हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

अन्यायले उरालेको नारी आवाज

रजनी ढकाल, (ललितपुर)

घरका धेरै कुराहरू मिलाउनु पर्छ बिदाको दिन, जुन दिन बिदा भन्यो त्यही दिन गृहकार्यहरू सबैभन्दा बढी थुप्रिएका हुन्छन् । नारी स्वतन्त्रतालाई चुनौती दिने सबैभन्दा अल्झिने गाँठो यही दिनमा हुन्छ भन्ने लागिरहन्छ मलाई । यो समय अधिकारका लागि हात उठाउने भन्दा पनि कर्तव्यलाई सम्याउँदै अगाडि बढ्ने हो भन्नेमा छु । आजको मेरो बाटो खुला छ, म उद्देश्यको यात्री हुँ ।
आज माघ १३ गते, शनिबारको दिन । बिहानैदेखि थरिथरि कामको नजरबन्दमा छु । भान्सा उतारेर ठिक नौ बजे पुग्नु परेको छ बल्खु, ८४ वर्षीय ससुरा बुबालाई सम्मान गर्न एमाले गण्डकी अञ्चल सम्पर्क कमिटीले निम्तो गरेको छ । सम्मान कर्यक्रम कति समयमा सिद्धिन्छ थाहा छैन तर दुई तीन घन्टाभन्दा बढी नलाग्ला भन्ने अनुमानले जलेश्वरी दिदीलाई दिउँसोको समय दिएकी छु । गरिमाको स्रष्टा सन्दर्भका लागि समय आजैका लागि तय भएको छ ।


(जलेश्वरी श्रेष्ठ)
योजना गर्न मात्रै जात्रु पर्ने रहेछ
, समय आफैँ मिल्दै पनि जाँदो रहेछ । अनुमान गरे अनुसार नै मिलिरहेको छ समय आज । सायद हामी योजना समयलाई हेरेरै त गर्छौं ।

हिजो अस्तिको दिन जस्तो छैन सडक । फुर्सदले हेरिरहेको छ मेरो यात्रालाई । सडक पेटी र पसलका सटरहरू न्यानो घाम तापिरहेका छन् । बीस मिनेटमै पुग्छु धापाखेलदेखि बालुवाटार । दुई मिनेटको बाटो अगाडि छ प्रधानमन्त्री क्वाटर । अकुपाइ बालुवाटारको आन्दोलनमा हाम्रा दिदी बहिनीहरू सायद यहीँ होलान् कि आज पनि !? महिला हिँसाले चरम रूप लिँदै गरेको यो समयसँग अतिशय असन्तुष्टि छ । दिनदिनै पत्रपत्रिकामा आएका खबरले त्यो असन्तुष्टिलाई चुल्याइरहेछन् ‘...हुर्रिदै एउटा आगो सल्काऊँ र तहसनहस पारूँ सम्पूर्ण बेथितिलाई !उम्लिरहेको भावुक मनलाई कर्तव्यको अर्को मनले थचक्क थिच्छ र थीरबम मल्ल सडकको १२२ नम्बरको गेटतिर फर्काउँछ ।

दिउँसोको ठिक दुई बजेको छ । भव्य बैठक कोठाको एउटा सोफामा अस्तव्यस्त फालिनु भएको छ जलेश्वरी दिदी ! अनुहार जति उदास छ जीउ थकानले उस्तै लस्त भएको देख्छु, आँखाहरू पनि सानासाना हुँदै गएका छन् । रातो कुर्ता सरवालमाथि लगाएको कालो सुइटर टाँक खुलेर परपर फालिएको छ, छातीतिरको भाग स्वेटर र सलविहीन छ । सायद सबैभन्दा बढी थकान त्यहीँ छ, जति चिसो भए पनि कुनै बाक्लो बस्त्रको बोझ पनि चाहत्र ।

मलाई देख्ने बित्तिकै दिदीले हातले सङ्केत गर्नुहुन्छ, ‘त्यता बस्नुस्, एकछिनमा आउँछु ।म आफूलाई कोठाको अर्को कुनाको सोफामा थुपुक्क राख्छु । अझ अर्को कुनामा कवि द्वारिका श्रेष्ठ साहित चार जना मानिसको घरजग्गाको कुनै व्यापारिक छलफलमा व्यस्त छन् । कुराहरू रोपनी र लाख अनि करोडका छन् । बैठक कोठामा झुण्ड्याइएको पेन्टिङ तिर डुलाउँछु आँखा । पहिले पहिले पनि देखिरहेका दृश्यहरू हुन् । राम्रा छन् तर मन तानित्र । सायद मलाई पनि थकानले थिचेको छ । पर कुनामा राखिएको ठूलो एक्वारियममा एकोहोरिन्छन् आँखाहरू । पानीभित्र तैरिरहेका छन् मसिना रङ्गीन माछाहरू । ती अविश्रान्त माछाहरूको कार्यशील जीवनले मलाई सधैँ केही न केही काममा निरन्तर बत्र सके जीवनको गति स्वस्थ रहने शिक्षा दिइरहे झैँ लाग्छ । मानौँ जीवन बगिरहने नदी र ती माछाजस्ता मान्छेहरू जीवनका कार्यशील पात्रहरू हुन् । यहाँ एक्वारियमभित्रको पानी प्रवाहहीन छ तर पनि माछाहरूले आफ्नो चलायमान हुने कर्म छाडेका छैनन् । जतिसुकै विपरीत परिस्थिति रहे पनि जीवनको प्रवाहलाई बहन दिनु नै बाँच्नु हो सायद । यही बचाइको केही प्रवाह श्रवण गर्नु छ आज मलाई । आज जलेश्वरी रूपी नदीसँग मेरो माछा मन केही समय बग्ने छ । दिदीले बरू आफ्नो जीवनलाई एक्वारियमबाट खुला नदीमा बदलिसक्नु भएको छ भन्ने विश्वासले भरिएकी छु म । यो मेरो पाठकले उहाँका कथा सङ्ग्रहहरू र उपन्यास पठनबाट निकालेको निष्कर्ष हो । जलेश्वरीको लावाका बाफहरू हुँदै निस्केको कथायात्रा मौन विद्रोहमा पुगेको छ । नारीका नियति चक्रलाई उहाँले चकनाचूर पार्न कस्सिनु भएको छ ।

चिया खाने ?” दिदीको प्रश्न ।

तातो पानी मात्र !

दिदी सहयोगीलाई निर्देशन दिनुहुन्छ र केही छिनमै मेरो नजिकको अर्को सोफामा आएर आफ्नो खाइलाग्दो जिऊ फाल्नुहुन्छ । देखिरहेकी छु आज दिदीलाई आफ्नै जिऊ भारी भएको छ । कुरा गर्ने जाँगर पनि छैन । म आफूलाई एकछिन गलत समय चयन गरेको अनुमानमा टोलाइरहन्छु  के गर्ने रजनी, यहाँ त हामीलाई डिस्टर्ब हुन्छ जस्तो छ, माथि मेरै बेड रूममा जाऊँ है !मैले सकारात्मक रूपले टाउको हल्लाउँछु र बोल्छु, “एकछिन बसूँ न यहीँ”, म पनि आफूलाई उति उत्साहित भएको पाउँदिन सायद । पानी सकूँ अनि है ।म फेरि मेरो उत्साहलाई तताउन खोज्छु तातो पानी पिउँदै । दिदीको थकानको कारण चाहिँ पाठेघरको क्यान्सरका कारण मृत्यु कुर्दै बसेकी बहिनीको अन्तिम अवस्था र उनकै छोराको नजिकिँदो बिहेको व्यस्तता रहेछ । जीवन दुःख र सुखको दोसाँधको यात्रा न हो !

तिमी पनि धेरै थाके जस्तो देखिन्छौ नि?” दिदीको प्रश्नले मलाई पनि अझ थाकेको अनुभूति दिलाउँछ । राति पटक पटक धारामा पानी आयो कि भन्ने आशाले पनि निद्रा बिथोलिरह्यो । के गर्ने बिजुली र पानीको समय मिलाउँदा मिलाउँदै आजभोलि निद्रा हराउन थालेको छ । बिहानदेखिको घरभित्रैको काम अनि अनेक जिम्मेवारी । सायद म पनि थकित देखिन्छु तर भित्रबाट थाकेकी छैन । केही बोल्दिन बन्द ओठहरूलाई तन्काइदिन्छु मात्र, यो बुझियोस् म थाके पनि तपार्इँका कुरा सुन्न चाहिँ थाकेकी छैन ।

+                                           +                                                          +

काठमाडौँको मुटु इन्द्रचोकको भित्री गल्ली वटु टोलमा जन्मिइन् जलेश्वरी । आज पनि छ वटु टोलको रत्न क्विल्ट पसल । त्यही हो उनको जन्म घर । उनका बाजे, बुबा र काकाहरू सबै सिरक डसनाका व्यापारी । भक्तपुरबाट वटुमा बसाइँ सरेका उनका बाजे रत्नलाल सुब्बाले सुरु गरेको यो पुख्र्यौली पेसा आज पनि उनका साहिँला बाका छोराहरूले थामिरहेका छन् ।

मखन टोलमा हो उनको मामाघर । नेपाली घरबुनाको कपडा पसल थियो मामा घरका अजा हरिलालको । उनका मामाको अझै पनि थान्काको व्यापार छ । आज जलेश्वरी दिदीको थाकेको आँखाभरि मामाघरका अजाको स्मृति सग्बगाएको छ । घरिघरि आँखा चिम्लिँदै सम्झिएकी छन् आफ्नै आमाले सुनाएका जराका कुरा ।

हरिलालको विवाह भएको लामो समयसम्म कुनै सन्तान भएनन् । टोलकै एउटी विधवासँग उनले सम्बन्ध राखे । ती विधवाले छोरी जन्माइन् । सम्बन्ध राख्ने पुरुषले पनि छोरी माग्न गए तर विधवाले दिन इन्कार गरिन् । विधवा पहिल्यै पुत्रवती थिइन् । निसन्तान हरिलालले चोरेरै ती छोरीलाई हात पारे र आफ्नी धर्मपत्नीका काखमा सुम्पिए । आफूले जन्माउन नसके पनि तिनै चोरेर ल्याइएकी छोरी हुर्काइन् जलेश्वरीकी अजीले । जलेश्वरी भन्छिन् ती यशोधा जस्ती अजीले मेरी आमालाई नहुर्काएको भए म कहाँ हुन्थेँ र ?“ पछि हरिदेवीको विवाह शरणलालसँग भयो र यी दम्पतीको पाँचौँ सन्तानका रूपमा जलेश्वरी जन्मिइन् । तीन दाइ, एक दिदी, एक भाइ र तीन बहिनीकी धनी जलेश्वरी ! खोज्दै जानुपर्छ जराका कुरा साँच्चै रमाइला हुन्छन् । जलेश्वरीलाई सधैँ आफ्ना बाजे बज्यैका पालाको जीवन अझ बढी रहस्यपूर्ण लाग्छ रे । उनले सुनेका तिनका जीवन कथाले पनि उनका आख्यानका अनेका प्लटहरू बनेका छन् रे ।

जलेश्वरीका जराका कुरा अझै रहस्यपूर्ण होलान् भन्ने अनुमानमा हुन्छु म । हरिलालको पुत्र मोह पनि त हुँदो हो, उही त हो हाम्रो नेपाली समाज, पहाड होस् या उपत्यका, बाहुन् हुन् या नेवार । मनमा खुल्दुली जन्मियो । हो रहेछ, अजाको पुत्र चाहनालाई पूरा गर्न चाहिँ तिनै अजीले फेरि आफ्नै भदैनीलाई सौता बनाएर भित्र्याइन् रे । त्यताबाट जलेश्वरीका आमाका चार बहिनी र एक भाइ जन्मिए । यी त भए मामाघरतिरका कुरा । अनि आफ्नै घरका अजा र अजीको कथा कस्तो छ त ?

जलेश्वरीको आफ्नै अजाले पहिली पत्नीको निधनपछि विधवासँग बिहे गरेर तीन छोरा र चार छोरी जन्माए । तिनै अजाले पत्नी बितेको छ महिनामा अर्की दुलही पनि बिहे गरे । आफ्नै घरभित्र काका बिते, २४ वर्षकी काकी भने एक्लै । किशोरी जलेश्वरीलाई मनमा प्रश्न उब्जियो । आफ्नी छोरी उमेरकी युवतीसँग नवविवाहित हजूरबासँग प्रश्न गरिन्, “अजा तपाईँले त बिहा गर्नुभयो, काकीको पनि बिहा गर्न पर्ने, उहाँलाई पनि त साथी चाहिन्छ नि !अबोध जलेश्वरीले आफ्नो मनमा उब्जिएको सहज प्रश्नको बदलामा अजाबाट तिरिमिरी तारा देख्ने गरी चड्कन पाइन् । उनले आजसम्म पनि भुलेकी छैनन् रे त्यो थप्पड !

पितृसतात्मक समाजका नारीप्रतिका भेदभावपूर्ण व्यवहारहरू क्रमशः खुल्दै जान थाले । खानपान, बोलीचाली अनि प्रत्येक व्यवहारमा छोरा र छोरीप्रतिका असमान व्यवहारहरू साह्रै बिझ्ने हुन थाले । किन परिवारै यस्तो अन्यायको पोको ? साह्रै झोँक चल्थ्यो जलेश्वरीलाई अनि असैह्य भएर कराउँथिन्, “भाइहरूलाई चाहिँ मीठो मीठो दिने, हाम्लाई खै ?” आमाहरू सोझै भन्थे, “छोरी भएर जन्मेपछि मीठो खान पाइन्छ त ?” उनी झन् उग्र हुन्थिन् । आफ्ना अधिकारका आवाज चर्को चर्को गरी बोल्थिन् । बदलामा आमाहरू भन्थे, “कस्ती रैछे, यो उइचा (बौलाही), तिमी सुख्खा बत्ती छोराहरू घिऊमा भिजाएको बत्ती !जलेश्वरीलाई भेदभावका यस्ता अभिव्यक्ति बुझ्न कुनै कठिनाइ थिएन, अभ्यस्त थिइन् यस्ता बोलीहरूमा तर उनको बिरोध पनि उस्तै निरन्तर । फुफू, काकी, आमाहरू जे सहन्थे त्यो उनलाई सैह्य थिएन । उनको बोलीमा सधैँ अधिकारको एउटा आवाज झुन्डिइरहन्थ्यो चाहे त्यो प्राप्त होस या नहोस् । त्यसैले त बदलामा उनले नाम पाएकी थिइन् उइचा’ !

असमानताले थङ्िथलो भएका काकीहरूको मन बोल्थ्यो, “हामीले कुन जन्ममा पाप गरेका रहेछौँ र यो जन्ममा नारी भयौँ । अब धेरै धर्म गरौँ र अर्को जन्ममा छोरा भएर जन्मौँ ।जलेश्वरीले सुन्थिन्, सोचिरहन्थिन्, “म त बदला नलिई कहाँ छोड्छु र यी सबैलाई !

बाले पनि अर्को बिहे गरे । सन्तानको थुप्रो लाग्यो । दिदी र फुपूहरू त आमाबाका कट्टर अनुशासनमा बसेर उनीहरूलाई स्यहार्दैमा ठिक्क । दाइ र भाइहरू स्कुल गए तर जलेश्वरीलाई घरमै अक्षरारम्भ गराइयो । उनले पनि स्कुल जानका लागि बिद्रोह गरिन् । उनकी आमाले आफूसँग भएको पैसा दिएर जलेश्वरीलाई भनिन्, “जाऊ पढ, हामीले त पढ्न पाएनौँ, तिमीले पढ, बरू घरको काम त सघाउन पर्छ नि !भर्ना हुन सिङ्गै दुई रूपैयाँ लाग्थ्यो । एक सुको पुगेन । साह्रै दुःखी भइन् जलेश्वरी । पढ्न नपाएकी आफ्नै दिदीले आफ्नो पेवाको एक सुकी बहिनीलाई दिइन् । त्यसपछि जलेश्वरीको स्कुल यात्राको बाटो खुल्यो । १०/११ वर्षको उमेरले उमारेको चेतना थियो यो । एक्लै गएर नजिकैको टोल महाबौद्धको बालकुमारी स्कुलमा भर्ना भइन् उनी । उनको चेतनाले एउटा लहर उमार्यो घरमा । दाजुहरूले बहिनीलाई पढाउनु पर्ने प्रस्ताव राखे अनि बहिनीहरू, काकाका छोरीहरू र टोलका साथीहरूको एउटा बगालै स्कुलमा भर्ना भयो । त्यसको एक वर्षपछि जलेश्वरीलाई शान्ति निकुञ्जमा भर्ना गरियो भने अन्य सबै बहिनीहरू कन्या मन्दिरमा पढ्ने भए । उनलाई पनि सात कक्षादेखि भने कन्या मन्दिर नै सारियो ।

२०/२१ सालतिरको कुरो हो, काठमाडौँमा विराट् नेपाल भाषा साहित्य सम्मेलन भयो । सो सम्मेलनमा जलेश्वरीले सुथः’ (बिहान) शीर्षकको नेपाल भाषाको कविता सुनाएर सान्त्वना पुरस्कार पाइन् । नेपाल भाषामा कलम चलाउन प्रेरणा दिने उनका गुरु थिए कवि दुर्गालाल श्रेष्ठ । त्यतिबेलादेखि उनमा साहित्यप्रति रुचि यति जाग्यो कि उनले कविता लेख्ने कुनै युवक नै जीवन साथी रोज्ने सपना पो देख्न थालिन् ।  

जलेश्वरीको चर्को स्वभाव र विद्रोही आवाजले उनी बेलाबेलामा घरका मान्छेको आँखाको तारो बन्ने नै भइन् । बाजेले उनका विद्रोही स्वभावको बदलामा बोल्थे, “यो एक दिन पोइल जान्छे !उनी पनि के कम, उस्तै चर्को स्वरमा खुट्टा बजार्दै औँलो ठड्याएर जवाफ दिन्थिन्, “ज्यान जाला जात्रँ, बाजै बजाएर जान्छु ।घरमा उनको स्वभावले सबैलाई सोच्न बाध्य बनाउँथ्यो ।

घरमा जति अड्कलबाजी गरे पनि जलेश्वरी आफ्नो अडानमा टिकीरहिन् । उनलाई कविता मनपर्थ्यो, कवि मन पर्थ्यो, कोमल हृदय भएको पढेको मान्छे मनपर्थ्यो । व्यापारी होइन, शिक्षक मन पर्थ्यो । हिरा, मोती होइन आत्मीय माया मनपर्थ्यो । ठुलो र सम्पत्र घर होइन सुखले बुनिएको सानो सपनाको संसार मन पर्थ्यो । उनी काठमाडौँमै हुर्किन् तर यहाँका मान्छे उनलाई सधैँ सङ्कुचित लाग्थ्यो । जीवनसाथीको बारेमा उनको कल्पना यस्तो थियो, ‘काठमाडौँ बाहिरको तर काठमाडौँमै बस्ने, कवि हृदयको कुनै एक्लो व्यक्ति ! पेसाले शिक्षक अझ राम्रो !!

जलेश्वरी दिदीको कुराको पारो बिस्तारै बढिरहेको छ । हामी उहाँकै शयनकक्षमा छौँ । हामी अर्थात् म, दिदी र अविनाश दाइ । दिदीको ओछ्यानमा अघिदेखि सानो नाति मस्तसँग निदाइरहेको छ । दक्षिणतिर फर्किएको झ्यालबाट हामी बसेका सोफासम्म न्यानो घाम छिरिरहेको छ । बेलाबेला हामी प्रश्न गरिरहेछौँ, जति सोध्छौँ दिदी धक नमानी बोल्नु हुन्छ । लाग्छ उहाँलाई जीवनको यो उमेरमा पुगेपछि लुकाउनु पर्ने कुनै कुरा छैन । सबै खुलस्त भत्र चाहनु हुन्छ । अघि हामी माथि तलामा चढ्दै गर्दा आफ्ना अत्यन्त व्यक्तिगत कुराहरूले हामीलाई हँसाइरहनु भएको थियो, “ई हामी बुढाबुढीको कोठा पनि पो बेग्ला बेग्लै छ त !ओल्लोपल्लो कोठा राजारानीका खोपी जस्ता लागिरहेका थिए मलाई !

के जलेश्वरीले चाहे जस्तै मान्छे पाइन् त ? पाठकबृद तपार्इाहरूको मनमा पनि यही प्रश्न उब्जेको होला । हो मलाई पनि त्यस्तै ! कहाँ आजका द्वारिका श्रेष्ठ कहाँ जलेश्वरीको सरल सपना ?! चितवन जङ्गल लज मात्रै होइन अरू पनि विभित्र उद्योग र व्यापार व्यवसायमा लगानी गरेर आफ्नो जीवनस्तर सम्पत्र बनाएका द्वारिका श्रेष्ठ जलेश्वरीले भेट्दा साँच्चै कवि र एउटा क्याम्पमा पढाउने सरल शिक्षक थिए, काठमाडौँमा डेरा मात्रै भएका बन्दिपुरे शालीन व्यक्ति !

कसरी जुर्यो त जलेश्वरी डट द्वारिकाको जोडी ? उनका नजिकका मान्छेबाट कुरो आयो । द्वारिका कवि र शिक्षक भएको थाहा पाएपछि जलेश्वरीले भनिछन्, “मलाई रूपरङ्गसँग मतलब छैन, हेर्न पनि जरूरी छैन । 

तर द्वारिकाले भने आफ्ना साथीसँग जलेश्वरीको पिछा गरेछन् । पाटनको अशोक हलमा साथीहरूसँग फिल्म हेर्न गएकी जलेश्वरीलाई नजिकैबाट हेरेछन् । मन नपर्नुको कुनै कारण थिएन । अन्ततः २०२८ सालमा पच्चीस वर्षको उमेरमा आफूभन्दा दस वर्ष ठुला द्वारिकासँग बाजै बजाएर गइन् जलेश्वरी । बिहे त भयो तर द्वारिका डेरामा एक्ला थिएनन् । उनको डेरामा त उनका काकाका छोराछोरीहरू साहित १०/१२ जनाको बास थियो । जलेश्वरीले खोजेको एक्लो मान्छे त ससानो बगालमा पो रहेछन् । यसमा भने उनको सपनाले मेल खाएन । कहाँ एक्लो व्यक्तिसँग जोडी बाँधेर स्वतन्त्र जीवन बाँच्ने सपना देखेकी जलेश्वरी कहाँ एक दर्जनको दायित्व बोकेका द्वारिका श्रेष्ठ । पारिवारिक धन्दाले जलेश्वरीलाई छोडेन । उनका स्वतन्त्रताका सपना शिशिर ऋतुको पात झैँ एक एक गर्दै झर्दै गए ।

+                                           +                                                          +

हैन भाउजूलाई कुनै लभलेटर सेटर आएनन् भन्या कलेज पढ्दा ?” अविनाश दाइको प्रश्न ।

किन आएन, जति पनि आयो नि ! म त हाकहाकी लिइदिन्थे केटाहरूको हातबाट लभलेटर पनि, अनि साथीहरूको बीचमा लगेर पढिदिन्थे । इल्लीबिल्ली लगाइदिन्थेँ, अनि च्यातिदिन्थे । केटाहरू जिल्लै, हेरेका हेर्यै नि । के को डर, सबै साथीलाई भनिदिन्थेँ चिठी दिने केटाको बारेमा !हैन कस्तो थियो जलेश्वरीको मन ? यी कुरा सुनाइरहँदा मेरा आँखाले उनलाई झाँसीकी रानी जस्तो पो देखिरहेको थियो ।

२०३३ सालमा क्षेत्रपाटीमा बस्ने घर बन्यो । द्वारिका व्यापारमा व्यस्त । उनी अति इमान्दार थिए आफ्ना दाजुभाइसँग, हिसाब किताब जस्ताको तस्तै बुझाउने । केही वर्षपछि भने सबैको आआफ्नै मेसो सुरु भयो । अनि पानीपोखरीमा घर बन्यो जलेश्वरी र द्वारिकाको मात्र । व्यापारमा द्वारिकाको एकाग्रता । जग्गा जमिन बेचेर चितवन जङ्गल लजमा लगानी । इलाफेन्ट क्याम्प होटलको राम्रो काम देखेर सरकारले चितवन जङ्गलको निश्चित एरियाको रोयल्टी तिर्ने गरी द्वारिकालाई भाडामा दियो । जलेश्वरीले द्वारिकालाई घरका कुनै पनि व्यावहारिक अल्झनमा भुलाइनन् । व्यापार गर्न स्वतन्त्र छोडिदिइन् । काठमाडौँमा रबर रोलको कारखाना पनि खोले उनले ।

पतिको प्रगतिसँगै अनेक खबरहरूपनि घरभित्र आउँथे । जति कुरो सुने पनि घर आउँदा पतिसँग कुनै सफाइ मागिनन् जलेश्वरीले । कारण पतिको व्यवहारमा कहिल्यै फरक पाइनन् रे उनले । भन्नेहरूले त अनेक भने, अनेक अफेयरका हल्ला पनि चले तर पतिप्रतिको एउटा अटल विश्वास अनि छोरीहरूको भविष्यको कुरो । उनले कहिल्यै कुनै प्रश्न गरिनन् पतिसँग । समाजले बोकेका हल्लाका पछिल्तिर लाग्न मनै लागेन उनलाई । उनलाई अहिले चाहिँ लाग्छ, “म शोषित भएँ पनि हुँला, त्यो कल्पना गरिरहन्छु अनि कथाका पल्टहरू बुनिदिन्छु । भएन त यो सिर्जनात्मक बाटो, विद्रोह गरेर घर बिगार्नु भन्दा कथा बुन्नु राम्रो नि !उनको मधुर मुस्कानमा निस्केको यो मिठो व्यङ्ग््य ! उनकै विवशताप्रति या समाजप्रति ? म सोचिरहन्छु ।

उनी भन्छिन् मेरा कथाहरूमा २५ प्रतिशत म छु, २५ प्रतिशत साथीभाइ अनि ५० प्रतिशत कल्पना । मलाई यो समाज, परिवार र लोग्नेले शोषण गरेको छ भन्ने अनुभूतिले कथा लेखाउँछ । सामाजिक संरचना नै यस्तो छ, यहाँ ९९ प्रतिशत महिला शोषित छन् ।नियति चक्र उपन्यासकी समिरालाई सम्झिरहन्छु म । यस उपन्यासको पुष्पिका वाक्यमा उपन्यासकार ध्रुवचन्द्र गौतमले लेखेका छन् “...नारी स्वतन्त्रतालाई साहसका साथ प्रस्तुत गरिएको यस उपन्यासमा एउटै समाजमा समान महत्त्व राख्ने स्त्री र पुरुषका बीच दोहोरो नैतिक मापदण्ड राखिएको अन्यायपूर्ण वास्तविकताको यसमा खुलेरै विरोध गरिएको छ ।

द्वारिकाको कवि मन व्यापारिक सफलतामा पनि साथसाथ थियो । २०४५ सालदेखि उनले चितवन जङ्गल लजमा प्रत्येक वर्ष काठमाडौँबाट बीस पच्चीस जना साहित्यकाहरूलाई लगेर साहित्यिक वातावरणलाई अझ ऊर्जापूर्ण बनाउने काम गरिरहे । २०५७ सालको तेह्रौँ साहित्य वन महोत्सव भने जलेश्वरीको संयोजनमा नारी साहित्यकार मात्रैको उपस्थितिमा सम्पत्र भयो । जलेश्वरीको लेखकले यहीँबाट आख्यान लेखनमा ऊर्जा प्राप्त गर्यो । उनले यसै कार्यक्रममा नारी हिंसाका अनेक पक्षमाथि चर्को आवाज उठाइन् । साथीहरूले उनलाई तिनै विषयमा कथा लेख्न आग्रह गरे । त्यसपछि उनको आख्यानयात्रा अगाडि बढिरह्यो । त्यसपछिका वन महोत्सवको बागडोर पूर्णरूपमा जलेश्वरीको हातमा सर्यो । सम्पत्तिमाथि मातृत्वको अधिकार’ (२०५७) उनको पहिलो प्रकाशित रचना हो ।

साहित्यमा जलेश्वरीको जरा गहिरिन थाल्यो । उनको लेखन र विभिन्न संघ संस्थाको संलग्नता पनि नारी हक हितसँगै जोडिएको छ । बालकथा र बालउपन्यास पनि लेखिन् उनले । त्यति मात्रै होइन उनले नेपाली साहित्यको श्रीवृद्धिका लागि प्रतिभाको प्रोत्साहनस्वरूप आधा दर्जन पुरस्कार पनि स्थापना गरिन् । एक दर्जनभन्दा बढी साहित्यिक संघ संस्थामा उनको संलग्नता रहेको छ । विभित्र साहित्यिक पुरस्कार प्राप्त गरेकी उनले भर्खरै मात्र प्रधानमन्त्रीको हातबाट नियति चक्र उपन्यासका लागि धुस्वाँ गंकी वसुन्धरा पुरस्कार प्राप्त गरेकी छन् । सहयोगी प्रकाशन गृह खोलेर शारीरिक रूपमा अशक्त महिलाका कृतिलाई अगाडि ल्याउने उनको योजना छ । 

अर्को कथा सङ्ग्रहका लागि कथाहरू तयार छन् । नयाँ उपन्यासका लागि उनले विषय रोजिसकेकी छन् । भन्छिन्, “म त अब नलेखी बस्नै नसक्ने पो भएँछु । घरि घरि लाग्छ किन यस्तो बोझ बोकेँ हुँला, पहिला जस्तो आनन्दको जीवन बाँच्न छोडेर ! तर केही गरे पनि मन खुशी हुत्र, केही लेख्न सके बल्ल आनन्द ! अरू काम कति बिर्सिन्छु तर लेख्छु भनेको विषय कहिल्यै बिर्सिन्न । मलाई त कथाले नै लखेटी रहन्छ ।

द्वारिका दाइले तपाइँको लेखनलाई कस्तो मान्नुहुन्छ त ?“

मैले उहाँलाई कवि भनेर बिहे गरेँ तर मलाई कहिल्यै कविता सुनाउनु भएन । पत्रिकामा छापिएपछि पो थाहा पाउँछु र पढ्छु । मेरो रचना पनि खासै हेर्नु हुन्न । बरू साथीहरूलाई सुनाएर प्रतिकृया लिन्छु । मैले सुनाएँ भने पनि केही भन्नुहुन्न । भएन भन्यो भने त म रिसाउँछु नि त्यही भएर नबोलेको होला !एउटा लामो हाँसो ।

मलाई उहाँले पहिला एउटा घरेलु नारीका रूपमा मात्रै हेर्नु भयो जस्तो लाग्छ । बाहिर कसैले खान बोलाउँदा पनि सकेसम्म सँगै लानु भएन, कुनै मिटिङमा सहभागी गराउनु भएन । खै, म बोल्न नजान्ने पो भनेर हो कि !आज दिदीलाई दाम्पत्य जीवनका असन्तुष्टि पोख्ने ठाउँ मिले जस्तो पो छ । हामी सुनिरहन्छौँ, उहाँ बोलिरहनु हुन्छ ।

घरमा बारम्बार साहित्यकारको जमघट हुन्थ्यो । मनकारी द्वारिका साहित्यिक मित्रहरू बोलाउँथे, खुब खुवाउँथे, पियाउँथे । आफ्नै घरभित्र साहित्यका विविध विषयमा बहस चल्थे । तर त्यो बहसमा जलेश्वरीलाई सहभागी हुन अनुमति थिएन । उनी डेक्चीका डेक्ची अचार साँध्िथन्, खाना बनाउँथिन् । उनको क्षेत्र भान्सामै सीमित ! मन भने साहित्यिक गफगाफतिर तानिन्थ्यो अनि ढोकाको पछाडिपट्टि बसेर कुराहरू सुन्थिन् ।

एक दिन त रसियन एम्बसडरले बोलाएको रात्रिभोजमा जलेश्वरी पनि पतिसँग सहभागी हुने मौका पाइछन् । त्यहाँ जम्मा भएका महिलाको जमातमा उनका कुरा पनि खुबले जमेछन् । कुरा थिए उनै, नारीलाई नेपाली समाजले गर्ने अन्यायपूर्ण व्यवहारका । आफूमा त्यत्तिको अङ्ग्रेजी भाषा बोल्ने सीप पनि रहेछ भन्ने कुरामा आफैँ चकित भइछन् उनी । उनी अनुमान गर्छिन् त्यो घटनापछि भने पतिले आफूलाई सँगै लिएर हिँड्न थाले । ठुला र महत्त्वपूर्ण कुरामा पनि सहभागी गराउन थाले । त्यसभन्दा अगाडि त होटलमा जुनियर स्टाफका झगडा सुल्झाइ दिन मात्रै पतिले उनको सहयोग माग्थे रे । आजभोलि चाहिँ द्वारिकाले आफूलाई सबै क्षेत्रमा अगाडि बढेको सफल व्यक्तिका रूपमा हेर्न चाहन्छन् भन्ने विश्वास पलाएको छ रे उनलाई ।

जलेश्वरीलाई आमाले सानैदेखि कथा सुनाउँथिन् । त्यो गुण उनमा पनि सरेछ । उनी नातिनीहरूलाई कथा सुनाउँदा सुनाउँदै बाल कथा लेख्नतिर पो लागिछन् । अझ उनका बालकथाका प्रेरक पात्र नै नातिनीहरू पो रहेछन् त । कथा सुनाउँदै जाँदा कथाको अन्त्य नातिनीलाई मन पर्दैनथ्यो रे । अनि नातिनी आफैँले यस्तो पो हुनुपर्ने भनेर फरक अन्त्य बनाएदिन्थे रे । आजका बच्चाका प्रतिभा र रुचि उनले नातिनीहरूबाट बुझिन् अनि कथाहरू लेखिन् । उनका तीनओटा बालकथा सङ्ग्रह र दुई ओटा बालउपन्यास प्रकाशित छन् ।

घरअगाडिको बगैँचामा छौँ हामी अविनाश दाइ फोटाका लागि विभित्र कोणहरू खोजिरहनु भएकोछ म चाहिँ दिदीका लेखनका कुराहरू अझै सुन्न चाहिरहेकी छु । कान्छी छोरी निष्ठाले खाजा तयार भएको खबर लिएर आएकी छन् । चिसो गज्जबले बढेको छ । कतिबेला भित्र जाऊँ जस्तो... सायद खाली हुँदै गएको पेटको पनि आवाज हो यो । 

अब डाइनिङ टेबुलमा छौँ हामी, उहाँका छोरीहरू निभा र नित्या अनि सानो नाति सहित । तातो मःम, कुकिज र प्याटिज ! द्वारिका दाइ अत्यन्त विनम्र भावमा हाम्रा प्लेटतिर खाना सार्दै हुनुहुन्छ । साहित्य, लेखन र व्यवहारका कुरा फेरि हुन्छन् । जीवन छ र त यी कुराहरू छन् । मचाहिँ बाहिरतिर पनि पिल्पिलाउन थालेका बत्तीहरूलाई हेरेर साँझको गृहकार्यको सूची बनाउन थाल्छु मनमनै । सायद अविनाश दाइको कार्यसूची मेरोभन्दा नितान्त फरक छ । साँझमा बल्न थालेका बत्तीले मेरो आमा मनलाई झैँ उहाँलाई अत्याउँदैन होला ! बाहिर जति अँध्यारो बाक्लिँदै जान्छ मेरो आमा मनभित्र अपराधबोधका अनुभूतिहरू उर्लिन थाल्छन् ।

दिदीको कम्पाउन्डबाट बाहिरिँदै गर्दा मेरो मनले बोलिरहेको हुन्छ ­ हिँड्ने बाटो प्रस्ट भएपछि कामहरू गन्तव्यमा पुग्ने खुटकिला हुने रहेछन् अनि बन्धनहरू अप्रत्यक्ष प्रेरणाका स्रोत । म प्रधानमन्त्री क्वाटरलाई पछाडि पारेर सकेको गतिमा बेगिन्छु ।     

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |