हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सुतेको मन

बासु श्रेष्ठ, (उडव्रिज, भर्जिनीया)

जैसन नुनीको टेबलमा Photo printer गएर जिस्किरहेको म अक्सर देख्ने गर्थेँ । नुनीको भर्खर ब्रेकअप भएको थियो । जैसनकोपनि गर्लफ्रेण्ड थिएन ।

नुनीसँग मैले उसको ब्रेकअपको बारेमा सोध्दा भनेकी थिई \'उ  मलाई कतै जान दिन चाहँदैन  ।advertising player म उसकै वरपरमात्र घुमीरहोस् भन्ने चाहन्छ । जुनकुरा सम्भव छैन । म काम गर्छु, स्कूल जान्छु, मेरा साथी सँगाती छन् । उसले चाहेको कसरी पुरा हुनसक्छ र? मैले सम्झाउँदै भनेको थिएँ \'शायद यो तिमीप्रतिको अघोर माया हो ।\' नुनीले तत्काल भनेकी थिई \'त्यो माया होईन, नियन्त्रण हो र म नियन्त्रण सहन सक्दिन ।\' मलाई त्यतिखेर उसको ब्वाईफ्रेण्डप्रति दया लागेको थियो । शायद माया गर्नपनि तरिका जान्नुपर्दो हो कि भनेर ।


जे होस् एकदिन अफिसमा मैले जैसनलाई जिस्क्याउँदै सोधेँ \"क्या हो जैसन, ad display तँ त आजकल खुब नुनीको वरपर घुमेको देख्छु । कुरा के हो?\" 

जैसनले सोझो मनले भन्यो \'त्यस्तो केहि छैन । मैले त्यतापट्टि कहिल्यै सोचेको छैन । त्यसमाथि उ मभन्दा १० वर्षले कान्छि छे । त्यसकारण मैले उसको बारेमा सोच्नु नै बेकार हुन्छ, सोचेको पनि छैन ।\'

मैले भनेँ \'उमेरको कुरा त मन मिले मिलिहाल्छ नि । तर उपनि एक्लै, तँपनि एक्लै । नुनी राम्रीपनि छे, advertising playing machine हँसिली रसिलीपनि छे, तँसँग अक्सर हाँसेरै कुरा गरेको देखेको छुँ । एकपटक उसको मन चोरी हेर्, थाहा भईहाल्छ नि ।\'

भोलीपल्ट अफिसमा जैसनले मलाई देख्नेवित्तिकै भन्यो \'हिजोदेखि मेरो दिमागमा तैँले भनेको कुरा सोच्या सोच्यै छुँ । जति चाहेपनि हटाउन सकेको छैन । हरपल नुनीकै बारेमा मेरो दिमाग घुमी रहेको छ । रातीपनि राम्ररी सुत्नपाएको छैन ।\'Photo printer


मैले हाँस्दै भनेँ \'शायद मैले तेरो सुतेको मनलाई उठाई दिएँ । कहिलेकाहिँ कसैले घच्घच्याएपछि नसोचेको कुरापनि जागृत भएर आउँछ । कुरा बुझ् जैसन |\'

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |