीमेन्टलाइ, तपाइहरु गफ गर्न सक्नु हुन्छ ।" आरतीले शिष्ट भाषामा उदारता मात्रै होइन आफ्नो महानता नै देखाइन ।
"मेरो नाम योन्देन अनि …" अगाडी बढेको उसको हातसँग हात मिलाउँदै आरतीले पनि आफ्नो परिचय दिइन ।

"तपाइ यतै बस्नु हुन्छ ?" आरतीले प्रश्न गरिन ।

" होइन न्युयोर्कमा बस्छु । एउटा फेसन कम्पनीमा फोटो ग्राफरको काम गर्छु । भरखर एस्पेन पुगेर आएँ । यहाँ एउटा साथी छ शिद्धार्थ, आज उसगै बस्छु यही ।

शिद्धार्थ  शिद्धार्थ  बिस्तारै बडबडाइन याङ्की । उनको अनुमान सहि निस्कीयो । उही सेल्समेन महोदयको नाम रहेछ शिद्धार्थ ।

"अनि तपाइहरु कता जान लाग्नु भएको"  योन्देनले प्रश्न गर्यो ।

"हामी चाहि एस्पेन जानु पर्ने बाटो ब्लक भएर यता मोडियौ । अब जाने कि नजाने दोमन भैरहेछ ।" आरतीले जवाफ दिइन ।

"विशेष काम थियो कि ?"

"कामको लागि एक जना नेपाली साहुजीलाइ भेटन जानु थियो ।" आरतीले सक्षीप्त जवाफ दिइन ।

"कतै रोहण त हैन ? किनकी उ कसैको प्रतिक्षा गरिरहेको थियो, आएन भनेर छटपटिइ रहेको थियो ।" आरती छक्क परिन र भनिन "बास्तबमा मनै त्यो मानीस हुँ । शायद उस्ले मलाइ काम दिँदैन  होला अब ।"

"पिरै नगर्नुहोस ढुक्क हुनुहोस काम भयो । एस्पेन गइराख्नु पर्दैन । म एक फोन हानी हालुँ "

आरतीले स्वीकृतीमा टाउको मात्रै हल्लाइन अनि योन्देनको टेलिफोन बार्तालाप सुनेर बसिन । उ रोहणलाइ सबै बृतान्त सुनाइ रहेको थियो ।
"पैसा कती ?"  योन्देनले बिस्तारै आरतीलाइ सोध्यो ।

"१२ सम्म भए हुन्छ ।" आरतीले मुस्कुराउँदै भनिन ।

अनि योन्देन रोहणसंग बार्गेन गर्न थाल्यो "घन्टाको पन्ध्र भन्दा घटि भनिस भने म आफै फर्काएर लान्छु । अनि जालास इटली, डिल अर नो डिल ? उताबाट जवाफ आयो "डिल "

"लौ सुन्नु भयो । पक्का भयो तपाइँको काम । अब यति गरे वापत तपाइहरुले आज साँझको डिनर त यही खानु पर्छ नि" योन्देनले आफ्नो शर्त तेर्स्याई हाल्यो ।

"हामीलाइ डेन्भर फर्किनु छ फेरी "

"कति टाढा छ र दुइ घन्टा त हो ।"

आरतीले याङ्कीको मुहार नियालिन । उ त शिद्धार्थसंग भेटन पाउने संयोग जुरेकोमा दङ्ग परेकी थिइ । आरतीले कुरा बुझी हालिन । उनीहरु सबै संगसंगै बजार तिर लागे । उही 'शेर्पा एण्ड यतिज लाइभ म्युजिक' लेखिएको बार भित्र पसे उनिहरु । क्यामेराहरुको �� ुलो झोला बिसाएर उस्ले सायद शिद्धार्थलाइ फोन गर्यो । केही बेर मै उ त्याहा आइ पुगि हाल्यो । याङ्कीलाइ त्याहा देखेर उस्को आँखाहरु खुसीले यती साह्रो चम्कीयो कि मोडेलहरुको फोटो ग्राफर योन्देनको आँखा बाट उस्को त्यो दशा लुक्न  सकेन ।

"हैन यति सुन्दर नेपाली चेलीहरु देखेकै थिइनस कि क्या हो तैले, जिल परिस नि "

बिचरा शिदार्थ केही बोल्न सकेन । फेरी योन्देनले नै भन्यो "भाई भने इटलीको एउटा रेल स्टेसनमा भेटेको भाषा पनि नबुझ्ने केटी पट्याएर बिहा गरेर ल्याउने सुरले इटली जाँदैछ दाई भने केटी देखेकी होस हवास हराएर सधै सातो गएको मान्छे जस्तो हुन्छ । के सारो घुसघुसे छ यो भने ।"

घुसघुसे शब्दले याङ्कीलाइ कुतकुती लाग्यो भने आरतीले त हाँसो रोक्नै सकिनन । भनि हालिन "घुसघुसेहरु झन खतरनाक हुन्छ भन्छन"

योन्देन यती मजाले हास्यो कि रेष्टुरेन्टका अरु ग्राहकहरु पनि झस्किए । बोन जोभीको 'लष्ट हाइवे' गाउदै थियो स्टेजमा एउटा गायक । आरती संगीतमा मग्न भएको देखेर योन्देनले कुरा बुझ्यो उनको मन जित्ने तरीका भनेको संगीत नै हो भन्�� ानेर उ उ�� ेर स्टेजमा गयो र गाउने स्वीकृती लिएर माइक्रो फोन समात्यो । पहिले गाइरहेको मानिसले उदघोषण गर्यो "नेक्स्ट सङ्ग फ्रम  रियल शेर्पा अ नेपाली संग "
परर…तालीको पर्रा छुट्यो । उ त साँच्चै पेसेबर गायक झै गाउन कसिएको देखेर आरती मख्ख परिन । उनको अनुहारमा एक किसिमको मधुरो मुस्कान सल बलाउन थाल्यो ।

"अधरको मुस्कान त केही होइन जब तिमीले जीबनमा सजिबता ल्यायौ ………" दिप श्रेष्ट नै त्यही आएर गाइरहे झै लाग्यो उनिहरुलाइ । उस्को स्वर प्रस्तुती गर्ने रंगढंग सबै यति मोहक थियो की भाषा नबुझे पनि अरु ग्राहकहरुले पनि जोडदार ताली बजाए । माइक्रो फोन फेरी उही वोनजोभी वाला गाएकलाइ थमाएर उ टेवलमा फर्कियो । उस्को भाउ बढेको देखेर शिद्धार्थले मनको तुष झारी हाल्यो- "मोडेलहरुको त फोटो ग्राफर, अनेक जानेको छ यस्ले मानीसको मन चोर्न ।"

वास्तबमा उस्ले �� िक भनि रहेछ झै लाग्यो आरतीलाइ । किन किन याङ्कीको रोग उन्लाइ पनि सरेर योन्देनको रुप उस्को गफगर्ने स्टाइल वोली वचन सबै कुराले प्रभाबित हुदै गै रहेकी थिइ उ । पुर्व जन्ममा घमासान परेको मानिस झै उस्को हरेक कुरा उनलाइ मन पर्दै गइरहेको थियो । तर उनले आफ्नो मनको भाबलाइ सकेसम्म लुकाउने प्रयास गरी रहेकी थिइन ।

एक छिनको भेटघाट कुराकानी बाटै उनिहरु एकदमै नजिक भै सकेका थिए । योन्देनले आफ्नो बाँकी दुइदिनको घुमघाममा आरती र याङ्कीलाइ सहयात्री हुन मन्जुर गराइ सकेको थियो । भोली उनीहरुलाइ उनिहरुको एपार्टमेन्ट बाटै पिक अप गर्ने वचन सहित उनिहरु छुट्टिए ।

लामो यात्राबाट थकित याङ्की र आरती दुबै एउटै बेडमा हुरिले ढालेको रुखझैं ढले । अनि एउटा लामो स्वास फेर्दै याङ्कीले भनिन "जिन्दगी बास्तबमा फ्री वे जस्तै हो । यस्तो लाग्छ आज हामीले ब्रेकनरिजको एक्जीट लिएर राम्रै गर्यौं ।"  "तर यो एक्जीटले तिमीलाइ काँहासम्म पुर्याउने हो मलाइ थाहा छैन । म त तिम्रो सहयात्री भएर घुम्ने मात्रै हो ।" आरतीले भनिन ।

"तर उस्ले गीत गाइ रहँदा तिमी कस्तो एकोहोरीएकी थियौ । तिमीहरुको आँखा के बिधी जुधेको म त छक्कै परें ।" याङ्कीले आरतीलाइ जिस्क्याइन । आरती बास्तबमा छत हेरेर टोलाए जस्तो गरेपनि योन्देनकै बारेमा सोची रहेकी थिइन ।

भोलीपल्ट निश्चित समयमा आइपुगे शिद्धार्थ र योन्देन । गाडीको ढोका खोलेर उभिएको थियो योन्देन । खै कोनी किन याङ्कीले आरतीलाइ उछिनेर अगाडीको सिटमा बस्न पुगिन । आरती र योन्देन पछाडिको सिटमा बसे ।

"आर यु अल राइट शिदार्थ "?  योन्देनले शिदार्थलाइ जिस्क्यायो ।

"किन म अगाडी बसेको उस्लाइ मन पर्दैन?" याङ्कीले योन्देनलाइ प्रश्न गरिन ।

"हिजो तिमीलाइ देख्ने बित्तिकै नर्भस भएर बाह्रसय डलर पर्ने पस्मिनालाइ एकसय बिस मात्रै हानेछ । ब्यापारी न हो निद्रामा पनि एक हजार असी घाटा भयो भन्दै थियो ।"

"सट अप ।"  करायो शिदार्थ र छलेर याङ्कीलाइ हेर्यो ।जे होस आफ्नो बारेमा पनि उनिहरुले कुरा गरेछन भन्ने चाल पाएर दङ्ग परिन याङ्की ।

"काहा जाँदै छौं हामी ?" आरतीले प्रश्न गरिन । "सम्बाला" योन्देनले जवाफ दियो । "के हो सम्बाला भनेको ? आरतीले फेरी प्रश्न गरिन ।

"अचम्म डेनभरमा बस्ने मानीसलाइ सम्बालाको बारेमा थाहा छैन । म त्यही सम्बालाको दर्शनको लागी न्यु योर्क देखि आइ पुगेको छु । सियाटलबाट मेरा आफन्तहरु दुइहप्ता अघि नै आइ ध्यानमा बसेका छन ।"  "आरतीको कुरा छाडौँ मलाइ नै थाहा छैन ।" याङ्कीले पनि अचम्म मान्दै भनिन ।
 
अनि याङ्की र योन्देन केहीबेर आफ्नो मातृभाषामा गफिए । ग्रयान्ड क्याननका पहाडहरु जस्तै रातो पत्थरिलो पाहाडहरुको छेउबाट जादै थिए उनिहरु । योन्देनले गाडीको थर्ड रो बाट आफ्नो क्यामराहरु निकाल्यो । "मरिनले मेसिनगन चलाए जस्तै चलाउछ यस्ले क्यामेरा । बि केय्रफुल लेडिज ।" शिद्धार्थले होसियार गरायो याङ्की र आरतीलाइ । याङ्की निकै उत्सुक आँखाहरुले योन्देनको गतिबिधीलाइ नियाली रहेकी थिइन । योन्देनले बोहोनी नै आरतीको तस्बीर लिएर गर्यो अनि साँच्चै अनगिन्ती ल्किक ल्किकको आवाज मात्रै सुनेर बसे उनिहरु । प्रोफेसन नै फोटो ग्राफी भएको मानिस पर्यो उ । कसैको अनुहार बाँकी राखेन । कुनै दृष्य छुटन दिएन ।

सम्बाला लेखिएको कलात्मक साइनबोर्ड लाइ देब्रे पारेर बाक्लो सल्लाघारी भित्र गाडी छिर्ने बित्तिकै एउटा बेग्लै सँसारमा प्रवेश गरेको अनुभूति  भइ रहेको थियो याङ्कीलाइ । "कस्तो अलौकिक र आध्यात्मिक बाताबरण, शाक्षात बुद्धको बासस्थान जस्तो ।"  आरतीले आफ्नो मनको भाब ब्यक्त गरिन ।

वरिपरीको दृश्यहरुले उनको मनमा साच्चै अनौ�� ो प्रभाब पारी रहेको थियो । घरी घरी जंगलको घुम्तीहरुमा गाडी मोडिदा स्तुपाको सुनौलो गजुरसंग �� ेस लाग्थ्यो आँखाहरु अनि याङ्की आफ्नो जपमाला निकालेर  'ऊँ माने पेमे हुँ' जप्न थाल्थीन । शिद्धार्थ  भने छक्क परेर याङ्कीलाइ घरि घरि हेरी रहन्थ्यो । दम्स्याइलो परेको पाखाभरि धुपी र सल्लाका रुखहरु चीर ध्यानमा उभिएका थुप्रै सन्तहरु झै लाग्दथ्यो । ध्यानमा बस्न आउनेहरुको क्याम्पहरु जंगल भित्र छरिएका थिए तर कतै हल्ला थिएन । पार्किङ्ग लटमा गाडी रोकिएपछि ओर्लने बित्तिकै पहिले नै सल्लाह गरे जस्तै याङ्की र आरती दुबै आँखा बन्द गरेर स्तुपालाइ प्रणाम गरि ध्यान मग्न भए । अनि योन्देनले एक क्षण पनि नबिराइ दुबैको त्यो भक्ति मुद्राको तस्बीरहरु मनग्गे खिच्यो । धर्म र आस्थाको कारणले याङ्की अति रोमान्चित हुनु स्वभाबिक थियो तर उ भन्दा पनि बढी आरती त प्रबेश द्धारको संघारमा पुगेपछि फेरी उभिएर ध्यान मग्न भइन । हातमा जपमाला थिएन ओ�� मा कुनै मन्त्र थिएन खाली उनका सुन्दर आँखाहरु यसरी बन्द थिए मानौ उनी तपस्यामा वर्षौं देखि त्यहीँ त्यसरी नै बसिरहेकी हो ।

अचम्म अनायास आरतीको बन्द आँखाको पर्दा भित्र एउटा दिब्य ज्वती स्तुपाको मुल ढोकामा प्रकट भयो । साँच्चै नै एउटा दियो जस्तै दिब्य ज्योती आफैतिर आइ रहेझै देखिन उन्ले र उनको नजिकै आइ सायद उन्को आत्मा संगै बिलिन भए जस्तै लाग्यो उनलाइ । आरती झसंङ्ग भइ बिउँझिदा योन्देन बिलकुल उनको नजिकै उभिएर उनको त्यो चीर ध्यान मुद्राको तस्बीर खिची रहेको थियो । अली कस्तो कस्तो धङ्ग धङ्गी लागे जस्तो भएर उनले दुबै हातले योन्देनको पाखुरा समात्न पुगिन । योन्देनले उनको चेहराको रङ्ग हेरेर नै उनलाइ केही भएको आभास पायो र बिस्तारै उन्लाइ सहारा दिएर स्तुपाको एउटा सिँढीमा बस्न सघायो ।

"आर यु अलराइट"

योन्देनको प्रश्नको कुनै जवाफ नदिइ ल�� ्�� परेको आँखाले उनी योन्देनलाइ हेरी मात्रै रहेकी थिइन । क्यामेराहरु भुइमा राखेर योन्देन आरतीको बिल्कुल सामुन्ने टुक्रुक्क बसेर उनको हातलाइ आफ्नो दुबै हात भित्र राखेर सुमसुम्याइ रहेको थियो । एक अर्काले हरेक पल्ट स्वास फेर्दा निस्कने वाफहरु संयुक्त भएर हावामा बिलिन हुदै थिए । मन देखि मन सम्मको दुरी एकदमै नजिक भै सकेको थियो । आफ्नो अनुहारमा आएको केशहरुलाइ योन्देनले हटाइ दिदाको आनन्दको अनुभुती आरती अघिको त्यो दिब्य ज्योति आफुमा बिलिन हुँदाको आनन्दसंग दाँजी रहेकी थिइन । यस्तो अपार आनन्दको अनुभुती जिवनमा पहिलो पल्ट गरि रहेकी थिइ आरती । बिस्तारै उनिहरु स्तुपाको भर्याङ्ग चढन थाले । याङ्की र शिद्धार्थ दुबैजना स्तुपा भित्रको भगवान बुद्धको बिशाल मुर्ति अघि ध्यान गरी रहेका लामाहरु संगै बसेर ध्यानमा मग्न थिए । योन्देन र आरती पनि उनिहरुको पछाडी त्यसरी नै आसन जमाएर ध्यान मग्न भए ।

लामाहरुले उच्चारण गरिरहेको मन्त्रहरुको ध्वनी यति आनन्ददायी थियो कि आँखा खोल्दा भगवानसंग साक्षात्कार भएको आनन्द अनुभब गर रहेका थिए सबै जना । याङ्की र आरती अलि पहिला निस्किए । योन्देन बाहिर निस्कदा शिद्धार्थ स्तुपाको परिक्रमा गरी रहेको थियो । आरती र याङ्की भने निकै पर एउटा छोर्तेन जस्तै �� ाउँ जहा थुप्रै ध्वजापताका फरफराइरहेका थिए,  उभिएर स्तुपालाइ नै निहाली रहेका थिए । अनायास  शिद्धार्थ योन्देनको नजिकै गयो र भन्यो
"मैले जिवनमा याङ्की जत्तिको सुन्दर केटी कोही देखेको छुइन । तँलाई कस्तो लाग्छ ?"

उनीहरुकै तस्बीर खिचीरहेको योन्देनले भन्यो "त्यसमा केही शंका छैन । उ बास्तबमै अति सुन्दर छे तर आरतीको रुपमा झन धेरै चुम्बक छ । यस्तो सुन्दरता बाहिरी आँखाले झट्ट देखिदैन । म त आरतीको रुपमा एउटा दिब्य ज्योति टल्किरहेको देख्छु । उनले आफ्नो अद्वितीय रुपलाइ नसुहाउने पहिरनहरु लगाएर ढाक छोप गरेकी छे । तर मेरो आँखाबाट उन्को सुन्दरता लुक्न सकेको छैन ।"

"भयो गफ नदे। सैयौं मोडेलहरुसंग उ�� बस हुन्छ तेरो तैपनी सुन्दरताको परिभाषा अझै बुझेको रहेनछस ।" खै कोनी किन चिढियो शिद्धार्थ  । जिल्ल पर्यो योन्देन । आरतीको रुपको प्रशंसा गर्दा शिद्धार्थलाइ मन नपर्नुको अर्थ उ याङ्कीको प्रशंसा मात्रै सुन्न चाहन्छ भन्ने बुझ्न उसलाइ गाह्रो भएन ।
"तलाइ याङ्की मन पर्यो भन्दैमा सबैले उनको रुपको प्रशंसा गर्दै हिडन जरुरी छ ?" योन्देनले पनि झोक्किएर प्रश्न गर्यो ।

जवाफमा शिद्धार्थ हाँस्दै सिडी ओर्लन थाल्यो । योन्देनले त्यहीबाट फोन गरेर सियाटलबाट आएका आफ्ना आफन्तहरुको क्याम्प पत्ता लगायो । अनि उनिहरु सबै त्यतै लागे । ग्राइन्डरमा बनाएको शेर्पा चिया सारै मि�� ो लाग्यो आरतीलाइ थपी थपी पिइन । याङ्की त तिब्बती समुहमा विलीन जस्तै भएकी थिइ । तर आरतीलाइ पनि बिशेष महत्य दिदै योन्देनले आफ्नो परिवारसंग परिचय गरायो । शायद दिदी हुनपर्छ  । योन्देनले आफ्नो क्यामराबाट आरतीको ध्यान मुद्राको तस्बीरहरु उनलाइ देखायो र उन्को राय बुझ्न चाहे जस्तै गर्यो । उनले स्वीकृतीमा केही बोलेपछि योन्देनले दङ्ग पर्दै उनलाइ ढोग्यो ।

फर्किदा बाटोमा अध्ययन र कामको विषयमा केंद्रित भयो उनिहरुको गफहरु । आरती एक दुइ हप्ता एस्पेन बस्ने भएपछि याङ्कीलाइ क्यासल रकको नयाँ स्टोरमा सघाउने भयो शिद्धार्थले । पैसा राम्रो पाउने भएकोले आरती दङ्ग थिइ झन याङ्कीको त भुइमा खुट्टै थिएन । जीवनमा पहिलो पल्ट काम गर्दै थिइ र त्यो पनि आफुलाइ मन परेको मानिससंग काम सिक्न पाउनु कम आनन्दको कुरा थिएन । भोली पल्ट साँझ उनिहरु सबै योन्देनलाइ बिदाइ गर्न एअरपोर्ट गए । बिदाइ जहिले पनि नमि�� ो नै हुन्छ । यस्तो लाग्दथ्यो आरती संगको बिछोड सहन योन्देनलाइ निकै गाह्रो भैरहेको छ । बास्तवमा आरतीले पनि आफ्नो मनलाइ निकै दरोसँग सम्हालेकी थिइन । योन्देनले प्लेन भित्र छिर्नु अघि आरतीलाइ टेक्स्ट मेसेज लेख्यो "सायद म तिमीलाइ भेटन चाडै आउने छु ।"

आरतीले पनि हतार हतार जवाफ लेखिन "म त्यो दिनको प्रतिक्षा गरेर बस्ने छु ।"

यहि त हो मायाँ भनेको ढुक्क भएर गयो योन्देन ।

कलेज बन्द भएपछि आरती एस्पेन गइ । रोहण झन रमाइलो र सहयोगी थियो। उस्ले आरतीलाइ बस्नको लागि आफ्नै कोठा दियो । यता ब्रेकनरिजमा अर्कै मानिसलाइ राखेर शिद्धार्थ याङ्कीलाइ क्यासल रकमा सघाइ रहेको थियो । एक अर्काको छाँया जस्तै दुबै एकछिन छुटेका थिएनन । समय बित्न कत्ति पनि गाह्रो भएन । एक साँझ  संधै जस्तै स्टोर बन्द गर्ने बेलामा शिद्धार्थ आउन सकेन अनि उस्ले दिएको ठेगाना आफ्नो गाडीको नेभिगेटरमा राखेर याङ्की आफै शिद्धार्थलाइ भेटन गइन । धेरै टाढा पनि थिएन । हाइटमा भएको एउटा भब्य घरको अगाडी पार्क गरिन गाडी र बेल बजाइन । शिद्धार्थले उनलाइ एउटा भब्य लिभिङ्ग रुममा पुर्याएर आराम गर्न भन्यो । तर याङ्कीभने लिभिङ्ग रुमको ठुलो झ्याल अघि उभिएर बाहिरको दृश्य हेर्न थालिन । हिउँले ढाकिएको पाख माथि कालो पत्थरको क्यासल रक बास्तबमा एउटा भब्य दरबारको भग्नाबशेष जस्तै देखिन्थ्यो ।

"कता कता टिबेटको कुनै मोनास्ट्रीको भग्नाबशेष जस्तै लाग्छ मलाइ यो क्यासल रक ।"  याङ्कीले भनिन । उनको नजिकै जादै शिद्धार्थले भन्यो "तिमीले भग्नाबशेष भन्यौ तर म त त्याहा जिवन देख्छु । यस्तो लाग्छ त्यो एउटा भब्य दरबार हो जुन कडा पहराहरुको कारण सामान्य मानिसहरुको पहुचबाट अलग्गै छ ।"

" इंट्रेस्टिंग ! अनि अरु के देख्छौ त्याहा ?"  याङ्कीले शिद्धार्थको आँखामा आँखा राख्दै प्रश्न गरिन ।

"एउटी अति सुन्दर राजकुमारी हुन सक्छ अप्सरानै त्यस भित्र कैद छे । म याहा बसेर घण्टौ उनको गतिबिधीलाइ कल्पनामा महसुस गर्छु । कहिले काही त उनी मलाइनै चियाएर हेरी रहेकी छे जस्तो लाग्छ ।" शिद्धार्थ  क्यासल रकलाइ एकोहोरो नियालेर यसरी बोली रहेको थियो मानौ उ अहिले पनि त्याहा तिनै क्यासल रककी अप्सरालाइ देखिरहेको छ ।

"ठिक यतिबेला कस्तो लागि रहेको छ ?" याङ्कीले फेरी सिधै उनको आँखामा हेरेर प्रश्न गरिन ।

"यस्तो लाग्छ मेरो वर्षोंको प्रतिक्षाको अन्त्य भएको छ र क्यासल रक भित्रको अप्सरा बिल्कुल मेरो सामुन्ने उभिन आइ पुगेकी छिन । सायद तिमीनै त्यो अप्सरा हौ ।" याङ्कीले अनायास शिद्धार्थलाइ आफ्नो अँगालोमा बाँधिन । हजार भोल्टको करेन्ट लागे झैं भयो शिद्धार्थलाइ र उ चुपचाप उन्को अगालोमा बाधीएर उनको मुटुको धडकन गन्न थाल्यो । मौसम झन बिग्रदै गयो । हिउँ यती धेरै पर्यो कि उनीहरुको आँखाबाट हराइ सकेको थियो क्यासल रक ।

भोली पल्ट बिहान आँखा खुल्दा याङ्कीले आफुलाइ अस्तब्यस्त रुपमा  सिद्धार्थको बेडमा पाइन । यता उता हेरिन  । सिद्धार्थ त्यही उन्को छेउमै पल्टी रहेको थियो । अनायास उन्को मुटुको धडकन बढ्यो र उनी आफ्नो कपडाहरु लिएर वाथरुमतिर दौडिइन । सावर लिएर तैयारी भै फर्किदा पनि सिद्धार्थ अझै निस्लोट पल्टिरहेको थियो । अनायास याङ्कीको आँखा बेड सगैको पर्खालमा भएको एउटा तस्बीरमा पर्यो जसलाइ केही खादाहरुले छोपेको थियो । उनि बिस्तारै त्यो तस्बीरको सामुन्ने उभिन पुगिन । अलि अलि काँपी रहेका हातहरुले खादाहरु ह्टाएर तस्बीरलाइ नियालिन ।आफ्नो कोठामा आफुले त्यसरी नै सजाएर झुण्डाएको बिल्कुल एउटै फोटो उन्को आफ्नै हजुर बा को तस्बीरलाइ त्याहा देख्ने बित्तिकै उन्को छाती ढक्क भयो र उन्ले दुबैहातले आफ्नो मुखलाइ यस्तरी छोपिन मानौ उनको मुटुनै बाहिर निस्कन लागिरहेको छ र उनी रोक्ने प्रयास गरि रहेकी छिन । मनमा अनेक शंका उपशंका सहित काँपी रहेको आफ्नो शरिरलाइ जेनतेन सिद्धार्थको छेउमा पुर्याइन र त्यही छेउमा बसेर रुन थालिन ।

सिद्धार्थको निद्रा बिथोलियो र याङ्कीलाइ त्यसरी रोइ रहेको देखेर केही हद सम्म आफुले अपराध नै गरेको महसुस गर्दै चुपचाप टोलाइ रह्यो । अचानक याङ्कीले उस्को हात समातेर त्यो तस्बीरको अगाडी पुर्याइन र आक्रोसपुर्ण स्वरले सोधिन "कस्को तस्बीर हो यो ?"  आफ्ना बिस्मीत आँखाहरुले अचम्म मान्दै याङ्कीलाइ नियाल्दै सिद्धार्थले भन्यो "मेरो हजूर बा को ।"

याङ्की भक्कानिएर रुदै बाहीर दौडिइन । जील परयो सिद्धार्थ । केही बुझ्न सकेन । हतार हतार कपडा फेरेर बाहिर निस्कदा उनी गाडी स्टार्ट गरेर टाप ठोकी सकेकी थिइन । सिद्धार्थ  चुपचाप टोलाएर हिउका बाछिटाहरु फाल्दै गइरहेको उन्को गाडीलाइ हेरिरहयो । आफ्नो गह्रुङ्गो पाइलाहरु घिसार्दै उ त्यही बाजेको फोटो सामुन्ने उभिन पुग्यो । उस्लाइ यति मात्रै थाहा थियो कि थुप्रै तिब्बतीहरुले आफ्नो अशंख्य धन सम्पती बाजेको सहयोगमा नेपाल छिराएका थिए तर ति मध्ये कति तिब्बतीहरु आफ्नो धन लिन उस्को बाजेको सम्पर्कमा आउन नसकेको कुरा उसले सुनेको थियो ।

दुइदिन सम्म लगातार कोसिस गर्दा पनि याङ्कीको फोन उठेन । सिधै उनको एपार्टमेन्टमा जाने साहस पनि सिद्धार्थ ले गर्न सकेन । आरतीसंग सम्पर्क गर्दा उल्टै उ याङ्कीको बारेमा सोधी रहेकी थिइ । याङ्की बास्तबमा भोली पल्टै स्वीट्जरल्याण्डको लागि उडि सकेकी थिइन । लुजानोको त्यो बिशाल तालको नजिकै बसेको एउटा शान्त बस्ति भित्र च्याल्सा हस्पिटलमा काम गर्ने एउटा स्वीस डक्टरसंग बिबाह गरि त्यतै घरजम गरेकी छ्यामाको घर भित्र पुगी सकेकी थिइन । याङ्कीको अप्रत्यासित आगमनलाइ आफुप्रतीको अगाध आस्था र मायाँ ठानिन् छ्रयामाले । याङ्कीको चन्चल स्वभाबहरुसँग परिचित उनी यस पल्ट याङ्कीलाइ यो गम्भिर मुद्रामा पाउँदा मनमा अनेक प्रश्नहरु खेलाउन थालेकी थिइन ।

याङ्की भने "एउटा नेवार केटाको र मेरो हजूर बा कसरी एउटै हुनसक्छ ?" भन्ने प्रश्नले आक्रान्त भएकी थिइ र एकनास जस्तै हजुर बा को उही तस्बिर भएको ठाउँमा गइ टोलाइ रहन्थिन । जीबनमा आफुले गर्ने पहिलो प्रेम नै अन्तिम पनि हुनेछ भनि सँकल्प जस्तै गरेकी उनी आफ्नो सपनाको राजकुमार सिद्धार्थप्रतिको प्रेम नै हाडनाता भित्र पर्न गएकोले निकैनिकै बिचलित पनि भएकी थिइन । उनको त्यो मनोदसा छ्यामाको आँखाबाट छिप्न सकेन । एकदिन बिलकुल हजुरबाको तस्बिर सामु उभिएर कल्पनामा हराइरहेकी याङ्कीको नजिकै पुगी चुपचाप उभिइन ।

याङ्कीले छ्यामाको चेहरा पनि नहेरी हजुर बाको बारेमा सबै सत्य तथ्य कुराहरु भन्न आग्रह गरिन । अन्तत् छ्यामाले रहस्यको पोको खोली दिइन । उनको हजूर बा ब्यापारको सिलसिलामा टिवेट गै राख्ने काठमाण्डौका एकजना नेवार नै थिए । छ्यामाले याङ्कीको केश सुमसुमाउदै भनिन "तिम्री आमा र म दुबै उहाँको छोरी हौं । तिब्बतमाथि चिनको अतिक्रमण तिब्र भएपछि वहाँ फेरि फर्केर आउनु भएन । हाम्री आमाले पनि हामीलाइ साथ लिएर पलायनको कठिन यात्रामा निस्किइन तर बिकट हिमश्रृङखलाहरु बिचको भिषण यात्रा उनले पुरा गर्न सकिनन । अन्तिम समयमा उनले हामीलाइ दिएको नासो मध्ये यही फोटो हामीले पछि परिवारको सबैलाइ पुग्ने गरि बनाएका थियौ ।" एउटा सिङ्गै इतिहास पल्टाइन छ्यामाले । उनले इतिहास संगसँगै आपुनो धर्म संस्कृति र परम्पराहरुको बारेमा पनि थुप्रै कुराहरु सुनाइरहेकी थिइन । याङ्की भनॆ छ्यामाको कुराहरु भित्र सिद्धार्थसँगको आफनो सम्बन्धको समाधान खोजिरहेकी थिइन ।

जीवन यात्राको त्यो सुगम राजमार्गमा अनायास आफुले लिएको एक्जिटले बास्तबमा आफुलाइ एउटा अन्योलपुर्ण बस्तिमा पुर्याएको वास्तबिक्तालाइ स्विकार्नु सिवाय उनिसँग अर्को बिकल्प थिएन । त्यही साँझ याङ्कीले धेरै दिन पछि पहिलो पल्ट आफ्नो आइफोन अन गरिन । त्याहा सिद्धार्थको आरतीको र योन्देनको पनि थुप्रै इमेलहरु उनको प्रतिक्षा गरेर बसेका थिए । ती सबै इमेलहरु पढिसकेपछि त्यो अन्योल बस्तीबाट पहिलेको फ्री वे मा जाने बैकल्पिक र्याम्प भेटेर्झै भयो याङ्कीलाइ । तर उनी भने अझैपनि अन्योलमै छिन अर्थात अनिर्णयका बन्दी झै भएर टोलाइ रहेकी छिन ………।


समाप्त
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |