हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

साईबर साईनु

भारती गौतम, (बोष्टन)

"कबिता, ए कविता, खै आज उ� ्नु पर्दैन कि क्या हो"?

प्रमोदले बिहान पांचबजे उ� ेर रामदेवको कपाल भांती स्वास प्रश्वास सकेर प्राणायाम सकेपछिको "ओम’’,  "ओम," को झन्कार बाट ब्युँझिने  party tents कबिता आज त भुसुक्कै निदाईछन्।

प्रमोदको आबाजले झस्किएर ब्युँझिएकि कवितालाई बिहान हो वा बेलुका हो मात्र हैन कि आफु कुन � ाँउमा छु भन्ने समेत थाहा भएन। ब्युँझिँदा कवितालाई बर्षौ देखि हराएको र भर्खरै भेट्टीएको हजुर आमाले दिएको औ� ी फेरि पोखरीमा झरेको जस्तो लागेको थियो। बाहिर तिन जुवा घाम आईसकेको र दशैंको किनमेल गर्न संगै जाने भनेको ले रमला पनि आउने बेला हुन आटेर मात्र, नभए कवितालाई ओछ्यान बाट उ� ्नै मन थिएन। यसपाली दशैं सधै भन्दा ढिलो आएर होला, luxury wedding marquee hire किन किन दशै हैन बरु तिहार आए जस्तो लागेको छ, कबितालई।

परीक्षामा ढिलो पसेको बिद्यार्थी जस्तै कबिता हतार हतार ओछ्यानको छेउमा भएको चप्पल लगाएर लुगा झुड्याउने स्ट्याण्ड बाट हरियो कुर्ता र हरियै सुरुबाल टिपेर बाथरुमतिर छिरिन्। त्यति बेला सम्म घरमा सघाउने नारानले चिया तयार गरेर प्रमोदलाई दिई सकेको रहेछ। कबितालाई नुहाउने पानी पनि बाल्टिनमा तयार नै थियो। नुहाई सकेर कपालको पानी पनि luxury wedding marquee hire नसुकी कबिता बाहिर आएर सेलाउनै लागेको चिया पिउन थालिन्।

"नारान, आज त्यो मैयाको को� ाको तन्ना धोएर मैले अस्ति किनेको  सुन्तला रंगको तन्ना हाल्नु है!"

"हुन्छ, काकी, सबीन बाबुको को� ा त मैले हिजो नै पुछेर त्यो आलमारी भित्र रहेका किताब पनि सुकाउन निकालेको छु "

नारानको जबाफ सुनेर कबिता ढुक्क भईन्। आज दशैंको किनमेल गर्नु पर्ने। एक पटक भृकुटी मण्डप पनि छिर्न त मन लागेको हो कबितालाई, त्यसैले रमलालाई पनि बोलाएको हो, तर यसो बिचार गर्दा खास किन्ने पनि केहि नभए जस्तो र त्यो भीड संझिदा त काहाली नै लागेर आउने। तर रमलालाई बोलाई सकेको हुदा कबिताले दसै बजार जाने नै निधो गरिन्।

प्रमोद त लुगा लगाईवरि बाहिर निस्किसकेका रहेछन। बिहान बिहान अफिस जानु भन्दा अगाडी प्रमोद धेरै जसो यसैगरी बाहिर निस्किन्छन्। धेरैजसो त प्रमोद डिल्ली बजार चोकको साईबर क्याफेमा जान्छन् र सबीन अनि शिखा संग कुरा गरेर आउछन्, । अमेरिका फोन गरेको buy party tents मिनटको तीन रुपियामा पाईने त्यहि एक � ांउ भएकोले घट्टेकुलो बाट केहि पर भए पनि प्रमोदलाई त्यो � ांउ नजीकै लाग्छ। कबिताले त सबिन र शीखा संग कुरा गर्न पाउने भनेको नै उनीहरुले उताबाट कल गरेको बेला मात्र हो। त्यति धेरै त कहां गर्छन र उताबाट पनि, पहिलो त उनीहरुको कामै काम, फुर्सद मिलाउनै गार्हो,अर्को राम्रो कार्ड महंगो र सस्तो कार्ड नराम्रो । फेरि कहिले काहि त समयको फरकको अन्दाज नभएर कुरा गर्दा गर्दै र उनीहरुको कार्ड सक्न पट्टी लाग्दा लाग्दै यता आधारात भईसकेको हुन्छ र यी आज जस्तै बिहान तीन जुवा घाम आउदा पनि अर्काले उ� ाउनु पर्छ।

"मामु, मेरो आई ट्वेन्टी आएछ, नेब्रास्काको बेल्भ्यु कलेज बाट"

आ� वर्ष अगाडी सबीनले भनेको उक्त वाक्य अनि त्यसको तीन बर्ष पछि "दादाको कलेजले नै मलाई पनि आई ट्वेन्टि प� ाई दिएछ, मलाई त्यहि जान त मन थिएन ,तर पछि गएर म अन्तै ट्रान्सफर गर्छु" भन्ने शिखाको बाक्यले कबिता र प्रमोदलाई सगरमाथा चढेको संतुष्टी मिलेको थियो। आफ्ना सहकर्मी र नातेदारका वयस्क छोराछोरी क्रमश: शिशिरका पातजस्तो बिदेश तिर बिलाउन लागे पछि सबिन र शीखालाई कतै नप� ाए सम्म कबिता र प्रमोदलाई रात रात भर निद्रा पनि लाग्न छोडी सकेको थियो। काभ्रेको केहि पुर्खयौली जमिन  बेचेर अनि यहि घट्टेकुलाको घर बन्धकीमा राखि केहि पैसा जुटाएर पहिले सबिनलाई र केहि पछि शिखालाई अमेरिक प� ाउँदाको ढुक्कले प्रमोद र कबिता कति गहिरो निद्रा सुतेका थिए, उहिले गोरु बेचेको निद्रा भनेको शायद त्यहि थियो होला। आ� बर्ष अगाडीको त्यो गहिरो निद्रा त्यस पछिका सबै रातहरुकोलागि भन्ने बारे त प्रमोद र कबिताले सोचेको पनि थिएन।

आ� बर्ष देखि प्रमोद र कबिताको लागि केहि बर्ष सम्म टेलिफोन मात्रै र बिगत चार पांच बर्ष देखि साईबर क्याफे अनि सबिनले प� ाएको पैसाले तीन बर्ष अघि किनेको कम्प्युटर प्रिय भएका छन। शायद उनीहरुको परिबारका नजिकैका परिबारका सदस्य भन्नु यी नै अमुर्त माध्यम रहेका छन्।

 "मामु दशैको शुभकामना" भन्ने फोन नआए सम्म दशैं आए जस्तो पनि लाग्न छोडेको प्रमोद र कबितालाई।

सबीन गएको चार बर्ष पछि फोनमा कुरा हुदा हुदै बिचमा "मामु एउटा सर्प्राइज छ" भनेर जुलिया संग बोल्न लगाउदा कबिताको सातो गएको थियो। के बोल्ने के बोल्ने भनेर नर्भस भएकी थिईन् त्यसको अर्को बर्ष नै सबीन र जुलियाको बिहे भएको थियो।

नेपाली परम्परा अनुसार पनि मन्दिरमा बिहे गर्ने भनेको हुँदा रमलाकी छोरि नीता जाँदा कबिताले एकजोर रातो भरेको सिफनको सारीको सेट र एकजोर नेकलेस सेट प� ाईदिएकी थिईन।

बिहेको दिन पनि फोनमा सबीन संग कुरा भएको थियो, तर जुलिया संग बोल्न कबिताले नै गाह्रो मानेकी थिईन। 

सबिनको को� ाको आलमारी माथि जुलिया र सबिनको बिहेको फोटो एका पट्टी नेपाली बेहुली जस्तै सजिएकी जुलिया र अर्को पट्टी सेतो गाउनमा मोतीको सेटमा सजिएकी जुलियासंग हांसेका सबीनको फोटो राखेको छ। सबीनले चाहि एउटामा दौरा सुरुवाल र अर्कोमा सुट लगाएका छन्।

अब त जुलिया र सबिनको छोरो पनि दुई बर्षको भैसकेछ। हिजो मात्र कुरा हुँदा आशय नाम राखिएको नाति ले कबितालाई

"हाई ग्र्यानी", भनेको थियो र तोते बोलीमा "आई लभ यु ग्र्यानी" भनेर फोन राख्ता कबितालाई कता कता त्यो कता कता हो कता भएको बालकको माया लागेर आएको थियो।

जुलिया र सबिनले चिनजान भए देखि बिहे हुँदा सम्म, आशय जन्मिने भन्ने थाहा पाए देखि आशय अहिले दुई बर्ष हुँदा सम्मका फोटा कम्प्युटर मार्फत बारम्बार देखि राखेको र यदा कदा बोली पनि सुन्ने गरेको हुँदा जुलिया र आशय मात्र हैन आफुले अगाडी देख्ता कलिलै लागेको सबीनलाई जिम्मेदार बाबु र भरपर्दो पतिको रुपमा बद्लिएको पनि फोटैमा त देखेका छन् नि प्रमोद र कबिताले , तै पनि उनीहरुका लागि त्यो कताकता समुद्रपारीको परिबार साथैमा भए जस्तो लाग्छ। आफैं संग सधै नै भए जस्तो लाग्छ। जुलियाका परिबार को समेत फोटो देख्ता देख्ता आफ्नै लाग्न थाली सकेछ प्रमोद र कबितालाई। उनीहरुसंग त्यो बाहेक अरु बिकल्प पनि त छैन नि ति सबै संग नजिकिने। बेला बेला बेतारको तकनिकी माध्यमले कति हो कति माईल तरेर आएका ती अमुर्त छायाहरु नै प्रमोद र कबिताको परिबार भएको छ।

उता शीखाले पनि आफैं संग पढ्ने एकजना हिन्दुस्तानी मुलको केटालाई मन पराएको र बिहे समेत गर्ने निधो गरेको बारे यसैपालीको मदर्स डे को फोन गरेको बेला 'सरप्राइज' गरेकि थिईन्। प्रमोद र कबितालाई अब त हरेक पल 'सरप्राइज' को कोशेली लिएर आए जस्तो लाग्न थालेको छ। छोराको बिहेलाई बर्षौं देखि जोडेर राखेका गहना, थरी थरीका सारी, कल्पना भरि कल्पिएका कुटुम्बहरु , छोराको बिहेको पार्टी दिन कल्पेका होटलहरु,बोलाउने मान्छेका लिस्टहरु,पाउन सकिने उपहारका अन्सारहरु सबैले नै त उनीहरुलाई सर्प्राइज बनाएका थिए। बर्षै पिच्छे छोराको ,छोरीको र बुहारीको पनि निधार भरि दशैंको टिका लगाएर खुट्टाको सटटा हातैमा ढोग्न लगाएर उनीहरुलाई सर्प्राइज दिने रमाईलो अरु के के हो सवै नै त उनीहरुको जीबनको नाटक बनेको छ । नाती जन्मिदा अस्पतालमा जागै रातभरि बस्ने र नर्सले पहिले नाती आफ्नै काखमा राखिदिएको कथा आफ्नी सासुबाट सुन्दा कबितालाई पनि त्यसै गर्ने रहर लागेको कुरा कुनै दिन रमलासंग गरेकी थिईन, अहिले रमलाले त्यो संझाउदा कबिता कुरा अन्तै मोड्ने थालेकी छिन्।

अहिले सम्म त शीखाले नेपाल नै आएर बिहे गर्छु, भनेकि छन् तर १६ बर्षकी कलिलि बालिका प� ाएकी शीखाले बिहे गर्ने बारे सोच्न कबितालाई निकै गाह्रो भै राखेको छ। यसबारे केहि नसोचेर नै कबिता आफूलाई ढाट्न समर्थ भएको � ान्ने गर्छिन,। 

"ए, कबिता, खै तयार भएको त दशैं बजार जान, रमला आउने बेला भएन र?"

प्रमोदको बोली सुनेर कबिता केही झस्किईन उनको काल्पनिक दुनिया बाट।

"साइबर क्याफे पनि कस्तो भरिएको, मोटर साईकलको पेट्रोलको लाईनमा बसे जस्तै, फोन गर्न पनि घण्टौ कुर्नु पर्ने" प्रमोद निकै दिक्क भएका सुनिन्थे।

"अनि कुरा भयो त, छोरासंग"?  कबिताले भित्रै बाट सोधिन्।

"के को हुनु नि, कुरा गर्ने भन्दा पनि कम्पुटरमा आफ्ना छोरा छोरी बुहारी ,ज्वाई र नाती नातिनीका फोटा हेर्नेहरु नै धेरै," एकै सासमा भने प्रमोदले । तर उनलाई कम्तिमा आफ्नो घरैमा कम्पुटर भएकोले अघाउन्जेल फोटा हेर्न पाउने भएकोमा ढुक्क भए जस्ता सुनिन्थे।

"अनि कुरा गर्न नपाएको भए यतिका बेर किन लागेको त?"

हातमा कपाल कोर्ने ब्रस लिएर कबिता बाहिर निस्किईन।

" त्यहौं सबै आफूले चिनेकै चिनेका, कसैको छोरो, कसैकी छोरी, कसैकी बुहारी , कसैका ज्वाई, कसैका नाति, कसैकी नातिनी सबैका फोटा हेर्दा हेर्दा पालो पाए पो" प्रमोद ले जवाफ दिए।

कबिता दशैं बजार गर्न तयार भैसकेर रमलालाई फोन गर्न आँटेकिमा रमलाकै फोन आयो।

"कबिता, आज म जान नपाउने भएँ, नीताले अमेरिकाबाट 'फोन गर्नु न मामु, यहाँ मेरो कार्ड किन्न जाने � ाँउ सार्है टाढा छ' भनेको हुँदा मैले साईबर क्याफेमा जानु पर्यो"

कबिता लुगासुगा फेरेर शीखाको को� ातिर लागिन, भर्खर नारनले दशैको उपलक्षमा फेरेको तन्नाको माडले अलिक बिझाए जस्तो लाग्यो र उनी फेरि सबिनको को� ामा गएर कम्प्युटरमा भएका फोटा एक एक गरेर हेर्न थालिन। खै के गर्न आंटेको पनि बिर्सिएर प्रमोद पनि त्यहि कम्पुटर सामु बसे। फोनको घण्टि बजिरहेको छ, पल्लो को� ामा।

Comments

Bidya Raj Subedi

Thank you all for sharing your thoughts and experiences. I felt sorry to hear Bhogendra Khanal\'s situation in past. It is a big pain for the travelers, especially when they have limited days in travel schedule. In near future, I plan to discuss this issue with related person of American Airlines.

Bhogendra Khanal

I an not surprised at the Idiots of american airlines. I had the exact sittuation except with a american passport going to nepal through Bairan, I was told i Needed a visa for Bairan when the travel agency said not. The airline officer refused to speak to the travel agent even though i had her on the phone. 
I finally had to fly to paris clear customs and check in again. I never needed a visa to Bairan in fact i spent a night at the hotel provided by the airlines. When will the Idiots at AA Miami 
learn the real world travel instead of looking at the computer.

Krishna Shrestha

A very sentimental positive outcome from a unnecessary boring situation.I really appreciate your final decision .Janani Janma Bumishya sworgadapi gariyasi.
Thank you for sharing such a sadden feeling which you received just being a Nepali.

पुरुशोत्तम गौतम

खुशी लाग्यो तपाईंको कमिटमेन्ट पढेर । आफ्नो देश बिर्सेंर पराया भुमिमा बिना अर्थको जीवन जिउनु भन्दा आफ्नो मुलुकको लागि जीवन अर्पित गर्नु महान कार्य हो भन्ने लाग्छ मलाई पनि । म पनि २ बर्ष नेपाली पासपोर्टको दयनियता भोगेर फर्केको हुँ । आफ्नै देशमा ज्यान फालेर लाग्ने असल बिचार ले नै म काम गरी रहेको छु । 

Dr. Hari Pandey

I am shocked to read the touching and highly sentimental but a true story from my friend Dr.Subedi.I am also highly impressed on his commitment to return back to Nepal and develop Nepal financially so that all Nepalese passport holders while travelling may not have to face such a shame situation

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |