हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

भुलक्कड

विपुल सिजापति, (काठमाण्डौ)

युगोस्लाभियाबाट अलग हुनकोलागि क्रोएसियनहरुको युद्ध चलिरहेको थियो । युगोस्लाभियासँग साँध जोडिएको क्रोएसियनहरुको बाहुल्य भएको एक बस्तीका बासिन्दा मार्कोभिच phone photo printer मध्य डिसेम्बर महिनाको एक साँझ बिना खबर हराएका थिए । त्यसैले उसको घरका परिवारका सदस्यहरु चिन्तित थिए ।“प्रहरीहरू कुनैपनि बेला यहाँ आइपुग्छन्,” टेलिफोनको  रिसिवर राख्दै मार्कोभिचको छोरा मिहानोभिचले भन्यो, “अब यस कठिन परिस्थितिमा   उनीहरूले नै केही मद्दत गर्न सक्छन् ।”

phone photo printer “तिमीले उहाँका साथीहरूलाई पनि एकपटक सोधेको भए हुन्थ्यो नि,
कतै साथीहरूको घरमा त उहाँ बस्नु भएको छैन!” मोर्कोभिचकी बुहारी आद्रियानाले सम्भाव्यता दर्शाइन् ।
“उहाँ अक्सर जाने उहाँका दुईजना संम्भाव्य साथीहरूको घरमा मैले फोन गरेर सोधिसकेँ, उहाँ त्यहाँ जानुभएको छैन,” मिहानोभिचले थाकेको स्वरमा भन्यो ।
“हे भगवान्! यो फेरी कस्तो विपत्ति आईलाग्यो । कुनै संम्भावित दुर्घटनाको आशंकाले मेरो मन काँपिरहेछ । निश्चय पनि उहाँ कुनै ठूलै विपत्तिमा पर्नु भएको छ ।”


printing machine “ईश्वरमा विश्वास राख आद्रियाना, त्यस्तो केही भएको छैन । यस्तो 
खराब परिस्थितिमा सर्वप्रथम हामीले आफूलाई नै सम्हाल्नु पर्दछ, तब मात्र चित्त धीर भएर केही गर्न सकिन्छ । इभान कहाँ छ? ऊ पनि आफ्नो हजुरबुबा हराएको खबरले हतास देखिन्थ्यो ।”
“ऊ अहिले सानै छ, यस्तो कुरामा उसलाई संलग्न गराउनु मेरो बिचारमा गल्ती हुनेछ, इभान आफ्नो हजुरबुबाको एकदमै प्यारो नाति हो, उनीहरुको एकअर्का प्रति भएको आत्मियतामा यस घटनाले ठूलो असर पार्न सक्छ र ऊ मानसिक रुपमा विचलित पनि हुनसक्छ । त्यसैले उसलाई यो घटनाबाट टाढै राख्दा राम्रो हुन्छ,” आद्रियानाले सकभर आफ्नो बाह्र वर्षीय छोरा इभानोभिचलाई घटनाको असरबाट सुरक्षित राख्ने चेष्टा गर्दै भनिन् ।
बाहिर प्रहरीको गाडीको चर्को साइरन सुनियो र त्यसको लगत्तै ढोका ढक्ढकाएको आवाज आयो ।
“ईश्वरलाई धन्यवाद, प्रहरी मद्दतका लागि आईपुगे,”
printing machine मिहानोभिचले ढोकातिर बढ्दै भन्यो । मिहानोभिचले ढोका खोल्यो, बाहिर बर्दिधारी तीनजना प्रहरीहरु ढोका अगाडी उभिएर हिउँ झार्न लागेका थिए । उनीहरुलाई भित्र आउने बाटो छोडिदिँदै मिहानोभिचले भन्यो, “दोब्रोयुत्रो गोस्पोदिने (शुभ–सन्ध्या महानुभावहरु) आज निक्कै बाक्लो हिउँ परेको छ ।”
ती तीनजना प्रहरीहरूमध्ये सबैभन्दा अगाडी उभिएको अग्लो पातलो शरिर भएको प्रहरी जसको अनुहार गम्भीर थियो, उसले आफ्नो शिरको टोपी भिक्दै भन्यो, “दोब्रयुत्रो, ख्वाला (धन्यवाद), आज प्रकृति निक्कै कठोर भएर प्रस्तुत भएकीछिन् । सडक भएर मात्र आउन सजिलो भयो, नत्र कच्ची सडकमा निक्कै बाक्लो हिउँ जमेको छ ।” ऊ टाउको निहुराएर भित्र पस्यो, अन्य प्रहरीहरू पनि भित्र पसे ।
“उहाँको बारेमा कुनै जानकारी पाउनु भयो कि?” मिहानोभिचले ढोका ढप्काएर फर्कदै सोध्यो ।
“अहिले सम्म त कुनै नयाँ खबर पाएका छैनौँ । हामी आफ्नो अनुसन्धानलाई अझ अघि बढाउन थप जानकारी लिनको लागि यहाँ आएका हौँ,” अग्लो पातलो प्रहरीले जवाफ दियो ।
आद्रियानाले अगाडी बढेर आएका प्रहरीहरुलाई आगो बलिरहेको अगेना नजिकैको कुर्र्सिमा बस्नको लागि अनुरोध गरिन् । तीनैजना प्रहरीहरू अगेना नजिकैको कुर्चिहरूमा लहरै बसे ।
“स्ता सि ती होचेस्, काफा इ राकिया? (यहाँहरूलाई के टक्र्याउँ, कफि कि रक्सी?)”  आद्रियानाले स्वागतमा पिउन दिइने पेयपदार्थको लागि सबैलाई सोधिन् ।
“या त्रेबाम राकिया (म रक्सी चाहन्छु),” ती तीनजना मध्ये रातो नाक भएको मोटो प्रहरीले भन्यो ।
lcd ad player उसको अनुहार निक्कै थाकेको थियो । सायद ऊ दिनभरि ड्युटिमा खटिएको थियो । अग्लो पातलो प्रहरीले “काफा” भनेर आफूसँगैको अर्को भर्खरको ठीटो प्रहरीलाई हेर्यो । उसले काँधमा भिरेको रेडियो सेटको आवाजलाई सानो पार्दै कफिलाई नै प्राथमिकता दिएर मुन्टो हल्लायो ।
मिहानोभिचले भित्रबाट राकियाको बोतल र दुईवटा च्यासो (तीन अम्मल उँचो चाइनिज माटोको प्याला) लिएर आयो र च्यासोलाई टेवलमा राखेर रक्सी खनाउन थाल्यो । आद्रियानाले अगेना नजिकैको ओदानमा पानी बसा
लिन् र पहिले नै भुटेर तयार पारिएको कफिका दानालाई हाते मेसिनमा राखेर पिस्न थालिन् ।
मिहानोभिचले राकिया भरिएको एउटा च्यासो रातो नाक भएको मोटे प्रहरीतर्फ बढाउँदै भन्यो, “इज्भोल्ते (सेवा ग्रहण गर्नुहोस्) ।”
रातो नाक भएको मोटे अफिसरले “ख्वाला” भन्दै च्यासो समायो ।
आद्रियानाले प्रहरीहरू बसेको टेवलमा तातो पानीको केतली र कफि ल्याएर राखिन् र अगाडीको सानो कुर्सीमा बस्दै कफि बनाउन थालिन् ।
“यो भन्दा अगाडी त कहिल्यै यस्तो भएको थिएन्,” आद्रियानाले कफिको च्यासो अग्लो पातलो अफिसरको अगाडी सार्दै भनिन्, “इज्भोल्ते, मलाई अझै पनि डर लागिरहेको छ ।”
“ख्वाला,” अग्लो पातलो प्रहरीले कफिको च्यासो समाउँदै भन्यो, “म यो बस्तीमा आएका दशवर्ष भन्दा बढी भइसकेको छ तर मैलै मार्कोभिचको बारेमा कुनै गलत समाचार सुनेको छैन । मार्कोभिच एक इमान्दार व्यक्ति हो ।”
“म त भन्छु यो उहाँको उमेर सँगसँगै बढदै गएको अति नै गैरजिम्मेवारीपना हो,”  आद्रियानाले कफिको अर्को च्यासो ठिटा प्रहरीको अगाडी बढाउँदै भनिन्, “यो एकदमै निको चाल होइन, कमसेकम उहाँले आफ्नो जिम्मेवारीको ख्याल राख्न पनि जरुरी छ ।”
आद्रियानाले आँखाका पुतलीहरू आश्चर्यले फैलाउँदै भनिन्, “यस्तो डरलाग्दो समयमा पनि बिना कुनै खबर कसरी बाहिर जान सक्नुहुन्छ वहाँ ?”
“मानिस उमेरको साथसाथै आफ्नो सम्झना शक्ति गुमाउँदै जान्छ, कतै यसको असर पनि त हुनसक्छ नि, होइन् र?” मिहानोभिचले आफ्ना वृद्ध पिताका पक्षमा वकालत गर्दै रातोनाके प्रहरीको समर्थन लिन उसको आँखामा हेर्यो ।
एकछिन् घोरिएर रातो नाके प्रहरीले भन्यो, “कुनै काम विशेषले मार्कोभिच कतै व्यस्त भएका हुनसक्छन् या त कुनै पुराना मित्रसँग कुराकानीमा अल्मलिएका हुनसक्छन् !”
“त्यो हुनसक्ने सम्भावना निकै कम छ, किनभने वहाँलाई हामी कसैले पनि कुनै बोझिलो कामको जिम्मेवारी दिएका छैनौँ र वहाँको उमेर कुनै ठूलो जिम्मेवारी बहन गर्नसक्ने अवस्थाको पनि छैन,” आद्रियानाले उसको कुरा काट्दै भनिन्, “अब तपाईँले भनेको अर्को तर्कमा बिचार गर्ने हो भने अहिलेको अवस्थामा सवैजना आ–आफ्नै सुरक्षाको विषयलाई लिएर चिन्तित र सतर्क छन् । वहाँका सबै मित्रहरू भलो चिताउने बिचारका छन् त्यसैले समयमै घर फर्किन सल्लाह दिनेहुँदा वहाँ यतिवेला घरमै आराम गरिरहेको हुनुपर्दथ्यो ।”
“यस बारेमा अब प्रतीक्षा गर्नु बाहेक अब अरू के नै गर्न सकिन्छ र!” मिहानोभिचले उदासी देखाउँदै भन्यो ।
“तिमीले पनि अलिकति लापरवाही गरेका छौ यस सम्बन्धमा, तिमी अफिसबाट सिधा घर फर्किएको भए सायद उहाँलाई घरमै भेट्न सक्दथ्यौ र रोक्न सक्दथ्यौ?

“तिमीलाई थाहा छ आज धेरैदिन पछि केही घण्टाको लागि बजार खुलेको थियो । मैले मौकाको फाइदा उठाउँदै कफि र पिठो किनिहालेँ,” मिहानोभिचले अनुहारमा कृतिम मुस्कान लेराएर आफनो बचाउ गर्दै भन्यो ।
“यो तिम्रो झुठो तर्क हो । कार्यालयबाट फर्किदा फोहर राख्ने भाँडोमा तिमीले फालेको राकिया (स्थानीय रक्सी) पोकोपार्ने कागजको थोङगा मैले प्रस्टसँग देखेकी छु । कफि र पिठो त बहाना मात्र हो, तिमी बजारमा आफूलाई राकिया किन्न र मनपर्ने खालको चुरोट खोज्नमा व्यस्त थियौ,” आद्रियानाले अलिकति रिस पोखिन् ।
मिहानोभिच आफ्नो गल्ती समातिएकोमा मुख लुकाउँदै भुँइतिर हेर्न थाल्यो । आद्रियानाको अनुहारमा चिन्ताका रेखाहरु झनै बाक्लिँदै जान थाले ।
“जे भएपनि यो हुनु नै थियो, भयो, मैले आफ्नो रहरका सामान किन्नलाई लगाएको समय बचत गरेको भए पनि उहाँसँग मेरो भेट नहुन पनि त सक्दथ्यो नि! यो कुरालाई तिमीले बिचार गरेकी छैनौ,”
मिहानोभिचले शिर उठाउँदै आद्रियानातिर हेरेर भन्यो ।
“यो पनि तिम्रो लङ्गडो तर्क हो । तिम्रो सानो प्रयासले धेरै कुराहरू बिग्रनबाट जोगिन सक्थ्यो । यस्तो डरलाग्दो युद्धको समयमा जे पनि हुनसक्छ । नराम्रो घटनाको आशंकाले मेरो हृदय काँपिरहेछ,” आद्रियानाले अशान्त स्वरमा भनिन् ।
“मार्कोभिचको हाम्रो बस्तीभन्दा बाहिर जाने सम्भावना कत्तिको छ?” अग्लो पातलो प्रहरीले आफ्ना आँखाका नानी खुम्च्याउँदै सोध्यो ।
“हे ईश्वर! उहाँ त्यति टाढा निर्दयी चेत्निकहरूको (शत्रु सविर्यालीहरू) इलाकामा गएको त नहुनुपर्ने ! अब भने मलाई साँच्चै उहाँको सुरक्षाको निक्कै चिन्ता लाग्न थाल्यो,”  मिहानोभिचले त्रसित अनुहार लगाउँदै भन्यो, “चेत्निकहरू कम निर्दयी छैनन्, उनीहरूका लागि शत्रु भनेका मात्र शत्रु हुन्, उनीहरू शत्रुको उमेरको कुनै ख्याल राख्दैनन् ।”
“मानिस आफैमा असल र खराब हुँदैन । आफ्नो मनोदशालाई नियन्त्रण गर्ननसक्दा असल र खराब हुन जान्छन् । उनीहरूको मनोदशा युद्धले जन्माएको अवस्थाले बदलिदिएको हो,” अग्लो पातलो प्रहरीले मिहानोभिचलाई सान्त्वना दिँदै भन्यो ।
“यो कुराको म पनि समर्थन गर्दछु, मिहानोभिच के तिमीलाई याद छैन? युद्ध भन्दा अगाडि हामी बियोग्रादमा (बेलग्रेड) हुँदा कति स्वतन्त्र र प्रफुल्लित भएर बाँच्ने गर्दथ्यौँ, त्यो समयलाई नबिर्स ।”
“चेत्निकहरू अहिले हदैसम्मका क्रुर भएर निस्किएका छन् तर तिम्रो कोमल हृदयमा भने अझै पनि बियोग्रादको माया छ । यो माया आफू जन्मिएको ठाउँको लागि त हैन?” व्यङग्य मिश्रित लवजमा मिहानोभिचले भन्यो ।
“होइन, कदापि होइन, म मानवताको खिल्ली उडाउँदै नृसंसता प्रदर्शन गर्ने चरित्रको विरोधी हुँ । यसमा बियोग्राद त के पृथ्वीको कुनै पनि भूभागको केही पनि संलग्नता हुँदैन, यो त मानिसको विकृत मस्तिष्कबाट उब्जिएको पागलपन हो । उसो त म अझै बियोग्रादलाई माया गर्छु । मेरो नसाभरि दुना (डेन्युब) नदीको पानी रगत बनेर बगिरहेको छ, मैले फाल्ने सासमा त्यहीँ लिएको पुरानो वायु निस्कन्छ, मेरो शरीरबाट बियोग्रादकै माटोको सुगन्ध आउँछ ।”
“हामी मुख्य विषयबाट अन्यत्र भटकियौँ क्यारे,” ठिटो प्रहरीले असन्तुष्टि देखाउँदै भन्यो,” अहिले हामीलाई मार्कोभिचको अवस्था पत्ता लगाउन तपाईँहरू मद्दत गर्नुहोस् ।”
“म त फेरि पनि भन्दछु, यो उहाँको गैरजिम्मेवारीपना नै हो,” आद्रियानाले भनिन्, “नत्र भने यस्तो अवस्थामा यतिवेलासम्म बिना खबर हिँडनु कहाँसम्म उचित हो ?”
“यस्तो घटना यस अगाडि कहिल्यै भएको छ ?” रातो नाके प्रहरीले सोध्यो ।
“यस्तै त होइन तर वहाँबाट लापरवाहीका केही कार्यहरू भने भएका छन् । चारदिन अघिमात्र वहाँले कफि बनाउदा बनाउँदै आफ्नो हात जलाउनु भएको थियो । के यो लापरवाहीको नमुना होइन र ?” आद्रियानाले तर्क गरिन् ।
“हो, आजकाल वहाँ धेरै कुराहरू बिर्सन थाल्नु भएको छ,” मिहानोभिचले आद्रियानाको आँखामा हेरेर उनलाई समर्थन गर्दै भन्यो, “आजकाल वहाँ बजारबाट किनेर ल्याउनुपर्ने सामानको ठाउँमा अन्य सामानहरू किनेर ल्यानुहुन्छ?
“यसको मतलब उहाँ धेरै कुराहरू बिर्सन थाल्नुभएको छ,” अग्लो पातलो प्रहरीले वार्ताको निक्र्यौल निकाल्दै भन्यो ।
“यो गलत हो,” अचानक छेउको कोठाबाट बाह्र वर्षीय इभानोभिच निस्किएर प्रहरीसामु आएर भन्यो, “उहाँले केही पनि बिर्सनु भएको छैन, वहाँले मेरो जन्मदिन बिर्सिनु भएको थिएन ।”
“इभान, तिमी अहिले यस्ता कुराहरूमा टिप्पणी गर्न लायक भईसकेका छैनौ,” आद्रियानाले फकाउँदै भनिन्, “यो तिम्रो वहाँप्रतिको प्रेम मात्र हो ।”
“म मान्दिन,” सानो इभानोभिचले जिद्दि ग¥यो, “जिमा जिमा ए पस्ताए, आ को ए जिमा निए लाभ (यो जाडो केवल जाडो मात्र हो, यो जाडो कुनै सिंह होइन), उहाँले सानोछँदा पढनु भएको यो कविता अस्तिमात्र मलाई सुनाउनु भएको थियो र उहाँलाई अझै याद छ भने उहाँ कसरी भुलक्कड हुनुभयो !”
“मार्कोभिचको अहिलेसम्म कुनै खबर प्राप्त भएको छैन । बाहिर निक्कै बाक्लो हिउँ परिरहेको छ, यस अवस्थामा खोजी गर्न पनि मुस्किल छ । आज फर्किनु भएन भने म त उहाँको यो उमेरमा बाँच्ने संम्भावना न्यून देख्दछु,” अग्लो पातलो प्रहरीले अत्यन्त्यै चिन्तित भएर भन्यो ।
“त्यसोभए मेरो हजुरबुबा फर्कनु हुन्न त ?” इभानोभिचले आँसु चुहाउँलाझैँ गरेर भन्यो । कोठामा भएका सवैजना स्तब्ध भए ।
“हे ईश्वर ! वहाँको रक्षा गर्नुहोस्,” आद्रियानाले इभानोभिचलाई तानेर अंगाल्दै भनिन्,  “उहाँ बहादुर हुनुहुन्छ इभान, उहाँ अवश्य फर्केर आउनुहुनेछ ।”
त्यसै बेला बाहिर कसैले ढोका ढक्ढकाएको आवाज सुनियो ।
“मेरो प्रार्थना ईश्वरले सुन्यो, बाहिर उहाँ नै हुनुपर्दछ,” आद्रियाना दौडेर ढोकातिर गइन् र ढोका खोलिन् । बाहिर शरीरभरि हिउँ बोकेर मार्कोभिच उभिएका थिए । उसको हात र अनुहारमा चिसोको प्रस्ट असर देखिन्थ्यो ।
“उहाँ नै हुनुहुन्छ,” भित्रतिर हेर्दै आद्रियाना उत्तेजनाले चिच्याइन्, “हे भगवान् ! ईश्वरले दया गरेर तपाईँलाई सकुशल राखेको रहेछ, हे ईश्वर तिमी कति दयालु छौ, तिमीलाई लाखलाख धन्यवाद,” आद्रियानाले मार्कोभिचको हात समातेर भित्र तान्दै ढोका लगाइन्, उनका आँखाहरू खुसीले छल्किएका थिए ।
कोठामा भएका सवैजना उठेर मार्कोभिचको नजिक गए । मिहानोभिचले मार्कोभिचले लगाएको लामो कोट फुकालिदिएर ढोका पछाडिको किल्लामा झुण्डाइदियो । इभानोभिचले भित्री कोठाबाट आफ्नो हजुरबुबाले लगाउने बाक्लो कोट ल्याएर दियो । सबैले मार्कोभिचलाई सम्हाल्दै आगो बलेको अगेनाको छेउको कुर्सीमा ल्याएर बसाले ।
“सायद वहाँलाई भोक लागेको छ,” इभानोभिच बाजेको बायाँ काखमा बसेर बाजेलाई अँगालो हाल्दै भन्यो, “यस्तो बेलामा वहाँलाई धुँवामा सुकाईएको सुंगुरको मासु हालिएको सिमिको सुप मनपर्छ ।”
“म तुरुन्तै तैयार गरेर लेराउँछु,” आद्रियाना हर्षासु चुहाउँदै भान्सातिर दगुरिन् । मिहानोभिचले एक च्यासो राकिया बाबुको दाया हातमा थमाईदियो ।
“बाक्लो हिउँ परेको यस्तो प्रतिकूल मौसममा तपाईँ कहाँ जानुभएको थियो?” अग्लो पातलो प्रहरीले अघि आद्रियाना बसेको कुर्सीमा बस्दै सोध्यो ।
“यिनीहरू सँधै मलाई भुलक्कड भन्दछन्, तर म मेरो जिम्मेवारी राम्ररी सम्झन्छु,”   मार्काभिचले हातमा भएको च्यासोको राकिया एकै घुटकोमा घुटक्याउँदै फेरी भन्यो, “आज म पल्लो गाउँमा गएको थिएँ, मेरो जेनाको (श्रीमती) चिहानमा फूल चढाउन, आज उसको बार्षिकी हो ।”
मार्कोभिचले नातिको चिउँडो उठाउँदै सोध्यो-भन त इभान के म भुलक्कड हुँ?”
ठिटो प्रहरीले आफ्नो कार्यालयमा मार्कोभिच सुरक्षित रूपमा घर फकिर्एको समाचार रेडियो सेटमा दिँदै थियो ।

Comments

Jiba Lamichhane

Very nice story. Enjoyed it reading 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |