हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

मुक्तकको विकासमा पोखरेली आदिवासी जनजाति स्रष्टाको योगदान

असफल गौतम , (पोखरा)

प्राक्कथनः
पछिल्लो समय नेपाली वाङ्मयको क्षेत्रलाई मुक्तक विधाले आफ्नो कब्जामा राख्न सफल भएको साहित्यको प्राचीन विधा कविता कविताको छोटो लघुतम् रूप मुक्तक हो यसर्थ पनि यसरी कब्जामा राख्न सफल भएको हुनुपर्छ मुक्तकले दाल, तरकारी अचारसँगको भोजनमा चटनीको काम गर्ने गर्दछ त्यसैले मुक्तकलाई थोरैमा धेरै स्वाद दिने साहित्यिक परिकार मानिन्छ’ (गौतम, २०६७ :- १३) वर्तमानमा यसरी मुक्तकको पहिचान हुँदै जाँदा पोखरेली आदिवासी जनजाति स्रष्टाले मुक्तक लेखनमा पु¥याएको इतिहास लेखनको थालनी हुन नसकेको वेला लेख्न खोज्नु अध्याँरोमा ढुङ्गा हान्नु बाहेक केही नहुन सक्छ त्यो जान्दा जान्दै यस आलेखमा पोखरेली मुक्तक लेखनमा आदिवासी स्रष्टाहरूले गरेको योगदानलाई एउटा आँखिझ्यालबाट हेर्ने प्रयत्न गरिएको जसको विगत, वर्तमान भविष्य सुन्दर देखिन्छ सुन्दर भविष्य देखिएको पोखराको मुक्तक लेखनमा पोखरामा जन्मेका कुनै समय पोखरालाई कर्म भूमी बनाएका स्रष्टालाई सन्दर्भ सामग्री बनाएर अध्ययन गर्ने जमर्को यस अनुसन्धानमा गरिएको जसको शीर्षकमुक्तकको विकासमा पोखरेली आदिवासी जनजाति स्रष्टाको योगदानराखिएको प्रस्तुत आलेखमा नेपाल सरकारले नेपालका आदिवासी जनजातिहरू भनेर विभिन्न समूहमा विभाजन गरेका स्रष्टाका फुटकर प्रकाशित मुक्तक मुक्तक कृतिको सङ्क्षिप्त चर्चा गरिएको यस आलेखमा वर्तमानमा जहाँ रहे पनि पोखरामा जन्मेका स्रष्टाले लेखेको मुक्तकको बारेमा मात्रै चर्चा गरिएको वर्तमानमा अन्यत्र रहेका तर कुनै समय पोखरालाई कर्मभूमी बनाएर साहित्य सिर्जनामा लागेका स्रष्टाको नामावली पनि यस आलेखमा समावेश गरिएको प्रस्तुत आलेखमा विगतदेखि वर्तमानसम्म पोखरामा रहेर मुक्तक लेखनमा क्रियाशील स्रष्टाहरूका प्रकाशित मुक्तक, मुक्तक कृति उनले सम्पादन गरेका मुक्तक कृतिहरूको बारेमा मात्र अध्ययन गरिएको आदिवासी जनजातिको बारेका कुनै पनि परिभाषाहरू उल्लेख गरिएको छैन यी यस्ता सन्दर्भहरू यस आलेखका सीमाहरू रहेका छन्

विषयप्रवेश :
नेपाल सरकारले नेपालका आदिवासी जनजाति भनेर ५९ जातिलाई विभिन्न पाँच वर्गमा विभाजन गरेको जस अन्तरगत १० जातिलाई लोपोन्मुख १२ जातिलाई अति सिमान्तकृत समूहमा वर्गिकरण गरेको यस्तै २० जातिलाई सिमान्तकृत समूह, १५ जातिलाई सुविधा बन्चित समूह भनेर विभाजन गरेको यस्तै नेपाल सरकारले उन्नत समूह भनेर नेवार थकाली जातिलाई पनि आदिवासीको सूचीमा सूचीकृत गरेको नेपाल सरकारले कुसुण्डा, वनकरिया, राउटे, सुरेल, हाय, राजी, किसान, लेप्चा, मेचे कुसवाडियालाई लोपोन्मुख समूह भनेर वर्गिकरण गरेको पोखराको सन्दर्भमा यी लोपोन्मुख आदिवासी जातिको बसोबास पाइदैन यसैगरी अति सिमान्तकृत समूह भनेर सूचिकृत गरेका माझी, सियार ल्होमी (शिङसावा) थदान, धनुक चेपाङ, सतार (सन्थाल), थामी, झाँगड, बोट, दनुवार बरामू जातिको बसोबास पनि पोखरामा खासै रहेको देखिदैन सरकारले लोपोन्मुख अति सिमान्तकृत समूह भनेर वर्गिकरण गरेका जातिहरूको स्थायी बसोबास नरहे तापनि अपवादको रूपमा केही ज्यालादारी मजदूरी गरी अस्थायी रूपमा बसोबास गरेको अनुमान गर्न सकिन्छ कहीँ कतै ज्यालादारी, मजदुरी गरेर जीवन निर्वाह गरेको पाइए पनि उनीहरू साहित्य साधनामा लागेको पाइदैन

यस्तै सिमान्तकृत समुह भनेर छुट्याइएका सुनुवार, थारू, तामाङ, भूजेल, कुमाल, राजवंशी गन्गाई, धिमाल, भोट, दराई, ताजपुरिया, पहरी, तोक्पेगोला, डोल्मो, फ्रि, मुगाल, लार्के ल्होपा, दुरा बालुङ जस्ता २० जातिमध्ये यो समूहका केही जातिको पोखरामा बसोबास रहेको पाइन्छ यस जाति अन्तरगत थारू, तामाङ, भुजेल, दुरा, कुमाललगायतका जातिहरू सङ्गठित भएर आफ्नो जाति समाजको उत्थानका लागि क्रियाशील रहदै आएको पाइन्छ पोखराको सन्दर्भमा यहाँ बसोबास गर्दै आएका केही समय बसोबास गरेका आदिवासीहरूलाई हेर्दा सिमान्तकृत समूहसहित सुविधा बन्चित समूह उन्नत समूह अन्तरगतका आदिवासीहरू नै मुक्तक लेखनमा क्रियाशील रहदै आएको पाइन्छ पोखरेली मुक्तकलाई शिखरमा पु¥याउनका लागि सुविधा बन्चित समूहका आदिवासीहरूले उल्लेख्य योगदान पु¥याएका छन् सरकारले सुविधा बन्चित भनेर निधारण गरेका १५ जाति गुरूङ, मगर, राई, लिम्बु, छैरोतन, ताङबे, तीनगाउँले थकाली, बाह्रगाउले, मार्फाली थकाली, शेर्पा, याक्खा, छन्त्याल, जिरेल, व्यांसी ल्होल्मो जातिका आदिवासीहरूमध्ये, गुरूङ, मगरलगायतका जातिहरू नेपाली वाङ्मयको मुक्तक विधाको उन्नयनका लागि क्रियाशील रहेको पाइन्छ यस्तै उन्नत समूह अन्तरगत समावेश गरिएका नेवार थकाली समुदायका स्रष्टा साधकहरू पनि प्रयाप्त मात्रमा मुक्तक लेखन कृति प्रकाशनको साधनामा लाग्दै गरेको पाइएको

मुक्तकको
ऐतिहासिकता परिचय
:
हाम्रा रामायणका श्लोकहरू हाम्रो संस्कृत साहित्यका प्रमाण हुन् विगतदेखि वर्तमानसम्मको समयलाई हेर्दा संस्कृत भाषाको उल्लेख्य प्रयोगले हाम्रो नेपाली भाषालाई उचाईमा पु¥याउँदै आएको यस्तै मुक्तक लेखनलाई पनि संस्कृतको प्रभावले बलियो पकडमा राखेको हामीले पाएका छौं संस्कृत साहित्यमा द्विपदी, त्रिपदी चतुष्पदीय कविता ढाँचाका श्लोकहरू अझै हाम्रा सामु छन् हामीले सम्झेका छौं, ‘त्वमेव माता पिता त्वमेवःजस्ता हाम्रा वेद वेदान्तका कुराहरू यस्ता स्रोतहरू सँगसँगै फारसी, उर्दू हिन्दी साहित्यमा रूबाईका नामले मुक्तक लेख्ने गरेको पाइन्छ हामीहरू श्लोक भन्ने गथ्र्यौ भने उनीहरू रूबाई भन्ने गर्दथे’ (गौतम, २०६७ :- १४) रूबाई गजलको आगमन सँगसँगै अगाडि बढेको विधा मानिए तापनि यसको ऐतिहासिकतालाई हेर्दा जति उपलब्धी प्राप्त हुनुपर्ने हो त्यती हुन नसकेको पक्का हो

मुक्तकको बारेमा प्रष्ट धारणा दिने पहिलो ग्रन्थ भनेको अग्निपुराण हो’ (पराजुली, २०६७ : १०७) इसाको नवौं शताब्दीतिर लेखिएको मानिने यस कृतिले एक श्लोकमा रहने चमत्कारले युक्त पूर्ण कवितालाई मुक्तक भनेर परिभाषित गरेको पाइन्छ यसैगरी नेपालमा मुक्तकसम्बन्धी स्पष्ट धारणा प्रस्तुत गर्ने पहिलो व्यक्ति भनेका वासुदेव त्रिपाठी हुन् उनले कविताको लघुतम् रूपलाई मुक्तक भनेका छन् जसको पछिपछि मोहनराज शर्मा आएका छन् उनले पनि त्यस्तै खालको अभिव्यक्ति दिएका छन् यसरी विकास हुने क्रममा नेपालमा मुक्तक शीर्षकमा रचना लेखन प्रकाशन वि.. २०१० बाट मात्र भएको वि.. २०२० सालमा बनासरबाट प्रकाशितउजेलीपत्रिकामा कृष्णप्रसाद पराजुलीको मुक्तक शीर्षकमा रचना छापिएको देखिन्छ, भने शक्तिबल्लभ अज्र्याल (१७८११८६३) को वि.. १८३९ तिर लेखिएकातनहूँ भकुण्डोशीर्षकलाई दुई पद्य मानिएको त्यसपछि अलमोडा निवासी गुमानी पन्त (१८४७१९०३) देखापरेका छन् प्राथमिककाल, माध्यमिक काल हुँदै आधुनिक कालमा आउँदा बल्ल मुक्तकका कृतिहरू प्रकाशन भएका छन् यो समयमा लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ आदिले फुटकर मुक्तक लेखेको अध्ययनका क्रममा भेटिन आउछ यस्तै केदारमान व्यथितलेअग्निशृङ्गार’ (२०३९) मुक्तकसङ्ग्रह नै प्रकाशन गरेको पाइन्छ नेपालमा पहिलो प्रकाशित मुक्तकसङ्ग्रह भनेको टेकबहादुर नविनकोचोइटाहो यसैगरी उनकोमेरा केही चोइटाहरू’ (२०५०) प्रकाशन भएको देखिन आउँछ यस्तै दोस्रो मुक्तक कृति कृष्णप्रसाद पराजुलीकोसय थुँगा फूल’ (२०२४) भएको त्यसको पाँचौ संस्करणसम्म निस्केको थियो निरन्तर कृति निस्कने क्रम चल्दै जाँदा भिमनिधि तिवारीकोबत्तीसपुतली’ (२०२७) चाडबाड’ (२०२७) मुक्तक प्रकाशन भएका छन् अध्ययनका क्रममा भेटिन आउछ, कवि शक्ति बल्लभ अज्र्याल, जसले चतुष्पदीय मुक्तकहरू रचना गरेका थिए उनको जीवनकाल (१७७९१८६३) हेर्ने हो भने हामी हाम्रो मुक्तकको विकासक्रमले अपेक्षाकृत फड्को मार्न नसकेको अवस्था देखिन्छ, यस अर्थमा की आजसम्म हामी मुक्तक भनेको के हो ? भनेर ठोस आलेख तयार पार्न सकेका छैनांै जसले कृति प्रकाशन गरे पनि पहिलो हाम्रो मुक्तक लेखनको परम्परा हाम्रा संस्कृतका श्लोक नै हुन् संस्कृतकै रूपान्तरण मौलिक रूप धारण गर्ने समय आउँदा यसमा पाश्चात्य साहित्यको प्रवेशले पूर्वीय पाश्चात्य परम्पराबीच आफ्ना सिद्वान्त, शिल्प, चिन्तन मूल्यमान्यताको समिश्रणबाट विकासको गति अगाडि बढ्दै गएको हो हाम्रा पुर्खाहरूद्वारा लेखिएका महाकाव्य, खण्डकाव्य, नब्यकाव्य लघुकाव्य हुँदै जाँदा तीनका केही अंशहरू मुक्तक काव्य बनेर निस्केका हुन् आधुनिक कालको प्रवेश सँगसँगै सोमनाथ सिग्देल, भिमदर्शन रोक्का, हरिभक्त कटुवाल, भूपी शेरचन यादव खरेललगायतका स्रष्टासाधकहरूले सो परम्परालाई मलजल गर्दै आजको अवस्थामा आउनका लागि पूर्वाधार खडा गरेर छोडे हामी त्यसैको जगमा उभिएर मुक्तक लेखनेको इतिहासबारे रसास्वादन गरिरहेका छौं यो नै हाम्रो मुक्तक लेखनको ऐतिहासिकता हो

मुक्तकको सैद्धान्तिक परिचयतर्फ लाग्ने हो भने ‘‘मुच्धातुमाप्रत्यय लागेरमुक्तशब्द बनेपछि त्यसैमाप्रत्यय लागेर मुक्तक शब्द सिर्जना भएको यसको अर्थस्वतन्त्र वा नबाधिएकोभन्ने हुन्छ’ (गौतम, २०६७ :- १५) मुक्तक भनेकोपूर्वीय काव्यशास्त्रअनुसार समास नरहेको गद्य, कथासुत्रमा आबद्ध नभईकन हृदयगत भावलाई स्वतन्त्ररूपले अभिव्यक्त गर्ने गद्य कविता’’ (शम्र्मा, २०५८ :- १०७४) हो यस्तैकथासूत्रमा आबद्ध नभएको, हृदयको भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी तथा निरपेक्ष स्वतन्त्र कविता’ (पोखरेल अन्य, २०५५ :- १०२०) हो भनिएको संस्कृत साहित्यमा मुक्तक काव्य, प्रबन्ध काव्य भनेर दुई भेदको चर्चा मुक्तक काव्यमा एकश्लोकीलाई मुक्तक, दुई श्लोकीलाई युग्मक वा सन्दानितक, तीन श्लोकीलाई विशेषक, चार श्लोकीलाई कलापक, पाँच वा त्यसभन्दा बढी खण्डकाव्यभन्दा कम श्लोकीलाई कुलकजस्ता भेदमा राखेर हेरिएको पाइन्छ मुक्तक शब्दको व्युत्पक्ति तथा परिभाषाहरूलाई हेर्दा संस्कृत भाषामा देखिएका रचना पनि मुक्तक नै हुन् बाह्य भाषिक स्वरूपलाई हेरेर मुक्तकलाई लघुतम्, मानक, विस्तारित अतिविस्तारित मुक्तक भनी चर्चा गरिएको पाइन्छ पोखराको सन्दर्भमा सिकारू स्रष्टाहरूले चार लाइनबाहेक अरू ढाँचाका रचना मुक्तक होइनन् भन्ने भ्रम पालेका छन् आधुनिक गद्य संरचनामा लेखिएका मुक्तकका अनुच्छेदिय अभिव्यक्ति लामा भएका चतुष्पदीय अन्त्यानुप्रास मिलेको संरचनालाई सबैले मुक्तकको रूपमा स्वीकार्नुपर्दछ यो मानसिकताको विकास हुनुपर्छ भन्दैमा लामालामा पहिलो दोस्रो चौथोमा तुक नमिलेका लाइनहरू भने मुक्तक हुन सक्दैनन् चार पाउको संरचनामा खदिलो प्रस्तुति मात्र नभई पङ्क्ति सङ्ख्या भन्दा पनि अनुच्छेदीयरूपमा अनुप्रास मिलेको मुक्तक हुनुपर्छ हामी कहाँ जुन फारसीको रूबाईयात, उर्दूको सवाईको विकसित रूप हो त्यसले पक्कड जमाएको कारण त्यो प्रभाव पर्न गएको देखिन्छ प्रसङ्ग जस्तो रहे तापनि पहिलो पङ्क्तिमा विषयवस्तुको उठान, दोस्रोमा व्याख्या तेस्रोमा थप रोचकता चौथोमा समग्र समस्याको समाधान नै मुक्तक हो जसमा भाव वा विचारलाई मुक्त रूपमा छोडिन्छ त्यही मुक्तक हो
मुक्तकको स्वरूप प्रकार :
मुक्तक, हाइकु रूबाई उस्तै हो भन्नेहरू पाइन्छन् हाइकु मुक्तकबीच कतिपय समानता रहे पनि अक्षर संरचना रिक्तताले गर्दा मुक्तकसँग हाइकु दाँज्न मिल्दैन यसमा चर्को विभेद देखिने प्रचुर सम्भावना रहेको मुक्तकसँग जोडिएको रूबाई हो, रूबाई इरानको अत्यन्त प्राचिन कविताको रूप मानिन्छ पूर्व इस्लामिक समयदेखि यसको प्रयोग भएको बुझिन्छ यो , पङ्क्तिका अन्त्यमा समध्वन्यात्मक आवृत्ति वा अनुप्रास रहेको हुन्छ भने तेस्रोमा हुँदैन कसैले यसका , पङ्क्तिमा उपमाको प्रयोग हुने चौंथोले निष्कर्ष कथन गर्ने भनेका छन् कसैले पहिलोमा विषय परिचय, दोस्रोमा कौतुहलता, तेस्रोमा चरम चौथोमा प्रतिचरमोत्कर्ष हुने जनाएका छन् रूबाई एउटा शैली हो भने हामी कहाँ यस्ता शैलीहरू धेरै रहेका छन् वर्तमान समयमा मुक्तकका प्रकार कति छन् केके ? भनेर भन्न सक्ने अवस्था छैन अब हामी स्पष्ट हुनु जरूरी , हाम्रो मुक्तक लेखनको परम्परा संस्कृत साहित्य हो हिजोका संस्कृत साहित्यका स्रोतहरूबाट प्रभावित भएर चतुष्पदीय रचना सिर्जना गरेका हुन वर्तमान पुस्ताका सर्जकहरूले समयको विकास सँगसँगै त्यसको नाम मुक्तकमा परिणत भएको हो यस्तै हाम्रो मुक्तक लेखनको अर्को संरचना भनेको स्वतन्त्र संरचना हो पछिल्लो समय थपिएको रूबाई संरचना हो प्राचीन रूबाई छन्दमा लेखिन्थ्यो त्यसमा २४ वटासम्म बहर प्रयोग भएको पाइन्थ्यो बढीहजजनामक छन्द÷बहर प्रयोग भएको बुझिएको यसै कारणले गर्दा मुक्तक शैलीका रूपमा रहेको रूबाई मुक्तकसँग दिनानुदिन आत्मिय बनिरहेको जसले गर्दा पछिल्लो समयमा रूबाई मात्रै मुक्तक हो भन्ने भ्रम एकथरी जमातमा फैलिएको तर त्यो कदापि हुन सक्दैन वर्तमान समयमा लेखिने मुक्तकका केही संरचनाहरू निम्नानुसार अध्ययन गर्न सकिन्छ
:-
. संस्कृत संरचना

. स्वतन्त्र संरचना
. रूबाई संरचना

. संस्कृत संरचनाका मुक्तकः
मुक्तक लेखनको पहिलो खुडकिलो संस्कृत साहित्य हो विगतमा भन्नेहरूले जे जसरी परिभाषित गरे आफ्नो ठाउँमा अबको पुस्ता, साहित्यको अध्ययन, खोज, अनुसन्धान गर्ने अभियन्ताहरूले मुक्तकका संरचनाबारे प्रष्ट हुनु जरूरी रूबाई शैलीका चतुष्पदीय संरचना मात्र मुक्तक होइनन् हाम्रा संस्कृत साहित्यका ग्रन्थहरू पुराण, रामायण महाभारतलाई हे¥यौं भने हाम्रा वर्तमान मुक्तकका पहिलो स्रोत तिनै विषयवस्तु हुन् हेरौं एक श्लोकः
सीता लक्ष्मण सहित् गरी रामलाई
भोजन दिन्छु भनि खुप सित चिज बनाई
भोजन गराई रधुनाथकि जानि माया
ताहाँ सपत्नि भइ रामकि कीर्ति गाया (रामायणः ५५)
आजको मुक्तक लेखनको पहिलो आधार नै संस्कृत साहित्य हो नेपाली साहित्यमा आयातित विधाहरू प्रसस्त मात्रमा आए त्यस्तै गरेर रूबाई संरचना पनि नेपाली मुक्तकको संरचनासँग मिल्न आएको मात्रै हो हाम्रो पहिलो मुक्तक लेखनको प्रभाव भनेको नेपाली संस्कृत साहित्य नै हो भन्छन् वर्तमान सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ सरूभक्त पनि

. स्वतन्त्र संरचनाका मुक्तकः
संस्कृतको चतुष्पदीय एक श्लोकको शैलीभन्दा केही भिन्न अर्को संरचना भनेको स्वतन्त्र संरचना हो संस्कृत साहित्य परम्पराबाट आएको मुक्तकको पहिलो संरचनापछिको मुक्तकको अर्को संरचना स्वतन्त्र संरचना हो जसमा चतुष्दपदीय संरचना मात्र होइन जसले व्यक्त गर्न खोजेको भाव व्यक्त हुनुप¥यो हेरौं साहित्यकार सरूभक्तको बन्द खामभित्रको एक मुक्तकः

जन्माईए
हाहाकारमा परे
मरे (सरूभक्त, २०३५ :- १३)
यो मुक्तक साहित्यकार सरूभक्तले लेखेका हुन् यसलाई के मान्ने ? जुन २०३५ सालमा प्रकाशन भएको बन्द खामभित्र मुक्तक सङ्ग्रहमा समावेश जसले व्यक्त गर्न खोजेको भाव व्यक्त गरेको या छैन ? यसलाई मुक्तक मान्ने या नमान्ने ? यो छोटो कविता भन्नु रूबाई, हाईकु भन्नु जसले भन्न खोजेको कुनै पनि कुरालाई बाँकी राखेको छैन यसैगरी तेजनाथ घिमिरेको एक स्वतन्त्र संरचनाको मुक्तक हेरौं :-
मान्छेले युद्धका बीज लगेर घर छर्दछन्

धमिला फुत्त निस्केर मोर्चामा युद्ध गर्दछन्
हो हामी राजनेता हौं, तमासामात्र हेर्दछौं
क्रान्तिको उपलब्धिमा लाशै मात्र ततेर्दछौं (घिमिरे, पुस्तकमा मिति नभएको : ३८)
हाम्रा हिजोका धर्मग्रन्थ, वेदजस्ता ग्रन्थहरूमा लेखिएका चार लाइनका हरफहरूलाई हामी मुक्तकको संरचनामा देखेका छौं किनभने आजको मुक्तक लेखन हाम्रो संस्कृत साहित्य वेद वेदान्तको प्रभाव हो आजको समयमा हाम्रा मुक्तकहरू कुन हो होइन भन्दा पनि कुन संरचनाको मुक्तक हो भन्ने कुराको निर्धारण हुनु आवश्यकताको विषय बनेको
. रूबाई संरचनाका मुक्तकः
संस्कृत साहित्य परम्पराबाट आएको मुक्तकको एक रूप, संस्कृतको चतुष्पदीय एक श्लोकीय शैलीभन्दा केही भिन्न अर्को स्वतन्त्र संरचना सँगसँगै उर्दु फारसीबाट आएको अर्को रूबाई संरचना हो रूबाई लेखनमा वर्तमानमा सुरूका नियमहरूलाई बिस्तारै वेवास्ता गर्दै आएको देखिन्छ उर्दूकाइकवालले जुन नियमको पालना गरेका छैनन् रूबाई शैलीको प्रयोग गर्ने सन् १०४८ मा जन्मेर सन् ११३२ मा जीवनलिला समाप्त भएका चर्चित फारसी भाषाकाअबुल फलह उमर बिन इबाहीन अल खय्यामीहुन् उनका मुक्तकलाई फिट्जेराल्डले सन् १८५९ मा अङ्ग्रेजी भाषामा अनुवाद गरेर बेलायत अमेरिकामा लोकप्रिय बनाइएको थियो हाइकुमा जस्तै नियम मुक्तकमा भए पनि कतिपयले रूबाईलाई हाइकु जस्तै अलग्गै मुक्तक मानेको पाइन्छ हामी कहाँ रूबाई हजजबहरको उमर खैय्यामको पालाको जस्तो
उमर खय्यामीको शब्दमा रूबाई
रूबाई एक काव्य विधाका नाम है, रूबाई अरबी शब्दा रूबा सेनिकला है जिसका अर्थ होता है चारःरूबाई चार पङ्क्तियो की कविता है जिसकी पहिली दो और चौथी पंक्तिया तुकात्मक हाती है और तीसरी लाइन आजाद रखी जा सकती है डाक्टर इकबाल की एक रूबाई हैः

रगों में वो लह् बाकी नही है
वा दिल वो आरजु बाकी नही है
नमाजो रोज कुर्बानिओ हज
ये सब बाकी है बाकी नही है
उमर खैयाम से बच्चन तक (खैयाम और मधुशाला)

इस छद के बारे मे कहा जाता है २५१ ईसबी सन मे अरब के एक इलाके मे सुल्तान याकूबका लड्का गोलियो से खेल रहाथा एक गोली के लुढकने पर उसले खुशी मे कुल लफ्ज कहे थे इन लफ्जो मे एक खास लय थी उस समय के शायर रोदकी ने इसीलय मे तीन पङ्क्तिया जोड दी और इस तरह रूबाई और इसका छद बजूदमेआया
माथि उल्लेख गरिएको भनाई उमर खय्यामीको हो नेपाली साहित्यमा गजल आयो, गजलकै रूपमा बस्यो रूबाई आयो रूबाईको रूपमा बस्न सकेन जसले मुक्तकसँग मितेरी लगाउन पुग्दा केही असहज स्थिति अवश्य पैदा भएको हो नेपाली संस्कृत संरचनाको मुक्तक लेखन परम्परा नै ओझेलमा पार्ने प्रयात्न त्यही संरचनामा रम्नेहरूले गरेका हुन् जस्तो अवस्थाको सिर्जना भए तापनि नेपाली मुक्तक लेखनको पहिलो स्रोत संस्कृत साहित्य हो यसरी मुक्तकको कुरा जे जसरी गरे तापनि हामीले शक्ति बल्लभ अज्र्याल (१७८११८६३) ले लेखेका चतुष्पदीय रचनालाई मुक्तकको शीतबिन्दु जनाएका छौं त्यसपछिका दिनमा चतुष्पदीय संरचनामा रहेर मुक्तक लेख्ने अग्रज (२०१६ तिरबाट) भीमदर्शन रोक्का हुन् यसर्थ भिमदर्शन रोक्कालाई चतुष्पदीय संरचनाका मुक्तकका जन्मदाताको रूपमा उल्लेख गर्ने गरेको पाइन्छ
पोखरेली मुक्तक लेखनको विकासक्रम
पोखरा मुक्तकका लागि उर्भर भूमी हो कयौं मुक्तककार यही माटोमा हुर्के बढे, वर्तमानमा धेरै मुक्तककारहरू क्रियाशील रहदै आएका छन् यस आलेखको मूख्य विषयवस्तु आदिवासी जनजाति स्रष्टा भए तापनि पोखरेली मुक्तक लेखनको विकासक्रम केही उल्लेख गर्नुपर्ने हुन्छ पोखरेली मुक्तक लेखनको प्रारम्भिक चरणका गै्रह आदिवासी मुक्तककारमा लेखनाथ पौड्याल एक हुन् उनकोलालित्य भाग ’ (२०२४) मा प्रकाशित कविता सङ्ग्रहहरूमा चतुष्पदीय मुक्तकहरू रहेका छन् जुन कृतिमा राधाकृष्ण (पृष्ठ :- ३०), को ? को ? (पृष्ठ :- ४९), सत्य सन्देश शीर्षकमा (पृष्ठ :- ५२, ७७, ८२, ९५, ११६ १२३), विवेक वाटिकाको सानो फूल (पृष्ठ :- ५६), पिंजडाको प्यास मैना (पृष्ठ :- ६०), संसारको स्वरूप (पृष्ठ :- १०८), अध्यात्म वाटिकाको सानु सुगन्धी फूल (पृष्ठ :- १११), कुँचो (पृष्ठ :- १३५), गरी १३ वटा मुक्तक रहेको छन् हेरौं चतुष्पदीय सत्य सन्देश शीर्षकको एक रचना :
भर्दाभर्दै हजारौं विषय सुखघडा देह लंतन्न पर्दा

झर्दा सम्पूर्ण सेखी, तुजुक, पवनले निस्कने जोड गर्दा
सर्दा आपस्त गर्दै पर पर धमिलो नाचको अन्त्य पर्दा
गिर्दामा साथ जाने कुनुन चिज हुन ? सम्झ ती काम गर्दा (पृष्ठ : ९५)
लेखनाथपछि भोलानाथ पराजुली, रत्नदेव शर्मा, गोपाल वैद्य, केदारनाथ उपाध्याय, भूपी शेरचन, अलि मियाँ, वैरागी काईला, मोहनशिमांशु थापा, नीरवक्रम प्यासी, यादव खरेल, धीरेन्द्र मल्ल, कालिप्रसाद रिजाल, हरिभक्त कटुवाल, रत्नशमशेर थापा, ऋषिराम भूसाल, दिल साहनी, बुँद राना, तारानाथ पाखे, मुकुन्दशरण उपाध्याय, तेजनाथ घिमिरे, दीपक सोतीजस्ता मुक्तककारहरू निस्केका छन् पोखरा मुक्तक लेख्नका लागि मात्र नभएर मुक्तक सुन्नका लागि पनि प्रिय ठाउँ हो विभिन्न समयमा टिकटमा मुक्तक सुनाउने कार्यक्रम हुँदै आइरहेका छन् यस्तै पछिल्लो समय मुक्तक संरचनामा देखिएको विवाद अन्त्यका लागि पोखरामै गोठी आयोजना गरेर पोखरा घोषणापत्र जारी गरिएको अवस्था नेपाल मुक्तक प्रतिष्ठानको आयोजना मुक्तक मञ्च पोखराको सहकार्यमा २०७० सालमा पोखराको नगर प्रशिक्षण केन्द्र नदीपुरमामुक्तकको रचना विधान विषयक वृहत कार्यशाला गोष्ठीको आयोजना गरियो, माघको दोस्रो हप्ता २०७० माघ १७ १८ गते उक्त कार्यशाला गोष्ठीले जारी गरेको मुक्तकको रचनाविधान पोखरा घोषणापत्रका पा बुदा निम्नानुसार रहेका छन्
वर्तमानमा नेपाली साहित्यमा मुक्तक अत्यन्त लोकप्रिय रचना भएकाले यसको समुन्नयन स्तरिकरणका लागि गम्भीर विमर्शका साथ कार्यहरू गर्ने, मुक्तकको विषय, संरचना शैलीमासमेत नवीन प्रयोगहरू देखिरहेका सन्दर्भमा त्यस्ता स्तरिय मुक्तकहरूलाई सम्मान गर्दै वर्तमानमा लोकप्रिय रहेको चतुष्पदी (चार हरफे) आयाममा विस्तारित मुक्तकलाई मानक स्वरूप प्रदान गर्ने, नेपाली मुक्तकमा संस्कृत साहित्यको चतुष्पदी श्लोकी शैली, अरबी फारसीमा प्रचलित रूबाईयात अग्रेजीमा प्रचलित क्वाट्रेन गद्य कवितात्मक शैलीका साथै नेपाली लोक लयात्मक शैलीसमेतको अन्र्तविमर्शबाट विकसित नेपाली मुक्तकमा मौलिकपनको खोजीका लागि प्रयास गर्ने, लघुतम् कविताका विविध रूप हाइकू , तांका, दोहा आदि छोटा कविता आफ्नै नामले परिचित भएकोले त्यस्ता रचनालाई मुक्तक अन्तर्गत नराख्ने
क्रमश :- पछिल्ला पङक्तिहरूमा उत्तरोत्तर भावोत्कर्ष हुनु अन्तिम पङ्क्तिले विचार, कथ्य वा भावको पटाक्षेप गरी रहस्यको उद्घाटन गर्नु नै मुक्तकको निजत्व भएकोले यस प्रकारका मुक्तक रचनामा जोड दिने
यसरी मुक्तक लेखनको शृङ्खलामा देखिएका विवाद समाधानका लागिसमेत पोखराले उल्लेख्य योगदान पु¥याउँदै आएको सन्दर्भमा आजसम्म आइपुग्दा झण्डै पाँच दर्जनको हाराहारीमा एकल संयुक्त सङ्ग्रह प्रकाशन भएका छन् विभिन्न साहित्यिक सङ्घसंस्थाहरू गठन भएका छन् विभिन्न समयमा मुक्तकसम्बन्धी कार्यशाला गतिविधी गदै आएका छन् पोखराका सम्पूर्ण छापा तथा विधुतीय सञ्चार गृहहरूले मुक्तकको उत्थानमा ठूलो भूमिका खेलेका छन् विभिन्न साहित्यिक, सामाजिक, शैक्षिक, राजनैतिक सङ्घसंस्थाका मूखपत्रहरूले यसको विकासक्रममा थप योगदान पु¥याएका छन् पोखरा घोषणापत्रले मुक्तकको मानक रूप रूबाईलाई मान्ने भने तापनि विगतमा मुक्तक भनेर प्रकाशन गरिएका मुक्तक, मुक्तक नै होइनन् भन्ने आसय भने घोषणापत्रमा समावेश छैन यसर्थ पछिल्लो समय रूबाई संरचनामा मुक्तक खेलेको राम्रो भन्ने सन्देश प्रवाह भएको एकातर्फ केन्द्रिय तहबाट साहित्यकारहरू मुक्तकको विवाद समाधानका लागि पोखरा रोज्ने, अर्कोतर्फ मुक्तकको उत्थानका लागि पहिला पोखरामा नै संस्था स्थापना हुनुले पनि पोखरेली मुक्तकलाई उचाईमा पु¥याएको किनकी मुक्तकको विकासका लागि मुक्तकको उत्थानका लागि भनेरैमुक्तकको उत्थान हाम्रो अभियानभन्ने उद्घोषका साथमुक्तक मञ्च’ (२०६४ जेठ) पोखराको जन्म भएको जसका संस्थापक अध्यक्ष मुक्तककार गोविन्द गिरी रहेका छन् जसमा गोविन्द गिरी अध्यक्ष, कृत्रिम स्याङ्जाली उपाध्यक्ष, प्रकाश ज्ञवाली सचिव, कृष्ण देवकोटा कोषाध्यक्ष विधान मस्यौदा समिति संयोजक लक्ष्मण थापा, सुरेश रानाभाट रहेका थिए यो इतिहासलाई पनि हामीले आत्मसात गर्नुपर्ने हुन्छ
पोखरेली आदिवासी स्रष्टाका मुक्तकको अध्ययन
पोखरेली मुक्तकको विकासमा पोखरा जन्म भूमी भएका पोखरालाई कर्म भूमी बनाएका धेरै स्रष्टा साधकहरूको महत्वपूर्ण योगदान रहदा रहदै पनि यहाँ आदिवासी जनजाति स्रष्टाको मात्र चर्चा गर्नु नै यस आलेखको मूख्य सिमा हो त्यसैले यहाँ आदिवासी जनजाति स्रष्टाका कृतिका बारेमा मात्रै चर्चा गरिएको आदिवासी जनजाति स्रष्टाको सन्दर्भमा सबै भन्दा पहिला भूपी शेरचनबाट मुक्तक लेखन थालनी गरिएको पोखरामा पछिल्लो समयसम्म आइपुग्दा धेरै स्रष्टाहरूको उपस्थितिले मुक्तक लेखनको विकासक्रम निरन्तर अगाडि बढिरहेको यसरी मुक्तक लेख्नेहरूमा सरूभक्त, तीर्थ श्रेष्ठ, विजय बजिमय, सुशील बजियम, उषा शेरचन, चन्द्र भट्टचन, रमेश श्रेष्ठ, डा. रूपक श्रेष्ठ, विनोद गौचन, कृष्ण तामाङ उदासी, दिलीप दोषी, रामकाजी कोने, सुरेन्द्र थापामगर, तिलकप्रसाद पुन, नन्द श्रेष्ठ, विष्णु अल्पविराम, विश्वरत्न शाक्य, रूद्रबहादुर थापा, रूद्र सन्देश मगर, इन्द्र राना प्रतिक, सरस्वती प्रतिक्षा, रूपिन्द्र प्रभावी कटु, रूद्रबहादुर श्रीस मगर, मोहन श्रेष्ठ स्पात, दुराबाबु, कृष्णबहादुर थापा मगर, तारा राना, फूलमाया गर्बुजा मगर, कृष्ण मिगीन मगर, गोविन्द सिञ्जाली, काशिनाथ कुमाललगायतका पोखरामा जन्मेका पोखरालाई कर्मभूमी बनाएका स्रष्टा मुक्तक लेखनमा लागिरहेका छन् यहाँ उल्लेख गरिएका आदिवासी स्रष्टा साधकहरूलाई हेर्दा पोखरेली मुक्तकको विकासका लागि यी स्रष्टाले उल्लेख्य योगदान पु¥याएका छन्
भूपेन्द्रमान शेरचन (भूपी)
मुक्तकको उत्थानका लागि वि.सं. २०२० देखि नै आदिवासी स्रष्टा क्रियाशील रहदै आएको पाइन्छ वि.सं. १९९३ सालमा मुस्ताङको थाक चुटुकेमा जन्मेर पोखरामा बसोबास गर्दै आएका स्रष्टा भूपेन्द्रमान शेरचन वाङ्मयको क्षेत्रमा भूपी शेरचनका नामले परिचित छन् साहित्यकार भूपी शेरचनले पोखरेली माटोमा मुक्तकको विकासमा उल्लेख्य योगदान पु¥याएका छन् उनको पहिलो कृतिनिर्झर’ (२०१५) कविता सङ्ग्रहमाझ्यालबाट पतझरको एक दृश्यनामक एक मुक्तक प्रकाशन भएको पाइन्छ’ (बराल, २०५७ :- ) यसरी मुक्तक लेखनमा लागेका भूपी शेरचन पछिल्लो समय आफ्ना दाजुसँग अध्ययनको क्रममा बनारस जाँदा उनले रूबाई शैलीको मुक्तक लेख्ने प्रेरणा पाए सोही प्रेरणाबाट तत्कालीन समयको चर्चित पत्रिकारूपरेखामा रूबाई संरचनाको मुक्तक प्रकाशन गरेर पोखरेली मुक्तक लेखनलाई शिखरमा पु¥याएको देखिन्छ हेरौं अध्ययनको क्रममा फेला पारेको रूबाई संरचनाको शेरचनको २०२८ सालमासमयनामक पत्रिकाको अङ्क मा छापिएको मुक्तक, भूपी शेरचनका कविता सङ्ग्रहबाट
:-
पहेलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ

प्रत्येक रङ्गीन चरालाई वनको मजुर भन्न मन लाग्छ
चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब
बाटामा कुनै गधालाई देखेपनि हजुर भन्न मन लाग्छ (पृष्ठ :- ८६)
यसरी हामी बुझ्न सक्छौंं मुक्तक छोटो, गहन शसक्त विद्या हो पोखरेली मुक्तकको विकासमा स्रष्टा भूपी शेरचन सँगसँगै पछिल्ला दिनहरूमा उल्लेख्य स्रष्टाहरू क्रियाशील रहदै आएका छन् शेरचले मुक्तक प्रकाशन गरेको केही समयपछि पोखरेली युवा सांस्कृतिक परिवारले टिकटमा मुक्तक वाचन कार्यक्रम नै आयोजना गरेको पाइन्छ २०३५ साल माघको २० गते शनिबारका दिनहामी चाहन्छौं हाम्रो रचनाहरूको पनि मूल्य होस्भन्ने उद्घोषका साथ दुई रूपैयाँको टिकट काटेर मुक्तक सुन्ने सुनाउने परिपाठीको थालनी पोखराले नै गरेको हो मुक्तक वाचन कार्यक्रममा पोखराका आदिवासी स्रष्टाहरूमा सरूभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठ, उषा भट्टचन, विनोद गौचन, विश्व शाक्यलगायतका स्रष्टाहरूले मुक्तक सुनाएका थिए’ (पौडेल, २०६८ :- २३) यसरी मुक्तक सुनाउने क्रमलाई ०३७, ०३८, ०४०, ०४१, ०४२, ०४९, ०५०, ०५२ ०५६ गर्दै एक दशक निरन्तर कार्यक्रम हुँदै आएको पाइन्छ पछिल्लो समय देशमा देखिएको विषम परिस्थितिका कारण त्यो क्रम निरन्तर हुन नसके पनि पछिल्लो समय २०६७ देखि पुनः टिकटमा मुक्तक वाचनको शृङ्खला सुरूवाती भएको यो निकै राम्रो पक्ष मान्न सकिन्छ
भक्त श्रेष्ठ (सरूभक्त)
पोखरेली मुक्तकको विकासमा साहित्यकार भक्त श्रेष्ठले पनि उल्लेख्य योगदान पु¥याएको पाइन्छ २०१२ भाद्र तीजका दिन जन्मेका स्रष्टा वर्तमान नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत हुन् भक्त श्रेष्ठ वाङ्मयको क्षेत्रमा सरूभक्तका नामले परिचित छन् साहित्यकार सरूभक्तले तीन वटा मुक्तक कृतिबन्द खाम भित्र’ (२०३५), ‘हजार बुद्धहरू’ (२०६१) प्रेमयात्रा’ (२०६७) प्रकाशन गरेर पोखरेली मुक्तकको विकासमा आफ्नो उपस्थिति द्रविलो बनाएका छन् सरूभक्तकोबन्द खामभित्र’ (२०३५) मुक्तकसङ्ग्रह प्रकाशन भएपछि पोखरामा आदिवासी स्रष्टाका मुक्तकका कृति प्रकाशनको सुरूवाती भएको पाइन्छ उक्त कृतिमा सामाजिक विसङ्गति विकृतिका विरूद्धका आक्रोश व्यक्त गरिएको समाज जीवनको सामाजिक, आर्थिक राजनीतिक असन्तोषप्रति सन्देश दिने इदाराका साथ प्रकाशित भएको बन्द खाम भित्र मुक्तक सङ्ग्रहको दोस्रो संस्करण प्रशन तमुद्वारा २०५० मा निस्केको पहिलो संस्करणमा ५४ वटा मुक्तकहरू रहेका यसको दोस्रो संस्करणमा ४६ वटा मुक्तक थप गरी मुक्तक संख्या १०० पु¥याइएको कृतिमा तीन लाइनदेखि लिएर १३ लाइनसम्मकानदेखि हिड्नेहरूलाईपर्खजस्ता स्वतन्त्र मुक्तकहरू सङ्गृहीत रहेका छन् लेखक स्वयमसँग पहिलो संस्करण अनुपलब्ध भएका कारण यहाँ समावेश गरिएको मुक्तक पहिलो संस्करणको हो या दोस्रोमा थप गरिएको हो भन्न सक्ने अवस्था छैन उनका सुझाव, सत्य हजुर, कोही पागल भन्लान, बालक, बन्दखाम भित्र शीर्षकका मुक्तकहरू , गरी लेखिएका छन् हेरौं मुक्ति शीर्षकको एक मुक्तक

देश परिभाषित गर्न यथासम्भव मुक्ति खोजीरहन्छु
ढुङ्गा माटोका कणहरूमा अनमोल सुक्ति खोजीरहन्छु
जब जब देख्छु विघटनका चिसा वादलहरू
हतास हतास भई मुक्ति देखि मुक्ति खोजीरहन्छु (पृष्ठः ९८, दो.सं.)
यसैगरी सरूभक्तको दोस्रो हजार बुद्धहरू (२०६१) मुक्तक कृति प्रकाशन भएको गौतम बुद्धको देशमा जन्मेका हामीहरूलाई देश दुखेको वेला बुद्धको देश भन्न लाज लाग्ने अवस्थामा उनको हजार बुद्धहरू मुक्तक कृति निस्केको हिजो एक बुद्ध थिए देशमा शान्ति अमनचयन सुख, सन्तोष थियो आज घरैभरि बुद्ध भएर पीडा, दुःख तक्लीत भएको भन्ने खालको सन्देश उक्त कृतिमा व्यक्त गरिएको आफ्नो देशलाई आखिझ्यालबाट चियाउँदै सम्पूर्ण विश्वमान चित्रलाई मुक्तकमा केन्द्रीत गरिएको सबैले चाहेको शान्तिको पुकारलाई उजागर गर्दै सरूभक्तको हजार बुद्धहरूमा छोरीलाई पत्र, माया, जिन्दगी, नेपाल, शहीद, इच्छा शब्दलाई अलि बढी माया गरिएको पाइएको हेरौं उनले देखेका हजार बुद्धहरूको बुद्धी कस्तो रहेको एक मुक्तक
खोसिनेहरू उठ, अरूले फुटाएर आफूहरू फुट्न सकिदैन
सोसिनेहरू उठ, अरूले टुटाएर आफूहरू फुट्न सकिदैन
यस्तै हुन्छ पृथ्वीमा चेतनाको पहिलो नियम कि
हेपिनेहरू उठ, अरूले जुटाएर आफूहरू जुट्न सकिँदैन (पृष्ठः ६७)
यो समयमा सरूभक्तको मुक्तक लेखनले आफ्नो पृथक पहिचान बनाएको पहिलो मुक्तक सङ्ग्रहमा अधिकांश स्वतन्त्र संरचनाका मुक्तक लेखेका मुक्तककार सरूभक्त हजार बुद्धहरूमा चतुष्पदीय संरचना (संस्कृत, स्वतन्त्र रूबाई) का मुक्तक लेखेका छन् उनका उघ्राईहरू, हामी, जिन्दगी, माया मौसम, हेपिनेहरूका कवि, हेपिनेहरूका नायक, स्वास्नी मान्छे, कोख, शहिद, नारि+वादी, संविधान, ताजा खबर जस्ता मुक्तकहरूले विशेष भूमिका खेलेका छन् यो समयमा आउँदा उनका मुक्तकमा रूबाई संरचनाको अधिक प्रभाव परेको देखिन आाउछ यसैगरी सरूभक्तले नयाँ वर्ष २०६७ को शुरूवातीको चरणतिर तेस्रो मुक्तकसङ्ग्रहप्रेमयात्रा’ (२०६७) प्रकाशन भएको जसमा चतुष्पदीय संरचनाका १०० वटा मुक्तक रहेका छन् साहित्यकार सरूभक्त सरोकार कन्द्र पोखराबाट प्रकाशन भएको १३८ पृष्ठमा फैलिएको उक्त कृति हेर्दा पछिल्लो समय सरूभक्तको मुक्तक लेखनलाई रूबाईले पक्कड जमाएको देख्न सकिन्छ मुक्तकमा पि.एच.डी. गर्ने मुक्तककार मुरारी पराजुलीको मुक्तकसम्बन्धी आलेख रहेको उक्त सङ्ग्रह युवा पुस्ता जो मुक्तकका बारेमा खोज अनुसन्धान गर्न चाहन्छन् उनका लागि यो कृति सान्दर्भीक रहको हिजो बन्द खाम भित्रको बन्दी बनेका उनी कहिले बुद्धको खोजी गरिरहेका हुन्थे पछिल्लो समय प्रेमको सागरमा डुबेका छन् विगतका कृतिहरूमा प्रेम पूरै अटेको छैन भन्दै उक्त सङ्ग्रहमा नअटेको प्रेम व्यक्त हुँदै प्रकाशन भएको उनले प्रेमलाई उच्च स्थान दिदै साहित्यिक यात्रामा देखेको प्रेमप्रतिको भावलाई अभिव्यक्त मात्र होइन, पोखरामा अधिक मुक्तकसङ्ग्रह निकाल्ने आदिवासी मुक्तककारको रूपमा पनि नाम लेखाएका छन् पोखरेली मुक्तक कृतिहरूको बीचमा प्रेम भावलाई मात्र व्यक्त गरेर लेखिएको मुक्तकसङ्ग्रह हो यो सङ्ग्रह काव्य लेखन एकै विषयलाई केन्द्र मानेर लेखिने सरूभक्तको प्रेमयात्रा पनि प्रेमलाई केन्द्र मानेर लेखिएकोले पोखरेली मुक्तकको इतिहासमा प्रेम काव्य बनेको भन्दा पनि फरक पर्दैन हेरौं उनको एक प्रेमपरक मुक्तक
प्रेमका कविता धेरै लेखिए तर कवितामा प्रेम पूरै अटेको छैन
जीवनको यो महानतम् रहस्यबाट कसैको आँखा हटेको छैन
युगौंयुग इतिहासमा अप्रेमहरूले जति राज गरेको भएपनि
यो सुख्खा धर्तीमा कहिल्यै पनि प्रेमको महिमा घटेको छैन (पृष्ठः ८७)

दिलीप श्रेष्ठ (दोषी)
पोखरेली मुक्तकको विकासमा साहित्यकार दिलीप श्रेष्ठले पनि कृतिगत रूपमा आफ्नो उपस्थिति २०४५ सालदेखि नै देखाउन थालेका छन् साहित्यिक वृत्तमा दिलीप दोषी उपनामले परिचित श्रेष्ठकोअर्को सगरमाथामुक्तक कृति (२०४५) मा प्रकाशन भएको पछिल्लो समयमा उनको एक मुक्तकलाई हेरौं अनि उनको अर्को सगरमाथाको सन्दर्भमा आफैले उठाएको कुरालाई यहाँ जोडौंला

गरीब छु कसैसँग माग्न सक्दिन
समस्याका वेगहरूसँगै भाग्न सक्दिन
बन्नेहरू खुबै बने, नबन्नेहरू नउठने गरी बने
गरीबकै कारण राष्ट्रियता नाध्न सक्दिन
यस्ता मुक्तकको रचना गर्ने दोषीको अर्को सगरमाथामा समावेश गरिएका ७० वटा रचनामा कम मुक्तक भेटिएको भन्दै उनले माछापुच्छे« एफ.एम.बाट सञ्चालित कार्यक्रमसाहित्य पुष्पाञ्जलीमा आफूलाई मुक्तकका बारेमा प्रयाप्त जानकारी नभएकोले कृतिमा सबै मुक्तक मात्र नरहेको आसय व्यक्त गरेका थिए उनले पछिल्लो समय प्रयाप्त मात्रमा मुक्तकहरू लेखिरहेका छन् दोस्रो मुक्तक कृति प्रकाशनका लागि सम्पादनमा लागिरहेका छन् उनको अर्को सगरमाथा स्वतन्त्र संरचनाका मुक्तक समावेश भएको कृति हो उक्त कृतिमा मित्र जिन्दगी, पोखरा, जीवन, अवमूल्यन, यौवन, समय, तिमी, कविता शीर्षकका रचनाहरू अत्याधिक धेरै रहेका छन् त्यसप्रतिको लेखकको मोह हो भन्न सकिन्छ हेरौं उनको अर्को सगरमाथा भित्र ७० औं नम्बरमा रहेको एक मुक्तक स्वतन्त्र संरचनाको मुक्तक
मैले सगरमाथा हेरिरहे
हेरी रहे फेरि पनि हेरिरहे
किनकी
अर्को सगरमाथा खोजीमा थिए

रूद्रबहादुर थापा मगर
साहित्यकार रूद्रबहादुर थापा समयको वेथीतिलाई व्यङ्ग्यप्रहार गर्दै आफ्नो विवेकको मसीद्वारा नेपाली जनजीवनको चित्कारलाई उरालेका छन् ।थापाकोनाङ्गै उभिएको समय (२०४९) मुक्तकसङ्ग्रह आउनु गौरवको कुरा हो सामाजिक विकृति विसङ्गति माथी प्रहार गर्दै सामाजिक चिन्तनले ओतप्रोत भएकोनाङ्गै उभिएको समयको कलात्मक आवरण जहाँ आगोमा बसालेको भाडोमा खाली खुट्टा उभिएको मान्छे जसमा १०४ वटा मुक्तक रहेका छन् नाङ्गै उभिएको समय २०४९ सालको वैशाखमा राममाया थापा पोखराबाट प्रकाशन भएको कृति हो जुन ५८ पृष्ठमा फैलिएको उनको सङ्ग्रहमा एउटा नयाँ प्रयोग के भने पृष्ठ २६ मा ‘?’ शीर्षक राखेर पहिलो लाइन खाली छोडेर रचना गरेका छन् उनको ? चिन्ह कोसँग हो उनलाई थाहा होला हेरौं उनको ? शीर्षकको त्यो मुक्तक
‘..........................................’
कोही मार्ग दर्शक छौं भने जिन्दगीको

सिङ्गो भविष्यको अदृश्य कलो बोकेर
अज्ञात मार्गतिर हिडिरहेको छु (पृष्ठ :- २६)
सबैले सजिलैसँग अनुमान लगाउन सक्ने भाषाशैलीको प्रयोग उनको विशेषता नै हो उनलाई जिन्दगी शब्द ज्यादै प्यारो लाग्दो रहेछ भन्ने अनुमान गर्न सकिन्छ त्यसैले कतै जीवन, कतै जिन्दगी भनेर चारवटा मुक्तक लेखेका छन् हेरौं उनको एक मुक्तक जसमा नेता शीर्षकमा लेखेका छन्
दिनभरि संसद भवन भित्र टेबल ठोक्ने गरेका छन्
साँझ परेपछि बोत्तल धोक्ने गरेका छन्
यिनै नेताहरूको असाधारण कृयाकलापले गर्दा
कन्या केटीहरूले धमाधम भुँडी बोक्ने गरेका छन् (पृष्ठ :- ३८)

कृष्ण तामाङ (उदासी)
२०४९ सालमा मुक्तककार कृष्ण तामाङ उदासीकोघायल’ (२०४९) मुक्तकसङ्ग्रह प्रकाशन भएको रन बहादुर तामाङ प्रकाशक रहेको कृतिमा चतुष्पदीयसहित लाइनसम्मका जम्मा ४८ वटा मुक्तकहरू रहेका छन् जसको भूमिकामा गोविन्द शर्माले भनेका छन्ःवर्तमान जीवनको सङ्गति वा विसङ्गति अनि धर्मराजनीति प्रेमका मार्मिक चित्रहरू प्रष्फुटित छन् समाजका असङ्गतीलाई मुक्तकले झटारो हान्न बिर्सेका छैनन् मानव सभ्यता भित्र आएको नखरापनले समाजको अस्मितामा थोपरेको धब्बा मेटाउन अनि मानव सत्यको हिमायति रहेर बाँच्नुको परिवेशलाई सन्तोषले फुर्काहोलास् भन्ने मुक्तकको भित्री चाहना रहेको उनको घायल मुक्तक सङ्ग्रहको पृष्ठ २० मा रहेको आँसु शीर्षकको मुक्तकबाट साभार गरेर प्रयोग समूहद्वारा प्रकाशित (अणु मासिक) मुक्तक विशेषाङ्कको पृष्ठ :- १२ मा मुक्तक समावेश गरिएको घायल सङ्ग्रहको कमजोरी (पृष्ठ :- ), सतित्व (पृष्ठ :- १६) जिन्दगी महङ्गी (पृष्ठ :- १७), देश हृदय (पृष्ठ :- १८), आँसु पश्चताप (पृष्ठ :- २०), जीवन निर्णय (पृष्ठ :- २४) मा चतुष्पदीय मुक्तक रहेका छन् अरू छोटा कविता जस्ता लाग्ने स्वतन्त्र संरचनाका पाँच लाईनदेखि नौ लाईनसम्मका मुक्तकहरू रहेका छन् उनका अधिकांश मुक्तकहरूमध्येपोखरा’ (पृष्ठ :-२३) शीर्षकमा उनले आजको वर्तमानलाई सङ्केत गर्दै भनेका छन् उनको हिजोकोकल्पना आज डरलाग्दो भएर गएको हिजो गरेको कल्पना आज वास्तविकतामा परिणत भएको पोखरामा ज्यान जोगाउँन अप्ठ्यारो , बरू मर्न सुविधा , दादागिरी वेश्याले अखडा जमाएको देहव्यापारलाई देखाउँदै ज्यानै जोगाउन गाह्रो भएको कुरा उनले व्यक्त गरेका छन् यसैगरी उनले प्रेमले मान्छे अन्धो बनेको भनेर प्रेमप्रतिको आदर्श पनि व्यक्त गर्न भ्याएका छन् जता पनि चाकडी देख्दा देख्दा उनलाई पनि वाक्क लागेको फोर्स गर्नुपर्ने बाध्यतालाई व्यङ्गय प्रहार गरेका छन् यसैगरी जमाना अर्कै आयो शीर्षकमा उनलेकसाईहरू बोकालाई खसी भनेर छल गर्छन ’ (पृष्ठ :-२२) ठगी गर्ने गरेको कुरालाई उनले बिर्सेकाछैनन् ।हेरौं उनको महङ्गी शीर्षकको एक मुक्तक

महङ्गी व्यापारिको दर हो
महङ्गी राष्ट्रिय कर हो
महङ्गी विदेशी डलर माथिको दोष हो
आज महङ्गी डर लाग्ने रोग हो (पृष्ठ :- १७)

रामकाजी कोने गुरूङ
कास्कीको माहोरियामा जन्मेका मुक्तककार रामकाजी कोने गुरूङले नेपाली मुक्तकको विकासका लागि निकै लागि परेर लागिरहेका छन् विजय बजिमयले सम्पादन गर्दै आएको गोजि पत्रिकाआखिझ्यालमा २०५० सालमा पहिलो मुक्तक प्रकाशन गरेका कोनेका हालसम्म दुई वटा मुक्तक कृति प्रकाशन भइसकेका छन् यस्तै यही २०७२ सालको सेरोफेरोमा अर्को मुक्तक कृति पनि प्रकाशन हुने तयारी रहेको कविता बिग्रेर मुक्तक बन्दैन भन्ने विचार बोकेका कोने मुक्तकलाई निकै प्यार गर्ने गर्दछन् सोही कारण उनै कोनेको अध्यक्षतामा यतिखेर नेपाल मुक्तक प्रतिष्ठान गठन भएको काठमाडौंमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले विभिन्न स्थानमा शाखा खोलेर मुक्तकको विकासमा क्रियाशिल रहेको पाइन्छ मुक्तकको विकासका लागि पोखरेली माटोमा पहिलो पाइला टेकेका स्रष्टाले गरेको त्यो कार्यको उच्च सम्मान हुन आवश्यक पनि देखिन्छ उनको पहिलो मुक्तक कृति मुक्तक मेलामा १७६ वटा मुक्तक समावेश रहेका छन् यस्तै दोस्रो कृति मुक्तक मन्त्रमा १४६ वटा मुक्तक समावेश रहेको पाइन्छ उनका यि पहिलो दोस्रो कृति क्रमशः तेस्रो दोस्रो संस्करण बजारमा आउन लागेको स्रष्टा कोने बताउछन् हेरौं कोने गुरूङको एक पोखराप्रेमी मुक्तक
ताल तालको ताल हुन्छ
संगितको ताल कहीँ फेवाताल हुन्छ
नेता नै ताल बेताई भइदिदा
सधै नेपाल बन्द हडताल हुन्छ

उषा भट्टचन (शेरचन)
पोखरेली मुक्तकको विकासमा क्रियाशील आदिवासी स्रष्टामध्ये अग्र पङ्क्तिमा आउने नारी स्रष्टाको नाम हो उषा भट्टचन २०१२ सालमा पोखराको नालामुखमा जन्मेकी उनी वर्तमानमा उषा शेरचनको नामले परिचित रहेकी छन् उनको मुक्तक लेखन साधनालाई देखेर साहित्यकारहरूले मुक्तक सम्रागी भन्दा वरिष्ठ साहित्यकार ईश्वरवल्लभले उनलाई मुक्तक सम्रागी हुन् भनेर हो मा हो थप्ने गरेको नरेन्द्रराज प्रसाईले खुलासा गरेको सामाजिक सञ्जालहरूमा पढ्न पाइन्छ यिनै वर्तमानकी मुक्तक सम्रागीकोअक्षरहरूका शिविरबाट’ (२०५६) मुक्तक कृति प्रकाशन भएको उनी तत्कालीन समयमा देखिएका अराजकताप्रति दिग्दार भएर आलोचनात्मक प्रस्तुतीका साथ निस्किएकी छन् नारी हस्ताक्षर समाजमा नारीप्रति हेर्ने सङ्कुचित दृष्टिकोणप्रति निराशा व्यक्त गर्दै उनले नारी शीर्षकमा मात्र तीन मुक्तक लेखेकी छन् कृतिको पृष्ठ ४६, ४७ ४८ मा अब परिवर्तनको खाँचो सधै परम्पराको साङ्लोमा रहेर हुँदैन नारीहरू कति दिन अदृश्य बोझहरूले थिचिएर बस्ने हो अब जाग ? आफन्तका शब्दवाणले पनि मुटु रेटेको मस्तिष्क घोचेको अनि जिउँदो लास बनेको भने किन मौन बस्छौं भन्दै आक्रान्त भएर आवाज उरालेकी छन् डि.बी शेरचन प्रकाशक रहेको मुक्तकसङ्ग्रहमा १२५ मुक्तकहरू समावेश भएका छन् कृतिमा उनका एक्लो साथीप्रति भन्दै एक दुई तीन गरी तीन मुक्तक लेखिएका छन् उनको एक्लो साथी त्यही शिविरबाट हेर्दै गर्दाको भाव हो भन्न सकिन्छ नारीप्रतिको उद्गारलाई कुरै नगरौं हेरौं उनको एक्लो साथीप्रति शीर्षकको मुक्तकः

थापेर जुवामा आफैंलाई जानीजानी हारेका छौं
पिएर चुपचाप आफैंलाई जानीजानी मारेका छौं
हिड्दा हिड्दै जिन्दगीका भिर पहराहरू
अब तिमी लस्करमा नितान्त एक्लो परेका छौं (पृष्ठ :- ६०)

तीर्थ श्रेष्ठ
२०१६ कार्तिक १६ गते जन्मेका स्रष्टा तीर्थ श्रेष्ठले पोखराले मुक्तकको उत्थानमा उल्लेख्या योगदान पु¥याउँदै आएका छन् कुनै समय नेपाल नाट्य सङ्गीत प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवसमेत रहेका पोखरेली साहित्यकार श्रेष्ठले हालसम्म दुई वटा मुक्तक कृति प्रकाशन गरिसकेका छन् महाभारतका गीतहरू’ (२०६२) जिन्दगीको गोधूलिमा’ (२०७०) उनको पहिलो कृति महाभारतका गीतहरू रमेश अधिकारी श्रीमती ज्ञानु अधिकारी प्रकाशक रहेको पाइन्छ जुन १०८ पृष्ठमा फैलिएको जम्मा १०१ मुक्तकहरू समेटिएका छन् उनको कृतिमा जिन्दगी, आमाहरू, मान्छे, प्यास विश्वास, आगो, ठेगाना, मन, मानिस, देश, जाडो शीर्षकका दुई भन्दा बढी मुक्तकहरू समावेश गरिएका छन् उनको पछिल्लो मुक्तक कृति जिन्दगीको गोधूलिमा रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो जम्मा १०८ वटा मुक्तक समावेश रहेको कृति ११४ पृष्ठमा संरचित रहेको यस कृतिमा मुक्तकको शीर्षक दिइएको छैन उनका कृतिमा तत्कालिन परिवेशका सन्दर्भलाई केलाएर समाजमा रहेको विभेदका कुरालाई झिनो मसिनो गरी केलाउँदै गतिशील जीवनको गीत गाउँदै, मातृ स्नेह, जीवनको रहस्य गतिशिलतालाई व्यक्त गरिएको जनजीवनका पीडा व्यथाहरूलाई उनका मुक्तक सङ्ग्रहका सामग्री बनेका छन् हेरौं उनको पहिलो सङ्ग्रह दोस्रो सङ्ग्रहका एकएक मुक्तकहरू

हतियार बोकेका बुद्ध
जहाँ आफन्त आफन्त जुद्धछन्

जहाँ मान्छेभन्दा बढी युद्धछन्
कसले भन्छ यो शान्तिभूमि हो
यहाँ हतियार बोकेका बुद्धछन् (महाभारतका गीतहरू, पृष्ठ :- ८९)

अकालमा कसैको अलग्गै नाम पहिचान हुँदैन
सबै उस्तै कोही नीच महान् हुँदैन
अघाएपछि मात्र जन्मन्छ भगवान्
अभावको अन्धारमा कतै कुनै भगवान् हुँदैन (जिन्दगीको गोधूलिमा, पृष्ठ:२७ )
यसैगरी साहित्यकार तीर्थ श्रेष्ठको सम्पादकत्वमादुबसु क्षेत्रीका प्रारम्भिक मुक्तकहरू’ (२०६२, साउन) बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानबाट काठमाडौंबाट प्रकाशन भएको काठमाडौंको प्रकाशन भए पनि पोखरेली स्रष्टाको सम्पादकत्व भएको कारण यहाँ यो प्रसङ्ग पनि छोड्नु हुँदैन दुबसु क्षेत्रीको सुरूको मुक्तक २०३६ सालको असार २९ गते लेखिएकोसम्भावनाशीर्षकदेखि लिएर पछिल्लो समय लेखिएकोस्वतन्त्रतासम्मका गरी २३३ मुक्तकहरू समावेश गरिएका छन् हेरौं उनको प्रेम शीर्षकको एक मुक्तक
प्रेम जिन्दगीको सोपान हो
दुई मुटुको गहिरो दोभान हो
प्रेमले जीवनको पूजा गर
प्रेम आत्माको सम्मान हो (पृष्ठः ६१)

फत्तबहादुर
मास्की मगर

यसैगरी स्याङ्जा चिलाउनेखर्क हाल पोखरा बेलबारीमा बसोबास गर्दै आएका फत्तबहादुर मास्की मगर देशको दुर्दशाले गर्दा विदेशी रणभूमिमा पसिना बगाउनु परेका आम नेपालीहरूको प्रतिनिधि पात्रको रूपमा आफूलाई देखाउँदैदेशको माया’ (२०६४) कविता सङ्ग्रह प्रकाशन गरेका छन् १६२ वटा रचनाहरू समावेश भएको कृतिमा २९ वटा मुक्तक शीर्षक दिइएका चतुष्पदीय रचनाहरू समावेश गरिएको जसलाई मुक्तकको कृति नै भन्न नमिले पनि मुक्तक शीर्षक नै दिएका कारण त्यसलाई पनि छुटाउन नहुने देखिन्छ

विष्णुकुमार श्रेष्ठ (अल्पविराम)
२०१० माघ १० मा जन्मेका विष्णु श्रेष्ठ पोखरेली माटोमा आफूलाई अल्पविराम भनेर चिनाउँदै आएका छन् उनलेटुकीको उज्यालो’ (२०६५) मुक्तक शिविर२०७१ मुक्तकसङ्ग्रह पोखरेली माटोलाई दिलाइ सकेका छन् पोखरामा स्थापित राष्ट्रिय मुक्तक पुरस्कारका संस्थापकसमेत रहेका मुक्तककार श्रेष्ठको पहिलो कृति लायन कल्याणी उदासीद्वारा प्रकाशित कृति हो जसमा ११९ वटा मुक्तकहरू रहेका छन् यस्तै उनको दोस्रो कृति मुक्तक मञ्च पोखराले प्रकाशन गरेको कृति हो अल्पविरामआफ्ना मुक्तकहरूमा राजनीतिक द्वन्द्वले छियाछिया पारेको देशमा उज्यालो खोजिरहेका छन् दिनको टन्टलापुर घाममा पनि चकमन्न अध्यारोको आभाष मिलेपछि आम नेपालीको दिल दुखेको वेला अल्पविराम टुकीको उज्यालो मुक्तक सङ्ग्रहबाट उज्यालो खोजेका छन् उक्त कृतिले पोखरेली मुक्तकलाई शिखरमा चढाएको सहज सरल सरस भाषामा भनेका छन् आफ्नै साहित्यिक नामबाट मुक्तकको थालनी गरेका उनका सम्पूर्ण मुक्तक सामाजिक भावले ओतप्रोत भएका छन् अल्पविरामले आफ्नो पहिलो कृतिमा जिन्दगी श्रीमती शब्दलाई ज्यादा माया गरे जस्ता देखिन्छ किनकी यी शीर्षकमा , वटा मुक्तक लेखेका छन् यस्तै विडम्बना शीर्षकमा पनि दुई मुक्तकहरू लेखेका छन् हेरौं उनको पहिलो कृतिबाट एक मुक्तक लोडसेडिङ शीर्षकको

भनिन्छ, नेपालमा जलस्रोतको थुप्रै सञ्जाल
कति चाहिन्छ नदी नाला यहाँ फालाफाल
देशको उद्योग धन्दा धरायसायी भयो भनेर के को चिन्ता
लोडसेडिङ्गले मोमबत्ती उद्योग मालामाल (पृष्ठ :- ४२)

रूद्र सन्देश मगर
स्याङ्जाको चित्रेभञ्ज्याङमा २०२९ मंसिर १४ मा जन्मेका स्रष्टा रूद्र सन्देश मगर मुक्तक लेखनमा लाग्दै आएका छन् गुरूङ मगरको छोरा कहाँ लेखेर पढेर बस्ने भर्ती हुनुपर्छ, पैसा कमाउनु पर्छ विदेश जानुपर्छ भन्ने संस्कार रहेको समाजमा एक मगरको छोराले साहित्यिक कृति निकालेर नयाँ आयाम थपेका छन् मगरकोआर्मिट्मा’ (सम्झना, २०६७) मुक्तकसङ्ग्रह प्रकाशन भएको जुन कृतिमा जम्मा ५१ वटा मुक्तक रहेका छन् कृति जम्मा ५७ पृष्ठमा फैलिएको मगर भाषा साहित्य प्रतिष्ठान स्याङ्जाले प्रकाशन गरेको कृतिमा हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने सन्देश दिने खालको सारा देश दुखेका कुरा आफ्नो गाउँघरमा कोही नभएर गाउँ दुःखी भएको कुरा, नेपाली जनताहरूले ज्यानको बलिदानी दिएर जिताएका सत्ताका टाउकेहरूलाई के ¥यौं भन्दै खबरदारिका कुरा गर्दै आफ्नो आवाज उठाएका छन् त्यो मात्र होइन, देशमा दक्ष जनशक्तिको अभावले गर्दा गाउँघर बाझो भएको सबै विदेश पलाएन हुने हो भने भोलिको नेपालको के हालत हुन्छ भन्ने खालको सन्देश दिएको उक्त कृतिमा समानता, स्वतन्त्रता समानुपातीक रूपमा देशको विकास हुनुपर्दछ भन्ने खालको चिन्तन व्यक्त भएको एकातर्फ मगर भाषाको साहित्यमा उन्नयनको युग बनेर निस्केको भने अर्कोतर्फ उक्त कृतिका सम्पूर्ण मुक्तकहरू नेपालीमा पनि अनुवाद गरिएको उनको एक मुक्तक हेरौं
लोकतन्टरओ खीसी जोटोनी बन्डचक्काजाम जाट्चको
नेपालगन्ज, सीराहा बीकाक्ले छलछाम जाट्चको
रक्सी आस्काट , बोटल जा फेरिस्च आले की,
टालू सोटीनी जन्टाके बड्नाम आट्चको

नेपाली रूपान्तरणः

लोकतन्त्रबको खिल्ली उडाउँदैनछ्न बन्द, चक्काजाम गर्नेहरू
नेपाल गञ्ज, सिराहा दुखाई रहन्छन् छलछाम गर्नेहरू
रक्सी उही बोत्तल मात्रै फेरिएको हो कि,
टाउको उठाई रहेछन्् जनतालाई बदनाम गर्नेहरू (पृष्ठः १९)

सूर्यबहादुर थापा
सराङकोट, सेदीमा २०४८ सालमा जन्मेका सूर्यबहादुर थापा आफ्नो पहिलो कृतिपहिलो पाइला’ (२०६८ चैत) लिएर साथ मुक्तक लेखनमा निस्केका छन् सूर्यबहादुर थापा अशोक नेपालीको संयुक्त कृति पहिलो पाइला दुई खण्डमा विभक्त रहेको कृतिको एक खण्डमा थापाका मुक्तक अर्को खण्डमा नेपालीका गजल समावेश रहेका छन् थापाका ६६ वटा मुक्तक समावेश रहेका छन् यस्तै मुक्तक दोहारी शीर्षकमा पनि केटाकेटी पक्षका केही मुक्तक समावेश रहेका छन् भर्खरका युवा पुस्ताका लेखक भएकाले उनका मुक्तकहरूमा समसामयिक विषयवस्तुहरू नै मुक्तकका शीर्षक बनेको पाइन्छ हेरौं उनको एक मुक्तक
राष्ट्रको नाममा घातीघाती कदम ती चाल्नेहरू
गुण्डा गर्दीको समर्थनमा दिउँसै राँको बाल्नेहरू
होसियार रहू तिम्रा दिन नि चाँडै आउँदैछन्
पत्रकारिताको धज्जी उडाएर पत्रकार कुटी फाल्नेहरू (पृष्ठ :- १२)

कृष्ण मिगीन मगर
भगवतीपूर, जितपुर तनहुँमा जन्मेका कृष्णबहादुर थापा मगरलेमीगीनमुटु (२०६८) मुक्तक संग्रह प्रकाशन गरेका छन् आदिवासी जनजाति उत्थान प्रतिष्ठानले प्रकाशन गरेको उनको कृतिमा ६६ वटा मुक्तक समावेश रहेका छन् ७२ पृष्ठमा फैलिएको उनको कृतिमा रहेका सम्पूर्ण मुक्तक मगर भाषामा लेखिएका छन् हेरौं कृति भित्रको एक मुक्तक
बीकोनी मीगीन फोकूङ हूट जीम्च न्हूनीङ
माडूपनी मीलाम ङै नमखन कीम्च न्हूनीङ
ङाके डास्च न्हूनीङ अरूलाक लस्चपार
जीवाके सीके छान्नी नाकोई मीघ्याङ डास्च न्हूनीङ (पृष्ठ :- २४)

चन्द्र भट्टचन
पोखरा गणेश टोलमा जन्मेका चन्द्र भट्चन पनि पोखरेली मुक्तकको विकासमा क्रियाशीलताका साथ लागेका छन् उनलेअस्तित्वका लागि :- अचेलः बुद्ध पनि गहिरो सोचमा छन्’ (२०६९) गीत मुक्तक सङ्ग्रह प्रकाशन गरेका छन् उनको यस कृतिमा एक खण्ड मुक्तक समावेश रहेका छन् जहाँ ४४ वटा मुक्तक समावेश छन् हेरौ उनको एक मुक्तक
सारा जगत् कलामय होस्
अर्को जन्म यहीँ तय हास्
भक्त हुँ यो देशको
नेपालको सधैँ जय होस् (पृष्ठ :- ७८)

डा. रूपक श्रेष्ठ
कास्कीको देउरालीमा जन्मेका डा. रूपक श्रेष्ठ (२०२२) देउराली डाँडाबाटै अक्षर चिन्न थालेका व्यक्तित्व हुन् विश्व शान्ति माध्यमिक विद्यालयबाट आफ्नो अध्यनलाई अगाडि बढाएका श्रेष्ठ उच्च शिक्षाका लागि पृथ्वीनारायण क्याम्पससम्म झरेपछि अध्ययन अध्यापनलाई सँगसँगै अगाडि बढाएको पाइन्छ समय बित्दै जाँदा उनी बेलायतसम्म पुगे वर्तमानसम्म उनले आफ्नो बसोबास गर्ने स्थल बेलायतलाई बनाएका छन् उनी बु्रनेल विश्वविद्यालय लण्डनबाट विद्यावारिधीको उपाधीसमेत प्राप्त गरेका स्रष्टा हुन् पोखराको सन्दर्भमा आदिवासी स्रष्टाबाट विद्यावारिधी गरेका मुक्तक कृति प्रकाशन गर्ने स्रष्टा उनै श्रेष्ठ हुन् २०५२ साल, जुन समय उनले फुटकर कविता कथा प्रकाशनको शृङ्खला सुरू गरेका थिए पछिल्ला दिनहरूमा उनको लेखनीले निरन्तरता पाउँदै जान थालेपछि गरिमा, मधुपर्क, जनमत, सत्यतथ्य मासिकलगायतका पत्रपत्रिकामा फुटकर रचना प्रकाशन हुँदै गएका छन् हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टर, पोएट्री सोसाइटी बेलायत, प्यास गजल पत्रिकालगायतका सङ्घसंस्थामा सङ्लग्न उनी जन्मभूमी पोखरा आएर मुक्तक कृति प्रकाशन गरेर फर्केका छन् उनकोपोख्तक’ (२०७१, असोज) मुक्तक कृति प्रकाशन भएको जन्मभूमी जन्मभूमिमा रमेका स्रष्टा, कला, साहित्य संस्कृतिको व्याख्यामा आफ्नो समय खर्चेका रूपकले १३५ थान मुक्तकमा पोखरालाई सम्बोधन गरेर कृतिको नाम नै पोख्तक राखेका छन् मुक्तक मञ्च पोखराले प्रकाशन गरेको कृति १५४ पृष्ठमा फैलिएको हेरौं कृति भित्रको स्रष्टाप्रति समर्पित एक मुक्तक

सभ्य समाज बनाउनलाई बाँचेका छन् पलपल
समीक्षा पत्रकारितामा ल्याएका छन् हलचल
अनुशीलन अब्बल कोही दोहारीमा खोजे

जबरजस्त उदाहरण एक गौतम असफल’ (पृष्ठ :- ८०)

उपसंहार :
पोखरेली आदिवासी जनजाति स्रष्टाहरू मुक्तक लेखन प्रकाशनमा क्रियाशीलताका साथ लागेका छन् हालसम्म एकल संयुक्त मुक्तक कृति गरी झण्डै दुई दर्जनको हाराहारीमा कृति प्रकाशन भएका छन् अधिकांश आदिवासी जनजाति स्रष्टाका मुक्तकका विषयवस्तु देशको अवस्था, राजनीतिक परिवेश, समाजमा रहेको असमान अवस्था प्रति चिन्ता व्यक्त गरेका छन् उनीहरूले हाम्रो सांस्कृतिक मूल्य मान्यता संस्कृतिमाथि नै प्रहार हुन थालेकाले हिजोका गौरव गर्न लायकका कुराहरू हराउँदै सिलोक बनेका विषयलाई मुक्तक बनाएर उठाएका छन् नेपालको स्वाधिनताका लागि प्रयोगशाला बनाएर सबैले प्रयोग गरेर हेर्ने संस्कारको विरोध गरेका छन् देशमा शान्ति अमनचयन हराएको व्याप्त रहेको असमानता मौलाएकोमा चिन्ता व्यक्त गरेका छन् यसैगरी उनीहरूले मुक्तकमा जीवन, जगत जिउँने कलाका पाठ पनि सिकाइरहेका छन् नेपाली जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको राजनीतिक प्रभाव त्यसबाट उत्पन्न परिस्थितिको निराकरण हुँदै गएर राज्यमा व्याप्त रहेको विभेदकारी नीतिनियमको अन्य हुनुपर्दछ भन्ने मुख्य मान्यता अधिकांश आदिवासी जनजाति स्रष्टामा रहेको पाइन्छ स्रष्टाहरू सामाजिक कुरीति, शोषणा, अन्धविश्वास, विकृति विसङ्गतिको चिरफार होस् भन्ने चाहन्छन् केही स्रष्टाहरू स्वच्छन्दातावादी, प्रगतिवादी प्रवृत्तिलाई अङ्गाली आफ्नो अनुभूतिलाई व्यक्त गर्दै साहित्य, जीवन जगतलाई हेर्ने दृष्टिकोण व्यापक फराकिलो बनाउँदै अगाडि बढ्ने प्रयत्न गरिरहन्छन् एकातर्फ सर्जकहरू आफ्नो विवेकको प्रयोग गरेर सिर्जना कर्ममा लागिरहेका छन् अर्कोतर्फ विभिन्न साहित्यिक सङ्घसंस्थाहरू स्थापना भएर मुक्तकको विकासमा लागिरहेका छन् विभिन्न सङ्घसंस्थाहरूमा सर्जकहरूले आफ्ना सिर्जना श्रवण गर्ने वाचन गर्ने अवसर पैदा भरेका छन्, यही कारणले गर्दा मुक्तकले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको मुक्तक संरचनाका सन्दर्भमा पोखरेली माटोमा पछिल्लो समय चतुष्पदीय तथा संस्कत, स्वतन्त्र रूबाई संरचनाका मुक्तक लेख्ने आदिवासी स्रष्टाहरू क्रियाशील रहदै आएका छन् अन्तमा के भन्न सकिन्छ भने मुक्तकको संरचनागत सन्दर्भमा समग्र स्रष्टाहरू पछिल्लो समय मुक्तक चतुष्पदीय नै हुनुपर्छ भन्ने मानसिकतामा पुगेको देखिन्छ हिजो स्वतन्त्र संरचनामा मुक्तक लेखेका सरूभक्त हुन् या रूद्रबहादुर थापा उनीहरू पछिल्लो समय चतुष्पदीय (चार लाइन) संरचनामा रहेर मुक्तक लेख्न थालेका छन् तर विधागत ज्ञानको कमीले चार लाइन देख्ने बित्तिकै रूबाई संरचनाको मुक्तक भन्ने भ्रम भने केही स्रष्टाहरूमा रहेको पाइन्छ समयको कालखण्डमा विभिन्न परिवर्तन सँगसँगै मुक्तक लेखनमा जुन परिवर्तन आयो अब मुक्तक चार लाइन भए तापनि मुक्तकहरू संस्कृत स्रोतबाट आएको संस्कृत संरचना, हाम्रो समाजमा प्रचलित चतुष्पदीय स्वतन्त्र संरचना फारसी उर्दुबाट आएको रूबाई संरचनामा रहेका छन् भन्ने भावनाको विकास पनि ढिलो चाडो हुनेमा दुई मत छैन संस्कृत, स्वतन्त्र रूबाई संरचना जुन रहे पनि चतुष्पदीय मुक्तक लेखनलाई मानक रूप दिने प्रयत्नमा लागेको यस आलेखमा समावेश गरिएका नमुना मुक्तकहरूले प्रमाणित गरिदिएका छन् भन्न सकिन्छ यसर्थ पोखरेली मुक्तकको विकासमा आदिवासी जनजाति स्रष्टाहरूको योगदान मुक्तकको विकासमा पोखरेली आदिवासी जनजाति स्रष्टाहरूको योगदान दिनको घाम झैं छर्लङ्ग रहेको

२०७२। ३। १०, ठूलाडिही, स्याङ्जा, ९८५६०३१२२८

सन्दर्भ सूची :
अकिञ्चन, फडिन्द सं. (२०६६), मुक्तक वर्षा, पोखरा पाक्षिक पत्रिका, पोखरा

अधिकारी, धर्मदत्त (२०४४), शान्ति कल्पना, स्वयम, वेगनास
अल्पविराम (२०६५), टुकीको उज्यालो, पोखरा :- लायन कल्याणी उदासी,
............. (
२०७१), मुक्तक शिविर, पोखरा :- मुक्तक मञ्च
अधिकारी, रविलाल सम्पां. अन्य (२०४६), पोखरेली पराग, पोखरा :- साँचो कुरा साप्ताहिक
उदासी, कृष्ण तामाङ (२०४९), घायल, पोखरा :- रनबहादुर तामाङ
के.सी., कुलबहादुर (२०६७) समय तरङ्ग, पोखरा : मानबहादुर, हरिकला केसी
........................ (
२०६८) समय तरङ्ग , पोखरा :- मानबहादुर, हरिकला केसी
कोइराला, हरिदेवी (२०४५), मेरो देशको छाती भित्र दुखे जस्तो लाग्छ, पोखरा :- शितल कोइराला
....................... (
२०६७), के हजुर हालचाल यता नयाँ नेपालको, पोखरा :- रामबहादुर कोइराला
गिरी, गोविन्द (२०६३), जनआन्दोलन, पोखरा :- छोरेपाटन .मा.वि. भू.पू. विद्यार्थी मञ्च
गिरी, रेशम (२०६६), संविधान, पोखरा :- मुक्तक मञ्च
गौतम, असफल (२०६७), सिलोक बन्दैछन्, पोखराः सङ्घर्षमा कलम साहित्य समाज
................... (
२०८८), बिस्कुन, पोखराः सङ्घर्षमा कलम साहित्य समाज

.................... (
२०७०), हाइकु :- आलेख अभिलेख, पोखराः सङ्घर्षमा कलम साहित्य समाज
घिमिरे, तेजनाथ (?) देशकाल (कोशकाव्य), पोखरा :- फेवा प्रकाशन प्रा.लि. (मिति नभएको)
घिमिरे बादल (२०६९) समकालीन नेपाली मुक्तक, काठमाडौं : डिकुरा पब्लिकेशन

ज्यालादारी, भिम रानाभाट (२०४९), रगतका छिर्का, पोखरा : साहित्य शृङ्खला
थापा, रूद्रबहादुर (२०४९) नाङ्गै उभिएको समय, वैशाख, पोखरा :- राममाया थापा
..................... (
२०५१), ज्ञान सन्देश (वेदान्त काव्य), वसन्तलाल बजिमय, पोखरा
थापा, सूर्यबहादुर अन्य (२०६८) पहिलो पाइला, पोखरा :- गजल यात्रा नेपाल
देवकोटा, कृष्ण (२०६९) मुक्तक यात्रा, पोखरा :- मुक्तक मञ्च
परिश्रमी, नारायण (२०६७), जीवनयात्रा, पोखरा :- साहित्य शृङ्खला
....................... (
२०६०), खोरिया, पोखरा :- सिर्जना पण्डित पहारी
पराजुली, भोलानाथ (२०३८), देखेर पो के गरू ? पोखरा :- कञ्चन प्रकाशन
पाखे, तारा (२०५७), पाखे रमीता, पोखरा :- श्रीमती सत्यदेवी गौतम
पीडित, टेकनाथ पोखरेल (२०५०), पद्य पुष्पाञ्जली, पोखरा :- दीपक सोती
पौडेल, डा. विष्णुप्रसाद (२०६८), मुक्तक सिद्धान्त पोखरेली मुक्तकका मूल प्रवृत्ति, पोखरा :- सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान
पौडयाल, कविशिरोमणि लेखनाथ (२०२४, नवौं सं,) लालित्य भाग , ललितपूर :- साँझा प्रकाशन
प्राशर, रमा (२०६५), सुकून, काठमाडौं :- मकालु प्रकाशन
बराल, नुमराज (२०६६), हिमशृङ्खला, पोखरा :- साहित्य शृङ्खला
बराल कृष्णहरी (२०५७) कवि भूपी विश्लेषण मूल्याङ्कन, काठमाडौं :- विद्यार्थी पुस्तक भण्डार
बाबु, सोमनाथ (?) असली रामायण, बम्बई :- बम्बई पुस्तक भवन
बाँस्तोला, कृष्णप्रसाद अन्य सम्पांं. (२०३७) मुस्कान, पोखरा :- युवा साहित्य सदन
.................... ............ (
२०३८), आमा नरोऊ अब, युवा साहित्य सदन, पोखरा
बाँस्तोला, कृष्णप्रसाद (२०५२), मुक्तक बत्तीसा, पोखरा :- युवा साहित्य सदन
बिखर्ची, सूर्य खड्का (२०५२), रूपातालको छाल, पोखरा :- स्वयम
........................... (
२०६०), तप्केनाका तीन थरी फूलहरू, पोखरा :- स्वयम
................................ (
२०६३),फूलमाया, पोखरा :- स्वयम
भट्टचन, चन्द्र, (२०६९), अस्तित्वका लागि :- अचेल बुद्ध पनि गहिरो सोचमा छन्, काठमाडौं :- सिर्जना कलेज अफ फाइन आर्टस्
भण्डारी, युवराज (२०६५), के ४७, खिचडी, पोखरा
भिरखोईरे, सुरज (२०६७), शल्यक्रिया, पोखरा :- स्वयम
मगर, कृष्ण मीगीन (२०६८), मीगीन, पोखरा : आदीवासी जनजाति प्रतिष्ठान
मगर, रूद्र सन्देश (२०६७), सम्झना, स्याङ्जा : मगर भाषा संस्कृति संरक्षण प्रतिष्ठान
मरासिनी, नारायण सम्पा अन्य, (२०६८), गण्डकी सङ्गम , पोखरा :- गण्डकी साहित्य सङ्गम
.............................. (
२०५१), समयका धब्बाहरू, पोखरा : साहित्य शृङ्खला
मास्की मगर, फत्तबहादुर (२०६४), देशको माया, पोखरा :- स्वयम
मियाँ, अलि (२०३८) अलिमियाँ, पुलचोक :- स्रग्रह प्रकाशन श्रीमार्ग
.................... (
२०५१), सम्झनाको दियो, पोखरा :- हनिफ मियाँ
मुमुक्ष, कृष्ण भण्डारी (२०६५) रूद्रावती पोखरा :- समाधान राष्ट्रिय दैनिक
रसाइली, विश्वराज (२०५५) शुभ विवाह, पोखरा :- स्वयम
रेग्मी, शिव (२०६१, दोस्रो सं.), भूपी शेरचनका कविता, ललितपुर :- साझा प्रकाशन
विकल्प, इन्द्रकुमार (२०६४), कालीको सुसेली, पर्वत :- पर्वत साहित्य संगम
शर्मा, गोविन्दप्रसाद (२०५०), अणु मासीक मुक्तक विशेषाङ्क, पोखरा :- प्रयोग समूह
शर्मा, सुकुम (२०४८) अमिला अणु, ते.. ०५६, पोखरा :- प्रयोग समूह
शाक्य, विश्व (२०५०), पुडके मान्छेका पुड्का कविताहरू, पोखरा :- प्राङ्गण प्रकाशन
शेरचन, उषा (२०५६), अक्षरहरूका शिविरबाट, पोखरा :- डि.बि. शेरचन
शेरचन, भूपी (२०६४,बाह्रौं सं.) घुम्ने मेचमाथि अन्धो मान्छे, ललितपुर :- काठमाडौं
श्रेष्ठ, डा. रूपक (२०७१), पोख्तक, पोखरा :- मुक्तक मञ्च
श्रेष्ठ, तीर्थ (२०६२) महाभारतका गीतहरू, पोखरा :- रमेश अधिकारी श्रीमती ज्ञानु अधिकारी
........... (
२०७०) जिन्दगीको गोधूलिमा, काठमाडौं :- रत्न पुस्तक भण्डार
सरूभक्त (२०३५) बन्द खामभित्र, पोखरा :- प्रशन तमु
............... (
२०६१) हजार बुद्धहरु,
................ (
२०६७) प्रेमयात्रा, सरूभक्त सरोकार केन्द्र, पोखरा

सोती, दीपक सम्पां. अन्य, (२०५०), धरा पाक्षिक, गाईजात्रे विशेष, पोखरा : सोती

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |