हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

चाह निर्वस्त्रको

गुणराज लुइटेल, (भर्जिनियf, युएस्ए )

सौरभ अमेरिका पलायन भएको पनि ११ वर्ष नाघ्न लागेछ । आफ्नो भन्दा पनि अरुको ज्यान बचाउने उसको पेशा भएको हुंदा विहानदेखि राती सम्म ब्यस्त हुनु पर्छ । घरमै भए पनि  अन कलमा रहनु पर्छ । कहिले कहिं त उ आफैंलाई सोध्छ— डाक्टर त म बुबा आमाको लागि भैदिएको छु, यो पेशामा खै मैले मेरो जीवनका चाहनाहरु पूरा गर्न सकेको ? म विरामीहरुको लागि त चौवीसै घण्टा समय दिइरहेको छु तर खै त मेरै लागि मेरो समय ? बर्तमानका रस रङ्गहरुको त कुरै छोडौं म मेरो आफ्नो जीवनका अतीतलाई पनि फर्केर सोच्च समय पाउंदिन । ग्राहकदायी यो अमेरिकाको उपचार पद्दतिमा त ग्राहकहरुको सत्प्रतिशत हित हुनु पर्दछ । अलिकति सेवामा तलमाथि भयो भने त्यसको जवाफदेही हुनु पर्दछ । यसो नहुंदा हस्पिटल र डाक्टरले समेत नसोचेको नोक्सानी ब्यहोर्नु पर्छ । कुन बेला मुद्दा माम्ला पर्छ थाहै हुंदैन ।


सौरभ एक रहर लाग्दो चकलेटी केटा थियो । करीव १५ वर्ष अघिको कुरा हुंदो हो । उ पहाडी जिल्ला भोजपुरको गोगने भन्ने ठाउंमा माध्यमिक तहको अध्ययन गरिरहेको थियो । उसको मिलेको चिप्लो कपाल, लामा लोती भएका कान, फराकिलो निधार, लाम्चो अनुहार, लामा सलक्क परेका हात, खुट्टाहरु, मिलेको शरीर अनि सधै गम्भीर झैं देखिने आंखाहरु देख्ने जोसुकै पनि एक पटक टक्क रोकिएर हेर्ने गर्दथे । कक्षा नौ बाट भर्खर्रै उस्ले दोस्रो स्थान हासिल गरेको थियो । सधैं प्रथम हुने सौरभको लागि दोस्रो हुनुपर्दा उ चकित भइरहेको थियो । सवै विद्यार्थी र अविभावकहरुमा पनि खैलावैला भइरहेको थियो । उ सोचिरहेको थियो— आखिर कसरी यस्तो भयो ?

यत्तिकैमा आफ्नै कक्षाको तेस्रो हुनेले उसलाई सुनायो— सौरव, प्रथम त एउटा केटी पो भएकी रहिछ । उसंग हाम्रो त्यति राम्रो चिनाजानी छैन किनभने उ भर्खरै तराइबाट पढ्न आएकी हो । परिवारमा पैसा भएर पनि कोही पनि मानिसहरु नभएकोले पढाउन यहां ल्याइएकी केटी रहिछ ऊ । उसका बुबा मलायाको लाहुरे भए पछि र परिवारमा धन सम्पत्तिले पुग्दै आएपछि उनको परिवार तराइको मोरंङ्गमा झरेको रहेछ । उसकी आमा पेटको समस्याबाट चांडै मरेकी रहिछन् । बुबा भने चालीस पैतालीसमै लाहुरेबाट रिटायर्ड भएकोले थप पैसा कमाउन कोरिया गएका रहेछन् । तर अत्याधुनिक मेशिनरी सामानहरुसंग राम्ररी परिचित नभएकोले मेशिनले चेपेर उतै मरेछन् । उसको दाईलाई आतंकबादी समूहहरुले काम लगाउन भनेर घरबाटै समाएर लगेका रहेछन् । यतिका वर्ष वित्दा पनि उनी वेपत्तै रहेछन् ।


रातभरि सौरभको मनमा अनेक थरिका कुरा खेलिरहे— आफू प्रथम हुन नसकेकोमा, त्यो केटी प्रथम भएकोमा, त्यो केटीको परिवारै नाश भएकोमा र आउदा दिनमा त्यो केटीलाई कसरी   पढाइमा जित्ने भन्ने विषयमा । विहानीपख कुखुराका भालेहरु बास्न थालिसकेका थिए । गाईबस्तुहरु पनि स्या स्या सुं सुं गर्दै अर्को पट्टि जिउ फर्काउदै थिए । यत्तिकैमा उसको मनमा कताकता त्यो केटी प्रति दया लागे जस्तो भयो । के मैलै मात्र प्रथम हुनु पर्छ र ? अरु पनि त हुन सक्छन् नि । यो त कस्ले कति मेहनत गरेको छ त्यसमा नै भर पर्ने कुरा हो, होइन र? त्यो केटी तराईतिरका राम्रा स्कूलहरुमा पढेर आएकी होली । उसले राम्रो गरी त के भो ? उ आफैंलाई सम्झाउन थाल्यो । कुन बेला निदाएछ पत्तै पाएन ।

अहिले स्कूल छुट्टी छ । आउने शनिबार स्कूलमा वार्षिक समारोह राखिएको छ । सोही समारोहमा उत्कृष्ट छात्रछात्रालाई पुरस्कार वितरण गरिने छ । सौरभको मन भने अनेक तरङ्गहरुले चलायवान छ । उ छिनमा एउटा कुरा सोच्छ अनि एकै छिनमा त्यो कुरालाई फेरेर अर्कै निर्णय निकाल्छ । धेरै छात्राहरु कक्षामा  भएकोले र उ छात्राहरु तिर नहेर्ने स्वभावको मानिस भएकोले अनि त्यो केटी भर्खरै आएकी हुंदा उसले चासो दिएर त्यसको अनुहारमा हेरेको थिएन । धेरै छात्राहरुको अनुहार सम्झिदै ल्याउंदा पनि उसले ठम्याउन सकेन उ कुन चाहिं हो भनेर । उ पल पल गरेर स्कूलको वार्षिक समारोहलाई पर्खिरहेछ । उ त प्रथम हुने मान्छे । कस्ती हुंदी हो? उसको कपाल पक्कै पनि राम्ररी कोरीबाटी गरिएको हुंदो हो? उसका आंखा पक्कै पनि ठूला र गोला हुंदा हुन । उ दुब्ली पनि छैन होला र पातली पनि छैन होला? उसको नाक कस्तो होला? पक्कै पनि मध्यम खालको र खिरिलो होला । उसका गाला स्याउ जस्तै राता राता र रसिला होलान् । सांची उसलाई त्यो दिन के भनेर बोलाउने होला । उसले मोज्जाले कुरा गर्न खोजी भने के भन्ने होला? कसरी दोहोरो गफ गर्ने होला । यी र यस्तै तर्कनाहरुले उसको दिमाग थकित भइसकेको थियो ।


गाविस अध्यक्षले सभापतित्व गरेको त्यो समारोह विद्यार्थी र अभिभावकहरुले खचाखच भरिएको थियो । शिक्षकहरु र पियन दाई ड्यासका छेउछाउबाट यता र उता कुद्दै गरेका देखिन्थे ।यत्रतत्र रिवन र रङ्गीचङ्गी कागज टांगिएका थिए । सौरभमा त्यो केटीलाई हेर्ने इच्छा क्षण प्रतिक्षण बढ्दै थियो । उसको मनमा भित्रभित्रै एक किसिमको भयानक आगलागी भइरहेको थियो । बाहिर जतिसुकै जाडो भएता पनि उसलाई यति धेरै गर्मी भइरहेको थियो कि सिक्तेल खोलामा झ्वाम्म हामफालेर नुहाउ जस्तो अनुभव भइरहेको थियो । अभिभावकहरुका अग्ला टाउकाहरुले मसिना केटाकेटीहरु भित्रभित्रै हराएका जस्ता देखिन्थे— मकैबारी भित्र हराएका भटमासका बुटा जस्तै । सौरवका बुबा गाविस अध्यक्षको चुनावमा हारेका भए पनि काठमाडौंमा जग्गा दलालीको ब्यापार सम्म गर्न थालिसकेकाले हुनेखाने मान्छेमै पर्दथे । उनी ड्यासमा उनका मित्र जितेका अध्यक्ष संगै बसेका थिए ।

सौरभ भने लम्की लम्कीकन यता उता हेरिरहेको थियो— त्यही केटीलाई देखिन्छ कि कतै भनेर । उसले जुन साथीलाई सोध्दा पनि उनीहरुले आफुहरु भर्खरै आएको र भीड भएकोले नदेखेको जानकारी   गराउंथे । उसको लम्किने र च्याउने क्रम जारी थियो । माथि आशनमा भने विद्यालयको प्रगति विवरण सुनाउने र औपचारिकता पूरा गर्ने पट्यार लाग्दो प्रक्रिया चलिरहेको थियो । पछाडिबाट एक आवाज गुञ्जियो— सौरभजी नमस्ते । उ छांगाबाट खसेजस्तो भयो । त्यो केटीको आवाज थियो । छेउमा तेस्रो हुने केटा पनि उभिएकोले र पहिले पनि त्यो केटीलाई फाट्टफूट्ट देखेको हुनाले सौरभले सहज अनुमान लगायो— त्यो केटी त यही पो रहिछ । उसंग बोल्ने श best  ब्द थिएनन् । उ अवाक् खडा भइरह्यो र कमजोर स्वरमा भन्यो— नमस्ते, तपाई...... । हो म रुची । उसको बोली झर्न नपाउंदै केटीले उत्तर दिई— तपाई सधैं प्रथम हुनुहुन्थ्यो रे । कसरी मैले यस पटक तपाईको चित्त दुखाइदिएं । म पहिलो हुन्छु भन्ने त मलाई कुनै मनमा पनि लागेको थिएन ।

प्रथम हुने विद्यार्थीको मन्तब्य दिने बेलामा रुची बोलिरहेकी थिइ । भन्दैथी— म पहिलो भएको होइन, हामी सवै जना पहिलो भएका छौं । मैले जे जानेको छु म सवैलाई बांड्न तयार छु ..... साथीहरुले मलाई सोध्नु होला... आदि आदि । सौरभले ठानेको थियो त्यो केटी धेरै घमण्डी होली, पहिलो भएं भनेर गजक्क फुलेर बस्ली, हामी पहाड बस्नेहरुलाई त गाउंले सम्म पनि भन्ली आदि आदि । तर जसरी केटीको किशोर सुकोमल यौवन बाहिर झलमल्ल थियो त्यसरी नै उसको मन पनि सङ्लो पानी जस्तै सौरभले पायो । सौरव तल होचो चौरबाट माथि ड्यासमा स्कूलको ड्रेसमा खडा भएकी रुचीलाई हेरिरहेछ । उसको किशोर मुटु अव साच्चिकै छियाछिया भइसकेको छ । दोस्रा विद्यार्थी सौरभ अगाडि आउ भन्दा पनि उ सुनिरहेको थिएन । उसले आफ्नो पुरस्कार ग्रहण ग¥यो र घरतिर लाग्यो ।

दश कक्षाको पूरै वर्षभरि उ लुकीछिपी रुचीलाई नै हेरिरहन्थ्यो आफ्नो दाहिने दीर्घामा रहेका छात्राहरुको समूहतिर उ पटक पटक हेरिरहन्थ्यो । रुची कति मोज्जाले हांसेकी?, कस्तो मिठो बोलेकी? कति सरल स्वभावकी? उसंग दिनभरि गफ गरेर बस्न पाए कस्तो हुन्थ्यो होला? तर के गफ गर्ने होला? उस्को र हाम्रो घर एकै तिर भैदिएको भए पनि त हुन्थ्यो नि? आदि आदि जिज्ञासा र उत्सुकताले उसलाई जकड्याउदै गयो । किशोरावस्थाको माया प्रेम, यौन जिज्ञासा र नव चाहनाहरुले उसलाई नराम्ररी बिथोल्न थाल्यो । ‘यो ट्रयाङ्गल यसरी नै बनाउने हैन त सौरभजी?‘ रुचीले एक दिन नजिकै आएर सहजपूर्वक ज्यामितीको प्रश्न सोध्दा उ एक भन्नु न दुई भन्नु भएको थियो ।

अव त सौरभको स्थिति यस्तो भइसकेको थियो कि उ जसरी पनि रुचीलाई पाउन चाहन्थ्यो । रुची आफूसंग भए यसो गर्थें, उसो गर्थें जस्ता अनेक मनगढन्ते कल्पनामा उ जहिले पनि डुविरहेको हुन्थ्यो buy party tents । रातको निष्पट्टतामा रुचीलाई संगै ओछ्यानमा आएको, कपडाहरु खोल्दै गरेको र उसले सांच्चिकै रुचीलाई निवस्त्र देखेको जस्ता काल्पनिक तर सांच्चै झैं लाग्ने  विश्मयकारी परिदृष्यहरु उसका अगाडि सलबलाउन थालेका थिए । उ निदाएको हो या विउझैं छ भन्ने पनि उसलाई हेक्का हुन छाडिसकेको थियो । उसको पागलपन अव यति हदमा पुगेको छ कि सपनामा होस् या विपनामा अनि रुचीलाई मनाएर होस् या दवाव दिएर उ जसरी पनि एक पटक रुचीलाई विना कपडा हेर्न चाहन्छ ।

नियतिको सच्चाइ भनौं या परिवेशको खेल । यत्रो गहिरो प्रेम र अकाट्य मायाको विछोडलाई चिर्दै आज सौरव मानिसहरुको उपचार गर्ने डाक्टर भएको छ त्यो पनि अमेरिकामा ।गाइनोलोजीमा नयां पद्धति, प्रविधि event tents र प्रयोग गरेर उसले विशेष किसिमका महिला समस्याहरुबाट धेरै महिलाहरुको ज्यान बचाइसकेको छ । मेरिल्याण्ड राज्यको जोन हप्किन्स टिचिङ्ग हस्पिटलबाट यसै महिना उसलाई विशेषज्ञको उपाधिले सम्मान गरिएको छ । पेशाको मर्म र विरामीहरुको सेवामा कहिल्लै पनि सम्झौता नगर्ने सौरभ त्यति नै व्यस्त छ जति कि अमेरिकी सडकहरुमा गुड्ने गाडीहरु । अव त उसको जीवनमा आएकी छ सरिता । सरिता अमेरिकाबाटै नर्सिङ्गमा ग्र्याजुएटhot  गरिसकेर जोन हप्किन्स टिचिङ्ग हस्पिटलमा जागीरको अन्तर्वार्ता दिन जांदा सौरभ पनि हाइरिङ्ग अफिसरहरुको दीर्घामा बसेको थियो । छोटो कद्, फूर्तिलो शरीर, बाटुलो अनुहार अनि बोलक्कड स्वभाव भएकी सरिताकै प्रयासले होला उनीहरु आज एकै बन्धनमा बांधिएका छन् । event tents

आज सौरव गाइनो वार्डमा छिर्दा नर्सहरु यताउता कुद्दै, हस्याङ फस्याङ गर्दै ब्यस्त भइरहेका थिए । सरिता पनि डाक्टरलाई अपरेसनको लागि चाहिने सवै सामानहरु तयार गरिसकेर डाक्टरकैप्रतीक्षा गरिरहेकी थिइ । विरामीको नाम चै के?—सौरवले विरामीहरुको लिष्ट हेर्यो र सरितालाई सोध्यो । ‘त्यो दोस्रो चाहिं,.... रुची । उहां विचरा नेपालबाट डि.भी. परेर चार महिना अघि आउनु भएको रहेछ । चार महिनाको बेवी रहेछ तर युटरस् भन्दा अन्यत्र भएकोले तुरुन्तै नष्ट गर्नु पर्ने देखिन्छ । नत्र आमाको पनि ज्यान जान सक्ने खतरा छ । बेहोस गर्ने काम भैसकेको छ.... सरिता अरु पनि के के भन्दै थिइ ।Luxury wedding tent

सौरभ फटाफटी अपरेसन रुममा गयो । स्त्री अङ्गबाटै अपरेसनको माध्यमबाट त्यो असफल बच्चा निकाल्नु पर्ने भएकोले विरामी रुचीलाई पूर्ण निर्वस्त्र गराइएको थियो । गाउनले थोरै छातीतिर मात्र छोपिएको थियो । रुचीको सर्वाङ्ग शरीर निर्वस्त्र देख्दा सौरभ तारहरु काटिएको रोवर्ट यताउता गरेझै वरपर हल्ली रहेको थियो । उ के के कुरा सोचिरहे झैं देखिन्थ्यो । उ कुनै जटील दार्शनिक तलाउमा फसेको महसूस हुन्थ्यो । उसका दिमागका धेरैजसो तारहरुले तरङ्गित गराउंदै उसलाई भनिरहेका थिए– प्रेम र शरीर फरक कुरा हुन । फरक हुन । उता नर्सहरुले सर यो त्यसरी used weddingt tent होइन, यस्लाई यसो गरे कस्तो होला, अलिकति माथिबाट काट्दा कस्तो होला? आदि इत्यादि जिज्ञासा र परामर्श गरिरहेका थिए । १० दिन पछाडिसम्म पनि नर्सहरु भन्दै थिए—अपरेसन असफलै त हुंदैन होला, उहांको होस आउछ होला ।

Comments

Gopal

एकदम राम्रो प्लट शुरु गरेपछि नसकी छोड्न मन लागेन । गुणराज जी र बासुजीलाई धन्यवाद शेयर गरेकोमा ।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |