हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बाँदरहरु खेति गर्दैनन्

डा. कविता राम श्रेष्, (का माण्डौ)

धेरै जन्तुहरु एउटा बुढो धोद्रो रुखका बोक्रा र जरामा तँछाड मछाड गर्दै दाह्रा उधिन्दै गरेका देखिए । गोधुलीँ साँझ थियो के गरेका हुन् स्पष्ट देखिएन । के जन्तुहरु हुन् ती भन्नेसम्म स्पष्ट भएन । छेउमा जान पनि डरमर्दो थियो । उनिहरु आफा आफैमा त दाह्रा हान्दै थिए भने हामी अर्का जातिकालाई के बाँकी राख्लान् ?

टाढैबाट रमिता हेरेँ । ङारङारङुरङुर, तँछाड मछाड, धकेलमधकेल- जात्रै थियो त्यहाँ ।

धकेलम धकेलबाट उछिट्टिएको एउटा जन्तु मेरै छेउमा पछारिन आइपुग्यो । मद्दत चाहिने हो कि म ट्वाल्ल उभिएँ । उसले मलाई हकार्यो   'के जात्रा हेरिरहेको ? बाँदरको मुख कहिल्यै देखेका छैनौ ?"

स्पष्ट भयो यिनीहरु बाँदर रहेछन् ।

अर्कै क्षण उसको व्यवहारमा परिवर्तन आयो - "अहो पत्रकारज्यू ! मैले त नचिनेको । चिन्नु पनि कसरी आफ्नो त ध्यानै खान्कीमा थियो । हेर्नुहोस् न बजियाहरुले बाजेको पालाको रुखको विजोगै गर्यो । पहिले सबै मिलेर फल खाइँदैथ्यो । पाकेको फल सकिएपछि काँचैमा सुरु गरे केही हन्तकालेहरुले । आफू मात्र किन पछाडि पर्ने मैले छाडेँ भने त्यो बच्ने वाला थिएन । यसैउसै नवच्ने भए पछि मैले पनि काँचै फल चिथोर्न लागेँ । त्यो पनि सकिएपछि त्यसको फूल नै खाइयो । फूल पनि सकिए पछि पातमा शूरु गरियो । पात पनि सकिए पछि हाँगातिर लागियो । हाँगा पनि सकिँदै गएपछि फेदतिरै लागियो । सन्तान यतिका छौँ मुख गाड्न पनि ाउँ नै भएन त्यसैले फेद र जरामा एकैचोटि लागियो । तै पनि सवैले मुण्टो जोत्न ाउँ नपाएर मारमार भइरहेको छ । गाँ े ! बलियाहरुकै मात्र दिन आएछ । हेर्नोस् त मलाई कसरी फालेका ।"

उदेखि मलाई माया लाग्यो- "तपाईहरु पनि कस्ता त बेलैमा फलको नयाँ विरुवा रोपे हुन्थ्यो नि !"

उ दाह्रा देखाउँदै झोँक्कियो- "तिमी पनि मूर्खै रहेछौ बाँदरले रुख रोपेको कतै देखेका छौ ? कि जिस्काएको हो हँ ? खोजेको हो ?

उसको डरलाग्दो दाह्रा देखेर म त थरर । झम्टिहाल्यो भने रेविज लाग्नेछ । बाँदर भनेर जान्दाजान्दै मैले उसलाई मान्छेको कोटीमा उकालेर व्यवहार गर्न नहुने । उसलाई व्यङ्गय दिएको अनुभुति भएछ । यत्तिखेर उन्मत्त बाँदरहरुकै हैकम छ । यो जात बडै सम्वेदनशील हुँदैन । क्या फसियो ! क्या सँकट ! म अकमकिएँ ।

उ ढलेको ढल्यै थियो । उ ्न सकिरहेको थिएन । करङै भाँचिएको हो कि ? मेरो मानवताले उसलाई हात दिन अह्रायो । त्यसो मात्र होइन हात नदिँदा पनि उबाट हुने खतरा आफ्नै ाउँमा थियो । हात त दिनै पर्ने भयो । तर उसको डरलाग्दो दाह्राले चिथरीनै हाल्ला कि भन्ने डर मनमा कतैनकतै भइ नै रह्यो । हात बढाउँ कि नबढाउँ संकोचमा म यसै उभिएर रहेँ । त्यो अशक्त बाँदरले हैकमी ओकल्यो- "के जात्रा देखिस् यहाँ ? भाग्छस् कि ीक गरुँ ?"

"तपाईँ" बाट "तिमी" अनि तिमीबाट "तँ"- अब त मेरो मानवतावादले पुरै हावा खायो । धन्य ! भाग्ने बाटो उसैले खोलीदियो "भाग्छस् कि ीक गरुँ" भनेर । ोकेँ कुलेलम आफ्नो समवेदनशीलतालाई कुल्चेर । पछाडि फर्केर हेर्दै हेरिनँ ।

किन मैले रेवीजको घर बाँदरहरुको चासो लिइराख्न पर्छ ? त्यो मरोस् कि बाँचोस् । त्योसँग म अब पूर्ण असबद्ध रहने भएँ । बाँदरहरुबाट मुक्त मान्छेको समाज किन हुन सक्दैन ? के तपाई हुनुहुन्छ मेरो साथमा मान्छेहरुको समाज निर्माणको लागि ? बुझ्नुहोस् बाँदरहरु आफ्ना घर बनाउँदैनन् । खेति गर्ने त कुरै छाड्नुहोस् । आउनोस् बुख्याँचा उ ाएर टीन टाउँदै बाँदरहरुलाई खेदौँ । यसै समयदेखि शूरु गरिहालौँ यो शुभ कार्य । अब त अचाक्ली नै भइसकेको छ- यो बाँदरे रोग सरेर भोलीका हाम्रा सन्तान पनि यस्तै विजोगको मरणमा नमरुन् ।



Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |