हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

टुङ्गना र डम्फु

सुन्दर जोशी, (वेष्ट पाम वीच, ल्फोरिडा)

आज भ्यालेण्टाईन डे । फिल्म ईन्ष्टिच्यूटमा ल्कास लिन जानु पर्दैन । मेलिना डोर्मको वरण्डामा बसेर वाँफको सेरोफेरोको अलौकिक सुन्दरता नियाली रहेकी छे । बजारभन्दा पूर्वतिरको पाखामा अवस्थित डोर्मको वरण्डाबाट सिङ्गै वाँफको सेरोफेरो नियाल्न सकिन्छ । म शब्दमा शायद वाँफको सुन्दरता वर्णन गर्नै सक्दिन । वाँफको प्राकृतिक रुप र रङ्गहरुको चित्रण गर्नै मेरो ध्येय पनि होईन । तर आज भ्यालेण्टाईन डेको दिन वाँफ जस्तै राम्री मेलिना के गर्दैछिन भन्ने कुरामा म उत्सुक छुँ ।

उनीपनि म जस्तै लेखिका हुन् र धेरै समय भावनामा डुबेर नै विताउँछिन् । तर आज भ्यालेण्टाईन डे । मेलिना यस जवानीमा भर्खरै पाइला राखेकी केटी वरण्डामा बसेर प्रकृतिको अनुपम सुन्दरता पिएर बसिरहेकी छे ।

हेर्दा हेर्दै मेलिनालाई मेन स्ट्रिटभन्दा अलि अलग्गै बसेको एउटा रेष्टुरेण्टले आकर्षित गर्यो । त्यो � ाउँ प्राय उ जस्तै भावनामा डुब्ने मानिहरुको प्रिय थलो हो । जहाँ बसेपनि जता फर्किए पनि प्रकृतिको अलौकिक दृश्यहरुसँग आँखा � ोकिन्छ र उनलाई फुर्सद  भयो कि त्यहाँ जाने बानी परिसकेको छ । अनायास उनी को� मा पसिन् । एउटा राम्रो स्वेटर लगाएर एउटा प्याकेटपनि हातमा लिईन अनि ल्यापटप त छोड्ने कुरै भएन । यो त उनको सर्वस्व नै हो ।

अलिकति भिरालो गोरेटो ओर्लिएर खोलाको किनारै किनारparty tents हिँडेपछि उनि आफ्नो प्रिय  रेष्टुरेण्टमा पुगीसकेकी छिन् । आजको मौसम वर्णन गरेर साध्य छैन । त्यसैले उनी खुल्ला आकाशमुनी गुलाफै गुलाफको फूलहरु भएको � ाउँमा बसेकी छिन् । केहि पिउने र केहि खाने कुराहरु अर्डर गरेर उनले आफ्नो ल्यापटप खोलिन् र सुस्तरी उनका सुकोमल औंलाहरु एकसाथ दौडिरहेका घोडाहरु झैँ कि बोर्डमा दौडिन थाले ।

"…आज भ्यालेण्टाईन डे । कतैबाट गुलाफ आउने छाँट छैन कसैलाई गुलाफ दिन जानुपनि पर्ने छैन…" उनका औलाहरु शब्दका बीउ छर्दाछर्दै रोकिए र तिनले छेउको शीसाको पर्खालतिर नियालिन् जहाँ उनको रुप प्रतिविम्वित buy wedding marquee भई रहेको थियो । आफैलाई मख्ख परेर हेरिन् र फेरि शब्दहरुको बीउ छर्न थालिन्…।

"मेरो रुप मेरो यौवन स्पष्ट प्रतिविम्वित भएको छ त्यो ऐनाको पर्खालमा । म आफ्नो रुप देखेर आफै छक्क परेकी छुँ । म त वास्तवमा निकै राम्री पो रहेछुँ तर किन मैले उपहारमा रातो गुलाफ पाएकि छुईनँ । अध्ययन र काम अनि काम र अध्ययन । मेकअप गर्ने फुर्सद  छैन । शायद मेरो यो अर्ग्यानिक रुपमा आजकलका केटाहरु आकर्षित हुँदैनन् । त्यसैले मैले वैंशको सँघारमा उभिएरपनि उपहारमा रातो गुलाफ पाएकि छैन ।

कस्तो फण्टुस सोचाईहरु । म भर्खर बाईस वर्षकि त भएँ अनि मेरो पढाई सकिएको छैन । मैले रातो गुलाफको चाहना गर्नै हुँदैन । मलाई थाहा छ कुनै न कुनै दिन अनायास, अचानक, अप्रत्यासित ढङ्गले मेरो सपनाको राजकुमारले आएर मलाई रातो गुलाफ दिने छ । अनि म भरिको यौवन छचल्किएर पोखिने छ । आफैलाई सम्हाल्न असमर्थ हुने छुँ म ।

त्यसै त अति सुन्दर छे वाँफ तर आज झन् सुन्दर देखिएकि छे । सम्पुर्ण वाँफ प्रेमकि प्रतिमुर्ति नै भएकि छ । रातॊ गुलाफ बोकेर गाडीमा म्यूजिक घन्काउँदै दौडिरहेका छन् केटा र केटिहरु । अलि पर सल्लाको party tents for sale रुखमा आड लिएर भर्खरै एक जोडिले गुलाफ साटासाट गरी अङ्गालोमा बाँधिए । म हेरिरहेकि छुँ र हेर्दाहेर्दै उनिहरु अविरल चुम्बन गरिरहेका छन् ।

कस्तो हुन्छ होला चुम्बनको स्वाद ? मलाई तिर्खा लागेर एक गिलास पानी रित्याउँछु । फेरि दुईतिनवटा गाडीहरु कानै चर्किने गरि म्यूजिक घन्काएर आईपुगेका छन् । शायद उनिहरुको प्रेमिका यहिँ आउँदै छे या यतै कतै उनिहरुको प्रतिक्षामा बसेकि छे । तर म भने कसैको प्रतिक्षामा बसेकि छैन । कहिले आउँछ होला मेरा सपनाको सुन्दर प्रेमी हातमा रातो गुलाफ लिएर ? यो प्रश्नले मन साँच्चे गह्रुङ्गो भैरहेको छ । म फेरि टोलाएकि छुँ । तर यति नै बेला अनायास मेरो कानमा 'टुङ्गना र डम्फु बजाउँदै…'  भन्ने गीत � ोकिन पुग्छ । अचम्म वाँफको सल्लाघारीभित्र टुङ्गना र डम्फु?  मेरा आँखाहरु मन्त्रमुग्ध भएर टाँसिएका छन एउटा ल्याण्डरोभरमा किनभने टुङ्गना र डम्फु त्यहि गाडीमा घन्किरहेको छ । म त्यो गाडीबाट निस्कने मानिसको प्रतिक्षामा छुँ साँच्चै भन्ने हो भने म उसको दर्शन पाउन आतुर भएकि छुँ ।

एउटा शेर्पा जस्तो लाग्ने हट्टा कट्टा जवान केटो गाडीबाट निस्किएको छ । होईन उसको नाक अलि लामो छ उ शेर्पा हुन सक्दैन । मेरो मन मैसँग प्रतिवाद गर्दै छ । जे होस् उ पक्कैपनि नेपाली हो र म आँखा झिमिक्क नगरी उसलाई नै हेरिरहेकि छुँ । अचम्म तर उसको हातमा रातो गुलाफ छैन बरु एउटा राईटिङ्ग प्याड हो या स्केच प्याड जस्तो पो छ । जे होस् उ लेखक या चित्रकार हुनुपर्छ र यति ह्याण्डसम नेपाली केटा देखेकि नै थिईनँ । शायद देखेँपनि हुँला तर वास्ता भएन । तर आज किन मलाई वास्ता लागी रहेको छ? मेरो मन मलाई नै प्रश्न गरिरहेको छ । र मेरो आँखा भने फेरि त्यहि सल्लाको बोटमा टाँसिएका जोडिमाथि परेको छ जो अझै चुम्बनमा डुविरहेका छन् ।

नीलो जीन्स, कालो स्वेटरमाथि ग्रे कलरको लेदरको ज्याकेट निख्खर कालो केश , ख्वै कसरी वर्णन गर्नु त्यस मानिसको म त नर्भस भई सकेँ उसको रुप देखेर ।

मेरो बिना मेकअपको रुपले उसलाई आकर्षित गर्ला र ?  मन अनायास खुम्चियो । उ त सरासरी एउटा बुढो भएको � ाउँमा पो गयो । अचम्म त्यो बुढोका हातमा पो रातो गुलाफ छ कतै महाशय गे त होईन …wedding tents for sale धत् लाटी… तँ अलि बढता शङ्कालु नै छस् मनले मलाई नै गाली गर्यो ।

वेहोशीमै आँखा मिचेछुँ । कण्ट्याक्ट लेन्सको हेक्कै भएन । डर लाग्यो अनि अनायास त्यहि महाशयको छेउमा पुगेर सोधेँ 'मेरो आँखा कस्तो छ?'  उसले एक सेकेण्ड पनि नसोचि भन्यो "तिम्रॊ आँखा कुनैपनि विश्व सुन्दरीको भन्दा राम्रो छ ।"

मलाई लाज लाग्यो । मेरो प्रश्न नै त्यस्तै थियो । उसले गलत अर्थ लगायो तर जे होस् म मेरो आँखाको प्रशँसा एउटा सुन्दर पुरुषको मुखबाट सुनेर दङ्ग परेँ र भनेँ 'त्यो अर्थमा होईन मेरो कण्ट्याक्ट लेन्स मिलेन'

उ अति मी� ो मुस्कुरायो र मेरो आँखालाई नजिकैबाट नियालेर भन्यो "हो त कस्तो रातो भएछ ।"

म उसलाई धन्यवाद दिएर आफ्नो � ाउँमा फर्किएँ र कण्ट्याक्ट लेन्स मिलाउँदै थिएँ उ मेरो सामुन्ने उभिन आएको मैले आभास पाएँ ।

"होईन तिमिले एकैचोटि नेपालीमा नै प्रश्न गर्यौ म जिल्ल परेँ ।"

"तिमि टुङ्गा र डम्फु बजाउँदै आएको थियौ त्यसैले अनुमान गरेँ"  मैलै सहज उत्तर दिएँ । आँखा अझै स्वाभाविक भई सकेको थिएन र उसलाई हाँसो उ� ्दो पारामा हेरिरहेकि थिएँ । उसले यहिँ आसन जमाउने सुर कसेको चाल पाएर मैले मेरो ल्यापटप अलि वर तानेँ ।

"कथा कविता के लेख्दै थियौ? "

"कसरी थाहा पायौ?"

"ल्यापटप तान्यौ नि!  फेरि यस्तो रोमाण्टिक � ाउँ छानेर बसेकि छौ ।

म मुस्कुराएँ मात्रै । मी� ो लाग्यो उसको बोली वचन । यो केटाले छाड्ला जस्तो छैन मनले मलाई सतर्क गरायो । तैँ त होस् हतारिएर आँखा देखाउन जानेः फेरि मनले मलाई नै दोष दियो । जे होस् अप्रत्यासित रुपमा उसले मेरो कुनै पुरानो साथी जस्तै ढुक्क तिमि भनेर सम्बोधन गर्यो । मी� ो लाग्यो मलाई । आजभोली हाम्रो नेपालमा मेरो उमेरका केटाकेटीहरु एकले अर्कालाई तिमिभन्दा पनि तल झरेर 'तँ' भनेर सम्बोधन गर्छन् । के फरक पर्छ र ?

"कोहि गुलाफ लिएर आउँदै छ कि ? मैले कतै अवरोध त पुर्याएको छैन ?" विनम्र वाणिमा प्रश्न आयो । 'तिमि गुलाफको फूल नलिई आयौ' झण्डै यसो भनेकि मैले । तर भनेँ "मलाई त आज भ्यालेण्टाईन डे भन्नेपनि थाहा थिएन । यो अनजान वस्तीमा म नौली नै छुँ ।"

"मौसम अनुसारका लुगाहरु मिलाएर लगाएकि छौ तिमि भर्खर नेपालबाट आएकि भने पक्कै होईनौ" उसले अर्थपुर्ण तरिकाले मेरो अनुहार नियाल्दै भन्यो ।

मैले उसलाई आफ्नो वृतान्त सुनाउनै पर्यो । फिल्म निर्माणमा पनि लेखन मेरो मुख्य विषय भन्ने चाल पाएपछि उ झन रौसियो । शायद वाँफको पर्वतीय फिल्म महोत्सवमा यदा कदा आईपुग्ने नेपाली डकुमेण्ट्रि हेर्ने गरेको थियो । मैले अध्ययन गर्ने सँस्थाको बारेमा थाहा रहेछ महाशयलाई फेरि प्रश्न गर्यो "कस्तो विषय वस्तुमा बनाउँदै छौ डकुमेण्ट्रि?"

"घोडाको बारेमा"

"घोडाको बारेमा?"  उ मेरो उत्तरलाई नै प्रश्न बनाएर हाँस्यो । मलाई अलिकति रीस उ� ्यो । "किन घोडाको बारेमा डकुमेण्ट्रि हुन सक्दैन र ?"

उसले हाँसो रोक्दै भन्यो "माफ गर मेरो अभद्रताकोलागी । वास्तवमा म आफैपनि …" उसले वाक्य पुरा नगरेर आफ्नो स्केच प्याडका पानाहरु पल्टाउन थाल्यो । त्यहाँ उसले विभिन्न रुपमा घोडाको चित्रहरु कोरेको थियो । उ अभद्र थिएन बरु आफ्नो रुचि मिलेको देखेर तीन छक परेको थियो । मपनि तीन छक परेँ र सोधेँ 'किन घोडाको चित्रहरुमात्रै?'

"लामो कथा छ, तिमि कथा लेख्ने मान्छेले भेट्टायौ भने…" उ फेरि आफ्नो वाक्यलाई अधुरै छाडेर मेरो अनुहार पढ्न थाल्यो । शायद उ केहि कुरामा आश्वस्त हुन चाहि रहेको थियो । हुनसक्छ मेरो अन्तरमनसम्म पसेर मलाई राम्ररी चिनेर बुझेर एकदम ढुक्क भएपछि मात्रै घोडाप्रति उसको उसको रुचिको बारेमा भन्ने विचारमा थियो । अब मैले अलिकति उत्सुकता देखाईनँ भने उ मेरो वितृष्णालाई बुझेर 'बाईबाई' भनेर जाने छ अनि म घोसे लाटी हेरेको हेर्यै हुनेछुँ । मनले मलाई सतर्क गरायो । हतार हतार भनेँ 'सुन्दैमा के फरक पर्छ तिम्रो स्विकृति विना लेख्दिन हुन्छ?'

उसले स्केच प्याडका पाना खेलाउँदै भन्यो "आँखामा सलबलाएको आकृति अनि परिवेशहरुलाई हतारमा कोरी हाल्ने बानी छ । पछि त्यहि स्केचलाई हेरेर पुर्णता दिन्छु ।"

"त्यसैले स्केच प्याड पेन्सिल  बोकरै हिँडछौ सँधै?"  मैले उत्सुक हुँदै सोधें । उसले मेरो आँखामा रहश्यपुर्ण तरिकाले हेर्यो र भन्यो "अवसर छोडदिन तर यस्तो रेष्टुरेण्टमा बसेको बेला यो भएन भने नेपकिनमै भएपनि कोरी हाल्छु ।"

उसले मेरो बानीको सुईँको पाई सकॆको थियो । मलाईपनि हरेक क्षण हरेक आकृति छेउछाउमा प्रतिध्वनित सङ्गीत यहाँसम्म कि अनायास कानमा � ोक्किने अरु मानिसहरुको कुराकानीले पनि प्रभावित पार्छ । यि सबै कुराहरु धागोको रङ्गीन डल्लाहरु जस्तै लाग्छ र म हजुर आमा जस्तै सबै डल्लाको धागो तानेर मग्न स्वेटर बुन्न थाल्छु, शब्दहरुको रङ्गीन स्वेटरहरु । कस्तो समानता म साँच्चै खुशी भएँ । तर अप्रत्यासित भेटिएको एउटा मान्छेसँग कुन हदसम्म नजिक हुने मैले फेरि आफैलाई प्रश्न गरेँ । उ किन घोडाको मात्रै चित्र बनाउँछ यो प्रश्नको उत्तर त मैले पाउनै पर्छ । अनायास मेरो बोली फुस्कियो "नभन्ने त्यसो भए ?"

"होईन त्यसो होईन । चित्रहरु सबै घरमा छन् । जाने हो त हेर्न?"  घर भनेपछि मेरो आङ्ग सिरिङ्ग भयो । घर भएको मानिस, जहान छोरा छोरी पनि छन् कि क्या हो महाशयको मनले प्रश्नहरु उछाल्न थाल्यो । उसले मेरो मनको भावलाई पढिसकेको थियो भनि हाल्यो "एक्लै बस्ने एउटा केटाको घरमा जान डर त लाग्दैन तिमिलाई?"

अलि चोथाले छुँ म पनि । मुखबाट फुत्किई हाल्यो "किन तिम्रा चित्रका घोडाहरु एकदम वाईल्ड छन् र?"

"वास्तवमा म त्यहि कुराले डराई रहेको छुँ । तिमि लेख्ने मानिस पक्कैपनि सम्वेदनशील छौ । चित्रको भावहरुलाई सामान्य मानिसहरुले भन्दा छिटो बुझ्ने छौ अनि……" उ अड्कियो र अर्थपुर्ण तरिकाले मलाई नियाल्यो ।

"अनि के?" म झन् उत्सुक भएँ ।

"तिमि जाने नै हो भने म लान्छु तर मैले नियतपूर्वक तिमिलाई त्यहाँ लगें भन्ने दोष चाहि मलाई नदेउ ।"

"मतलब?"

"मतलब चित्रहरु वाईल्ड छन् । म परिणामसँग होईन आरोपसँग डराउँछु ।"

"यसको मतलब तिम्रो चित्रहरु हेरेर प्रभावित भई कुनै कथा लेखेँ भने तिमि त्यसलाई परिणाम भन्छौ?"

उ केहि पनि बोलेन र बुढो काउब्याईतिर नियाल्यो । मेरा आँखाहरुले पनि उसका आँखाहरुलाई पच्छ्यायो । मेरो हेराईको के अर्थ लगायो कुन्नी डिङ्गो बुट बजार्दै उ त हामी भएतिरै पो आयो । हामी दुईको बीचमा भएको मेरो पानीको गिलासमा उसको हातमा भएको रातो गुलाफ राखेर लुई लुई गयो बाहिर र बडेमाको डज र्याम ट्र्क स्टार्ट गरेर सुँइकियो ।

विचरा उसको गर्ल फ्रेण्ड आएन होला घाईते मुटु लिएर गयो । मैले मनमनै सोचेँ । उ रातो गुलाफको फूल हेरेर हराई रहेको थियो । उसलाई झस्काउन यतातिरको एउटा चल्ति प्रश्न गरिदिएँ "साँच्चै तिमि बाँच्नकोलागी के गर्छौ?"

"रक क्लाईम्बिङ्ग"

"ईन्स्ट्र्रक्टर हौ?"

"सहायक, अघिको बुढो मेरो गुरुपनि मालिकपनि हो ।"

"मलाईपनि रक क्लाईम्बिङ्ग गर्न मनलाग्छ ।"  मैले हावामा भनिदिएँ । उसलाई अल्मल्याई राख्नु थियो मलाई,  नत्र उत मलाई घोडाको चित्र देखाउने बहानामा घर लैजान तम्सिसकेको छ ।

"खोई तिम्रो हात हेरुँ उसले भन्यो ।"  मैले चुपचाप आफ्नो दुबै हात उसको अघिल्तिर फिँजाई दिएँ । उसले निसँकोच मेरो हात समातेर भन्यो "कलम समात्दापनि भाँचिएला जस्तो छ तिम्रो हातहरु । यति सुकोमल हातहरुले पहरा चढ्नु असम्भव छ ।"

"हिमाल चढ्ने सुर छ मेरो" फेरि बतासे गफ दिएँ । कुनै प्रभाव परेन तर मेरो हात अझै छोडेको छैन । ज्योतिषि नै भए झैं मेरो हत्केलाको रेखाहरु पढिरहेको छ उ । एकपल्ट एक्लै कैलासतिर घुम्न गएको बेला जिर्ण मन्दिरको अघिल्तिर आसन जमाई बसेको एउटा बाबाजीको छेउमै बस्न पुगेछुँ । हातै नहेरी उ भन्न थाल्यो 'कन्या तुम एक जगह नहि बै� ोगी । दूर देशमें आँधिकी तरह एक आदमी तुम्हारे जीवनमें आएगा और …और…' बाबाजीले वाक्यपनि पुरा गरेको थिएन म उ� ेर हिंडिदिएँ । नास्तिक जो थिएँ ।

अहिले उ मेरो हात पढिरहेको छ। कतै त्यो आँधि यहि मानिस त होईन मलाई अहिले पछुतो भई रहेको छ बाबाजीको पुरा कुरा नसुनेकोमा ।

"ज्योतिषि शास्त्रपनि जान्दछौ कि क्या हो?"  प्रश्न गर्नै लागकी थिएँ उसले उछिनेर भन्यो "तिमि एक � ाउँमा बस्ने खालको मान्छे होईनौ ।"

म खितित्त हाँसिदिएँ ।

"किन ? मिलेन र?"

"दाङ्गतिरको थरुनी केटीलाई क्यानाडामा भेट्टाएका छौ । कुनै नौलो कुरा भयो र?"

मेरो कुराको कुनै प्रभाव परेन । उ अझै मेरो हात आफ्नो हातमा लिएर भनिरहेको थियो "सुदूर पूर्वतिरबाट आँधि जस्तै एउटा केटा तिम्रो जिवनमा आउने छ ।"  म झसङ्ग भएँ । उ टुङ्गना र डम्फु बजाउँदै पुर्वतिरबाटै आएको थियो । तै पनि सोधें "तिम्रो घर पुर्वतिरै हो कि?

"ओलाङ्गचुङ्ग गोला, कन्चनजँघा चढने सुर छ भने मसँग मित्रता त गर्नैपर्छ तिमिले ।"

"किन र?"

"किन भने कन्चनजँघा लिम्बुवान देशमा पर्ने छ र तिमि पर्यौ सुदुर पश्चिम तराईको ।"

यो महाशयलाई नेपालको राजनितिमापनि रुचि रहेछ मनमनै सोचें र भनेँ "सोलुखुम्बुको हिमालपनि त चढ्न सक्छु ।"

"त्यो पनि खुम्बवान भन्ने देशमा पर्ने छ तिमि पर्यौ आईमाई त्यो पनि अरु जातको सगरमाथा चढ्न तिमिलाई गाहारै पर्ला ।"

मैले विस्तारै आफ्नो हात तानेर गिलासमा भएको गुलाफ समात्न पुगें । त्यो रातो गुलाफको डाँ� मा भएको सानो काँडामा हात पर्यो । चसक्क दुख्यो । म हातको रातो गुलाफलाई मन्त्रमुग्ध हेरिरहेकी थिएँ । अनायास उसले उ� ्दै भन्यो "जाने हैन त ?"

म चुपचाप उसको पछि लागेँ सम्मोहित भएको मान्छे जस्तै । गाडी स्टार्ट गर्ने बित्तिकै टुङ्गना र डम्फु गुन्जिन थाल्यो ।

"कति मी� ो गीत"  मैले मौनता तोडेँ ।

"मलाई पनि अति मी� ो लाग्छ यो गीत । सिङ्गै मेरो ओलाङ्गचुङ्गगोला आँखामा आउँछ ।"  उसले स्टेयरिङ्ग छोडेर डम्फु बजाएको अभिनय गर्दै भन्यो ।

म दिल खोलेर हाँसे । यस्तो रमाईलो मान्छेको साथ पाएर दङ्ग परेँ । अन्जानमै मैले त गुलाफको फूल बोकेर आएछुँ । उसले नदिए पनि मेरो हातमा गुलाफको फूल छ । पहिलो पल्ट भ्यालेण्टाईन्स डे मा मेरो हातमा गुलाफ आईपुगेको छ र मलाई यो फूल छोड्नै मन लागेको छैन । धुपी र सल्लाको रुखहरुबीच नागबेली बगेको खोलको किनारै किनार भएर एउटा सानो पहरातिर गाडी चढ्यो । एउटा रमणीय � ाउँमा रुखहरुभित्र लुकेको घर अघिल्तिर उसले गाडी रोक्यो ।

"तिम्रो घर?"

"बसुन्जेल"

मैले बुझिनँ

"आफ्नो भन्नॆ केहि हुँदैन यो सँसारमा बाँचुन्चेल सँसारै आफ्नो मरेपछि डुमै राजा"

मैले उसलाई टी� लाग्दो किसिमले हेरेँ। वास्तवमा उसको कुराले मलाई भित्रैसम्म छोयो । उसले � िकै भनेको थियो बुझिस् मेरो मनले मलाई भन्यो । हामी घरभित्र छिरिसकेका थियौं । का� ैका� को चिल्लो भुँईमा हण्डेड नट्सका महँगा नेपाली गलैंचाहरु । भित्ताहरुमा देशेमरु झ्या देखी सारङ्गी टुङ्गना, मादल र डम्फुहरु अनि चित्रहरु मन्दिर हिमाल र टिपिकल नेपाली गाउँघरको । अनि त्यहाँ घोडाको चित्रहरुपनि थियो ।

जताततै फूलहरु थुप्रै रङ्गिन फूलहरु सोफाहरुमा टेडी बियरहरु अनि टेबुलमा विभिन्न प्रकारका चकलेटहरु ढोकाबाट प्रवेश गरे देखि नै जताततै भ्यालेण्टाईन्स डे जनाउने वस्तुहरुमा � ेस लागे मेरा आँखाहरु ।

"कसको लागी सजाएको तिमिले नढाँटी भन त?"  म नसोधि बस्नै सकिनँ ।

उ थुपै रङ्गीन क्याण्डलहरुमा आगो लगाउँदै थियो । त्यसबाट अचम्मसँग मी� ा सुगन्धहरु फैलिँदै थियो । म ति क्याण्डलका प्रकाशहरु र वास्नाले मुग्ध हुँदै गईरहेकि थिएँ ।

मेरो प्रश्नको उत्तर नदिएर उसले मलाई शँकाको कुहिरोभित्र पारिदियो । म अझै उसको उत्तरको प्रतिक्षा गरेर उसलाई नै हेरेर बसीरहेकी छुँ । उ उसको किचेन नजिकैको सानो मिनीबारमा पुगेको छ । अनायास उसले फर्किएर मलाई हेर्यो । हाम्रा आँखाहरु गजबले जुधे । उसले एक सेकण्डपनि नपर्खी सोधिहाल्यो "तिमि केही पिउँछौ?"

मैले स्वीकृतिमा टाउकोमात्र हल्लाएँ । उसले लेदरको ज्याकेट खोलेर नजिकैको काउचमाथि फाल्यो र स्वेटरको बाहुला माथि सारेर आफ्नो प्रिय पेय पदार्थ बनाउने तयारीमा लाग्यो ।

म भित्ताहरुमा भएका चित्रहरुमा आँखा डुलाउँदै थिएँ । उसले मार्गरीटाको गिलास बढायो । तर मेरो हातमा त त्यो रातो गुलाफको फूल अझै थियो । फूल उसलाई समात्न दिएर मार्गरीटा समातेँ । अन्जानमै मैले उसलाई फूल दिई सकेकी थिएँ र उसले दङ्ग परेको अभिनय गर्दै फूलको वास्ना लियो र त्यसलाई एउटा अमूर्त चित्रको अघिल्तिर राख्यो ।

भर्याङ्ग नजिकैको भित्तामा थियो त्यो अमूर्त चित्र र त्यहाँबाट भर्याङ्ग सँगसँगै अमूर्त चित्रहरुको श्रृङखला माथिमाथि चढ्दै गएको थियो । म पछ्याउन थालेँ चित्रहरुलाई । प्राय सबै चित्रहरुमा घोडाको विभिन्न आकृति र मुढ प्रतिविम्वित थियो । झण्डै आधि भर्याङ्गनिर भएको एउटा अमूर्त चित्रमा मेरो आँखा निकै अल्झियो । मार्गरीटा पिउँदै त्यो चित्रमा आँखा टाँसेर बसिरहेँ । निकै प्रतिकात्मक थियो त्यो चित्र तर उसले भने जस्तै म सामान्य मानिसभन्दा छिटो त्यस अमूर्त चित्रको अर्थ बुझिरहेकी थिएँ ।

कँचनजङघालाई पृष्� भूमीमा राखेर बसेको सानो हिमाली गाउँ खुला मैदानमा दौडिई रहेका उन्मुक्त घोडाहरु एउटा सिङ्गाने केटो जिल्ल परेर पर्खालमा चिउँडो राखेर लुकेर हेरिरहे जस्तै के के हो कॆ कॆ थुप्रै आकृतिहरु सलबलाए आँखामा । अलि असन्तुलित भएँ म । शायद मार्गरीटा मिसिएर चित्रहरुको नशा चढ्दै थियो म मा । म अलि धरमराएँ । उ एकदम छिटो आईपुग्यो र टुङ्गना जस्तै जुरुक्क बोक्यो मलाई । साँच्चै म उसको अङ्गालोमा टुङ्गनाजस्तै बेरिएकी थिएँ । केही भर्याङ्गका खुड्किलाहरु चढेर एउटा खुल्ला सिटिङ्ग एरियामा मलाई उसले पुर्यायो र झ्यालसँगैको काउचमा सुताईदियो । म टुङ्गना भएर उसको अँङ्गालोमा बाँधिँदाका स्पर्शहरु अझै अनुभव गरिरहेकी थिएँ । कति बलिया पाखुराहरु ।

उ नजिकैको फायर ल्पेसमा का� का � ुटाहरु थपेर आगो सल्काउँदै थियो । आगोको मलीनो तर मादक उज्यालोमा बसेर न्यानो ताप्नु अति मन पर्छ मलाई । मेरो हरेक हरेक चाहना बुझेको मानिसजस्तै उसका हरेक व्यवहारहरुले मलाई मोहित बनाई रहेको थियो । म उ� ेर बस्छु र यताउता नियाल्छु । सामुन्ने भित्ताको एउटा अमूर्त चित्रले मलाई आकर्षित गर्छ र म अलि लरखराउँदै त्यसमा अल्झिन पुग्छु ।

"किन सबै चित्रहरुमा हिमाल र घोडाहरु मिसाउँछौ तिमि?"  अनायास प्रश्न गरें मैले । उ अझै आगो बाल्नै व्यस्त थियो । मलाई हेर्दै नहेरी भन्यो "पुर्खाहरु घोडाको व्यापार गर्थे । तिब्बतदेखी बङ्गालको खाडीसम्म घोडामा यात्रा हुन्थ्यो । मेरो बाल्यकालको लामो समय घोडासँगै बितेकोले हुन सक्छ ।"

"त्यसो भए तिमि त घोडा चढ्नपनि सिपालु छौ होला।"

"जङ्गली घोडाहरुलाई तालमा हिँडाउने कामपनि गर्थे कुनैबेला ।"

"हाम्रो दाङ्गमा एउटा अँचलाधिशको सेतो घोडा थियो एकदमै छुच्ची कसैलाई चढ्नै नदिने ।"

"मेरो फेला नपरेर"

उसको जवाफ सुनेर म मुस्काएँ मात्रै । भित्र कता कता किन हो कुन्नी कुतकुती लाग्यो । नजिकैको अर्का चित्र हेरेर भनेँ "चित्रहरुमा तिम्रा घोडाहरु अलि उच्छृङखल हुँदै गईरहेका छन् ।"

नसुने जस्तो गर्ने उसको बानी नै हो कि क्या हो कुनै जवाफ आएन तर उसले चित्रहरु वाईल्ड छन् भनेर सङ्केत त पहिले नै गरिसकेको थियो नि । मैले उसलाई चियाएँ । उ अझै आगोमा दाउरा थप्दै मार्गरीटा पिईरहेको थियो party tents । अनायास मेरो आँखा फायर ल्पेस नजिकै � डिएको गीटारको खोलमाथि पर्यो । म उसको नजिकै आगोको छेउमा बस्न पुगेँ । निकै अर्थपूर्ण तरिकाले मलाई उसले हेर्यो। मैले सोधेँ "गिटार बजाउँछौ?"

"अलि अलि.. "

"गीत पनि गाउँछौ ?"

"कहिले काहिँ"

"सुनाउ न एउटा गीत "

हतार हतार उसको हातबाट मार्गरीटाको गिलास खोस्दै मैले विन्ती गरेँ । wedding tents rental कस्तो ज्ञानी मान्छे । चुपचाप गीटार निकालेर तार मिलाउन थाल्यो । आगो, मार्गरीटा, रातो, गुलाफ, अमूर्त चित्रहरु अनि सङ्गीत । वातावरण साँच्चै वर्णन गर्नै नसकिने आनन्ददायी हुँदै गईरहेको थियो । साँच्चै एउटा पेशेवर वाद्यवादक झैं उ ल्कासिकल गीटारमा औला चलाउन थाल्यो र विस्तारै गुनगुनाउन थाल्यो ।

'सुन्दरताको तिमि उदाहरण हौ
परिको तिमि एउटा नमूना हौ
शङ्कै छैन तिम्रो रुपमा
ईश्वरको तिमि मलाई उपहार नै हौ'

सबिन राईको गीत गाए जस्तो गरेर उसले मलाई परीसँग तुलना गरेपछि म आफु लजाएको लुकाउन त्यहाँबाट उ� ें र झ्यालतिर गएँ ।

एउटा छेउमा उसको एउटा अपुर्ण चित्रमाथि आँखा पर्यो । wedding tents for sale एउटी अर्धनग्न आईमाईको मृत शरीर बोकेर एउटा घोडा घोर अन्धकारतिर दौडिरहेको प्रतिविम्व स्पष्ट देखेँ मैले ।

'तिमि एउटा कहाली लाग्दो चित्र बनाउने तयारी गरिरहेका रहेछौ ।'  म त्यसै बडबडाएँ । म डराएको देखेर उसले गीत रोक्यो । वास्तवमा उसले पहिले नै भनि सकेको थियो चित्रहरु वाईल्ड छन् भनेर । म उसित रिसाउन पनि सकिनँ । म त्यो अधुरो चित्रको आकृतिहरुले पूर्णता पाउनु अघि नै आफुलाई त्यो आईमाईसँग रुपान्तर गरेर आत्तिई सकेकी थिएँ ।

अचानक ल्यापटपको लो ब्याटरी को वीपले मेलिना vent tents झस्किईन् र आफुलाई जहाँको त्यहिँ पाईन् । अघिका सबै दृश्यहरु अक्षरमा ल्यापटपभित्र कैद भईसकेको रहेछ र तिनलाई हत्तपत्त सेभ गरेर ल्यापटप बन्द गरिन् ।

रेष्टुरेण्टभित्र निकै चहल पहल बढि सकेको थियो । टुङ्गना र डम्फु बजाउँदै आउने मानिस त्यहाँ कतै थिएन । यु ट्युबको आफ्नो ल्पे लिष्टमा भएको गीतहरु सुन्दै कि बोर्डमा औला चलाई रहेकि मेलिना साँच्चि नै निकै बहकिए जस्तो छ । फेरि नजिकको त्यहि ऐनामा आफुलाई एक्लै देखेर आफैँसँग लजाईन् ।

बाहिर अलि अलि हिउँ पर्न थालिसकेको थियो । आलो हिउँमा आफ्नो पाईतालाको डोबहरु छोड्दै उनी आफ्नो बाटो लागीन् । एउटा सानो का� को पूल तर्नै लाग्दा एक जोडिले फोटो खिचिदिन अनुरोध गरे । केटिको हातमा wedding tents राम्रो फूलको गुच्छा र टेडि विएर पनि थियो । शायद उनको हात रित्तो देखेर होला टेडि विएर उपहार स्वरुप उनलाई दिईन् । मेलिनाले नाई पनि भन्न सकिनन् । उनको भ्यालेण्टाईन डे यसरी नै वित्यो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |